Daily Archives 29th May 2019

लोकसेवा आयोगले ठूलो संख्यामा स्थानीय तहमा कर्मचारी माग्यो (सूचना सहित)

काठमाडौँ–लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन निकालेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् । प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको आयोगले जनाएको छ ।
More

तातोपानी नाका आजदेखि सञ्चालनमा

तातोपानी : चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने पहिलो तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालन हुन लागेको छ। नेपाल चीनबीच नाका सञ्चालनको सहमतिपछि तातोपानीमा भन्सार लगायत सम्बन्धित कार्यालयले आफ्नो तयारी पूरा गरेका छन्। २०७२ बैशाख १२ को भूकम्पले दुबै तर्फको भौतिक संरचनामा क्षति पुर्‍याएपछि बन्द भएको नाका उद्योग बाणिज्य मन्त्री मातृका यादवको उपस्थितिमा बुधबारबाट पुनः सञ्चालनमा ल्याउन लागिएको हो। भूकम्पले क्षति पुर्‍याएको तातोपानी क्षेत्रमा २०७३ साउनमा भोटेकोशी नदिले सडक लगायत संरचनामा थप क्षति पुर्‍याएपछि नाका सञ्चालनमा अन्यौलता थपिएको थियो। स्थानीय व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि एवम् नेपाल सरकारको लामो प्रयत्नपछि चिनियाँ पक्ष नाका पुनः सञ्चालनमा ल्याउन सहमत भएको हो। नाका पुनः
More

हिरासतमा साथी भेट्न जाँदा लागुऔषध उपहार !

काठमाडौं : हिरासतमा रहेका एक युवालाई भेट्न गएका उनका साथीहरू उल्टै पक्राउ परेका छन्। कारण हो- लागु लागुऔषध मुद्दामा हिरासतमा रहेका साथीलाई लगेको उपहार। प्रहरी हिरासतमा रहेका साथी भेट्न गएका उनीहरूले उपहारबापत लागुऔषध नै लगेका थिए। लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका नवीन शाहीलाई भेट्न गएका उनका दुई साथीले उनलाई दिन लागुऔषध ल्याएको थाहा भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। कालिकोटका नवीन शाहीलाई महानगरीय प्रहरी प्रभाग बलम्बुको हिरासतमा ललितपुर ईमाडोल बस्ने पुजन बम ठकुरी र झापा दमकका धर्मेन्द्र लिम्बु सोमबार भेट्न पुगेका थिए। नवीनलाई दिन भनि लगेको दुई वटा चाउचाउको पोकाभित्र उनीहरूले चलाखी गरी लागुऔषध लुकाएर लगेका प्रहरीले जनाएको छ। लागुऔषध
More

मोटरसाइकल चोरी गर्ने ६ जना भक्तपुरबाट पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकल सहित चोरी कार्यमा संलग्न ६ जनालाई विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रामेछाप सुनापाती गाउँपालिका ६ घर भई हाल काठमाडौं बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका ५ फेदीगुठ घर भई हाल काठमाडौं बौद्ध जारपाटी बस्ने १९ वर्षीय प्रविन बरुवाल, ओखलढुंगा सुनकोशी गाउँपालिका ३ सिस्नेरी बस्ने २७ वर्षीय प्रेम बहादुर कटवाललाई पक्राउ गरेको छ। त्यस्तै खोटाङको खोटेहाङ गाउँपालिका ९ घर भई हाल त्रियुगा नगरपालिका ३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउले बस्ने ३१ वर्षीय उमेश तामाङ र
More

डोटीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, १४ घाईते, १ को अवस्था गम्भिर

डोटी । डोटीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १४ घाईते भएका छन्। डोटीको दिपालय सिलगढी नगरपालिका ४ समुवागाड नजिक जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको हो। तिखा क्षेत्रबाट डडेल्धुराको कोरालखोला विवाह जन्ती जाँदै गरेको से २ त ३३२ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार १४ जना घाईते भएको छन्। घाईते मध्ये एक जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। गम्भीर घाईतेको जिल्लामा उपचार सम्भव नभए पश्चात थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ। ट्याक्टरमा २४ जना सवार रहेका थिए। १३ जना घाईतेहरुको दिपालयको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ। ट्याक्टरको चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
More

‘जनता भड्काउने छुट कसैलाई छैन’ :प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले लिएको विकास र समृद्धिको सङ्कल्पलाई दोष दिएर जनता भड्काउने छुट कसैलाई नभएको बताएका छन्। उनले ठूलो त्याग र बलिदानपछि आएको राजनीतिक परिवर्तन र त्यसका उपलब्धिलाई संस्थागत गरी देशलाई समृद्ध बनाउनुको अर्काे विकल्प नभएकाले विकास निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे। आज राजधानीमा आयोजित गन्तव्य नेपाल ग्रुपको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘जनताले बनाएको संविधान, जनताले ल्याएको परिवर्तन, जनताले लिएको विकास र समृद्धिको सङ्कल्पलाई दोष दिई त्यसबाट जनतालाई भड्काउने कुनै ठाउँ छैन, सबै केन्द्रित भएर समृद्धि र विकास निर्माणमा अगाडि बढौँँ।’ राजनीतिक क्रान्ति समाप्त भएर आर्थिक क्रान्तिको
More