Daily Archives 24th May 2019

विमानस्थलबाट सात करोड ६७ लाख नक्क्ली भारु यसरी परे फन्दामा (फोटो)

नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । सात करोड ६७ लाख ९४ हजार नक्कली भारुसहित पक्राउ परेकाहरु बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् । पाकिस्तानीहरु कतार एयरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित
More

राष्ट्रपति आरती घिमिरे, गृहमन्त्रीमा पिंकल पन्त, नमुना संसदमा जे देखियो

भरतपुर । भरतपुर महानगरपालिकाले युवाहरूको क्षेमता बुद्धि तथा सशक्तिकरणका लागि बुधवार देखी शुक्रबार सम्म नमूना युवा संसद अभ्यास तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गर्यो । भरतपुर स्थित नेपाल निजामती कर्मचारी संगठनको हलमा शुक्रबार झट्ट हेर्दा अनौठो लाग्ने नयाँ बानेश्वरको संसद भवनजस्तै एकाएक रोमान्चित दृश्य देखियो । जहाँ युवा सांसदहरूले संसदको अभ्यास गरेका थिए । कोही आफ्नो जातीय पोसाकमा पनि सजिएका थिए । सभामुखको दायाँतिर प्रधानमन्त्री, मन्त्रीहरु र सत्ता पक्ष बसेका थिए भने देब्रेतिर प्रतिपक्षका सांसदहरु लहरै बसेका थिए । संसदहलमा जब बैठक सुचारु भएको जनाउ घण्टी बज्छ । हल बाहिर भएका माननीयज्यूहरुको पनि हलभित्र प्रवेश हन्छ । लगत्तै हलमा सांसद, प्रधानमन्त्री,
More

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक , भाजपालाई भारी बहुमत

नयाँ दिल्ली-भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ । भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् । भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जीत निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु)ले १६, लोक जनशक्ति पार्टीले छ,
More

कार्यालयमै कर्मचारीको मृत्यु

जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको कार्यालय समयमै मृत्यु भएको छ । कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका–३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल कार्यालयमै मृत भेटिएका हुन् । अदालतको कर्मचारी आवास गृहमा आज अपरान्ह दाहाल मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । आराम गरिरहेका दाहाल दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका थिए । अदालतका अनुसार रातिको समयमा ड्यिुटी गर्ने दाहाल दिउँसो सधैँजसो आवासगृहमा आराम गर्ने गरेका थिए । लामो समयदेखि मुटुको समस्या रहेका दाहालको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । आवश्यक प्रक्रिया पूरा गरेर शव परीक्षणपछि परिवारलाई
More

सगरमाथाको उचाई नापेर फर्कियो नेपाली टोली

काठमाडौं विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्किएको छ। सगरमाथाको उचाई मापनका लागि सगरमाथा पठाएको सरकारी टोली त्यसको सफल मापन गरी बिहीबार काठमाडौं फर्किएको हो। सो टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरिन्। उनले टोलीले परम्परागत र आधुनिक दुवै तरिकाबाट सर्वेक्षण गरेको रिर्पोटको आधारमा ६ महिना भित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने जनाइन्। २०७२ सालको भूकम्पपछि सगरमाथाको उचाईमाथि प्रश्न उठाउन थालेपछि सरकारले पहिलो पटक आफ्नै स्रोत र साधनमा नापी विभागमा प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी विभागकै नापी अधिकृत रविन कार्की, विभागका सर्वेभर
More

भारतमा मोदी आउँदा मसाल बेखुस, मोहन बिक्रमले औंल्याए यी खतरा !

मसालले भारतको लोकसभा चुनावमा भाजपा विजय हुनु नेपालको लागि नकारात्मक र गम्भीर विषय भएको बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निष्कर्ष निकालेका हुन् । वक्तव्य भारतको आम चुनावमा भाजपाको विजयले नेपालका लागि नकारात्मक रूपले गम्भीर महत्व राख्दछ । यो थाहा भएकै कुरा हो कि मोदी सरकारले पहिलेदेखि नै नाङ्गो प्रकारले नेपालप्रति आफ्नो विस्तारवादी नीति लागू गर्ने प्रयत्न गर्दै आएको छ । त्यस सिलसिलामा नेपालको संविधानको निर्माण वा जारी गर्ने कार्यलाई रोक्ने प्रयत्न, संविधानमा संशोधनका लागि दवाव, नेपालका विरुद्ध नाकाबन्दी, तराईमा विखण्डनका लागि मधेशवादीहरूलाई प्रोत्साहन गर्ने नीति आदि उल्लेखनीय छन् । आफ्नो स्वार्थको पक्षमा
More

