Monthly Archives June 2019

मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी रहेको बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देही शाखाद्वारा बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अब देशले कुनै पनि आन्दोलन थेग्न नसक्ने भएकाले शान्तीपूर्ण बाटोबाट समस्याको समाधान खोज्नुपर्ने बताए। लामो सङ्घर्षबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरी समृद्धि हासिल गर्नतर्फ सबै लाग्नुपर्ने पूर्वराष्ट्रपति यादवको धारणा राखे । उनले सङ्घीयतामार्फत देशले तीन तहको सरकार प्राप्त गरेकाले जनताका आवश्यकता पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए । “संविधानमार्फत सबै भाषाभाषी र क्षेत्रका अधिकार सुनिश्चित गरिएको छ । अब देखिएका समस्या संसद्मा छलफल गरेर संवैधानिक प्रकृयाबाट हल गर्नुपर्छ”, उनले भने। मुलुकमा लोकतन्त्र स्थापना
More

मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक युवतीको ज्यान गएको छ। झापाको पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक ४ चिया बगानस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१५प ५७६३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु५१ प ५७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दमक नगरपालिका–७ की २७ वर्षीया रम्ता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकलको ठक्करबाट स्कुटरको पछाडि सवार युवती श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा न्युरो हस्पिटल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरलाई ठक्कर दिने मोटरसाईकल चालकलाई नियन्त्रणमा लियर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। डिसी नेपाल
More

मोना यूकेको दोस्रो खुला भलिबल प्रतियोगिता सम्पन्न

तस्विर : शिव भण्डारी अल्डरसट । मोना यूकेले आयोजना गरेको दोस्रो खुला भलिबल प्रतियोगिता आइतबार अल्डरसटमा सम्पन्न भएको छ । प्रतियोगितामा महिलातर्फ सालिजा टिम, पुरुषतर्फ बाग्लुंग भलिबल टिम र भेटेरानतर्फ ग्रीनवीच भलिबल टिमले उपाधि हात पारेका छन् । त्यस्तै, छेलो फाल्ने प्रतियोगिता ३४ प्रतिस्पर्धीलाई पछि पार्दै गोर्खा ब्रिगेड ब्याण्डका हिरा गुरुङले जितेका छन् । उनले २ सय पाउण्ड नगद पुरस्कार प्राप्त गरे । अल्डरसटको कनर्ट स्कुलको मैदानमा भएको खेलमा महिला तथा पुरुष दुवै विधामा आयोजक मोना यूके टिम दोस्रो बनेको थियो । भेटेरानतर्फ भने फाइनलमा विजेता ग्रीनवीचसंग स्वीण्डनको टिम पराजित बनेको थियो । पुरुष विधाको विजेताले १४ सय पाउण्ड नगद,
More

इटहरीका मेयर चौधरीलाई कार्वाही गर्न सांसदहरुको माग

प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई तत्काल कार्वाही गर्न सरकारसँग माग गरेका छन । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका मेयर चौधरीमाथि तत्काल कार्वाही गर्न सरकारसँग माग गर्नु भएको हो । नेपाली काँग्रेसका कोषाध्यक्ष समेत रहनु भएकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी घृनित अभिव्यक्ति दिँदा पनि सरकारले कार्वाही नगरेकोमा आपत्ति जनाउनु भयो । त्यसैगरी सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले महिलामाथि अशिष्ट र अपराध हुने गरी सार्वजनिक अभिव्यक्ति दिने मेयर चौधरीमाथि तत्काल कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । काँग्रेस सांसद लक्ष्मी परियारले पत्रकारको नाकको डाँडी भाँच्ने धम्की
More

एनआरएन अध्यक्षका तीन दाबेदार एकै मञ्चमा, आफ्नो पक्षमा माहोल बनाउने प्रयास

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका तीन दाबेदार एकै मञ्चमा देखिएका छन् । वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन ओमान) ओमानको पाँचौ महाधिवेशनका क्रममा सँगसँगै देखिएका हुन् । तीनै जनाआगामी विश्व सम्मेलनबाट नेतृत्वमा आउने तीब्र लबिङमा रहेका छन् । कार्यक्रममा सम्बोधन गर्दै उनीहरु कसैले पनि आगामी कार्यकालमा नेतृत्वमा आउनेबारे मुख नखोलेपनि आफ्नो पक्षमा माहोल बनाउन भने भरपुर प्रयास गरे । क्लबका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले संस्थालाई उचाइ दिन आफू अनवरत रुपमा लागिपरेको बताए । यस्तै एनआरएनको मुद्दा स्थापित गर्न नेपाल सरकारसँग निरन्तर लबिङ गरिरहेको
More

