Daily Archives 2nd June 2019

एनआरएनए कुवेतको महाधिवेशन अगष्ट ०२ मा

कुवेत । आगामी जुलाई २६ मा हुने भनेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतको छैटौँ महाधिवेशन मिति पर सरेको छ । संघको गत मे १६ तारिख बसेको बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकालको लागि महाधिवेशनको मिति २६ मा तय गरेको थियो तर उक्त दिनमै बहराइन देशको पनि राष्ट्रिय महाधिवेशन हुनेभएकाले आइसिसीको निर्देश बमोजिम अगष्ट ०२ तारिखको लागि सारिएको महासचिव हरि लावतीले जानकारी दिए । संघले आगामी कार्यकालको लागी नयाँ पन्जीकृत सदस्यता आवेदन खुल्ला पनि गरेको छ । पन्जीकृत सदस्यता आवेदन १९ मे तारिखदेखि १९ जुलाई २०१९ सम्म अनलाइनमार्फत खुल्ला गरिएको महासचिव लावतीले बताए । नयाँ सदस्यता लिनको लागि गैरआवासीय नेपाली संघ
More

मगर संघ युकेको कन्सर्टमा यसरी झुमे नेपाली……… (फोटो फिचर)

लण्डन । नेपाली संगीत क्षेत्रका नयाँ, पुराना आधा दर्जनभन्दा बढी कलाकारहरुको प्रस्तुतिमा बेलायतमा नेपाली ओपन कन्सर्ट सम्पन्न भएको छ । शनिबार फार्नबरो फुटबल क्लबको खुला मैदानमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानदेखि अहिलेका चल्तीका कुलेन्द्र विक, शान्तिश्री परियारसम्मले प्रस्तुति दिए । कुमारी चेपांग, निकिता थापा, सञ्जय गुरुङ, पवन राना, कुमार पुन लगायतका गायकगायिकाले विभिन्न गीतहरु प्रस्तुत गरेको कार्यक्रममा नायक धिरज मगर, सलिना थापा, दिपक मैथाने लगायतका कलाकारले आकर्षक नृत्यहरु देखाए । त्यसअवसरमा धौलागिरी नौमती बाजा यूकेले पनि विशेष प्रस्तुति गर्यो । मगर संघ बेलायतले आयोजना गरेको नेपाली ओपन कन्सर्टका प्रमुख आकर्षण वरिष्ठ गायक प्रेमध्वज प्रधानले ‘यो नेपाली शिर उचाली’ बोलको
More

आफ्नो उमेद्वारी बारे छलफल गर्न एनआरएन उपाध्यक्ष पन्त बेल्जियममा

बेल्जियम– गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष कुमार पन्तले आगामी अक्टोबरमा हुने नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । उनले निर्वाचनमा जाँदा कुनै टीम वा प्यानल बनाएर जाने पक्षमा भने आफू नरहेको बताएका छन् । ‘एनआरएनको विधानमा टीम बनाएर चुनावमा भाग लिन नपाइने व्यवस्था छ । म आफू निर्वाचन प्रक्रियामा गएको खण्डमा टीम नबनाइकन चुनावमा सहभागी हुने जानकारी गराउँछु’, बेल्जियममा आइतबार आयोजित अन्तर्क्रिया कार्यक्रममा पन्तले भने, ‘व्यक्तिगत रुपमा मेरो कुनै साथी आईदिए हुन्थ्यो भन्ने चाहना हुनसक्छ । त्यो चाहना मेरो मनभित्रको चाहना हुनसक्छ । तर मेरो टीम यो छ फलानो फलानोलाई भोट लिनस् भनेरचाहिँ नभन्ने
More

प्रम ओलीको युराेप भ्रमणः को–को हुनेछन् भ्रमण टोलीमा ? (नामावलीसहित)

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली १० जुनका दिन बेलायत भ्रमणमा आइपुग्ने भएका छन् । जुन ८ देखि हुने युरोप भ्रमणका क्रममा ओली जुन १० मा बेलायत आइपुग्ने कार्यक्रम रहेको हो । सो क्रममा प्रधानमन्त्री ओली र समकक्षी थेरेसा मेबीच भेटवार्ता हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जानकारी दिए। प्रधानमन्त्रीको भ्रमण टोली २७ सदस्सीय हुनेछ । जसमा प्रधानमन्त्रीकी धर्मपन्ती राधिका शाक्य हुनेछिन् । यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, परराष्ट्रसचिव शंकरदास वैरागी भ्रण टोलीमा रहने छन् । यसैगरी श्रम सचिव महेश दाहाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्यालपनि भ्रमण टोलीमा रहनेछन्
More

प्रदेश नं २ को नीति तथा कार्यक्रममा के– के विषय समेटियो ?

