Daily Archives 1st June 2019

क्रान्तिकारी पत्रकार महासंघको सम्मेलन सम्पन्न

बुटवल । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले पत्रकार इन्द्र राउतलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्कीराना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा र अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डेलाई निर्वाचित गरेको छ । सम्मेलनले सदस्यहरुमा लोकराज जैसी, दामोदर खनाल, मधुकर थापा, गोपाल जिसी, केशव अविरल, शिवशंकर पाण्डे, धनन्जय अवस्थी, कुमार भट्टराई, राजेन्द्र सुवेदी, सागर श्रेष्ठ, विष्णु आले, दिनेश श्रीवास्तव, प्रेम कँडेल, शोभा जिसीलगायतलाई निर्वाचित गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको भवनमा नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्य‘किरण’ले पानसमा बत्ति बालेर उद्घाटन गरेको सम्मेलन उद्घाटन
More

शान्ति ठटालका सृजनाले घन्कियो ‘आर’शाला

काठमाडौं । नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृङ्खलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन् । कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले बनाएका डेढ दर्जन जति गीत समेटिएका थिए । सन् २००६ देखि प्राय वर्षेनी पलेँटीमा प्रस्तुत भएकी शान्तिले यसपालीको कार्यक्रम निम्ति धेरै जस्तो नयाँ गीत छानेकी थिइन् । साथै उनका ती सांगीतिक रचनाहरू प्रस्तुत गर्नका निम्ति उनकै शिष्याहरू बिमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले साथ दिएका थिए । कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले संचालन गरेका थिए । आभासले संगीतकार शान्ति ठटालसँगको सांगीतिक संगतमा आधारित रहेर आफ्नो संस्मरण वाचन गरेका थिए । आभासले आफ्नो संस्मरणमा शान्ति ठटाललाई मालति
More

चुनाव जित्दा सवैलाई राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिनेः नेता जोशी

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले नेपाली काँग्रेसमा चुनाव जित्दा सवै राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिने परम्मपरा रहेको बताए । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तरर्गत पोखरा महानगरपालिका १२ द्धारा आयोजित कार्यक्रममा वोल्दै नेता जोशीले ‘चुनाव जित्दा सवै राम्रो देखिने तर हार्दा सवैलाई नराम्रो देखिने परम्मपरा रहेको बताउदै नेपाली काँग्रेसका कार्याकर्ताहरुलाई एउटा चुनाव हाद्र्रेमा सवै चुनाव हारे जस्तो गरेर नबस्न आग्रह गरे’ । ‘आगामी चुनावमा काँग्रेसले दुई तिहाई बहुमत ल्याउने तयारी स्वरुप यो जागरण अभियान गरीएको बताउदै जोशीले गाँउ देखी केन्द्रीय समितीहरु सुध्रनु पर्ने बताए । नेता जोशीले नेकपाले झुट खेतीको
More

घले दम्पती अस्ट्रेलियाको ७८ औं धनी

लण्डन। नेपाली मुलका अष्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले अष्ट्रेलियाको धनीको सुचीमा ठुलो फड्को मारेका छन् । यहाँस्थित ब्यवसायिक पत्रिका अष्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ सुचीमा उनीहरु १ दशमलव १८ बिलियन डलर सहित ७८ औं नम्बरमा पर्न सफल बनेका छन् । नेपालको गोर्खामा जन्मिएका शेष घले करिब दुई दशकअघि बिद्यार्थीका रुपमा अष्ट्रेलिया भित्रिएका थिए । बिद्यर्थीको रुपमा मेहनत गरेर करिब सन २००२ देखि घरजग्गाको ब्यवसायमा हात हालेका उनी पहिलोपटक सन २००९ मा बिआरडब्लु पत्रिकाले सार्वजनिक गर्ने अष्ट्रेलियाली धनीहरुको सुचीमा पर्न सफल बनेका थिए । लामो समयदेखि अष्ट्रेलियाका धनीहरुको सुची सार्वजनिक गर्दै आएको फाईनान्सियल रिभ्युले सार्वजनिक गरेको सुचीमा उनी १
More

समाजवादी पार्टी र राजपाबीच खटपट

नीति तथा कार्यक्रम प्रस्तुत हुनु दुई दिनअघि प्रदेश २ मा सत्ता घटक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच खटपट सुरु भएको छ । सरकारको नेतृत्व लिएको समाजवादी दलले सत्ता गठबन्धन दलसँग बजेटको नीति तथा कार्यक्रम तयार पार्दा परामर्श नगरेको भन्दै राजपाले आफ्ना सांसदलाई छलफलमा भाग नलिन निर्देशन दिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
More

अस्ट्रेलियामा पानी प्रयोगमा कडाइ, कारण छ यस्तो

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सर्वसाधारणलाई पानी प्रयोगमा कडाई गरिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । भण्डारण गरिएको पानीको तह कम भएको र निरन्तर सुख्खा भएको भन्दै राज्य सरकारले पानीमा अनावश्यक रुपमा हुने पानीको प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । शनिबारबाट लागू हुने यो निर्णयअनुसार आफ्नो गाडी सफा गर्न, घरबारीमा पानीको प्रयोग गर्ननिश्चित समय सीमा तोकिएको छ ।
More

नेपालीलाई झस्काउने एस जयशंकर, जो भारतीय विदेशमन्त्री बने

काठमाडौं– ०७२ असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि असोज १ गते प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर काठमाडौं उत्रिएका थिए तत्कलीन भारतीय विदेश सचिव एस जयशंकर । झण्डै २४ घण्टा काठमाडौं बस्दा उनले नेपाली नेताहरुसँग जसरी व्यवहार गरे त्यसबारे राजनीतिक वृृत्तमा सुमधुर सम्बन्ध छैन । उनी फर्किनासाथ नेपालमा संविधान घोषणा भयो, लगत्तै भारतले अघोषित नाकाबन्दी लगायो । तिनै तत्कालीन विदेश सचिव जयशंकर पुनः निर्वाचित मोदी सरकारका विदेशमन्त्री बनेका छन् । मोदीको सपथग्रहमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्रि फेरिँदैमा दुई देशको सम्बन्धमा फरक नपर्ने प्रतिक्रिया दिएका छन् । संविधान जारी गर्ने बेला दूत बनेर आएका जयशंकरको व्यवहार नेपाली
More

प्रचण्डलाई केपी ओलीले दिए दिल्लीमा यस्तो जवाफ

काठमाडौं–प्राय व्यंग्य बिनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैं देखिन्थे । भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए । शुक्रबार बिहान बाह्रखम्बास्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददाताहरुसँग कुरा गर्दा पनि उनी गम्भीर थिए । तपाईँको पार्टीमा अर्का अध्यक्ष प्रचण्डले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईँको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो । ‘मेरो कार्यकाल एक वर्ष हैन, चार–५ दिन मात्र बाँकी छ’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पूरानै भएको उल्लेख गर्दैै उनले यो कुनै गोप्य दस्ताबेज नभएको उल्लेख गरे ।
More