Daily Archives 30th May 2019

सन्ध्याको ‘बिर्सुं कसरी’ भिडियो सार्वजनिक (भिडियो)

राजेन्द्र पौडेलको निर्देशन लण्डन । बेलायतको नेपाली समुदायमा क्रियाशिल एकजना फेटोग्राफर राजेन्द्र पौडेलले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । लण्डनमै निर्माण गरिएको ‘बिर्सुं कसरी’ बोलको गीतको भिडियो बुधबार साँझ लण्डनको साउथ ह्यारोमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । पौडलको छायांकन तथा निर्देशनमा बनेको यो पहिलो म्युजिक भिडियो हो । जुन निर्देशक पौडेलकी जीवनसंगिनी सन्ध्या पौडेलले आवाज दिएको पहिलो गीत पनि हो । बेलायतमै बस्दै आएका संगीतकार आशिष राजको संगीत रहेको गीतको रचना जे सागरले गरेका हुन् । म्युजिक भिडियोमा नर्सिंग एशोसिएसन यूकेकी पूर्व अध्यक्ष समेत रहेकी मोडल प्रसुना कंडेलसंगै मोडलहरु रोश्ना कार्की र विकेशराज बस्नेतले अभिनय गरेका छन् ।
More

राहुल गान्धीद्वारा राजीनामा फिर्ता लिन अस्वीकार

काँग्रेस कार्यसमितिले राहुल गान्धीको राजीनामा प्रस्ताव सिधै अस्वीकार गरेपनि राहुलले आफ्नो राजीनामा प्रस्ताव फिर्ता लिन नमानेको खबर छ । भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले अरु अब नयाँ आउने अध्यक्षलाई आफू पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताएका छन् । असमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ काँग्रेस नेता तरुण गोगोईले राहुलले नयाँ पार्टी अध्यक्षलाई मद्यत गर्न आफू तयार रहेको बताएको जनाए । उनका अनुसार अध्यक्ष नहुँदा पनि राहल भाजपा तथा नरेन्द्र मोदीको विरुद्ध आफ्नो अभियान जारी राख्नेछन् ।
More

राहुल गान्धीलाई हराएर सांसद बनेकी स्मृति ईरानी बनिन् मन्त्री

काठमाडौं– भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई हराएर सांसद बन्न सफल स्मृति ईरानी नरेन्द्र मोदी सरकारको मन्त्री बन्न सफल बनेकी छन् । उत्तर प्रदेशको अमेठीमा राहुललाई पराजित गरेर उनी चर्चामा आएकी थिइन् । स्मृति ईरानीले मोदी क्याबिनेटमा यसअघि पनि महत्वपूर्ण भूमिका निभाइसकेकी थिइन् । गान्धी परिवारको परम्परागत संसदीय सिट अमेठी यसपटकको चुनावमा भाजपाले बाजी मारेको थियो । राहुल इरानीसँग ५५ हजार १२० मतले पराजित भएका थिए ।
More

मोदीले बनाए जम्बो मन्त्रिमण्डल

नयाँदिल्ली–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएका छन् । उनले दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपति रामनाथ कोभिन्दबाट इश्वरको नाममा सपथ लिएका हुन् । मोदीले २४ मन्त्री, ९ राज्यमन्त्री (स्वतन्त्र) र २४ राज्यमन्त्री गरी ५७ सदस्सीय मन्त्रिमण्डल गठन गरेका छन् । विगतको तुलनामा मोदीको यो जम्बो क्याबिनेट हो । पहिलो कार्यकालमा उनले ४९ सदस्सीय क्याबिनेट बनाएका थिए । राष्ट्रपति भवनमा मन्त्री तथा राज्यमन्त्रीको सवा २ घण्टा सपथ कार्यक्रम चलेको थियो । मन्त्री तथा राज्यमन्त्रीले हिन्दी र अंग्रेजीमा सपथ लिएका थिए । गत लोकसभा निर्वाचनमा भाजपा गठबन्धले बहुमत ल्याएसँगै दोस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री बनेका
More

दिल्लीमा मोदीलाई भेटेर ओलीले दिए शुभकामना

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका समकक्षी केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् । दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित सपथग्रहण समारोह सकिएपछि ओलीले मोदीलाई भेटेर बधाई दिएका हुन् । उनले मोदीसँग हात मिलाउँदै बधाई तथा कार्यसफलताको शुभकामना दिएका थिए । ओली आजै मोदीको सपथग्रहणमा सहभागी हुन दिल्ली प्रस्थान गरेका थिए । दिल्लीमा रहँदा ओलीले मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रमम रहेको छ ।
More

मोदीले दोस्रो कार्यकालको लागि सपथ लिए, आमा अनुपस्थित

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएका छन् । उनले दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपति रामनाथ कोभिन्दबाट इश्वरको नाममा सपथ लिएका हुन् । मोदीले सपथ लिँदै गर्दा उनकी आमा हिरावेन भने उपस्थित भइनन् । उनले हमदावादबाट टिभीमै छोराले सपथ लिएको हेरेकी थिइन् ।
More

