Daily Archives 29th May 2019

विदेशमा रहेको नेपालीहरु स्वदेश फर्कने वातावरण बन्दैछ: मन्त्री बस्नेत

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विदेशमा बस्ने हरेक नेपाली नेपालको दूत भएको बताउनुभयो । उहाँले नेपाल समृद्धिको मार्गमा बढेको बताउनुहुँदै अघिल्लो वर्ष आधार वर्ष भएको बताउनुभयो । ‘हामीले भनेका छौँ की अघिल्लो वर्ष आधार वर्ष बन्यो, संरचना बन्यो, अब विकास र समृद्धिको यात्रालाई गति पकड्ने छ,’ उहाँले भन्नुभयो । मन्त्री बस्नेतले नेपालको समृद्धिको यात्रामा विदेशमा बस्ने नेपाली समुदायको योगदान हुनुपर्ने बताउनुभयो । विदेशमा रहेका नेपालीहरुले चाहिरहेको वातावरण नेपालमा बन्ने बताउनुहुँदै उहाँले सरकारले अधिकांश नेपालीहरु स्वदेश फर्कने वातावरण बनाउने बताउनुभयो । ‘समृद्ध नेपाल सरकारको एक्लो प्रयासले मात्र हुँदैन, यसमा सरकार, नीजि क्षेत्र र स्वदेश तथा विदेशमा रहने सबै नेपालीको
More

भियनास्थित नेपाली दूतावासको स्वागत समारोहमा उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको छ । स्थानीय समय अनुसार मंगलबार राति आयोजित स्वागत समारोहमा उपस्थित भएर उपराष्ट्रपतिले अष्ट्रिया र नजिकका यूरोपियन मुलुकमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको हो । उपराष्ट्रपति पुनले नेपाल स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्नुहुँदै नेपालको समृद्धिको यात्रामा विदेशमा बसोबास गर्ने नेपाली समुदायले योगदान दिनुपर्ने बताउनुभयो । उहाँले विदेशमा बस्दा कमाएको पूँजी, सिकेको सिपलाई नेपालको विकास प्रक्रियामा प्रयोग गर्न आग्रह गर्नुभयो । ‘नेपाल समृद्धिको अभियानमा छ । यो अभियान सफल पार्न देश तथा विदेशमा बस्ने सबै नेपालीहरुको भूमिका हुनुपर्दछ’, उहाँले भन्नुभयो,
More

तमुधिं युकेका मिडिया संयोजक रोहित गुरुङद्धारा राजीनामा

लण्डन । तमुधिं युकेका मिडिया संयोजक रोहित गुरुङले राजीनामा गरेका छन् । आइतवार भएको १७ गोर्खा कप फुटवलको समाचार संकलन गर्न पुगेका पत्रकारहरु माथि भेदभाब भएको समाचार आए पछि गुरुङले राजीनामा गरेको रोतोपाटी अनलाइनले जनाएको छ । गत आइतबार नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार समेत रहेका रातोपाटी युकेका प्रतिनिधि बिपिन निरौला लगायतका समाचार संकलन गर्न गएका केहि पत्रकारहरुलाई तमुधी युकेका एक सदस्यद्वारा भेदभाब र दुरब्यबहार भएको घटनाप्रति दुख ब्यक्त गर्दै संस्थाका मिडिया कोर्डिनेटर रोहित गुरुङले सो पदबाट राजीनामा दिएको समाचारमा उल्लेख छ ।
More

‘गोर्खा ब्राण्ड ‘एडिडास’ र ‘नाइकी’ भन्दा पनि बलियो’

गोर्खालीको अपमान दधिराम खतिवडा । झण्डै २०० वर्षको इतिहास फर्केर हेर्दा करिब १० लाख ब्रिटिश गोर्खाली सेनामा भूपू तथा सेवारत नेपाली युवाहरूलाई बेलायतले दासतापूर्वक शोषण गरेको केही अप्रिय विवरण सार्वजानिक भएका छन् । विशेषगरी पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा भारत, बर्मा, मलाया, यूरोप लगायत अनेकौं स्थानमा भएका युद्धमा मारिएका भूपू गोर्खालीहरुको बेलायतले लगभग ७ लाख युवाहरू प्रयोग गरेको छ भने करिब ५ लाख युवाहरू मारिएका वा हराएका वा घाइते भएको प्रारम्भिक अनुमान छ । तर, बेलायतले हालसम्म नेपाली नागरिकहरूको मातृभूमि देश र सम्बन्धित नेपाललाई कुनै जानकारी दिएको छैन । अर्कातर्फ गोरखा भूतपूर्व सैनिक संघले बताएअनुसार बेलायती सेना र नेपाली गोरखा
More

