Daily Archives 26th May 2019

विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ

काठमाडौँ- प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आज साँझ गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरुका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।
More

उपत्यकाका विभिन्न स्थानमा विस्फोट, मृतकको संख्या ४ पुग्यो

काठमाडौँ–काठमाडौँ सुकेधारामा भएको विस्फोटमा परेकामध्ये थप एकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यसअघि सुकेधाराको विस्फोटमा परी दुई जनाको मृत्यु भएकोे थियो । यस्तै अनामनगरमा भएको बम विस्फोटमा पनि एक जनाको ज्यान गएको छ । दुवै स्थानमा भएको विस्फोटमा परी अहिलेसम्म चार जनाले ज्यान गुमाएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । घाइते पाँचमध्ये चार जनाको परिचय खुलेको छ । अनामनगरमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी
More

विस्फोटका घटनाप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ– संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले काठमाडौँका विभिन्न स्थानमा भएको बम विस्फोट र त्यहाँबाट भएको मानव जीवनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त आजका उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढङ्गले अघि बढ्नुपर्ने बेला यस्ता घटनाले आम जनतालाई त्रसित बनाएको बताउनुभयो । “बम विस्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढङ्गले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ । काङ्ग्रेसले लामो हिंसाबाट जर्जर भएर बल्ल
More

राजधानीको नागढुंगामा पनि बम विस्फोट दुई जना घाइते

काठमाडौं– राजधानीको नागढुंगामा पनि बम विस्फोट भएको छ । चन्द्रागिरि नगरपालिका–३ नागढुंगा आइतबार राति बम विस्फोट हुँदा दुई जना घाइते भएको छ । थानकोटका डिएसपी कुमार थापाले घटनामा दुई जना घाइते भएको पुष्टि गरे । आजै राजधानीको दुई स्थानमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु हुनुका सागै ७ जना घाइते भएका थिए ।
More

रुपन्देहीमा बदेलको आक्रमणमा परि ३ जना घाइते

रुपन्देहीको देवदह नगरपाकिा वडा नम्वर ७ यसोधरा पार्क ,शितलनगरमा आज बिहान बदेलको आक्रमणमा परि ३ जना घाइते भएका छन । बदेलको आक्रमणमा परी स्थानीय काशिराम गैरे, उनकी श्रीमती र एक जना (पण्डित वुवा भनेर चिनिने) लाई बिहान आर्कषण गरेको थियो । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जनाएको छ । घाईतेहरुका शरिरमा बिभिन्न भाग चोट लागेका छन् । उनिहरुको घाइतेहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाको छ ।
More

भोलि विप्लवको नेपाल बन्द

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिषयलाई भिडन्तको झुटो नाटक नगर्न सरकारलाई चेतावनी दिएका छन् । आफ्ना नेता तथा कार्यकर्ताको हत्या र दमनको अभियान चलाएको आरोप लगाउदै सामान्य कार्यक्रममा हिडिरहेका युवा संगठनका कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई नियन्त्रण लिई भिडन्तको झुटो नाटक रची निर्ममतापुर्वक हत्या गरेको भन्दै बिज्ञप्ति मार्फत कडा आक्रोस पोखेका छन् । एक विज्ञप्ति जारिगरि जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन् । विप्लब नेकपाले सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीथराज घिमिरेको हत्या
More

बम बिस्फोटमा विप्लवको संलग्नता : प्रहरी

काठमाडौंमा लगातार विस्फोट, ३ जना मारिए राजधानीको सुकेधारा र अनामनगरमा विस्फोट भएको छ । विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको हो । १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको जनाइएको छ । सुकेधाराको विस्फोटमा अन्य ४ जना घाइते छन् । घाइतेमध्ये ३ जनाको ओम अस्पताल र १ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस्तै अनामनगरमा भएको विस्फोटमा पनि १ जनाको मृत्यु भएको छ । उक्त विस्फोटमा अन्य २ जना घाइते भएका महानगरीय
More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं-प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं महानगरपालिका-१२ टेकुका ३२ वर्षीय सागर च्यामेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर चुनीपाखामा खटीएको प्रहरीले तलासी गर्ने क्रममा सागरको साथमा लागूऔषध फेनारागन १ एम्पुल, नोर्फिन १ एम्पुल र डाइजेपाम १ एम्पुल सहित सागरलाई फेला पारी पक्राउ गर्ने क्रममा छाड्नको लागि १ हजार ५० रुपैँया दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । सागरलाई उक्त लागूऔषध र नगद सहित पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे बनेपा बस्ने सिन्धुपाल्चोकका १९ वर्षीय रुपेश माझीलाई आइतबार बिहान
More

ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गर्ने महिला पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका-१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अपसरा श्रेष्ठ (कार्की) लाई ब्ल्याङ्क लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । अप्‍सराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०/२५ हजार ऋण सापटी दिई सावाँ रकम असुली गर्नु अगावै बिश्‍वास दिलाई ब्ल्याङ्क चेक लिने र आफु खुशी रकम लेखी चेक बाउन्स समेत गराई, सावाँ, व्याज अशुल गरे पनि चेक फिर्ता नगरी आफुखुशी रकम थप गरी दुख: हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अप्सराको पसलबाट बिभिन्न बैकका
More

पानीका लागि हत्या

‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रङको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ल्याएका हुन् । उनीहरु कथा जर्किनबाटै शुरु हुन्छ । बिहीबार दिँउसो ४ बजे । सधैँजसो घरघरबाट महिला निलो जर्किन लिएर हतारहतार गाउँमाथिको खानेपानी ट्याङ्कीमा पुगे । ट्याङ्कीमा भीड लाग्यो । भीडमा थिइन् ५० वर्षीया हरुदेवी भुल । “पानीका दुःखले यो इन्डियाबाट किनेर ल्याया हौँ”, उनले डोटेलीमा जर्किन र गाउँको कथा सुनाउन थालिन, “सबैका घरका मान्छे कोही न कोही भारतमा छन्, सबैले घर आउँदा
More

१६ वर्षमा पनि सकिएन मूलपानी क्रिकेट मैदान

काठमाडौँ : निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो । निर्माण शुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्या समेत समाधान हुनसकेको छैन । क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण शुरु भएको नौ वर्षपछि पनि किनबेच भयो । विसं २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको फूलमाया लामाले बताउनुभयो । कित्ता नं ४०१ र ४०४ को तीन आना जग्गा मैदानमा पर्ने भएपछि घर न घाटको हुने दिन आएकामा उहाँले चिन्ता प्रकट गर्नुभयो । मैदानको बीचमा ११ परिवारको ५२ आना जग्गा रहेको राष्ट्रिय खेलकूद
More

सगरमाथाबाट बहूमूल्य पत्थर ल्याउँदा….

काठमाडौं–सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको बहूमूल्य ‘पत्थर’ प्रहरीले बरामद गरेको छ । सगरमाथा क्षेत्रमा भेटिएको पथ्थरलाई आरोहणबाट फर्किएका एक आरोहीले ल्याएकोमा त्रिभुवन विमानस्थलबाट प्रहरीले बरामद गरेको हो । आराही पेम्बा दोर्जे शेर्पाले र अर्का एक विदेशी नागरिकसमेतले ल्याएको सो ‘पत्थर’ संकास्पद देखिएकाले बरामद गरी बन विभागलाई जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो ढुंगा फेला परेको थियो । ढुंगा फेला परेपछि उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर बम विभागका अधिकारीलाई पत्थर जिम्मा लगाएर छाडिएको बताइएको छ । सोही हेलिकप्टरमा सगरमाथा आधार शिविरमा खटिएका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत समेत
More

सुनको भाउ तोलामा ५९ हजार ७००

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा ७१० मा कारोबार भइरहेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
More

सगरमाथा आरोहणका सम्बन्धमा गलत प्रचार

पर्यटन विभागले सगरमाथा आरोहणका सम्बन्धमा गलत प्रचार भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर सामाजिक सञ्जालबाट नियम विपरित धारणा फैलाउने तथा पुराना फोटो तथा भिडियो प्रयोग गरेर सगरमाथाको गरिमा र महत्वलाई होच्याउने काम भएकोमा गंभिर ध्यानाकर्षण भएको जनाएको छ । विभागले भनेको छ–‘आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएकोले यस्ता गंभिर विषयप्रति आफ्ना धारणा सार्वजनिक गर्नुपूर्व सवैले ध्यान पु¥याई यस विभागको महत्वपूर्ण र संबेदनशील मानिने पर्वतारोहण कार्यमा सबैको सहयोगको अपेक्षा गरेको छु ।’ हालै सामाजिक सञ्जाल फेसबुकमा एक बिदेशी आरोहणकर्ताले सगरमाथा शिखरमा हस्तमैथुन गरेको
More

