Daily Archives 1st June 2019

लिभरपुल बन्यो युरोपेली च्याम्पियन

लण्डन — युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधिको लागि शनिबार भएको खेलमा जित हासिल गर्दे लिभरपुल युरोपियन च्याम्पियन बनेको छ । लिभरपुल र टोटेनहम बीच भएको खेलमा लिभरपुलले २ गोल हान्न सफल भयो भने टोटेनहम गोल रहित रह्यो । लिभरपुलले अन्तिम पटक जितेको उपाधि भनेको सन् २०१२ को लिग कप हो । त्यस अगाडि उसले जितेको सन् २००६ को एफए कप हो । टोटेनहमले त झन सन् २००८ मा अन्तिमपल्ट जितेको थियो, लिग कप । त्यसअघि सन् १९९९ मा उसले त्यही प्रतियोगिता जितेको इतिहास छ ।
More

युरोपेली च्याम्पियन्स लिग लाइभ हेर्नुहोस् (UEFA Champions League final: Tottenham Hotspur vs Liverpool – Live)

म्याड्रिड — युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि शनिबार छिनोफानो हुँदा त्यससँगै जोडिएर आउने छ, कप, सम्मान र इतिहास । लिभरपुल र टोटेनहमका लागि भने यही फाइनल हुनेछ, उपाधिका लागि प्रतीक्षाको पीडादायी र लामो समयमा पूर्णविराम । दुवै टिमले अन्तिमपल्ट कुनै उपाधि जितेको समय जोड्ने हो भने १८ वर्ष पुग्छ । लिभरपुलले ७ वर्ष भयो केही नजितेको । टोटेनहमले त झन केही पनि नजितेको ११ वर्ष बितिसक्यो । LIVE CLICK HERE पछिल्लो समय दुवै टिमले खुबै प्रगति गरेको छ । योर्गन क्लोप र माउरिसो पोचेटिनोले आ९आफ्नो टिमलाई खुबै बलियो बनाएका छन् । दुवै अहिले युरोपमा उपलब्ध प्रशिक्षकमध्ये सबैभन्दा बढी मागमा रहेका हुन् । क्लोपले एकातर्फ लिरभपुललाई रोमाञ्चक र भयरहित
More

साताको शेयर बजार : चार अर्ब माथिको कारोवार

काठमाडौँ-धितोपत्र बजारमा यस साता रु चार अर्ब ३३ करोड १६ लाख सात हजार ८२४ बराबरको शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक १६. ८६ बिन्दुले बढेको छ । साताको पहिलो दिन एक हजार ३०२.६१ बिन्दुमा रहेको नेप्से साताको अन्तिम दिन एक हजार ३१९.४७ बिन्दुमा पुग्यो । साताभर कूल १७४ कम्पनीको एक करोड ३६ लाख ६३ हजार २७१ कित्ता शेयर कारोवार भए । सरकारले आगामी आर्थिक वर्षको बजेट यसै साता सार्वजनिक ग¥यो । बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अर्थात् मङ्गलबार आठ अङ्कले बढेको बजार बजेट आएको दिन र त्यसको भोलिपल्ट अर्थात् बिहीबार भने सामान्य अङ्कले मात्रै वृद्धि भयो ।
More

केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ : प्रचण्ड

धरान-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गर्नुभएको छ । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुने बताउनुभयो । “हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ”, दाहालले भन्नुभयो, “सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।” उहाँले करीब पाँच मिनेट मात्र कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर
More

देउवाले भने–सरकार तानाशाही बन्न खोज्यो

बुटवल–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन्। नेपाली काङ्ग्रेस रुपन्देहीले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधवलियामा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने स्थितिमा तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने उल्लेख गर्दै सदन अवरुद्ध गरेर भए पनि विधेयक पास हुन दिँदैनौँ भने । उनले सरकारले न्यायालय, मानवअधिकार आयोग, प्रेसलगायतका स्वतन्त्र निकायलाई हस्तक्षेप गरी आफूअनुकूलका काममा लगाउने गरी विधेयक ल्याएको समेत आरोप लगाए । उनले बुद्धजन्मस्थल रुपन्देही जिल्लाबाट पार्टीमा एकताको शुरुआत भएको बताउँदै पार्टीभित्र
More

सैनिक जवानलाई बाघले आक्रमण गरेपछि

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आज दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ । बाघले कार्यक्षेत्रमा रहेका वटुकदल गणका पियूठ फैजाराज विकलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विक गम्भीर घाइते भएका छन् । घाइते विकलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । बाघले विकलाई निकुञ्जको मुख्य कार्यालयबाट करीब १५० मिटर टाढा आक्रमण गरेको थियो । खोरमा राखिएको बाघको गतिविधि हेर्नका
More

यस्तो छ एनआरएन राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली (नियमावलीसहित)