वडा कार्यालयमा शंकास्पद बस्तु फेला

बझाङ –जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ मा शंकास्पद बस्तु फेला परेको छ । बुधबार बिहान वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो । ‘वडा कार्यालयमा शंकास्पद बस्तु राखिएको जानकारी प्राप्त भएको छ’, बझाङका सिडिओ सुरेश सुनारले भने, ‘शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि सो स्थानतिर नेपाली सेनाको बम डिस्पोजल टोली पठाइएको छ ।’ सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पूग्न झण्डै ४ घण्टा लाग्छ । २ साता अगाडि मात्र बझाङको छविस पाथिभेरा गाउँपालिका को कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोजल गरेको थियो ।
More

भवन जी र म सहमतिमा अडिग छौं: उपाध्यक्ष कुमार पन्त

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले २ पटक उपाध्यक्ष भैसके पछि अध्यक्षमा उम्मेदवारी दिनुको विकल्प नभएको बताएका छन् । पन्तले अमेरिकाबाट संचालित अनलाइन प्रोटल विश्वन्युजलाई (कि उठ्नुपर्छ, कि मैले बिदा लिनुपर्छ, म स्वभाविक रुपमा प्रत्याशीः पन्त) अन्तरवार्ता दिदैं विधानले पनि उपाध्यक्षमा दोहोरिन कुरा रहेन कि मैले विदा लिनुपर्दछ कि अध्यक्षको रुपमा कन्टिन्यू हुनुपर्दछ । मसँग अर्को अप्सन छैन् भनेका छन् । पन्तले सक्रिय रुपमा संघको पदमा रहेर लाग्ने हो भने म अध्यक्षमा उठ्नैपर्दछ । त्यसैले पनि म अध्यक्षको प्रत्याशी बन्ने कुरा स्वभाविक हो र म अध्यक्षको प्रत्याशी हुन्छु भनेका छन् । उनले अध्यक्षको प्रत्याशी बन्ने कुरालाई संसारभरका साथीहरुले
More

भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट सिलिङ रु एक खर्ब ३७ अर्ब रहेको छ । पूर्वाधार निर्माणमा चालू आर्थिक वर्षको भन्दा ३५ प्रतिशत बढी विनियोजन गर्ने गरी प्रस्ताव गरी अर्थ मन्त्रालयबाट स्वीकृत भएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले राससलाई जानकारी दिनुभयो । काठमाडौँ–तराई द्रूतमार्गका लागि रु २० अर्ब, हुलाकी राजमार्गका लागि रु १५ अर्ब, मध्यपहाडी (पुष्पलाल) लोकमार्गका लागि रु १० अर्ब, रेलमार्गका लागि रु सात अर्ब ५० करोड, उत्तर–दक्षिण लोकमार्गका लागि रु पाँच अर्ब ५० करोड बजेटको प्रस्ताव स्वीकृत भएको उहाँले बताउनुभयो । मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सबै राजमार्गलाई एशियालीस्तरको मार्गका रूपमा स्तरोन्नति
More

१० अर्वको म्यूचअल फण्ड निर्माण गर्ने कानुन बन्दैछ: एनआरएन उपाध्यक्ष कुमार पन्त

होम लम्साल । अमेरिका । गैरआवासीय नेपाली संघले भूकम्प प्रभावितका लागि निर्माण गरिएको ५ सया ७३ घर स्थानीयलाई हस्तान्तरणको अन्तिम तयारी भैरहेको उपाध्यक्ष कुमार पन्तले बताए। अमेरिका भ्रमणका रहेका एनआरएन उपाध्यक्ष पन्तले टेक्सासमा आयोजित कार्यक्रममा एक महिना भित्रमा लाप्राक बस्ती स्थानीयलाई हस्तान्तरण गर्ने तयारी भैरहेको बताउँदै यो उपलब्धि एनआरएनको प्रमुख उपलब्धि भएको उल्लेख गरे। बस्तीसंगै शंखमुल पार्क निर्माण सम्पन्न भएको बताए। एनआरएनको महत्पूर्ण योजनाहरुमा १० अर्वको म्यूचअल फण्ड निर्माण गर्ने कार्यको लागि कानुन निर्माण भैरहेकोले त्यसबाट मातृभुमिको विकासमा टेवा पुग्ने बताए। एनआरएन अमेरिकाद्धारा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघले मुलुकका लागि गरिएका महत्वपूर्ण आयोजनाको बारेमा चर्चा गर्दै समृद्ध मातृभुमिका लागि सबैले
More

आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने तीन पक्राउ

पर्सा । बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका भारत विहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ निवासी सिकेन्द्र साह र बाराकै खपरताता बस्ने विनेश महतोलाई प्रहरीले आज पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको छ । घरअगाडि खेलिरहेको अवस्थामा जेठ १० गते करणलाई अपहरण गरी उनका पितासँग ३० लाख फिरौती माग्दै आएको र फिरौती पाउन ढिलो भएपछि बालकको हत्यासमेत गरेको
More

नेपाली काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज शुभकामना सन्देशमा गणतन्त्र दिवस–२०७६ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । “नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को सफलतापश्चात नेपाली काङ्ग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो”, विज्ञप्तिमा भनिएको छ । काङ्ग्रेसले नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश,
More

बझाङमा बैंकहरुको संख्या बढ्दै, सेवाग्राहीलाई सहज

हिमाली जिल्ला बझाङमा बैंकहरुको संख्या बढ्दै गएको छ । बैंकहरुको संख्या बढेपछि सेवाग्राहीलाई सहज भएको छ । विगतका बर्षहरुमा नेपाल राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले मात्र सेवा दिइ रहेको बझाङमा हाल भने ११ बैंकहरुले सेवा दिदै आइरहेका छन । ३ बर्ष यता जिल्लाको सदरमुकाम चैनपुरमा सिटिजन बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक,महालक्ष्मी विकास बैंक ,सनराइज बैंक, एनआइसि एसिया बैंक र छबिस पाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा कुमारी बैंक एवं नेपाल इन्भेष्टमेन्ट बैंक, खप्तड छान्ना गाउँपालिकामा प्राइम कमरसियल बैंक लगायतका प्राइभेट बैंकहरुले शाखा बिस्तार गरेका छन । जिल्लामा बैंकहरुको संख्या बढेपछि क्रृण लगानी गर्न, सेवाग्राहीलाई आफतिर आर्कषण गर्न पनि
More

तीन नेपाली महिलाहरु ‘नेपाली संस्कृति तथा सद्भावना’ राजदूतु को मानार्थ उपाधिले सम्मानित

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले बिभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट बिशेष योगदान दिँदै आएका बिदेशमा बस्ने तीन जना नेपाली महिलाहरुलाई नेपालको १२औं गणतन्त्र दिवसको अवसरमा आज ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ। नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित हुने नेपाली महिलाहरुमा डा। एलिनी पोखरेल सुबेदी ( पोल्याण्ड, योगिता थापा ( बेल्जियम र लक्ष्मी लामा गुरुङ ( दक्षिण कोरिया हुनुहुन्छ । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले हालसम्म दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट ९स्पेन०, बिजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण
More

बजेट भाषण ४ बजे

काठमाडौँ– सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेश गर्ने भएको छ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्नेछन् । नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो । बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । बजेट लेखनको सम्पूर्ण तयारी सकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । करीब रु १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले
More

एआइजी जगेडामा : प्रहरीको महत्वपूर्ण विभाग नेतृत्वविहीन

सुरक्षा निकायमा अप्रेसन विभाग सबैभन्दा महत्वपूर्ण विभागका रूपमा लिइन्छ । प्रमुखपछिको व्यक्तिलाई जिम्मेवारी दिने चलन छ । तर, नेपाल प्रहरीको कार्यविभाग भने नेतृत्वविहीन छ । एक एआइजी जगेडामा राखेर विभागलाई नेतृत्वविहीन बनाइएको छ । देशमा हिंसात्मक घटना बढिरहेका वेला विभागलाई नेतृत्वविहीन बनाउँदा शान्ति–सुरक्षामै यसको असर पर्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । दुई साताअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख रहेका एआइजी पुष्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो । प्रतिष्ठानमा कार्यरत एआइजी धिरु बस्नेतलाई दरबन्दी नै नभएको राष्ट्रिय सुरक्षा परिषद्मा राखिएको छ । भएका एआइजीलाई जिम्मेवारी नदिई एआइजीको दरबन्दी थप गर्न प्रहरी प्रधान कार्यालयले लबिङ गरिरहेको छ । प्रतिष्ठानमा आर्थिक अनुशासन कायम नगरेको आरोपमा बस्नेतलाई जगेडामा
More

मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा छ । तर, छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्ता छैन । बिमस्टेक सदस्य थाइल्यान्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निमन्त्रणा छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूल बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि शपथग्रहणमा निम्ता गरिएको छ । भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकी मुलुकलाई प्रधानमन्त्रीको शपथग्रहणमा बोलाएको जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।
More

