Daily Archives 27th May 2019

यस्तो छ सरकारको आर्थिक सर्वेक्षण, नेपालीको आम्दानी १ लाख १७ हजार

काठमाडौं–सरकारले आर्थिक वर्ष २०७५–७६ को आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०७५–७६ को फागुनसम्ममा औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको समेत जानकारी दिए । उनले आर्थिक क्रियाकलापमा भएको विस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको जानकारी दिँदै कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको जानकारी दिए । ‘विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ। यसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ’ अर्थमन्त्री खतिवडाले जानकारी दिए । यस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक
More

बम विस्फोटपछि सरकारको संसदमा चर्को आलोचनाः कसले के भने ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसदहरुले राजधानीमा नै बम विस्फोटमा परि सर्वसाधरणले ज्यान गुमाईरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको धारणा राखेका हुन् । उनीहरुले दुई तिहाईको दम्भ देखाउन छाडेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए । नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले राजधानी जस्तो स्थानमा पनि दिउँसै बम विस्फोटमा परि सर्वसाधरणको ज्यान गएको भन्दै सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । शक्तिशाली सरकारको समयमा पनि राजधानीकै बासिन्दा सुरक्षित हुन नसकेको र नेपालीहरु आतंकित भएको भन्दै उहाँले
More

राजधानीको नयाँ बसपार्कमा पनि बम

काठमाडौं– राजधानीको नयाँ बसपार्कमा शंकास्पद बस्तु फेला परेको छ । बसपार्कको लोत्से मल नजिकै प्लाष्टिको झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईँले जानकारी दिए ।
More

आज अमेरीकी डलरको खरिद

नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९५ पैसा र बिक्री मूल्य १११ रुपैयाँ ५५ पैसा तोकेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ` ३१ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ९८ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ०५ पैसा र बिक्रिदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २१ पैसा रहेको छ ।
More

नेपाल प्रहरीका ४५ एसपीको सरुवा, चितवन पुगे दानबहादुर मल्ल

काठमाडौं–नेपाल प्रहरीका ४५ प्रहरी उपरीक्षक ९एसपी० को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो । निर्णयअनुसार दानबहादुर मल्ल जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका छन् भने सोमेन्द्र सिंह राठौर जिल्ला प्रहरी कार्यालय पर्सा र जयराज रापकोटा जिल्ला प्रहरी कार्यालय काभ्रे सरुवा भएका छन् । यस्तै सिद्धि विक्रम शाह प्रहरी प्रधान कार्यालय अनुसन्धान अनुसन्धान विभागमा सरुवा भएका छन् । सरुवाको पूरा सूची :
More

मोदी फेरि आउलान् जनकपुर ?

सरकारले जनकपुर जयनगर रेल्वे सेवा तोकिएकै मितिमा सञ्चालनमा ल्याउने गरी रेल खरिद लगायतका कार्यहरु तीब्र रुपमा अघि बढाइएको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसका लागि रेल खरिदको प्रक्रिया तीब्र रुपमा अघि बढाइएको भएपनि खरिद गर्ने भनिएको रेल प्राप्त नभइसकेकाले कहिलेबाट रेल सेवा सुरु गर्ने भन्ने सम्बन्धमा निर्णयमा पुगिनसकिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले रेल खरिद नभएकै कारण रेल सेवा कहिलेदेखि सुरु गर्ने भन्नेमा मन्त्रालय अझैं टुंगोमा पुगिनसकेको बताए । उनले केही सञ्चारमाध्यममा रेल्वे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाउने तयारी रहेको भन्ने प्रकाशित समाचारको सत्यता नरहेको पनि विज्ञप्तिमार्फत जनाएका छन् ।
More