एनआरएन यूकेले उठाएको १४ लाख नपाएको पर्वतारोही निर्मल पुर्जाको गुनासो

लण्डन– गैर आवासिय नेपाली संघ (एनआरएन) युकेले पर्वतारोहीको सहयोगका लागि भन्दै उठाएको रकम गायव भएको छ । एनआरएन यूकेले ८ हजार मिटर अग्ला सबै हिमाल आरोहण गर्ने घोषणा गरेका म्याग्दीका निर्मल पुर्जा मगरको सहयोगका लागि उठाएको १४ लाख रकम गायव भएको हो । एनआरएनले उनको सहयोगकै लागि भनेर केही पहिले १४ लाख उठाएको र मगरलाई हस्तान्तरण गर्ने बताएको थियो । तर घोषित सो रकम अहिलेसम्म नपाएको निर्मलले नै पुष्टि गरेका छन् । ‘मैले एनआरएन यूकेबाट कुनै पनि सहयोग पाएको छैन, संघले १४ लाख सहयोग गर्ने घोषणा गरेको थियो’ उनले भने, ‘सामाजिक सञ्जालमार्फत समेतबाट घोषणा गरिसकेपछि यसमा पारदर्शिता हुनुपर्छ । दुई
More

शेयर बजार: उच्च अङ्कको कारोवार, नेप्से सामान्य अङ्कले वृद्धि

काठमाडौं। एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको कारोवार भए पनि कारोवार मापन नेप्से परिसूचक आज ५ दशमलव ५८ बिन्दुले मात्रै उकालो लागेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेटमा शेयर बजारलाई सम्बोधन गर्ने केही नीतिगत व्यवस्था गरे पनि शेयर बजारमा भने त्यसको सामान्य प्रभाव परेको छ। नेपाल स्टक एक्स्चेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलव ५८ बिन्दुले बढेर एक हजार ३१९ दशमलव४७ अङ्कमा पुगेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको छ। कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर कारोवार
More

‘ईदुल फित्र’को दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाँड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताएका हुन्। मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ। यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ। त्यसैगरी सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ। मन्त्री बास्कोटाले मन्त्रीपरिषद बैठकले कोषका सदस्य सचिव ढकाललाई बर्खास्त गर्ने निर्णय गरिएको बताएका हुन्।
More

रङ्गशाला भत्काउने कार्यकर्तालाई नेकपाले गर्यो निलम्बन

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्बन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो । पार्टीले आज जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउनसमेत आग्रह गरेको छ । पार्टीले सो घटनाप्रति दुःख व्यक्त गरेको छ । जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको
More

सुर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्य

काठमाडौं । ‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ विश्व सुर्तिजन्य पदार्थ रहित दिवस ३१ मे मनाउने सन्दर्भमा नेपाल जनस्वास्थ्य संघ केन्द्रिय कार्यसमिति ललितपुर र प्रदेश नम्बर ३ को स्वास्थ्य निर्देशनालयले आज जनतामा सुर्तीजन्य पदार्थ र यसको सेवनले हुने असर र भविष्यमा यसको रोकथामको बारेमा सुसुचित गर्ने उद्देश्यले मिडियासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । विश्व सुर्तिजन्य पदार्थ रहित दिवस, ३१ मे २०१९ को पूर्व सन्ध्यामा बिहीबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा अन्तरक्रियाको आयोजना गरि सुर्तिजन्य पदार्थको सेवनका रोकथामको बारेमा सरोकारवाला र पत्रकारहरुबीच अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले
More

राजदूतका रुपमा बेलायतले पठायो निकोला पोलिटलाई

काठमाडौं– नेपालको लागि बेलायतको राजदूतमा निकोला पोलिट नियुक्त भएकी छिन् । नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिस सरुवा भएपछि उनको ठाउँमा पोलिट जान लागेकी हुन् । उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्ने जनाइएको छ । हाल उनी पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् । नेपाल र बेलायतबीचको सम्बन्ध पुरानो मानिन्छ ।
More

बस र ट्रक एकआपसमा ठोक्किदा २ जनाको मृत्यु

नवलपुरको देबचुलीमा आज दिउसो बस र ट्रक एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् । दुर्घटनामा परि गम्भिर घाईते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताए । मृतकहरुको सनाखत भएको छैन । देबचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।
More

ओली भारत प्रस्थान, भोलि नै फर्किने

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्री तथा नेकपाका नेताहरु बिदाई गर्न पुगेका थिए । बिहीबार दिउँसो १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट ओली दिल्ली गएका हुन् । उनी शुक्रबार स्वदेश फर्किनेछन् । भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रम रहेको छ ।
More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं(लागूऔषध मुद्दामा थप अनुसन्धान नगर्न भनि प्रहरीलाई नगद १० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने झापा दमक नगरपालिका(१६ बस्ने १९ वर्षीय अभिषेक कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत १३ गते सोमबार राति महानगरीय प्रहरी प्रभाग बलम्बुमा लागूऔषध मुद्दामा म्याद थप अनुसन्धानका लागि राखिएका थुनुवालाई भेट्न आएका ललितपुर बालकुमारी बस्ने २२ वर्षीय धर्मेन्द्र लिम्बु र ललितपुर ईमाडोल बस्ने १९ वर्षीय सुजन बम ठकुरीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट र करिब ३ ग्राम कालो चरेस जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये धर्मेन्द्र लिम्बुलाई खोजेको समयमा उपस्थित हुने गरी मंगलबार निजको आफन्त अभिषेक कार्कीको जिम्मा
More