काठमाडौं– गैरआवासिय नेपाली संघ (एनआरएन) को राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार भएको छ । एनआरएनको विधानको दफा २४ मा उल्लेखित राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशनलाई मर्यादित तथा व्यवस्थित गर्ने उद्देश्यका साथ संघको विधान २००३ (२०१७ संशोधनसहित) को दफा १७.६ अनुसार नियमावली तयार गरिएको महासचिव बद्री केसीले जानकारी दिए । नियमावलीअनुसार राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन विश्व सम्मेलन भन्दा बढीमा ६ महिना र कम्तीमा १ महिनाअघि सम्पन्न गरिसक्नु पर्नेछ । यस्तै परिषद्ले महाधिवेशनको मिति तोकी कम्तीमा एक महिना पहिले क्षेत्रीय संयोजकमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई जानकारी गराउनुपर्ने छ भने महाधिवेशन गर्दा परिषद्का अन्य महाधिवेशनसँग नजुध्ने गरी तोक्नुपर्नेछ । नियमावलीअनुसार राष्ट्रिय महाधिवेशनमा पञ्जिकृत
More

‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा ‘गलबन्दी’

प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपुतले बताउनुभयो । गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारीको अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ,
More

‘मिस इंग्ल्याण्ड’ को फाइनलमा नेपाली युवती

लन्डन । बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा भाग लिएकी नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन् । नेपाली युवती प्रतिष्ठा ‘तृष’ राउत प्रतिस्पर्धाको फाइनालिस्ट बनेकी हुन् । गएराती सम्पन्न सेमिफाइनलबाट आफू फाइनालिस्ट बनेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरि ५ राउण्ड भएका थिए । जसमा उत्कृष्ट रहँदै उनी मिस इंग्ल्याण्डमा भाग लिन आवेदन दिएका २२ हजारलाई उछिनेर सो स्थान बनाउन सफल भएकी हुन् । हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित शडवरीमा बस्दै आएकी छन् । भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र
More

भारतसंग सम्बन्ध समधुर नै हुन्छ: काग्रेस नेता उपाध्याय

अर्घाखाँची । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व भारतिय राजदुत दिपकुमार उपाध्यायले भारतसंगको सम्बन्ध सधै समधुर रहने बताए । हाम्रो भुगोलले भारतसंग झगडा नभई मिलेर जानुपर्ने बताउँदै उपाध्यायले पानीबाट नेपालले भरपुण फाईदा लिनुपर्ने बताए । भारतिय प्रधानमन्त्रि मोदी नेपालबाट सकारात्मक सोच राख्ने नेता भएकाले समधुर सम्बन्ध नेपालसंग हुनेमा आफु आसावदी रहेको जानाकारी दिए । भारतसंग सहकार्य गरि विकासमा गति लिनुपर्ने उहाँको भनाई रहेको छ । नेपाल प्रेश युनियन अर्घाखाँचीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विप्लप माओवादीलाई बार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा आफु रहेको बताए । सिके राउतलाई वार्ताबाट निकास दिन सक्ने सरकारले विप्लपलाई वार्तामा ल्याउन पहल नगर्नुले त्यसको
More

क्रान्तिकारी पत्रकार महासंघको सम्मेलन सम्पन्न

बुटवल । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले पत्रकार इन्द्र राउतलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्कीराना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा र अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डेलाई निर्वाचित गरेको छ । सम्मेलनले सदस्यहरुमा लोकराज जैसी, दामोदर खनाल, मधुकर थापा, गोपाल जिसी, केशव अविरल, शिवशंकर पाण्डे, धनन्जय अवस्थी, कुमार भट्टराई, राजेन्द्र सुवेदी, सागर श्रेष्ठ, विष्णु आले, दिनेश श्रीवास्तव, प्रेम कँडेल, शोभा जिसीलगायतलाई निर्वाचित गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको भवनमा नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्य‘किरण’ले पानसमा बत्ति बालेर उद्घाटन गरेको सम्मेलन उद्घाटन
More

शान्ति ठटालका सृजनाले घन्कियो ‘आर’शाला

काठमाडौं । नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन् । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले बनाएका डेढ दर्जन जति गीत समेटिएका थिए । सन् २००६ देखि प्राय वर्षेनी पलेँटीमा प्रस्तुत भएकी शान्तिले यसपालीको कार्यक्रम निम्ति धेरै जस्तो नयाँ गीत छानेकी थिइन् । साथै उनका ती सांगीतिक रचनाहरू प्रस्तुत गर्नका निम्ति उनकै शिष्याहरू बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले साथ दिएका थिए । कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले संचालन गरेका थिए । आभासले संगीतकार शान्ति ठटालसँगको सांगीतिक संगतमा आधारित रहेर आफ्नो संस्मरण वाचन गरेका थिए । आभासले आफ्नो संस्मरणमा शान्ति ठटाललाई मालति
More

चुनाव जित्दा सवैलाई राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिनेः नेता जोशी