पोर्चुगलमा चम्केका नेपाली म्याराथुन धावक आइते तामाङ

भरत प्रधान । कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रूपमा चम्कन सफल भएका हुन् । सन् २०१६ देखि पोर्चुगल बस्दै आएका तामाङले सन् २०१६ र २०१८ को बीचमा पोर्चुगलमा भएका छुट्टाछुट्टै म्याराथुन दौडमा प्रतिस्पर्धा गरेर नौ स्वर्णपदक हात पार्न सफल भएका छन् भने हाल २०१९ मा आयोजना भएका सात छुट्टाछुट्टै ट्रेल म्याराथुन दौडमा सहभागी भई तामाङले तीन स्वर्ण र दुई रजत हात पार्न सफल
More

राजनीति विचार र आस्थाका आधारमा कर्मचारी सरुवा गरियो: सभापति देउवा

काठमाण्डौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीलाई दुःख दिन खोजेको बताउनुभएको छ । स्थानीय तह कर्मचारी युनियन नेपालद्वारा यहाँ आज आयोजित ‘प्रथम राष्ट्रिय भेला एवं कार्यशाला गोष्ठी’मा उहाँले राजनीतिक विचार र आस्थाका आधारमा कर्मचारीको सरुवा र बढुवा गरिएको आरोप लगाउनुभयो । “कर्मचारी स्थायी सरकार हो, राजनीति विचार र आस्थाभन्दा पनि कामका आधारमा सरुवा बढुवा गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले जनताको काममा बढी आवतजावत हुने क्षेत्र स्थानीय सरकार भएकाले जनतालाई राम्रो व्यवहार गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो । जनताको जनताको काम गरेर पार्टीलाई बलियो बनाउन स्थानीय कर्मचारी युनियनको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ । सभापति देउवाले वर्तमान
More

ग्लोबल आइएमइ बैंकले रु दुई अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बाट करीब रु दुई अर्ब २० करोड ऋण लिने भएको छ । ऋण लिने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भए पनि बैंकले आज जानकारी दिएको हो । बैँकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले आज बैकमा आयोजित एक समारोहबीच सम्झौता आदानप्रदान गर्नुभएको हो । सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात ग्लोबल आइएमई बैंकले करीब दुई करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा ऋण लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य पूँजीको अभावलाई
More

बोइङमा बम भेटिएपछि…….

अपरान्ह ३ः२० को समय । अलोन विमानस्थलबाट एक्सरसाई एयरलायन्सको उडान नं इएक्सई १२४ को बोइङ ७५७ जहाज बोनाञ्जा क्यापिटल इन्टरनेश्नल एयरपोर्ट उडान गर्ने तयारीमा हुन्छ । जब जहाज ‘ट्याक्सी वे’ बाट धावनमार्गतर्फ अघि बढ्छ, चालक दलका नौ सदस्यसहित १०९ जना सवार उक्त जहाज उड्ने तयारी गर्दा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटिसी) लाई जहाजमा बम भएको सूचना प्राप्त हुन्छ । लगत्तै उद्धारका लागि हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार टोली खटिन्छन् । नेपाली सेनाको बम निष्क्रिय गर्ने समूहले बम निष्क्रिय गर्छ । विष्फोट पूर्व ५७ जनाको उद्धार हुन्छ । उक्त घटनामा पाँच जनाको मृत्यु तथा १० जना गम्भीर घाइते
More

एनआरएनए ओमानको अध्यक्षमा पुन, केन्द्रिय नेताहरु अधिवेशनमा सहभागि

ओमान । गैरआवासीय नेपाली सोसल क्लब (एनआरएनए एनसीसी) ओमानको पाचौ अधिवेशनले क्याप्टेन सेवन्त पुर्जा पुनको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध नेतृत्व चयन गर्ने ओमान एकमात्र एनसीसी हो । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेर अन्य मुलुकमा रहेका एनसीसीलाईसमेत गतिलो उदाहरण प्रस्तुत गरेको छ । स्थापना कालदेखि नै निर्विरोध कार्यसमिति चयन गर्दै आएको ओमानले यसपटक पनि त्यसलाई निरन्तरता दिएको हो । शुक्रबार ओमानको राजधानी मस्कटमा रहेको अल फलाज होटलमा सम्पन्न अधिवेशनमा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिबी क्षेत्री, गल्फ
More