कोरियामा एक नेपाली सामाजिक अभियन्ता छनान नगरपालिका द्वारा सम्मानित

कृष्ण पुरी । कोरियामा रहेका एक नेपाली कोरियाको छनान नगरपालिका बाट सम्मानित भएका छन्। एक सरल, सालिन, मिलनसार, इमान्दार, सहयोगी परोपकारी भावना भएका सकृय सामाजिक अभियन्ता नेपाल कोरिया बिचमा सामाजिक ,साँस्कृतिक र परोपकारी कार्यमा उदाहरणीय कार्य गर्दै आएको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगरले सोही क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता यम श्रेष्ठ लाई सम्मान प्रदान गरिएको हो । इपियस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका करिब एक दशक दक्षिण कोरियामा रहदै आउनु भएका धुलिखेल न।पा।(१२,शंखु काभ्रे निबासी श्रेष्ठ कोरियामा हुने बिभिन्न सामाजिक संघ संस्थामा आबद्द रहनुका साथै साँस्कृतिक परोपकारी सामाजिक कार्यमा कोरिया प्रवेश गरे देखिनै
More

पोखराका तीन ठाउँमा शङ्कास्पद वस्तु

पोखरा–पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु देखिएको छ । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । ती शङ्कास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । कपिलवस्तुको वाणगंगाका दुई स्थानमा बम फेला परेको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुरको हेटौडामा पनि बम फेला परेको छ । यस्तै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै बिहान करिब पौने तीन बजे प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा फेला पारेको शंकास्पद बस्तुलाई सुरक्षाकर्मीले निस्किृय पारेको छ
More

कहाँ–कहाँ भेटियो बम ? देशभर आतंक

काठमाडौं– सोमबार राजधानीसहित देशका विभिन्न स्थानमा बम फेला परेको छ । सोमबार कार्यकर्ता हत्याको विरोधमा प्रतिबन्धित विप्लव समूहले बन्द आह्वान गरेको र त्यसलाई सफल बनाउने उद्देश्यका साथ आतंक फैलाउन बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ । बिहानै राजधानीका विभिन्न स्थानमा बम फेला परेको छ । सातदोबाटो, भैसेपाटी र हात्तीबनमा बन फेला परेको हो । यसअघि आइतबार पनि राजधानीको विभिन्न स्थानमा बम फेला पर्नुका साथै तीन स्थानमा विस्फोट समेत हुँदा ४ जनाको ज्यान गएको थियो । विप्लवका कार्यकर्ताले बस जलाए सुर्खेत–नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको
More

विप्लवका कार्यकर्ताले बस जलाए, पूर्णरुपमा क्षति

सुर्खेत–नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
More

लोकसेवाले माग्दै छ १५ हजार कर्मचारी

काठमाडौँ–लोकसेवा आयोगले यसै साता स्थानीय तहका लागि आवश्यक करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गर्ने लागिएको हो । आयोगले एकैपटक यति धेरै पदमा पदपूर्ति गर्न लागेको यो पहिलो पटक हो । यस अघि भने यत्तिका पदमा आयोगले पदपूर्ति गर्दा न्यूनतम पनि एक वर्ष लाग्ने गरेको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि ती पदको पूर्तिका लागि यसअघि नै आयोगलाई सिफारिस गरिसकेको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सरकारले गरेको सिफारिस
More

राजधानीमा बम बनाउने र बोक्ने आफैं मारिए

काठमाडौँ– राजधानीको अनामनगर र सुकेधारामा आइतबार अपराह्न ४ः१५ बजे बम विस्फोट हुँदा तीनको मृत्यु भएको छ जना घाइते भएका छन् । विस्फोटमा परी मर्नेहरुमा बम बनाउने तथा राख्ने काममा संलग्न रहेका व्यक्तिहरु भएको बताइएको छ । महानगरीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीका अनुसार, अनामनगर अप्काहाउस पछाडि सङ्गमगल्लीस्थित लोकमञ्जरी कार्कीको घरको भूईँतलामा भएको बम विस्फोटमा परी एकजनाको घटनास्थलमै मृत्यु हुनुका साथै एकजना घाइते भएका छन् । त्यस्तैं, सुकेधारा ढलाने पुल नजिकै रहेको शैलुन पसलभित्र बम विस्फोट हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, बम विस्फोटमा परी मर्नेमा एक जना ‘विप्लव’ समूहका कार्यकर्ता
More

छोरी परीक्षार्थी, बाबु शिक्षामन्त्रीलाई ढाँटेर परीक्षा नियन्त्रक

काठमाडौँ – छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ । स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए। कान्तिपुरमा खबर छ ।
More

