Monthly Archives June 2019

अष्ट्रियामा जमेका दिलकुमारको कथा

अष्ट्रिया (इन्सवर्क) । विदेशमा नेपालीले पैसामात्रै कमाएका छैनन्, आफ्नो देशको नामसमेत उच्च राखेका छन् । दामसँगै नाम पनि कमाइरहेका छन् उनीहरूले । हुन त सबैलाई नाम र दाम मिल्दैन । अष्ट्रियामा दामसँगै नामसमेत कमाइरहेका नेपाली हुन्– दिलकुमार घमाल । उनी अष्ट्रियाको सुन्दर सहर इन्सवर्कमा विगत १९ वर्षदेखि बसोबास गर्दै आएका छन् । पोखरा जन्मथलो भएका घमालले घरजमसमेत उतै बसालिसकेका छन् । उनको व्यावसायिक र समाजसेवाको यात्रामा श्रीमती सोमत घमालले दरिलो साथ दिइरहेकी छन् । घमालका १७ वर्षीय छोरा लेओनकुमार र १७ महिनाकी छोरी दिवानी घमाल छन् । उनले रेष्टुरेन्ट व्यवसायमा छुट्टै पहिचान बनाइसकेका छन् अष्ट्रियामा । अष्ट्रियाका नाम चलेकामध्ये उनको
More

विश्वकप क्रिकेटमा १९९२ पछि पहिलो पटक इंग्ल्याण्डले भारतलाई हरायो

विश्वकप क्रिकेटमा १९९२ पछि पहिलो पटक इंग्ल्याण्डले भारतलाई हरायो, शामीको ५ विकेट र रोहितको शतक काम लागेन । मोहम्मद शामीको ५ विकेट अनी रोहित शर्माको शतक पछि पनि भारतले आइसीसी विश्वकप क्रिकेटमा हार टार्न सकेन। आइतवार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले भारतको ६ खेलको अपराजित यात्रा टुङ्गाउँदै ३१ रनको जित हात पारेको हो। यस विश्वकपमा भारतको यो पहिलो हार हो। इंग्ल्याण्डले २७ वर्षपछि भारतलाई विश्वकपमा पराजित गरेको हो। सन् १९९२ मा इंग्ल्याण्डले भारतलाई ९ रनले हराएको थियो। इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो। जोनी बेयरस्टोबको शतक अनी लियम
More

आइफा अवार्डबारेकाे विराेधका बीच बोल्यो पर्यटन बोर्ड

काठमाडौँ–इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड–२०१९ नेपालमा आयोजना गर्ने सम्बन्धमा बजेटको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी चलिरहेका बेला नेपाल पर्यटन बोर्डले उक्त अवार्डका लागि अहिले नै बजेटको टुङ्गो लागि नसकेको स्पष्ट पारेको छ । बोर्डले आज पत्रकार सम्मेलन गरी आगामी अगष्ट महीनाको अन्तिम साता काठमाडौँमा आयोजना गर्ने तयारी गरिएको उक्त अवार्डमा लाग्ने नगद तथा अन्य सौजन्यलगायत खर्चबारे अझै वार्ताकै क्रममा रहेकाले बाहिर आएजस्तो रकम खर्च नहुने प्रष्ट पारेको छ । आइफा अवार्डको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै बोर्डले अवार्डको कार्ययोजना तयार भइनसकेको, पूर्वतयारीका विषय यकिन गर्न बाँकी रहेको तथा अवार्डको खर्च राष्ट्रिय ढुकुटीबाट
More

विवेकशील नेपाली दल डलरमा चलेकाे खुलासा

काठमाडौं । नेपालको राजनीतिक दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको दाबी गर्दै नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी दिएको छ । नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै युनियनले आज (आइतबार) आयोगमा उजुरी दिएको हो । युनियनको तर्फबाट केन्द्रीय सचिव डा. राम देव पण्डित र राजनीतिक युवा अभियन्ता मोहम्मद इरफानले आयोग कार्यालय पुगेर उजुरी दर्ता गराएका छन् । साथै उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई समेत भेटेर उजुरी बुझाएका छन् । “विवेकशील नेपाली दल’ले स्थापना कालदेखि नै विदेशी गैरसरकारी संस्थाहरुबाट पटक पटक रकम प्राप्त गरेको र गर्दै आएको करोडौं विदेशी
More