जनकपुरधाम–प्रदेश नं २ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले १९१ बुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रम नेपालको संविधान, नेपाल सरकारको आर्थिक नीति, आवधिक योजना तथा दीर्घकालीन क्षेत्रगत नीति, सहस्राब्दी विकास लक्ष्यलगायत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धता, प्रदेश सरकारले चालू आवमा लिएको नीति तथा कार्यक्रम र योजनाको कार्यान्वयन गर्ने तथा दिगो विकास लक्ष्यअन्तर्गत प्रादेशिक प्राथमिकता तय गरी दिशाउन्मुख रहेको बताउनुभयो । प्रत्येक जिल्लामा विकास निर्माणलाई तीव्र गति दिन एक जिल्ला एक प्रादेशिक नमूना परियोजना बनाउने, कृषिमा संरचनागत परिवर्तन गरी प्रदेशको
More

वीरेन्द्रकाे परिवारकाे सम्झनामा राजदरबार अगाडि दीप प्रज्वलन

काठमाडौं । गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दिवंगत राजपरिवारको सम्झनामा श्रद्धाञ्जलीको कार्यक्रम आयोजना गरेर दिप प्रज्वलन गरेको छ । प्रजावत्सल राजाका रुपमा जनताद्वारा रुचाइएका राजा विरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारको २०५८ जेठ १९ गते विभत्स हत्या भएको थियो । अभियानद्वारा नारायणहिटी दरबार अगाडि आयोजित सो कार्यक्रममा दिवंगत राजपरिवारको स्मरण गर्दै १ मिनेट मौनधारण गरिएको थियो । गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानका अध्यक्ष लक्ष्मी भद्रा ओझाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली एवं दिप प्रज्वलन कार्यक्रममा स्वर्गीय राजपरिवारलाई हृदयदेखि नै सम्मान गर्ने सयौं नागरिकहरुको सहभागिता रहेको थियो । गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानका अभियन्ताहरु लक्ष्मी भद्रा ओझा, स्मृति
More

PM Oli to visit UK, Switzerland, France

KATHMANDU : Prime Minister KP Sharma Oli will visit Switzerland, United Kingdom, and France from June 8 to 15, Foreign Minister Pradeep Kumar Gyawali confirmed on Sunday. This will be the Oli’s second visit to Europe since he came to power in February 2018. In January this year, Oli had visited Davos, Switzerland to attend the annual meeting of the World Economic Forum. Leading a high-powered Nepali delegation, the prime minister will leave home for Geneva, Switzerland on June 8. In Geneva, Prime Minister Oli will address an event to mark the centenary celebrations of the International Labor Organization on
More

अर्थमन्त्री भन्छन्, ‘हातले बजेट जोड्दा त्रुटी भयो’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा प्रतिपक्षी दल नेपाली कांग्रेसले त्रुटी भेटेको छ । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले उक्त त्रुटीले राजश्व र व्ययको तादाम्यता नमिलेको भन्दै संसदमा ध्यानाकर्षण गरेपछि अर्थमन्त्री खतिवडाले उक्त त्रुटी हातले गरिएको कामका कार भएको बताएका छन् । खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अंकमा तलमाथि नपरेको पनि स्पष्ट पारे । खतिवडाले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अंक प्राविधिक कारण संघमै देखिए पनि यसलाई सच्याइसकिएको बताए । उनले भने, ‘उपकरणले जोड्नुपर्ने अंक हातले जोडिएका कारण अनुसूची विवरणमा प्राविधिक त्रुटि देखियो
More