‘प्रेम गीत ३’ छायाँकनको तयारी

केही वर्ष अघिको सफल फिल्म ‘प्रेम गीत’को तेस्रो सिरिजको रुपमा निर्माण हुन लागेको ‘प्रेम गीत ३’ अहिले छायाँकनको तयारी भइरहेको छ । आगामी दशै अगाडि छायाँकनमा जाने तयारीमा रहेको फिल्मको लागि निर्माण युनिट अहिले अडिसन मार्फत् नायिका छनौटमा छ । फिल्म निर्माण ब्यानर आशुसेन फिल्मस्ले फिल्मको हिरोइनका लागि अडिसन आह्वान गरेको थियो । जसमा १८ वर्ष देखि २५ ननाघेका युवतीहरुले अडिसन दिन सक्ने बताइएको थियो । उक्त अडिसनमा २ हजार ७ सय १४ जनाले आवेदन दिएको थिए । ती अन्तिम चरणको छनौटका लागि उत्कृष्ट २५ युवती छानिएको निर्माता सन्तोष सेनले जानकारी दिए । निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, छायाँकार
More

सैनिक अपहरण, एक महिनासम्म गुपचुप

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो। सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो। प्राप्त सूचनाअनुसार शाही परिवारसँग विप्लव समूहले दुई लाख रुपैयाँ चन्दा मागेको
More

साउनदेखि युरो ४ स्तरका गाडी मात्रै आयात गर्ने तयारी

सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयका सहसचिव यज्ञ दाहालको संयोजकत्वमा युरो ४ स्ट्यान्डर्ड गाडी आयातका विषयमा अध्ययन गर्न गठित कार्यदलले सरोकारवाला निकायसँग छलफल गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । ‘कार्यदलले प्रतिवेदन बुझाएलगत्तै मन्त्रिपरिषद्बाट पारित भएपछि युरो ४ गाडी मात्रै आयात गरिन्छ,’ सहसचिव सिन्धुप्रसाद ढुंगानाले भने । तर, युरो ४ मापदण्ड कहाँ र कस्ता गाडीमा लगाउने भन्ने विषयमा विवाद भइरहेको छ । व्यवसायीहरू पहाडी क्षेत्रमा चल्ने सवारीमा यस्तो मापदण्ड लगाउन नहुने लबिङ गरिरहेका छन् ।
More

एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी

सिन्धुली-हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानाध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । ‘एकजनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ । दिनमा एक कक्षाकोठामा एक घन्टी मात्र जान भ्याइन्छ । अन्य समय विद्यार्थीलाई पढ्दै गर, फलानो पाठ पढ भन्नुको विकल्प छैन,’ उनले भने । विद्यालयमा ९० जना विद्यार्थी छन् । नौजना बालविकास कक्षामा अध्ययनरत छन् भने एकदेखि पाँच कक्षासम्म ८१ विद्यार्थी छन् । कक्षा १ मा १९, २ मा १०, ३ मा आठ, ४ मा २७ र ५ मा १७ विद्यार्थी अध्ययनरत छन् । बालविकास कोटामा पातलीमाया थिङ कार्यरत छिन् ।
More

उपराष्ट्रपति कप छनोटमा खेलाडीबाट पैसा उठाइयो

राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागिता जनाउन खेलाडीले रकम तिर्नुपर्ने नियम छैन । छनोटदेखि मुख्य प्रतियोगितासम्म खेलाडीले विनाशुल्क प्रतिस्पर्धा गर्न पाउँछन् । तर, भैरहवामा सञ्चालित उपराष्ट्रपति कप छनोटमा आयोजकले सहभागी खेलाडीसँग रकम उठाएको खुलासा भएको छ । प्रतियोगितमा सहभागिताका लागि करातेका ९५ र तेक्वान्दोका ९० खेलाडीसँग जनही दुई हजार दरले तीन लाख ७० हजार उठाएको हो । छनोट चरणमा तीन सय ५० भन्दा बढी खेलाडी सहभागी थिए । नयाँ पत्रिकामा खबर छ ।
More

प्रमुख सेनानी केशवराज कार्की बर्खास्त

काठमाडौँ — नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्की भ्रष्टचारको आरोपमा पदबाट बर्खास्तमा परेका छन् । गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि उनलाई समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला गरिएको सैन्य स्रोतले जानकारी दिएको छ । प्रमुख सेनानीकार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन्। कार्कीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको अदालतले ठहर गरेको छ। चुरे तराई मधेस संरक्षण कार्यक्रममा कार्कीले १ लाख ६७ हजार हिनामिना गरेका थिए । कान्तिपुर दैनिकमा
More