६ करोड हात पार्न सांसदले थाले लबिइङ

विराटनगर – प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी थालेसँगै सांसदहरूले ‘प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि रकम बढाउन लबिइङ थालेका छन् । प्रदेश सरकारले चालु वर्षका लागि हरेक निर्वाचन क्षेक्रलाई यो कार्यत्रमअन्तर्गत २ करोड रुपैयाँका दरले विनियोजन गरेको थियो । उक्त रकममध्ये ५० प्रतिशत सम्बन्धित पालिकाहरूमा पठाइएको थियो । ‘प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ बजेटलाई २ करोडबाट बढाएर ५ करोड बनाइनुपर्ने र १ करोडको छुट्टै रकम दिनुपर्ने लबिइङमा सांसदहरू छन् । उनीहरूले यो १ करोड सानातिना योजनामा खर्च गर्ने गरी प्रत्यक्ष र समानुपातिक दुवैलाई दिन माग गरेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
More

मिडिया विधेयकको प्रक्रियामा दलहरूबीच विवाद

काठमाडौं – संघीय संसद्मा दर्ता मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रक्रियामा लैजाने कि फिर्ता गर्ने विवाद दलहरूबीच चर्किएको छ। राष्ट्रियसभामा दर्ता भएको ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ फिर्ता लिनुपर्ने अडान प्रमुख प्रतिपक्षी दल कांग्रेसको छ भने सत्तारुढ दल नेकपाले विधेयक प्रक्रियामार्फत परिमार्जन गर्न सकिनेमा जोड दिएको छ। प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ल्याइएको भन्दै सञ्चार क्षेत्र र नागरिक समाजले विरोध जनाएपछि विधेयकका सम्बन्धमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रियसभा सत्तापक्षको नेता, विपक्षी दलको नेता, प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका थिए। सत्तारुढ दल र प्रतिपक्षीबीच विधेयकको प्रक्रियाबारे सहमति हुन सकेन। प्रतिपक्षी
More

आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा

काठमाडौं – सजाय तोकिएका अभियुक्तले कैद भुक्तानका लागि अदालतमा आत्मसमर्पण गरेमा २० प्रतिशत मिनाहा हुने भएको छ। सर्वोच्चका तीनजना न्यायाधीश संलग्न पूर्ण इजलासको यो फैसलासँगै कैद तथा जरिबाना मिनाहामा लामो समयदेखिको दुविधासँगै प्रशासनिक झन्झट अन्त्य भएको छ। तर यो सुविधा मुलुकी फौजदारी संहिता र देवानी संहिता लागू हुनुपूर्व गत भदौ १ गतेअघि दर्ता भएका फौजदारी मुद्दाका प्रतिवादीले मात्र पाउनेछन्। यो नजिरले अन्तिम फैसला कुरिरहेका मुलुकभर जेलमा रहेका सयौंको संख्यामा रहेका कैदीबन्दीलाई राहत दिनेछ। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा डिल्लीबजार सदरखोरमा कैद भोगिरहेका वसन्त रावलले दिएको निवेदनमा बिहीबार यस्तो फैसला भएको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ।
More

टाइमिङ मिलाउन नजान्दा काठमाडौंमा बम विस्फोट

काठमाडौं–सोमबार बन्द सफल पार्न झिससिमेमै बिस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार अपरान्ह ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाई छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटिएको थियो । दुवैतिर एकै समयमा आकस्मिक रुपमा बम विस्फोट हुनेको कारणबारे अनुसन्धान केन्द्रीत गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । नयाँ पत्रिकाले यो खबर छापेको छ ।
More

प्रतिबन्धित विप्लव समूहको बन्दले जनजीवन प्रभावित

काठमाडौं–विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा साविकझैं गाडी चलेका छैनन् भने अघिकांश शैक्षिकसंस्था बन्द भएका छन् । यस्तै राजधानी बाहिरिने गाडी न्यून संख्यामा मात्रै चलेका छन् । प्रहरीले भोजपुरमा आफ्नो कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई गोली हानेर हत्या गरेको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको हो । नेकपाले जनघाती, राष्ट्रघाती, भ्रष्टचारी सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ ।
More