रानीमहल बचाउन उद्योगी व्यवसायीको आग्रह

रामपुर। ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान दिन यहाँका उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताए। दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजाको समेत प्रबन्ध गर्नुपर्ने तथा प्रवेश र अवलोकनका लागि शुल्क लिने समेत व्यवस्था गर्न सके यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि गर्न सकिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको भनाइ छ। रानीमहल क्षेत्रको विकास गर्न सके लुम्बिनी आएका पर्यटकलाई यहाँसम्म ल्याउनुपर्ने उद्योगी व्यवसायीको धारणा छ। पर्यटक पाल्पा भित्र्याउन समेत
More

टीकापुर घट्नामा ४२ महिना जेल बसेर रिहाई भएका लक्ष्मण थारुको उद्धघोष: ‘हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’

थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाँईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःशर्त रिहाई गर्नुपर्ने माग गरेको छ । समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन गर्नका लागि तात्कालिन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल दास नेतृत्वको न्यायिक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरु तुरुन्त सार्वजनिक गर्नुपर्ने पनि माग राखेको छ । कार्यक्रममा थरुहट नेता लक्ष्मण थारुले आफू ४२ महिना लामो जेल जीवनपछि पहिलोपटक मिडियामा आएको सुनाउँदै
More

बजेटबारे डा. डिला सग्रौलाको १० बुँदे धारणा

माननिय अर्थमन्त्रिले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७६ : ०७७को वजेट समग्रमा हेर्दा वितरणमुखी थामथूमे प्रकृतिको नै देखिन्छ । यो अलमलिएको दिशाहिन छ ।यसो भन्नुका विभिन्न कारणहरु छन् । १.स्थिर सरकारले जोखिम मोल्न सकेन : यो स्थिर सरकारले जोखिममोलेर भएपनिमूलुकको अर्थतन्त्रलाई नयाँ कोर्षमा लैजानु पर्दथ्यो । तर यथास्थितिवादी, सबैलाई रिझाउने बजेट प्रस्तुत गर्नाले सरकारले पाएको ऐतिहासिक अवसरलाई गुमाएको देखिन्छ । यसले राष्ट्रिय समृद्धिको दिर्घकालीनअवसरको ढोकाखोल्नु भन्दापनिअल्पकालीन रुपमालाभप्राप्तगर्ने किसिमले बजेट प्रस्तुतहुँदानयाँआर्थिक समृद्धिको विजारोपण हुन सकेन । २.बजेटको आकार ठूलो : यस वर्ष १२ खर्वको मात्र बजेट खर्च हुने भनिएकोमाआगामीवर्षको बजेटको आकार बढेर १५ सय खर्व ३२ अर्व पु-याउनु अस्वभाविक र अविश्वासनिय
More

विप्लवका नेता नेकपा प्रवेश

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समृद्धिको परिणाम जति चाँडो जनतालाई दिन सक्यो त्यति नै कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने बताउनु भएको छ । विप्लव समुह परित्याग गर्दै आइतबार नेकपामा प्रवेश गर्नुभएका पदम राईलाई पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । ‘कम्युनिष्ट पार्टीकै नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्ने संभावना छ । नेपालमा मात्र शान्तिपूर्ण रुपले समृद्धि कायम गरेर समाजवादमा जाने सम्भावना पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘यो संभावना सजिलै पैदा भएको होइन । यो लामो संघर्ष र बलिदानको श्रृंखलाको बीचबाट नै अहिले नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भयो । ’ अध्यक्षले अहिलेको
More

जनसम्पर्क समिति,अमेरिकाले जुन १५ मा टेक्सास, न्यूयोर्क र सन् फ्रान्सिस्कोमा जागरण कार्यक्रम गर्ने

न्यूयोर्क – नेपाली जनसम्पर्क समिति,अमेरिकाले मातृ पार्टी नेपाली कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रम अमेरिकामा पनि भव्यताका साथ आयोजना गर्ने भएको छ । जुन १५ तारिख शनिवार अमेरिकाको उत्तर पूर्वी क्षेत्र अन्तर्गत न्यूयोर्कमा,मध्य र दक्षिण क्षेत्रको लागि टेक्सास र सुदूर पश्चिम क्षेत्रका लागि सन् फ्रान्सिस्कोमा कार्यक्रम गर्ने समितिको बुधवार बसेको बैठकले निर्णय गरेको छ । सभापति एवं कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका समितिका अध्यक्ष आनन्द विष्टको सभापतित्वमा सम्पन्न कन्फरेन्स बैठकले तीनै क्षेत्रको भेलाका लागि प्रमूख अतिथि र केन्द्रीय प्रतिनिधि समेत चयन गरेको छ । समितिले न्यूयोर्कमा हुने कार्यक्रमको तयारी र समन्वय गर्न महासचिव मुनिन्द्र नेम्वाङ्ग,टेक्सासको तयारी र समन्वय गर्न उपाध्यक्ष सीपी
More