गोल्डेनसिपमा स्मृतीको बिशेष साङ्गितीक साँझ

लण्डन । साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा गायिका स्मृती पोखरेलको बिशेष साङ्गितीक साँझ हुने भएको छ। २६ मे आइतबार साँझ गोल्डेनसिपमा स्मृतीले आफ्नो प्रस्तुती देखाउने भएकी हुन् । कार्यक्रम साँझ साढे ६ बजेदेखि राति अबेरसम्म सञ्चालन हुने आयोजक देव गुरुङले बताए । कार्यक्रममा प्रवेश शुल्क समेत नराखिएको उनले बताए । आयोजक गुरुङले सहभागिताका लागि त्यहाँका सबै नेपालीलाई आग्रह गरेका छन् । यसैबीच, एक म्युजिक भिडियो छायाँकनको लागि स्मृती केही दिन बेलायतमा रहनेछिन् । “तिम्रो चन्चले चुलबुले” बोलमा रहेको गीतको छायाँकन बेलायतमा गरिन लागेको हो । सुजन ढकालको शब्द र संगीत रहेको गीतको भिडियोमा स्मृतीको नै अभिनय रहनेछ ।
More

बढ्यो डलरको मूल्य, पाउण्डको कति ?

काठमाडौं– आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २६ पैसा र बिक्रिदर १४२ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १२ पैसा रहेको छ ।
More

वेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा दिने घोषणा

लन्डन- बेलायतकी प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले ७ जुन कन्जरभेटिव पार्टीको नेताबाट राजीनामा दिने बताएकी छन्। तर उनको उत्तराधिकारी नछानिए सम्म उनी प्रधानमन्त्रीमा रहिरहने छन्। डाउनिङ स्ट्रिटमा आफ्नो सम्वोधनको क्रममा भावुक देखिएकी मेले २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्न आफुले पुरै कोशिस गरेको बताइन। उनले ब्रेक्जिट कामयावी नभएकोमा गहिरो दु:ख रहेको उनको भनाई छ। ब्रेक्जिटको लागि समर्थन जुटाउन आफुले पूरा प्रयास गरेको उनले बताउँदै गर्दा मे निकै मलिन देखिएकी थिइन्। नयाँ प्रधानमन्त्रीले पनि यो प्रयास राख्नु देशको हितमा हुने उनले बताइन्।
More

होसियार, यी हुन् काठमाडौंमा जग्गा मिलाइदिने भन्दै ठग्ने महिला

काठमाडौं– २ करोड करोड १० लाख ठगी गरेकको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । घरजग्गा कारोबारी काभ्रेको रोशी गाउँपालिका ८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ बस्ने ३८ वर्षीया निलम गुरुङ, तामाङ, घिसिङलाई प्रहरीले पक्राउ गरेको हो । उनले साविकको सुन्तोल गाविस वडा नम्बर ३ मा रहेको एउटा कित्ता जग्गा देखाई सोही वडाको लप्सीफेदीको अर्को जग्गा अमित समेत लगेर नापजाँच गराई एक करोड ५० लाखमा पास गराई ठगी गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता डीएसपी केदार ढकालले जानकारी दिए । ठगिएको थाहा पाएपछि धन गौचनले दिएको जाहेरीको आधारमा बबरमहलबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
More

भारतमा कम्युनिष्ट पत्तासाफ

भारतको कम्युनिष्ट घटकले लोकसभा निर्वाचनमा हालसम्मकै न्युन सिट हासिल गरेका छन् । एक समयको गढ पश्चिम बंग्लामा खाली हात हुँदाँ उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । देशभरीमा कम्युनिष्टको सिट उसको कुल सिट ५ रहेको छ । हुनत कम्युनिष्टको मत घट्न थालेको सन् २००९ देखि नै हो । सन् २००४ मा संसदीय इतिहासकै सबैभन्दा धेरै लोकसभा सिट जितेका कम्युनिष्टले लगतै पछि सन् २००९ मा जम्मा २४ सिटमात्र जिते । त्यसपछि मोदीको लहरमा कम्युनिष्टहरु झनै खुम्चिए । सन् २०१४ मा जम्मा १० भोट ल्याएको कम्युनिष्ट अहिले त्यसको पनि आधामा खुम्चिन पुगेका छन् । सन् २००४ मा ५९
More

घले दम्पतिलाई अमेरिकामा भव्य स्वागत

लण्डन । युनाइटेड नेप्लिज एसोशिएसनको चौथो सम्मेलनका प्रमुख अतिथि बन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पुर्व अध्यक्ष डा. शेष घले तथा पूर्व आइसीसी सदस्य जमुना गुरुङ न्यूयोर्क पुगेका छन्। सम्मेलनका प्रमुख अतिथि घले दम्पतिलाइ कन्भेनर तथा अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय संयोजक सोनाम लामा, सोहि क्षेत्रका क्षेत्रीय उपसंयोजक नविन शेरचन, पासाङ लामा लगायतले घले दम्पन्तिलाइ न्योयोर्कमा स्वागत गरेका हुन्। घलेको स्वागतको लागि बिमानस्थलमा त्यहाँस्थित गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो । सम्मेलन मेमोरियल डे को सप्ताह अर्थात शनिवार अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गरिएको छ। सोही सम्मेलनमा भाग लिन गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त समेत अमेरिका तिर जाने भएका छन् ।
More

दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न

भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको सो हाईस्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । भूकम्पले ध्वस्त बनाएको सो दरबार हाईस्कुलको मुख्य भवनको निर्माणको कार्य १० महिना भित्रै सम्पन्न गरिएको सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिनु भयो ।
More

गायक प्रेमध्वज प्रधान लण्डनमा

लण्डन। वरिष्ठ गायक प्रेमध्वज प्रधान लण्डन भ्रमणमा आएका छन् । नेपाली दूतावासको निमन्त्रणमा ८२ वर्षीय गायक प्रधान विहीबार लण्डन आइपुगेका हुन् । प्रधानलाई हिथ्रो विमानस्थलमा राजदूत डा दुर्गाबहादुर सुवेदी, मगर संघ युकेका पदाधिकारी लगायतले स्वागत गरेका थिए । उनले ‘घुम्तीमा नआउ है आंखा तिमी जुधाउन‘’ लगायतका कालजयी गीत गाएका छन् । प्रधानको यो पहिलो लण्डन भ्रमण भएको बताइएको छ ।
More

एनआरएन उपाध्यक्ष कुमार पन्त अमेरिका तिर

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्त अमेरिका जाने भएका छन् । पन्त पन्त युनाइटेड नेप्लिज एसोशिएसनको चौथो सम्मेलनका बिशेष अतिथिको रुपमा अमेरिका जान लागेका हुन्। शनिवार हुने अमेरिकाको न्यूयोर्क शहरमा आयोजना सम्मेलनका प्रमुख अतिथि संघका पुर्व अध्यक्ष शेष घले र पूर्व आइसिसि सदस्य जमुना गुरुङ भने न्यूयोर्क आइपुगेका छन्। यो सम्मेलन मे २५-२६, २०१९ मा अमेरिकाको न्यूयोर्क शहरमा आयोजना गरिएको छ। भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन पश्चात संघका अन्तराष्ट्रिय परिषदका कार्यकारीहरु मध्ये उपाध्यक्ष पन्तको भ्रमण नै पहिलो हो। पन्तले संघको आगामी अक्टोवरमा हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे पछि
More

प्रधानमन्त्रीका सूचना विज्ञ अस्गर अघि विवादमा तानिएपछि

काडमाडौं– प्रधानमन्त्री केपी ओलीका सूचना प्रविधि विज्ञ अस्गर अलीलाई अनावश्यक विवादमा मुछ्न खोजिएको भन्दै सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिको चरित्र हत्या गर्दै प्रतिष्ठा र मर्यादामा आँच पु-याउने दुष्प्रचार भएको जनाएका छन् । एक साप्ताकि पत्रिकामा अन्तर्राष्ट्रिय अपराधीको समुह नेपालमा आएको र उनीहरुलाई प्रहरीले पक्राउ गरेको तर, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अली अपराधी छुटाउन प्रहरीलाई भेट्न गएको भन्दै समाचार सार्वजनिक गरेको थियो । ‘उक्त समाचारमा अली जेठ ७ गते मंगलवार ९ बजेर ३० मिनेटमा प्रहरी परिसर टेकू पुगेर पक्राउ परेका अभियुक्तलाई भेटी फर्केको कपोलकल्पित दाबी समाचारमा गरिएको छ
More

काठमाडौंबाट समातिए घुस्याहा कर्मचारी

काठमाडौं–नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो । बिहीबार उक्त घुस रकम सहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले शुक्रबार जानकारी दिए ।
More

‘सैनिक श्रीमतीको कहालीलाग्दो दिनचर्या’

रोल्पा । “विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना सुनाए” रोल्पा नगरपालिका–२ थलिवाङ निवासी ओमकुमारी डाँगी यत्तिकैमा केही समयसम्म रोकिनुभयो । अलिक मन बलियो बनाउँदै उहाले थप्नुभयो, “पहिले त ब्यारेक नै आक्रमण भयो होला भनेर विश्वास नै गरिनँ, सबैले त्यही मात्र कुरा गर्न थालेपछि मेरो दिमागले काम नगरेजस्तो भयो, हातखट्टा काप्न थाले । त्यसपछि आफ्नो छेउमै भएको डेढ÷दुई वर्षका नानीबाबु हेरेर आफूले आफूलाई सम्हाल्ने कोसिस
More

फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन । भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो । सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई
More

Dr Mahat to address G-20 Think-Tank Group Summit

Nepali Congress (NC) joint general-secretary Dr Prakash Sharan Mahat left for Japan last night to attend the T-20 Summit. T20 Japan is an official engagement group of Japan’s 2019 G20 presidency chaired by the Asian Development Bank Institute (ADBI). He is scheduled to provide recommendations to G-20, an international forum of developed countries, on pressing global challenges of sustainable and inclusive development. Dr Mahat, also the former Minister for Foreign Affairs, would address the four-day T-20 Summit to be held in Japan’s capital Tokyo from May 24-27. On the occasion, NC leader Dr Mahat would present views on behalf of
More