Daily Archives 31st May 2019

सांसददेखि राष्ट्रपतिसम्मको तलब वृद्धि, कसकाे कति पुग्यो

काठमाडौं – सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो। कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पुग्नेछ। सांसदको तलब वृद्धिसँगै मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपतिको तलब वृद्धि हुने अर्थ मन्त्रालय स्रोतले बतायो। संघीय सांसदको मासिक पारि श्रमिक हाल ५५ हजार २ सय ३० रुपैयाँ छ। मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८
More

अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन नरबली

आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन । अन्धबिश्वासमा बिश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालको बलि चढाएको प्रहरीलाई बताएका थिए । उनले
More

विदेशबाट फर्किएका नेपालीलाई २५ तोला गहना ल्याउन छुट

सरकारले विदेशबाट फर्किएका नेपालीले ल्याउने काँचो सुन तथा सुनको गहनाको परिणाम बढाएको छ । अब भन्सार तिरेर २५ तोलासम्म सुनका गहना र एक सय ग्राम काँचो सुन ल्याउन पाइने भएको छ । आर्थिक विद्येयक २०७६ ले यस्तो व्यवस्था ल्याएको हो । नयाँ व्यवस्थाअनुसार दुई सय ५० ग्रामसम्मका गहना ल्याउन पाइनेछ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा शुल्क लाग्दैन । थप एक सय ग्राम ल्याउँदा प्रति १० ग्रामको ७ हजार दुई सय रुपैयाँ लाग्छ । बाँकी एक सय ग्रामको ९ हजार रुपैयाँ लाग्नेछ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
More

चीनको ग्रेटवाल घुम्न नयाँ नियम आयो

काठमाडौं– चीनले ग्रटवाल घुम्ने पर्यटकको संख्या क्षमताभन्दा बढी हुन थालेपछि संख्या सीमा तोकेको छ। जुन १ देखि बेइजिङको पातालिङ क्षेत्रबाट ग्रेटवाल घुम्न आउने र्यिटकको संख्या तोकिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । अबदेखि दैनिक ६५ हजार भन्दा बढीले त्यहाँ भ्रमण गर्न नपाउने नियम बनाइएको छ । पर्यटकको पिक सिजन चल्दै गर्दा चिनियाँ अधिकारीले यस्तो निर्णय गरेका हुन् । बेइजिङमा पातालिङका साथै मुत्यान र च्वियोङक्वान नाका ग्रेटवाला चढ्नका लागि सबैभन्दा लोकप्रिय क्षेत्र हो ।
More

ओलीमाथि प्रचण्डले बढाए दवाव

काठमाडौं–नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो बजेट पेस गरेकै दिन बुधबार अर्का अध्यक्ष प्रचण्डले एक वर्षअघि एकीकरणको क्रममा भएको ‘आलोपालो सरकार चलाउने’ सहमतिको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएपछि पार्टीमा नयाँ तरङ्ग पैदा भएको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त अभिव्यक्ति दिएकै दिन यसअघि ‘दुई अध्यक्षबीचको गोप्य सहमति’ भनिँदै आएको पत्रसमेत सार्वजनिक हुनलाई दाहालले पार्टी वा सरकारमध्ये एउटा आफूले पूर्णरुपमा चलाउन पाउनुपर्ने वातावरणका लागि दवाव बढाएको अर्थमा बुझिएको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
More

धामी बन्न बालकको हत्या

जनकपुरधाम : धनुषा ढल्केबरका अढाइ वर्षीय बालक आर्यन साहको हत्या भएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा आर्यनलाई छिमेकी शत्रुधन महतोले तान्त्रिक शक्ति प्राप्त गर्न हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए । महतोले प्रहरीलाई आफूले तान्त्रिक शक्ति प्राप्त गर्न बालकको हत्या गरेको बयान दिएका छन् । उनले वैशाख २३ गते साँझ ५ बजे आर्यनलाई चकलेट दिएर घरमा थिए । ‘बालकलाई राति राखेर दूध खुवाई उनले सँगै सुताएछन्’, एसपी खनालले भने, ‘मध्यरातमा तान्त्रिक विधिअनुसार विभिन्न सामग्री चढाई घाँटी रेटी हत्या गरेछन् ।’ महतोले बालकको हत्या गरी शव घरपछाडि बाँसघारीमा फालेका थिए । शम्भुले भने, ‘मेरो
More

आगलागीबाट ११ लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । बारा र महोत्तरीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ११ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। बारा, जीतपुर सिमरा उपमहानगरपालिका ११ आमाटर बस्ने ५० वर्षीय धन सुन्दर बैठाले आफ्नो खेतमा आगो लगाउने क्रममा बिहीबार बिहान उक्त आगो छिमेकी नवराज उप्रेतीको उखु खेतमा समेत फैलिएर उखु जली करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। महोत्तरी, महोत्तरी गाउँपालिका ३ डामीमडै बस्ने रामसोगारथ यादवको घरमा खाना बनाउने क्रममा बिहीबार बिहान आगलागी हुँदा छिमेकी बुधन नदाफ समेतको घरमा समेत आगलागी भई दुबै जनाको घर तथा घरभित्र रहेका सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा
More

जातीय भिडन्तमा २२ जनाको मृत्यु

जुबा । जातीय समूहबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सीमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सुडानका सूचनामन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारीअनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक–फरक स्थानका युवा हुन् । यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरू १८ जना घाइते भएका थिए । प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरू झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिए । “मङ्गलबार बिहान शुरु भएको झडप राति अबेरसम्म चलेको थियो,” उनले भने । दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन् । उनीहरूको भिडन्तका क्रममा
More