१० जुनमा प्रधानमन्त्री ओली बेलायत आउने, वेलायती प्रधामन्त्री मेसंग भेटवार्ता तय

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली १० जुनमा बेलायत आउने भएका छन् । बेलायत बसाइका क्रममा प्रधानमन्त्री ओली र समकक्षी थेरेसा मेबीच भेटवार्ता हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जानकारी दिए। प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनियनको विशेष कार्यक्रम नेपालको प्रजातन्त्र र विकासबारे बोल्ने छन्। उनी बेलायती संसदको एक समितिको बैठकमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ। ओली आउँदो जुन ८ तारिख देखी नौ दिने युरोप भ्रमणमा निस्कने भएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतबार दिएको जानकारी अनुसार ओली युरोपेली मुलुकहरू स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने भएका हुन्। मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली ८ जुन जेनेभाका लागि उड्नेछन्। ९ गते उनले
More

२७ गीति एल्वम तथा २ पुस्तक एकैसाथ

संभवत विश्वकै इतिहाँसमा नयाँ रेकर्ड कायम राख्दै गीतकार बी बी थापाको एकै साथ २७ गीति एल्वमहरु लोकार्पण गरिएको छ । नेपालका प्रथम उपराष्ट्रपति सम्माननिय परमानन्द झाले २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण गरेका हुन् । छायाँछबि क्रियशनको आयोजनामा सम्पन्न यस लोकार्पण कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक एवं साहित्यकार यादब खरेल, बरिष्ठ संगीतकार शक्ति बल्लभ, बरिष्ठ गीतकार दीनेश अधिकारी, बरिष्ठ गायक प्रकाश श्रेष्ठ, बरिष्ठ गीतकार रत्न शमशेर थापा, गीतकार संघका अध्यक्ष चुणामणी देवकोटा, बरिष्ठ गायक जगतमर्दन थापा, प्राध्यापक डा. हेमनाथ पौडेल बिशिष्ठ अतिथीका रुपमा थिए । कार्यक्रममा स्स्वागत मन्तब्य राख्दै वरिष्ठ पत्रकार एवं छायाँछबिका अध्यक्ष शान्तिप्रियले नेपाली संगीतकै इतिहाँसमा एकै साथ
More

प्रधानमन्त्रीले विदेशी भूमिमा राजनीतिक टिप्पणी गर्नु देशकै अपमान : नेता पौडेल

काठमाडौँ । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विदेशी भूमिमा नकारात्मक राजनीतिक टिप्पणी गर्नु देशकै अपमान भएको टिप्पणी गरेका छन्। धादिङ क्षेत्र नम्बर एकद्दारा आयोजित जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै धादिङ्का लागि केन्द्रीय प्रतिनिधि समेत रहेका पौडेललले पधानमन्त्रीले देशको राजनीतिलाई विदेशको भूमिबाट नकारात्मक ढङ्गबाट टिप्पणी गनु देशकै अपमान भएको टिप्पणी गरेका हुन्। नेता पौडेलले भने, “नेपाली राजनीतिलाई तुच्छ ढङ्गबाट टिप्पणी गदैगर्दा उहाँलाई ख्याल हुनुपर्छ राजनीतिलाई यस्तो बनाउने मुख्य पात्र उहाँ पनि हो। सत्ताका लोभिहरू कहिल्यै इमान्दार हुँदैनन। कथनि र कथनिमा ज्यादै अन्तर भएका के पी ओलीहरूका कारणले नेपाली राजनीतिमा विश्वासको संकट बढ्दो छ।” नयाँ संबिधान लागुभयो तर काम गर्ने तरिका
More

