Monthly Archives June 2019

आफ्ना नागरिकको डिपोर्टप्रति अमेरिका असन्तुष्ट

काठमाडौं– चीनको आग्रहमा अमेरिकी नागरिकलाई विमानस्थलबाटै फिर्ता गरिएको प्रति अमेरिकी दूतावासले असन्तुष्टि व्यक्त गरेको छ । ‘विदेशी सरकारको आग्रहको आधारमा अमेरिकी नागरिकलाई नेपाल सरकारले डिपोर्ट गरेकामा अमेरिकी दूतापास आहत भएका ेछ’ राजदूतावासकी प्रवक्ता एन्डी बडी आर्मेन्टले भनिन्, ‘अमेरिकी नागरिकले नेपालमा प्रवेश गर्न अन्य विदेशीको अनुमति चाहिने हो कि होइन भन्ने कुरा हामी नेपाल सरकारसँग जान्न चाहन्छौं ।’ अध्यागमन विभागले अमेरिकी नागरिक पेम्पा छिरिङलाई दलाई लामाको चेला भएको आशंकामा बुधबार त्रिभुवन विमानस्थलबाटै फिर्ता पठाइदिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
More

राजधानीमा हजुरबाबाटै पाँच वर्षीया नातिनीमाथि कुकर्म

काठमाडौं । प्रहरीले जबर्जस्ती करणीका धेरैजसो घटनामा परिवारभित्रै र चिनजानका व्यक्तिको संलग्नता रहने गरेको बताइरहेका बेला राजधानीमा आफ्नै हजुरबाबाट नातिनी बलात्कृत भएकी छन् । ललितपुर टीकाथली बस्दै आएका ५१ वर्षीय हजुरबाले आफ्नै पाँच वर्षीया नातिनीलाई गत सोमबार राति बलात्कार गरेका हुन् । हजुरबाले दाजुसँग सुतिरहेकी बालिकालाई उठाएर आफू सुत्ने कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । रौतहट चन्द्रनिगाहपुर–१ पौराही घर भएका उनीहरु गत २२ जेठदेखि टीकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका थिए । आरोपीका छोरा र बुहारी विदेशमा भएको प्रहरीले बताएको छ । आमाबाबु विदेशमा रहेका कारण नाति नातिनीहरु हजुरबासँग बस्दै आएको प्रहरीले जनाएको छ । नातिनीले
More

उपत्यकामा ‘सूई आतंक’ मचाउने पक्राउ

काठमाडौं–करीब एक दर्जन युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो । उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् । प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने जनाएको छ ।
More

सरकारदेखि दुध बेच्नेसम्म फुटपाथ अतिक्रमण (फोटोफिचरसहित)

काठमाण्डौ – पछिल्लो समय पैदल हिँड्नेहरुका लागि धेरै नियम बने । जेब्रा क्रसिङबाट मात्रै हिँड्नुपर्ने ,सवारी साधन गुड्ने सडकबाट हिँड्न नपाइनेजस्ता नियम बने । तर के त्यस्ता नियम पैदल हिँड्नेहरुका लागि मात्रै लागू हुने हुन् ? फुटपाथमा विभिन्न पसलहरु गरिन्छन् , कपडा बेच्ने , फलफूल र तरकारी बेच्ने ,दुध बेच्ने आदि । त्यतिमात्र होइन सर्वसाधारणको लागि नियम बनाउने सरकार आफै नियम मिचेको छ । सिंहदरबारको दक्षिण गेटनेर सिंहदरबारले नै फूटपाथ अतिक्रमण गरेको छ । फुटपाथमा बोर्डको बार लगाएर पैदल हिँड्न दिइँदैन , सडकबाट हिँड्न पनि सवारी साधन गुड्ने ठाउँमा पैदल हिँड्नेलाई निषेध गरिएको छ । त्यस्तै सरकारी गाडीहरु पार्किङ जता
More

बालुवाटार जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार

बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् । मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीसहित तीनजनालाई सात दिनभित्र उपस्थित हुन भनेको छ । अन्य दुईजना डा. शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदी हुन् । उनीहरू बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया हुन् । सो जग्गामा मोही खडा गरेर उनीहरूले आफ्नो नाममा
More

एनसेलको इन्टरनेट सस्तिने

काठमाडौं– नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई डाटा (इन्टरनेट)को मूल्य घटाउन निर्देशन दिएको छ । नियमित (प्याकबाहेकको) मोबाइल इन्टरनेट डाटामा सरकारी कम्पनी नेपाल टेलिकमको तुलनामा ३ गुणा महँगो देखिएको भन्दै प्राधिकरणले एनसेललाई प्रतिएमबी २ रुपैयाँ कायम गर्न निर्देशन दिएको हो । यसबाट एनसेलको नियमित डाटा ट्यारिफ प्रतिएमबी ३ रुपैयाँ रहेकोमा एक रुपैयाँ सस्तिनेछ । जब कि टेलिकमको प्रतिएमबी १ रुपैयाँ ट्यारिफ दरमा नियमित डाटा बिक्री गर्दै आएको छ । प्रतिएमबी डाटाको मूल्य २५ पैसासम्म घटाउन सकिने भन्दै ट्यारिफ स्वीकृतिका लागि निवेदन दिएको एनसेललाई प्राधिकरणले एक रुपैयाँ घटाउन लगाएको हो । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छ
More