जथाभावी बीउ बाँड्नेलाई जरिवानासहित कैद

काठमाडौं । तपाई जथाभावी बीउ विजन वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? कतै सम्बन्धित निकायको सिफारिस नै नलिई गुणस्तर जाँच गर्दै त हुनुहुन्न ? हो त्यसैले अब ख्याल गर्नुहोला, सरकारले यस्तो कार्य गर्ने कडा कानुनी कारवाही हुने विधेयक तयार पारेको छ । बीउ विजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त ऐन सोही साल कार्तिक १० गते तत्कालीन राजा बीरेन्द्रले जारी गरेका थिए । उक्त ऐन २०६४ साल माघ १० गते पहिलोपटक संशोधन भएको उक्त ऐनमा गलत काम गर्नेलाई जरीवानाको व्यवस्था भए पनि कैद राख्ने भन्ने थिएन तर अहिलेको संशोधनमा कैद
More

बलात्कारी प्रहरी नायब निरीक्षक पक्राउ ब्ल्याकमेल

काभ्रे–‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती गर्यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ जान थालें । अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु ।’ बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिंदै भनिन् । जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी
More

जानकी मन्दिरमा मठाधीशको मनोमानी

काठमाडौं । जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरको नाममा रहेको झन्डै १ हजार १८४ बिघा जमिनमध्ये १ हजार बिघा जग्गा विभिन्न व्यक्तिका नाममा बिक्री भएको पाइएको छ । सो मन्दिरको मठाधीश रामतपेश्वर दासको प्रत्यक्ष संलग्नतामा जग्गा बिक्री भएको पाइएको हो । जग्गा बिक्री सम्बन्धमा हालसम्म पाँचवटा आयोग तथा समितिले छानबिन गरी प्रतिवेदनसमेत पेस गरिसकेको छ । प्राप्त प्रतिवेदनका अनुसार हाल मन्दिरको नाममा सय बिघाभन्दा कम मात्र जग्गा रहेको छ । यसका साथै महन्थको जिम्मामा रहने गरेको मन्दिरका अमूल्य गरगहना, नगद तथा मूर्तिसमेत बेचबिखन भइसकेको पाइएको छ । गुठी संस्थानका पूर्वबोर्ड सदस्य तथा धनुषा जिल्ला गुठी सञ्चालन सहयोग समितिका पूर्वअध्यक्ष एवं पाँचवटै समितिमा
More

सर्वोच्चको आदेश, सुमार्गीको रकमको स्राेत खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको बैंकमा रहेको रकमको स्रोतबारे छानबिन गर्न आदेश दिएको छ । सर्वाेच्चले सुमार्गीको बैंकमा रहेको रकम के कुन स्रोतबाट आएको हो ? सम्पति शुद्धीकरण ऐनको उल्लंघन गरी आएको हो वा होइन ? भन्ने विषयमा छानबिन गर्न आदेश दिएको हो । नेपालमा सिमेन्ट उद्योगका लागि वैदेशिक लगानी भन्दै भिœयाएको रकमसम्बन्धी विवादको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले सुमार्गीको रकमको वैधताका विषयमा जाँचबुझ गरी ६ महिनाभित्र निर्णय गर्न भनेको छ । सर्वोच्चले सुमार्गीको रकमको वैधानिकता विषयमा प्र्र्रत्येक महिना सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयमा पठाउन भनेको छ ।गत १० पुसमा तत्कालीन न्यायाधीश दीपकराज
More

९ हजार बढी नयाँ कर्मचारीका लागि लोकसेवाको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढीको संख्यामा नयाँ कर्मचारी भर्नाका लागि आज बुधबार विज्ञापन आह्वान गरेको छ । आयोगले स्थानीय तहमा रिक्त रहेको कर्मचारी अभावलाई कम गर्न बिभिन्न सेवा समूह तथा उपसमूहका लागि कर्मचारी भर्नाको आह्वान गरेको हो । देशभरका ५५५ स्थानीय तहले १४ हजार ६ सयको संख्यामा कर्मचारी माग गर्दै विवरण पठाएको भए तापनि आयोगले हालका लागि ९ हजार बढीको संख्यामा मात्र भर्ना आह्वान गरेको हो । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार बाँकी कर्मचारीका लागि बढुवा, आन्तरिक प्रतिस्पर्धा तथा पुनः नयाँ भर्ना प्रक्रियाद्वारा गरिनेछ । कर्मचारी समायोजनलगायतका कारण आयोगको नियमित प्रक्रियाअनुसार कर्मचारी भर्ना
More