धौलागिरी अञ्चल अस्पतालमा पहिलो पटक शव राख्ने मेसिन

बागलुङ – जिल्ला सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पतालले मरच्युरी च्याम्वर (शव राख्ने मेसीन) भित्राएको छ । अस्पातलको शवगृहमा लामो समय शव रहँदा गन्ध आउने समस्या थियो । मेसीन भित्रिएसँगै अब शव गन्हाउने समस्याको अन्त हुने अस्पताल विकास समितिका अध्यक्ष के. वी. राना मगरले जानकारी दिए । गण्डकी प्रदेश सरकारको १२ लाख रुपैयाँ अनुदानमा मेसीन खरिद गरिएको हो । धौलागिरी अञ्चलमानै पहिलो पटक बागलुङमा ल्याईएको यो मेशिनमा एकै पटक चारवटा शव राख्न सक्ने क्षमता रहेको छ । मेसिनमा राखेको शव एक बर्षसम्म पनि जस्ताको त्यस्तै रहने भएकाले सड्ने गल्ने वा गन्हाउने समस्याको समाधान हुने अध्यक्ष रानाले बताए । मेसिन खरीद सँगै
More

एकता फुटाउन खोज्ने प्रवृत्ति बढ्दै गयो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नकारात्मक प्रवृत्ति बढ्दै गएको भन्दै दुःख व्यक्त गरेका छन्। पोखरामा नेपाल स्काउटको राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) उद्घाटन गर्दै उनले राम्रो कुराको पनि विरोध गर्ने, जेको पनि विरोध गर्ने प्रवृत्ति बढ्दै गएको बताए। उनले नेकपा पार्टीभित्र देखिएको दुई अध्यक्षको द्वन्द्वलाई इंगित गर्दै एकता हुन नदिने, एकता गरेकालाई पनि फुटाउन खोज्ने, फाटो बढाउने प्रवृत्ति बढ्दै गएको बताए। उनले राष्ट्रिय भावनाभन्दा, क्षेत्रीय, जातीय वा अनेक प्रकारका संकिर्ण भावनाहरू बढ्दै गएको उनको भनाइ छ। उनले अन्य देशहरू जेल नै नचाहिने अवस्थामा पुगेको बताउँदै नेपालामा पनि जनताले संविधान अनुरूप नै कानुन पालना गरुन् भन्ने आफूले चाहेको बताए । उनले
More

सरकार तानाशाही बन्न खोजेको देउवाको आरोप

रुपन्देही । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको वर्तमान सरकार तानाशाही बन्न खोजेको आरोप लगाएका छन्। नेपाली काङ्ग्रेस रुपन्देहीले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मधवलियामा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने स्थितिमा तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिए। सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै हालतमा पास हुन नदिने उल्लेख गर्दै सदन अवरुद्ध गरेर भए पनि विधेयक पास हुन नदिने बताए। उनले सरकारले न्यायालय, मानवअधिकार आयोग, प्रेसलगायतका स्वतन्त्र निकायलाई हस्तक्षेप गरी आफूअनुकूलका काममा लगाउने गरी विधेयक ल्याएको समेत आरोप लगाए। उनले बुद्धजन्मस्थल रुपन्देही जिल्लाबाट पार्टीमा एकताको शुरुआत भएको बताउँदै पार्टीभित्र अन्तरघात
More

सुरक्षा र विकासविना समृद्धि सम्भव छैन : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास, शुसासन र सुरक्षाविना मुलुक समृद्ध हुन नसक्ने बताएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित सामुदायिक सेवा केन्द्रले आज आयोजना गरेको स्वास्थ्य शिक्षा सचेतना कार्यक्रममा गृहमन्त्री थापाले जनता र राष्ट्रको सेवा गर्ने अठोटका साथ ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य लिएर सरकार अघि बढेको उल्लेख गरे। जनतालाई कसरी छिटोभन्दा छिटो समृद्धिको शिखरमा पुर्याउने भन्नेमा सरकार चिन्तित रहेको गृहमन्त्री थापाको भनाइ छ। गरीब र दुःखी जनतालाई सुखी बनाउन पनि देशलाई समृद्ध बनाउनुपर्ने बताउँदै उनले समृद्धिबाट मात्रै जनता सुखी हुने जिकिर गरे। “विकासविना समृद्धि सम्भव छैन, त्यसैले सरकारले छोटो अवधिमा विकास गर्ने सङ्कल्प गरेको छ, त्यसैलाई केन्द्रित
More