….कसैले त्यस्तो लेख्यो भने च्यातेर फ्याकिदिए हुन्छः केपी ओली

नेपाल युवा जनसंख्या भएको देश । र, श्रम गर्न नहिचकिचाउने, श्रम गर्न रुचि राख्ने जनताको देश । श्रम गर्न रुचि राख्ने भएको हुनाले र इमानदारिताका साथ श्रममा संलग्न हुने भएकै हुनाले वैदेशिक रोजगारीमा समेत नेपालीहरु रोजगार दाताहरुको छनोटमा पर्छन । किन छनोटमा पर्छन भन्दा इमानदारीताका साथ श्रमप्रति रुचि राखेर नेपालीहरु काम गर्छन, त्यसकारण ।फेरि पनि नेपालीहरु बेरोजगार छन् । यहाँनिर दुईओटा कुरा नमिलेका छन्, एउटा हामीले विकास गर्ने अभिलाषा राखेका छौं, विकास गर्न चाहन्छौं । एकातिर देश विकास गर्न चाहन्छौं । विकास गर्न काम गर्नु पर्छ । काम गर्न अवसर नपाएर युवाहरुको ठूलो संख्या बाहिर गएको छ । बाँकी संख्या
More

नेपाल प्रहरीद्वारा ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण

काठमाडौं-राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा एक प्रहरी कर्मचारीले कम्तीमा २ वटा फलफुल विरूवाको वृक्षारोपण गर्ने अभियान अन्तर्गत नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा विभिन्न जातका ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण गरेको छ । नेपाल सरकारको ‘एक नागरिक एक फलफुल विरूवा रोपण अभियान’ अन्तर्गत वातावरण संरक्षण गर्ने उद्देश्य सहित सम्बन्धित क्षेत्रका वन कार्यालय तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनसमुदायसँगको समन्वयमा सम्पूर्ण प्रहरी कार्यालय परिसरभित्र र बाहिर तथा सार्वजनिक स्थानमा गरी उक्त संख्यामा वृक्षारोपण गरिएको हो । नेपाल सरकारको उक्त वृक्षारोपण अभियानलाई उच्च महत्व दिएर सफल कार्यान्वयनका लागि सक्रिय रुपमा सहभागी भएको नेपाल प्रहरीले
More

पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो । भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो । ती प्राविधिकहरुको करार संझौता भंग गरी नियमानुसार कार्वाही गरिएको छ । कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट
More

सर्लाहीमा प्रहरीको गोलि लागि १ मृत्यु, ३ घाइते र ८ प्रहरी घाइते

जनकपुर । सर्लाहीमा प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एकजना प्रदर्शनकारीको मृत्यु भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बाँकेमा भएको झडपमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएको छ। त्यस्तै स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते भएको जनाइएको छ । ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक जना बालकको ज्यान गएको थियो। ईश्वरपुर नगरपालिका वडा नम्बर१३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको थियो । अबैध उत्खनन्ले बनेको खाल्डोमा डुबेर बालकको मृत्यु
More

सरकारलाई खबरदारी गर्दै सडकमै रोपियो धान

झापा : सरकारलाई खबरदारी गराउन भन्दै झापाको भद्रपुर– बिर्तामोड सडकखण्डस्थित अन्नपूर्ण टोलमा स्थानीयहरूले मुख्य राजमार्गमै धान रोपेका छन्। बिर्तामोडबाट चन्द्रगढी जाने बाटो निर्माण सुरु भएको १४ महिनामा सडक आसपासका नाला निर्माणको काम नभएपछि स्थानीयले यस्तो शैला विरोध गरेका हुन्। स्थानीयवासी सन्तोष अग्रवालले ज्यान नै धरापमा पार्ने गरी लथालिङ्ग अवस्थामा सडक खनेर छोडेपछि धान रोपेर विरोध जनाएको बताए। ‘एकातिर स्मार्ट सिटी भन्ने’, उनले भने, ‘अर्कोतिर जनताको ज्यान नै धरापमा पार्ने गरी बाटो खनेर अस्तव्यस्त पार्ने काम मात्र भएको छ।’ बिर्तामोड–भद्रपुर सडकखण्ड आउँदो असोजसम्म पिच भइसक्नुपर्ने आयोजना हो। तर ठेकेदारको लापरबहीका कारण काम समयमा हुन सकेकोको छैन। बाध्य भएर राजमार्गको मुख्य सडकमै
More