इनास फ्रान्सको अध्यक्षमा सापकोटा

लक्ष्मण गगन । लण्डन । फ्रान्सको पेरिसमा स्थापित भएको अन्तरास्ट्रिय कलाकार समाज (इनास फ्रान्स) को प्रथम अधिबेशनले प्रविन सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । गत बर्ष स्थापित यस समाजको तत्कालीन कार्यसमितिको एक बर्षको सफल कार्यकालको समिक्षा,नयाँ कार्यसमितिको चयन अनि आउदो बर्षको कार्यक्रमहरुको कार्यतालिकाको बारेमा छलफल गर्नका लागी यो अधिबेशन बोलाइएको थियो । एक बर्षको अनुभव बटुलिसकेका अधिकांस पुराना सदस्यहरुको योगदानको कदर गर्दै प्रविन सापकोटाकै अध्यक्षतामा सर्बसम्मत रूपमा गठन भएको नयाँ समितिमा कला क्षेत्रका विभिन्न तहमा रहेका ब्यक्तिहरु लाई समबेश गरिएको छ । फ्रान्सभरि छरिएर रहेका नेपाली मूलका कलाकारहरु र कलाप्रेमीहरु लाइ एउटौ छातामा आबद्ध गरेर विभिन्न कार्यक्रमहरुको आयोजना
More

एनआरएनमा एसिया प्यासिफिक क्षेत्रको उलेख्य भूमिका छ : संयोजक थापा

सातौँ एसिया प्यासिफिक क्षेत्रीय बैठक आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुँदैछ । यसै सन्दर्भमा हामीले एसिया प्यासिफिक क्षेत्रका आरसी किरण विक्रम थापासँग विशेष कुराकानी गरेका छौँ । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ । सातौँ एसिया प्यासिफिक क्षेत्रीय बैठकको तयारी कस्तो चल्दैछ ? यसपटकको बैठक हामीले म्यानमारको याङगुनमा गर्दैछौँ । जुलाई ६ र ७ बैठकको मिति समेत तय भइसकेको छ । र तयारी तीव्र गतिमा चलिरहेको छ । हाम्रो विभिन्न समिति, उपसमिति बनाएर कामको बाँडफाँड गरेका छौँ उहाँहरुले आ–आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ । र म्यानमारमा चाहिँ त्यहीका एनसीसी अध्यक्ष एस.पी क्षेत्रीले त्यहाँको सम्पूर्ण
More

नेपालब्रिटेन डट कम विशेष : यस्तो छ एनआरएन निर्वाचनको जोड घटाउ

लण्डन । ‘भवनजी (भवन भट्ट) संस्थाको एक जिम्मेवार व्यक्ति रहेकाले उहाँले मलाई विगतको सहमतिअनुसार समर्थन गर्नुहुन्छ भन्नेमा म ढुक्क छु’, गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलनको लागि नेतृत्वमा दौडधूप सुरु हुँदै गर्दा उपाध्यक्ष कुमार पन्तले विभिन्न सार्वजानिक कार्यक्रममा बोल्ने क्रममा भन्दै आएका छन् । आगामी कार्यकालका लागि अध्यक्षको दौडधूपमा रहेका पन्तको प्रतिक्रियाले के संकेत गर्छ भने वर्तमान अध्यक्ष भट्टले फेरि अध्यक्षमा उठ्ने मनस्थितिमा देखिएका छन् । सँगसँगै अर्का उपाध्यक्ष कुल आचार्य समेत नेतृत्वमा भिड्ने मनस्थितिमा रहेका कारण एनआरएनको नवौं विश्वसम्मेलन रोचक बन्ने निश्चित छ । मैदानमा अहिले पन्त खुलेरै आइसकेका छन् भने पन्त र आचार्य भने रणनीतिक
More

पशुपतिनाथ मन्दिर प्लमस्टिडमा नयाँ नेतृत्व, अध्यक्षमा कँडेल

लण्डन । लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार चार्ल्टनमा सम्पन्न मन्दिरको तेस्रो अधिवेसनले आउंदो २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान कार्यसमितिका उपाध्यक्ष नरेन्द्र कंडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चुनिएको हो । जसमा उपाध्यक्ष दासुराम पाण्डे, सचिव कल्पना त्रिपाठी, सहसचिव जिवन वाग्ले र कोषाध्यक्ष गोपाल अर्याल छन् । कार्यसमिति सदस्यहरुमा कृष्ण खरेल, रामकृष्ण अर्याल, दिनेश खरेल, मुना खरेल सापकोटा र भोजराज कँडेल चुनिएका छन् । त्यसैगरी ६ जना कोअप सदस्यमा माया केसी, मञ्जु गौतम, सुनिता थापा, उदय लम्साल, माधवलाल श्रेष्ठ र कृष्ण भण्डारी लाई मनोनित गरिएको छ । नवनिर्वाचित कार्यसमितिको घोषणा
More