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं(कुटपिट गरी हत्या गरेको अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका(२ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका(११ नेपालटार बस्ने २२ वर्षीय भुवन घर्तिमगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर नगरपालिका(११ आनन्दपुरस्थित खाजा घरमा मादक पदार्थ सेवन गरी विवाद हुँदा भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा गम्भीर घाइते भएका सोही स्थान बस्ने २१ वर्षीय सागर विसीको मनमोहन अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा घाइते भएका सोही स्थान बस्ने २५ वर्षीय प्रदिप डाँगी र २२ वर्षीय कमल घर्तीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
More

कहाँ जान्छ जनताले तिरेको कर ?

तपाईंलाई लाग्छ होला, हामीले तिर्ने कर देशको विकासका लागि हो । तर, बजेट हेर्नुभो भने थाहा हुन्छ, हामीले तिर्ने करको एक सुका पनि विकासका निम्ति खर्च हुँदैन । बजेट बुझ्न विज्ञ नै हुनुपर्दैन, अलिकति तथ्याङ्क बुझे पुग्छ । देशले आगामी आर्थिक वर्षमा राजश्वबाट ९८१ अर्ब कमाउने अर्थमन्त्रीको विश्वास छ । र, ९५७ अर्ब चालू खर्चका निम्ति छुट्याइएको छ । सोझो भाषामा तलबभत्ता र सेवासुविधामा ९५७ अर्ब खर्च हुनेछ । देशको कमाइ सोचे जति भयो र चालू खर्च यतिले पुग्यो भने पनि जम्मा २४ अर्ब रुपियाँ विकासका निम्ति बच्नेछ । तर, १६७ अर्ब वित्तीय व्यवस्थापन (मुख्यत: पुरानो र नयाँ ऋणको ब्याज
More

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा तीन प्यानल

मिलन दाहाल । अष्ट्रेलिया । चिसो बढ्दै गरेको अष्ट्रेलियामा गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाको निर्वाचन नजिकिएसँगै चुनावी गर्मी बढेको छ । उम्मेदवारहरूले समूहगतरूपमा नै आफ्नो उम्मेद्वारी घोषणा गरेका कारण अष्ट्रेलियाभरी नै प्रगतिशील र प्रजातान्त्रिक धार स्पष्ट रुपमा नै छुट्टिएको छ । प्रगतिशिलतर्फको नेतृत्व दिनेश पोखरेलले गरेका छन भने प्रजातान्त्रिकतर्फको नेतृत्व केशव कँडेलले गर्दैछन् । दिनेश पोखरेलले नेतृत्व गरेको समुहमा बिभिन्न जातजाति, धर्म, व्यवसाय आदिका उम्मेदवारहरूलाई समावेश गर्दै नाम नै “समावेशी समुह“ दिइएको छ । उता केशव कँडेलले भने “एनआरएनए रुपान्तरण“ को नारा अघि सारेका छन । दिनेश पोखरेलको टिममा महासचिब सन्तोष दाहाल, सचिब उषाकिरण वारिया पोखरेल, कोषाध्यक्ष कपिल पाण्डे, युवा
More

बजेट सपनामा निदाएको खरायो जस्तो

– कल्याण कुमार गुरुङ, केन्द्रीय सदस्य, नेपाली काँग्रेस नेपालको बहु प्रतिक्षित आर्थिक बर्ष २०७६/७७ को बजेट २०७६ जेष्ठ १५ गते संघीय ब्यवस्थापिका संसदमा नेपाल सरकारको अर्थमन्त्रीद्वारा प्रस्तुत भएको छ । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न नेपाल सरकारको अर्थमन्त्रीद्वारा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाको अनुमानित आय ब्यय बिवरण ब्यवस्थापिका संसदमा पेश गरिएको छ । जसमध्ये चालु खर्च तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२.४ प्रतिशत, पूँजीगत खर्च तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैया अर्थात् २६.६ प्रतिशत र वित्तिय ब्यवस्था तर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८
More

आज भारत जाँदै ओली, मोदीसँग विशेष भेटवार्ता

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारतको औपचारिक भ्रमणमा जान लागेका छन् । ओली नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो एक बजेर ३५ मिनेटमा दिल्लीको लागि प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको सपथका कार्यक्रममा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् । दोस्रो कार्यकालका लागि मोदीले बिहीबार पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । दिल्लीमा रहँदा ओलीले मोदीसँग विशेष भेटवार्ता गर्नेछन् ।
More