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले नेपाली काँग्रेसमा चुनाव जित्दा सवै राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिने परम्मपरा रहेको बताए । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तरर्गत पोखरा महानगरपालिका १२ द्धारा आयोजित कार्यक्रममा वोल्दै नेता जोशीले ‘चुनाव जित्दा सवै राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिने परम्मपरा रहेको बताउदै नेपाली काँग्रेसका कार्याकर्ताहरुलाई एउटा चुनाव हाद्र्रेमा सवै चुनाव हारे जस्तो गरेर नबस्न आग्रह गरे’ । ‘आगामी चुनावमा काँग्रेसले दुई तिहाई बहुमत ल्याउने तयारी स्वरुप यो जागरण अभियान गरीएको बताउदै जोशीले गाँउ देखी केन्द्रीय समितीहरु सुध्रनु पर्ने बताए । नेता जोशीले नेकपाले झुट खेतीको
More

घले दम्पती अस्ट्रेलियाको ७८ औं धनी

लण्डन। नेपाली मुलका अष्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले अष्ट्रेलियाको धनीको सुचीमा ठुलो फड्को मारेका छन् । यहाँस्थित ब्यवसायिक पत्रिका अष्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ सुचीमा उनीहरु १ दशमलव १८ बिलियन डलर सहित ७८ औं नम्बरमा पर्न सफल बनेका छन् । नेपालको गोर्खामा जन्मिएका शेष घले करिब दुई दशकअघि बिद्यार्थीका रुपमा अष्ट्रेलिया भित्रिएका थिए । बिद्यर्थीको रुपमा मेहनत गरेर करिब सन २००२ देखि घरजग्गाको ब्यवसायमा हात हालेका उनी पहिलोपटक सन २००९ मा बिआरडब्लु पत्रिकाले सार्वजनिक गर्ने अष्ट्रेलियाली धनीहरुको सुचीमा पर्न सफल बनेका थिए । लामो समयदेखि अष्ट्रेलियाका धनीहरुको सुची सार्वजनिक गर्दै आएको फाईनान्सियल रिभ्युले सार्वजनिक गरेको सुचीमा उनी १
More

समाजवादी पार्टी र राजपाबीच खटपट

नीति तथा कार्यक्रम प्रस्तुत हुनु दुई दिनअघि प्रदेश २ मा सत्ता घटक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच खटपट सुरु भएको छ । सरकारको नेतृत्व लिएको समाजवादी दलले सत्ता गठबन्धन दलसँग बजेटको नीति तथा कार्यक्रम तयार पार्दा परामर्श नगरेको भन्दै राजपाले आफ्ना सांसदलाई छलफलमा भाग नलिन निर्देशन दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
More

अस्ट्रेलियामा पानी प्रयोगमा कडाइ, कारण छ यस्तो

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सर्वसाधारणलाई पानी प्रयोगमा कडाई गरिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । भण्डारण गरिएको पानीको तह कम भएको र निरन्तर सुख्खा भएको भन्दै राज्य सरकारले पानीमा अनावश्यक रुपमा हुने पानीको प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । शनिबारबाट लागू हुने यो निर्णयअनुसार आफ्नो गाडी सफा गर्न, घरबारीमा पानीको प्रयोग गर्ननिश्चित समय सीमा तोकिएको छ ।
More

नेपालीलाई झस्काउने एस जयशंकर, जो भारतीय विदेशमन्त्री बने

काठमाडौं– ०७२ असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि असोज १ गते प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर काठमाडौं उत्रिएका थिए तत्कलीन भारतीय विदेश सचिव एस जयशंकर । झण्डै २४ घण्टा काठमाडौं बस्दा उनले नेपाली नेताहरुसँग जसरी व्यवहार गरे त्यसबारे राजनीतिक वृृत्तमा सुमधुर सम्बन्ध छैन । उनी फर्किनासाथ नेपालमा संविधान घोषणा भयो, लगत्तै भारतले अघोषित नाकाबन्दी लगायो । तिनै तत्कालीन विदेश सचिव जयशंकर पुनः निर्वाचित मोदी सरकारका विदेशमन्त्री बनेका छन् । मोदीको सपथग्रहमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्रि फेरिँदैमा दुई देशको सम्बन्धमा फरक नपर्ने प्रतिक्रिया दिएका छन् । संविधान जारी गर्ने बेला दूत बनेर आएका जयशंकरको व्यवहार नेपाली
More

प्रचण्डलाई केपी ओलीले दिए दिल्लीमा यस्तो जवाफ

काठमाडौं–प्राय व्यंग्य बिनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैं देखिन्थे । भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए । शुक्रबार बिहान बाह्रखम्बास्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददाताहरुसँग कुरा गर्दा पनि उनी गम्भीर थिए । तपाईँको पार्टीमा अर्का अध्यक्ष प्रचण्डले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईँको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो । ‘मेरो कार्यकाल एक वर्ष हैन, चार–५ दिन मात्र बाँकी छ’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पूरानै भएको उल्लेख गर्दैै उनले यो कुनै गोप्य दस्ताबेज नभएको उल्लेख गरे ।
More