एक हजार दुई सय हजयात्री साउदी जाँदै

नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको जनाएको हो । यस वर्ष पनि नेपालबाट एक हजार २०० हज यात्रामा जानेछन् । हज यात्रामा दुई हजार पठाउनका लागि पहल गरिए पनि सार्थक नभएको समितिले जनाएको छ । समितिले गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावासको अथक प्रयासका बाबजुत पनि कोटा बढाउन नसकिएको समितिका अध्यक्ष शमशेर मियाँले बताउनुभयो । साउन २ देखि १० गतेभित्र हजयात्री
More

विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने

काठमाडौँ । ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक पूर्णकालीन अभ्यास गर्न लागिएको हो । अभ्यासका क्रममा दिउँसो ३ः१० देखि ३ः४० बजेसम्म विमानस्थलका नियमित उडान÷अवतरण सूचना प्रकाशित गरी आधा घण्टा बन्द गरिनेछ । त्यसअवधिमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै उडान बन्द हुनेछन् । अन्तर्राष्ट्रिय नागरिक
More

अनेरास्ववियूले ५० लाख विरुवा रोप्ने

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले ५० लाख बिरुवा रोप्ने घोषणा गरेको छ । आज उपत्यकामा आयोजित कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले अनेरास्ववियूले ४० हजार स्वयंसेवक परिचालन गरेर भाद्र मसान्तसम्म ५० लाख रुखका विरुवा रोप्ने घोषणा गरेका छन् । अनेरास्ववियूले ‘ ग्रिन नेपाल , क्लिन नेपाल ‘ अभियान संचालन गरेर उक्त वृक्षरोपण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो । कार्यक्रममा असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवस घोषणा गरेर सरकारले संचालन गरेको वृक्षरोपण कार्यक्रममा अनेरास्ववियूले सक्रिय रुपमा सहयोग गर्ने सहसंयोजक रञ्जित तामाङले वताए। अनेरास्ववियूले भोलि विहान उपत्यकाको हकमा कोटेश्वर – कलङ्की खण्डको सडकमा र देशभरका क्याम्पस , नजिकका विद्यालय र अन्य
More

सहमतिमा खुल्यो पोखरा महानगरपालिकामा लगाइएको ताला

पोखरा – वडाका अत्यावश्यक योजनालाई हेरफेर गर्न सकिने सहमति पछि पोखरा महानगरपालिकामा कांग्रेस जनप्रतिनिधिले लगाएको ताला खुलेको छ । वितरणमुखी बजेट ल्याएको भन्दै उनीहरुले बिहीवार महानगरको मुख्य गेटमा ताला लगाएका थिए । शुक्रबार महानगर प्रमुख मानबहादुर जिसीले पत्रकार सम्मेलन गरेरै जनप्रतिनिधिलाई अत्यावश्यक योजनामा हेरफेर गर्ने गरि सहमतिमा आउन आग्रह गरेपछि ताला खुलेको हो । सन्चारकर्मीसङ्ग कुराकानी गर्दै मेयर जिसिले बजेटले कसैलाई भेदभाव नगरिएको स्पस्टिकरण दिएका थिए । बुधबारको नगरसभा बैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले बजेट विनियोजन असमान भएको भन्दै रेडबुक च्यातेका थिए । वडा नम्बर ४ का वडाअध्यक्ष शंकर बास्तोलाले मेयरले रेडबुकबारे छलफलका लागि कुरा राख्न समय नदिएको भन्दै कुर्ची र
More

स्वास्थ्य सेवामा कर्मचारी छनौटका लागि परीक्षा शुरु

काठमाडौं । महानगरको स्वास्थ्यतर्फ करार सेवामा कर्मचारी छनौट गर्न परीक्षा शुरु गरिएको छ । यसैक्रममा आज (शुक्रबार) मेडिकल अफिसर सातौं तहका उम्मेद्वारको राष्ट्रिय सभा गृहमा लिखित परीक्षा भइरहेको छ । १० पद संख्याका लागि १९ जनाको आवेदन प्राप्त भएकोमा परीक्षामा २ जना अनुपस्थित भए । परीक्षा सञ्चालन तथा शिफारिस समितिले स्वास्थ्य सेवातर्फ ४ पदमा करार सेवाबाट पदपूर्ति गर्न जेठ २ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । आर्थिक बर्ष २०७५÷०७६ को १ नं. बिज्ञापनका रुपमा सातौं तहका १० जना मेडिकल अधिकृत माग गरिएको छ । त्यस्तै सहायक स्तर पाँचौंका हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याब टेक्निसियनमा क्रमश १०÷१० जना र
More

प्रचण्ड र देउवाबीच किन भयो भेटवार्ता ?

काठमाडौं– बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेकै बेला नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राजधानीको समिट होटलमा प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो । भेटमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा छलफल हुनुका साथै अन्य समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ ।
More