काठमाडौको जग्गा प्रतिआना १२ देखि ५० लाख रुपैयाँसम्म

काठमाडौं–काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका जग्गाको अधिकतम मूल्यांकन प्रतिआना ५० लाख रुपैयाँ तोकेको छ । महानगरपालिकाले नगरसभाबाट प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ मा महानगपालिका क्षेत्रभित्रका जग्गाहरूको सम्पत्ति कर मूल्यांकन प्रयोजनाका लागि मूल्य कायम गरेको छ । महानगरपालिकाले न्यूनतम मूल्य भने प्रतिआना १२ लाख रुपैयाँसम्म तोकेको छ । व्यापारिक क्षेत्रका जग्गा प्रतिआना ५० लाखसम्म काठमाडौ ंमहानगरपालिकाले न्युरोड, जमल, ठमेल, माइतीघर, सिंहदरबार, त्रिपुरेश्वर, रत्नपार्कलगायतका व्यापारिक क्षेत्रमा प्रतिआना ५० लाख रुपैयाँसम्म मूल्यांकन गरेको छ । हनुमानढोकापूर्व नयाँसडक, पुराना महानगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशमशेरको सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पीपलबोटदेखि दक्षिण चोकबाट जुद्धशमशेरको सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो महानगरपालिका भवन चोकसम्म,
More

मध्यरातमा ४ रिक्टरस्केलको भूकम्प

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राती १० बजेर २१ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो कुनै नयाँ भूकम्प नभएर गत ०७२ बैशाख १२ गतेकै भूकम्पको पराकम्प हो । यसअघि जेठ ३२ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको थियो ।
More

घुस लिएको अभियोगमा तीन कर्मचारी पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा दुई लाख रुपैयाँ घुससहित तीन कर्मचारीलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरका कार्यालय प्रमुख डिभिजन इञ्जिनीयर अजितकुमार श्रीवास्तव र इञ्जिनीयर ग्रीष्मा ठगुन्ना तथा बारा प्रसौनी गाउँपालिकाका योजना शाखाका खरिदार विनोद यादवलाई घुस लिँदालिँदै पक्राउ गरेको जानकारी दिए। आयोगले सूचनाका आधारमा कञ्चनपुरका प्रमुख डिभिजन इञ्जिनीयर श्रीवास्तव र अर्का इञ्जिनीयर ठगुन्नाले सेवाग्राहीबाट दुई लाख र प्रसौनीका योजना शाखा खरिदार यादवले रु १५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको उनले बताए । कञ्चनपुरमा निर्माण सम्पन्न चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको बिल फर–फारक गराइदिने भनी सेवाग्राहीसँग
More

राजश्व छली गर्ने विभिन्न व्यक्ति विरुद्ध मुद्दा

काठमाडौँ-राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा विभिन्न व्यक्ति विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । नक्कली विजक जारी गर्ने, नक्कली स्टिकर प्रयोग गरी राजश्व छल्ने तथा विदेशी विनिमय अपचलन गर्नेविरुद्ध काठमाडौँ र बारा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। विभागले भारतीय नागरिक बन्दना सानीविरुद्ध विदेशी विनिमय अपचलन आरोपमा रु एक करोड १२ लाख २१ हजार विगोको तेब्बर तथा राजश्व चुहावटको दोब्बरसम्म जरिवाना असुल गरी तीन वर्ष कैदको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ । काठमाडौँबाट मुम्बई जान लागेका बेला उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख अमेरिकी डलरसहित पक्राउ परेपछि अनुसन्धान
More

नेयमारद्वारा बार्सिलोना आउन इच्छा प्रकट

बार्सिलोना–ब्राजिलियाली अग्रपङ्तीका खेलाडी (स्ट्राइकर) नेयमार दा सिल्भा सान्तोस जुनियरले पेरिस सेन्ट जर्मन क्लबबाट पुनः बार्सिलोना फर्कन चाहेको बार्सिलोना फुटबल क्लबका उपाध्यक्षले बिहीबार बताएका छन् । करिब दुई बर्ष पहिले २५ करोड २० लाख अमेरिकी डलर पाउने भएपछि बार्सिलोना क्लबबाट बाहिरिएका नेयमारले फर्किन चाहेको कुरा विभिन्न सञ्चारमाध्यममार्फत आएको बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डनरले बताएका हुन् । ब्राजिलियाली घरेलु टोलीमा निकै ख्याति कमाएका नेयमारलाई पेरिस सेन्टमा रहँदा आर्थिकरूपमा त निकै फाइदा भएको छ तर उक्त क्लबबाट सोचेअनुसार प्रसिद्धि भने नआएकोले उनले बार्सिलोनामा आउने इच्छा व्यक्त गरेको भन्ने सुनिएको छ । नेयमार पूरानो क्लबमा फर्कन चाहेमा र क्लबले ल्याउने निर्णय गरे पनि उनले अहिले
More