असार १५ को धान दिवस (फोटोफिचर)

काठमाडौं। मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइएको छ । सरकारले आज धान दिवसको औपचारिक कार्यक्रम धादिङमा आयोजना गर्यो । धादिङको धुनेवेसी नगरपालिका –२ महेशफाँटमा कार्यक्रम आयोजना गरियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल र वातावरण संरक्षण तथा विकास समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० ले प्रवद्र्धन गरेका थिए । गटएड अर्गानिक रिसर्च सेन्टरले स्थानीय व्यवस्थापन गरेको थियो ।
More

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हलो जोते (फोटोफिचर)

काठमाडौं । धान दिवसका अवसरमा गृहजिल्ला गोरखा पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् । भट्टराईले पालुङटारमा नगरपालिका–१ सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुख्र्यौली थलोमा रमाईलो राष्ट्रिय धान दिवस मनाएको जनाएका छन् । उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिनुपर्नेमा जोड दिए । त्यस्तै, उनले स्वदेशमा रोजगार सिर्जना गर्नुपर्ने पनि बताएका छन् । कृषिमा आत्मनिर्भर बन्नुपर्ने पनि बताएका छन् । अघिल्लो वर्ष पनि बाबुराम गोरखा पुगेका थिए । उनले अघिल्लो वर्ष रोपाईँ कार्यक्रमपश्चात सम्बोधन गर्दै नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकास नै आर्थिक समृद्धिको आधार भएको बताएका थिए ।
More

लुम्बिनी क्षेत्रमा उद्योग र सडकको धुलोले प्रदूषण बढ्दै

पूर्णप्रसाद मिश्र। विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ । धुलोले यहाँका स्थानीयवासीमा समेत नकारात्मक वातावरणीय प्रभाव परेको छ । वार्षिक लाखौँ पर्यटक आउने सांस्कृतिक सम्पदा भए पनि वातावरणीयरुपमा स्वच्छ राख्न सरोकार भएका कुनै पनि निकायले काम गरेका छैनन् । धुलोका कारण श्वासप्रश्वासलगायत स्वास्थ्य समस्यासमेत बढेको सुण्डी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत बुध कुँहार बताउनुहुन्छ । “सडकमा धुलो हुन थालेपछि सधैँजसो रुघा लाग्छ, घाँटी खस्खसाउँछ, आँखा रातो हुने समस्या छ, विद्यालय गएर पढ्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । सडकमा हिँड्दा आँखामा धुलोसमेत पर्ने गरेकाले आवतजावतमा
More

युवती सम्पर्कमा नआउँदा कथित धर्तीमाताविरुद्ध मुद्दा कमजोर

काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा दुव्र्यवहार (कुटपिट)मा परेकी पीडित युवती सम्पर्कमा नआउँदा मुद्दा कमजोर बनेको छ । दुव्र्यवहारबाट प्रभावित मान्छे सम्पर्कमा नआएकाले उक्त मुद्दाका आरोपी विष्णु कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । “युवती सम्पर्कमा आएको भए अर्कै मुद्दा चल्न सक्थ्यो, तर उनी नआएपछि अभद्र व्यवहारमा मुद्दा अगाडि बढाएका छौँ”, बोगटीले भन्नुभयो । उहाँका अनुसार अझै पनि युवतीको खोजीकार्य जारी रहेको र प्रहरीको सम्पर्कमा आए अर्काे मुद्दा दर्ता हुनसक्ने उहाँको भनाइ छ । यही असार ५ गते आफूलाई धर्तीमाता बताउने कुँवरले
More

भट्टराई रोपाईँ महोत्सवमा सहभागी

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् । भट्टराई आफ्नो गृहजिल्ला खोप्लाङमा आफ्नै खेतमा आयोजित रोपाईँ महोत्सवमा सहभागी भएका हुन् । रोपाईँमा सहभागी भट्टराई किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भएका छन् । भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिट र कट्टुमा उनी हिलाम्मे देखिन्छन् ।
More