मन्त्रिमण्डल पुनर्गठनको तयारी

काठमाडौं – केपी नेतृत्वको मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । कार्यसम्पदनमा कमजोर रहेका केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने तयारी भएको स्रोतको दाबी छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो। सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन्। अहिले बालुवाटारमा क्याबिनेट बैठक बसिरहेको छ । बैठकले यसबारे निर्णय लिन सक्ने सम्भावना रहेको छ ।
More

अभिनेत्री करिश्मा मानन्धर एसईई उत्तिर्ण

अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्। तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो। यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएका थिए।
More

अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्रि सडकखण्डमा आज अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पुले साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका– ६ बस्ने ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो । ट्याम्पुको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको नोबेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । ठक्कर दिने ट्याम्पु र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
More

नेपाल एयरलाइन्सले जापान, चीन र साउदीमा उडान गर्ने

काठमाडौँ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ। आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो। निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ। यात्रुदेखि कार्गो एजेन्टका लागिसमेत ग्लोबल बोलपत्र आह्वान गरेको हो। जीएसएको टुङुगो एक महीनाभित्र लाग्ने निगमले जनाएको छ। जीएसए प्रक्रिया पूरा गरी दशैँअघिनै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए। “साउदी उडानका लागि बोलपत्र
More

डिसी महापुराणमा उठ्यो ८ लाख २० हजार डलर

वाशिंगटन डिसी । डिसी मेट्रो सप्ताहमा बुधबार सम्ममा ८ लाख २० हजार डलरको चन्दा २ सय ७६ संकलन भएको आयोजकहरुले जानकारी दिएका छन । जस मध्ये वार्षिक नवीकरण गर्ने सदस्यहरुबाट ३ हजार २ सय १२, संस्थापक संरक्षक सदस्यबाट ४० हजार, संस्थापक प्लाटिनम सदस्यबाट १ लाख २० हजार, संस्थापक वेन्फ्याक्टर ( उपकारी) सदस्यबाट दुई लाख ४ हजार, संस्थापक आजीवन सदस्यबाट १ लाख ५३ हजार र संस्थापक गुठियार (ट्रष्टी)सदस्यबाट २ लाख ९७ हजार दान सहयोग उठेको बुझिएको छ । डिसी महानगर क्षेत्रमा सामुदायिक भवन बनाउने उद्देश्यले आयोजित डिसी मेट्रो सप्ताहमा उत्तर भर्जिनियाका विभिन्न स्थानबाट जम्मा २५५ जनाले सहयोग गर्नु भएको छ ।
More

एसईई परीक्षाको परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेकाे हाे । विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । जस्तै : एसईई स्पेस सिम्बोल नम्बर (seesymbol no) टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल
More

Ambassador Bhattarai presents credentials to Swiss President

London: Nepal’s Ambassador to Switzerland Mani Prasad Bhattarai presented his credentials to President of the Swiss Confederation Ueli Maurer on Tuesday. Ambassador Bhattarai conveyed greetings of President Bidya Devi Bhandari and Prime Minister KP Sharma Oli for the good health and happiness of Swiss President and continued prosperity of the Swiss people, according to a press statement issued by Embassy of Nepal in Geneva. Following the presentation of credentials, the ambassador thanked the Swiss President for providing development assistance for Nepal. Bhattarai also shared the policy measures taken up by Nepal in the new federal set-up. Ambassador Bhattarai presented true
More

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थितबाट स्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी बस्नेहरू २० वर्षीय रंजन दास र २९ वर्षीय बाला यादव रहेका छन् । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले दास सवार ना.२५ प ३८५६ नम्बर र यादव सवार ना.५८ प ८८३९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुले आफ्नो खुट्टामा बाँधी लुकाई छिपाई ल्याएको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ दुवै जनालाई हुण्डी कारोवार सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
More

बेल्जियम पुगेर रामशरण महतले भने–गुट र उपगुटले गर्दा काँग्रेस कमजोर भयो

लण्डन । नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री डा. रामशरण महतले काँग्रेस जनताको मन जितेको सबै भन्दा ठूलो पार्टी भएपनि पार्टीभित्रको केही गुट र उपगुटले गर्दा आफैमा कमजोर बन्न पुगेको वताएका छन् । डा. महतले संगठनमा एकता, सद्भाव र मेलमिलाप भएन र बिधान अनुरुप पार्र्टी चलेन भने भविष्यमा पछुताउनुको विकल्प नरहेको पनि बताएका छन् । नेपाली जनसम्पर्क समिति बेल्जियले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महतले यस्तो बताएका हुन् । सो क्रममा महतले केही जनसम्पर्क समितिले विधि र प्रकृयालाई मिचेर निर्णय गर्दा विवाद सिर्जना भएको बताए । अर्को प्रसंगमा महतले चुनावमा टिकट वितरण गर्दा नै गतल भएकाले पार्टीले चुनाव हारेको वताए ।
More