डोनाल्ड ट्रम्प उत्तर कोरियामा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई उत्तर र दक्षिण कोरिया छुट्टाउने सिमानामा भेटेका छन् । त्यसपछि बोल्ने क्रममा किमले आफूले राष्ट्रपति ट्रम्पले सो ठाँउमा भेट्ने कहिले आशा नगरेको बताए । भेटका क्रममा दुई नेताले हात मिलाए पछि ट्रम्पले उत्तर कोरियाली भूमि टेकेका छन् । ट्रम्प उत्तर कोरियाली सर्वोेच्च नेता किम जोङ–उनसँगै उत्तर कोरियाली भूमि तर्फ हिडेर गएका थिए । यो सँगै किम उत्तर कोरिया भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । उत्तर कोरियाली भूमि टेकेपछि ट्रम्प पुनः दक्षिण कोरिया फर्किएका थिए । त्यहाँ उनलाई दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले पर्खिरहेका थिए ।
More

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी ३० वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी लमजुङ दुधपोखरी गाउँपालिका(४ बस्ने भ्याण्टे कामीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भ्याण्टे समेतका ५ जनाले ३० वर्षअघि २०४६ भदौ ३ गते साँझ लमजुङ दुधपोखरी गाउँपालिका(४ स्थित कोदो बारीमा तनहुँ भानु(८ तुरतुरे बस्ने गोरखाका २७ वर्षीय बेद प्रसाद पोखरेललाई लुटपाट गर्ने योजना सहित ढुङ्गा प्रहार गरी मारेर उनको साथमा रहेको ४ हजार रुपैयाँ लिई शव स्थानीय चेपे खोलामा फाली दिएको कर्तव्य ज्यान मुद्दामा अभियुक्त उपर जिल्ला अदालत लमजुङको २०४८ फागुन १३ गतेको फैसलाले २० वर्ष कैद तोकिएको थियो । वारदात पश्चात फरार रहेका भ्याण्टेलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको
More

महिला तथा बालबालिकासँग नवराज सिलवालको रोपाईँ

ललितपुर । गोदावरी क्षेत्रका महिला एवं बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान फाल्गुन २७ गते बाट सुरु भई १७ आंै हप्तासम्म आई पुग्दा आज खोला सरसफाई गर्नुका साथै धान दिवसको अवसरमा धान रोपेर असार १५ मनाइएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य .नवराज सिलवाल को उपस्थितीमा विभिन्न क्षेत्रका समाजसेबी तथा अभियन्ता धिरेन्द्र साही, चित्र सुनुवार, शेखर क्षेत्री, रन्जिता श्रेष्ठ खत्री, मन्जु भट्टराई, तारा खडका तथा त्यस क्षेत्रका बालबालिका को उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमा प्रतिनिधिसभा सदस्य मा.नवराज सिलवालले सरसफाई अभियानमा आफु र आफ्नो क्षेत्रबाट गर्नुपर्ने हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो सरसफाई अभियानलाई निरन्तरता दिन आग्रह गरे
More

अमेरिकी डलरको खरिद दर

आज एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ३० पैसा र बिक्रीदर १२५ रुपैयाँ ९९, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४० रुपैयाँ ४७ पैसा रहेको छ ।
More

आइतबार सुनको भाउ स्थिर

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ६५ हजारमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी आइतबार तोलामा रु ७३० मा कारोबार भइरहेको छ । साताको अन्तिम दिन पनि सुनचाँदीको यही मूल्यमा कारोबार भएको थियो ।
More

एनआरएन युगाण्डाको अध्यक्षमा थापा

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद, युगान्डाको अधिवेशनबाट विनोद थापा निर्वाचित भएका छन् । थापा अध्यक्षका अर्का प्रत्यासी राजमणी भण्डारीलाई ११ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ८२ मतदाता रहेको युगान्डामा ४५ सदस्य मतदानमा सहभागि रहेका थिए । जसअनुसार भण्डारीको पक्षमा १७ र विनोद थापाको पक्षमा २८ मत खसेको थियो । निर्वाचन सम्पन्न गर्न जीवनाथ पंगेनी, नरेन शर्मा र रमेश कंडेल गरि ३ सदस्यीय निर्वाचन समिति बनाइएको थियो । महिला संयोजकमा गरिमा बस्नेत समर्वसम्मत निर्वाचित हुँदा १५ सदस्सीय कार्यसमितिको उपाध्यक्षमा प्रेम श्रेष्ठ , महिला उपाध्यक्षमा तारा गिरि, महासचिवमा कमल दत्त भट्ट, सचिवमा धनराज गिरि, कोषाध्यक्षमा सन्जिव शर्मा ,
More