Daily Archives 3rd June 2019

ल्यापटप तथा मोबाइल चोरी गरेको अभियोगमा चार जना पक्राउ

पर्सा- काठमाडौं उपत्यकाका विभिन्न होस्टेलबाट मोबाइल तथा ल्यापटप चोरी गरेको अभियोगमा ४ जनालाई महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-९ बनगाँउ घर भएका २३ वर्षीय बालकृष्ण चौधरी, काठमाडौं कालोपुल बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय राजन थापा, काठमाडौं काडाँघारी बस्ने काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-५ घर भएका २३ वर्षीय शिखर गौतम र काठमाडौं रामहिटी बस्ने उदयपुर रौतामाई गाउँपालिका-१ घर भएका २४ वर्षीय डेबिट भन्ने बिष्णु बहादुर तामाङ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप ९ थान र मोबाइल ५ थान समेत बरामद गरेको छ । पक्राउ
More

सांसदलाई ६ करोड बाँड्ने सरकारी निर्णय भ्रष्टाचार गर्ने अभ्यास –प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सांसदहरुलाई जनही ६ करोड बाँड्ने सरकारी निर्णयलाई भ्रष्टाचार गर्ने अभ्यासको संज्ञा दिनु भएको छ । सोमबार नवलपुरमा नेपाल प्रेस युनीयनले गरेको कार्यक्रममा नेता पौडेलले सांसदहरुलाई बाँड्ने भनिएको रकम एकै ठाउँमा जम्मा गरी “बास्केट फण्ड” मार्फत् राष्ट्रिय गौरवका आयोजना निर्माणमा खर्च गर्नुपर्ने माग गर्नुभयो । केन्द्र, प्रदेश तथा बुहसंख्यक स्थानीय तहमा नेकपाको सत्ता रहेको अवस्थामा वास्तवमै नेकपा नेतृत्वको सरकारले समृद्धि चाहेको हो भने निर्वाचित सांसद तथा जनप्रतिनिधिहरुलाई कुनै तलब भत्ता नलिई सबै रकम समृद्ध नेपाल बनाउने अभियानमा खर्चन पौडेलले चुनौति दिनुभयो । केन्द्रीय समितिको अबको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद सहित सबै जनप्रतिनिधिहरुले पाउने सबै
More

म्याग्दीमा ‘गजल उत्सव’ हुने

यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एक लाख रुपयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्ने छ । उक्त कार्यक्रममा पर्वत, म्याग्दी, बागलुङ, नवलपुर, स्याङ्जा, कैलाली, बैतडी, काठमाडौं, रौतहट, कास्की लगायत विभिन्न जिल्लाहरुका युवा गजलकारहरुको विशेष प्रस्तुती रहने छ भने युवा गजलकारहरुलाई स्थानीय बाद्यबादकहरुले समेत साथ दिने आयोजकले जनाएको छ । शिखर होटलमा दिनको दुई बजेबाट शुरु हुने उक्त कार्यक्रमको आयोजक म्याग्दी साहित्य सञ्चार रहेको छ । पछिल्लो समय म्याग्दी जिल्लामा क्रियाशील रहेको
More

छेस्काम प्रहरी चौकी पाँच घण्टा ‘विप्लव’को कब्जामा

विराटनगर : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी पाँच घण्टा कब्जामा लिएको छ। आक्रमणको योजना बुनेर पुगेका विप्लवका हतियारधारी कार्यकर्ताले आइतबार राति ९ बजेदेखि २ बजेसम्म चौकी कब्जामा लिएका हुन्। छेस्काम सोलुखुम्बु, संखुवासभा र भोजपुरको सीमा क्षेत्र पनि हो। विप्लवले आक्रमण गर्ने अग्रीम सूचना पाएका कारण त्यहाँ कार्यरत प्रहरी भने साँझ ५ नबज्दै हतियार बोक्दै चौकी छाडेर हिँडेका थिए। छेस्काम चौकीमा प्रहरी सहायक निरीक्षक (असई) हीराप्रसाद देवकोटाको नेतृत्वमा ७ जनाको टोली खटाइएको थियो। चौकी भन्दा बाहिर प्रहरी रहेका कारण आक्रमणको प्रयास भने सफल हुन सकेन। पाँच घण्टासम्म रुँघेर बस्दा पनि त्यहाँ
More

विप्लव नेकपाद्वारा सोलुखुम्बुमा चौकी आक्रमण

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले साेलुखुम्बुमा प्रहरी चौकी आक्रमण गरेको छ। नेकपाका कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको प्रहरी चौकी कब्जाका लागि आक्रमण गरेका हुन्। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकी रित्तै भेटेपछि फर्किएका थिए। मध्यराति २५–३० जनाको समूह चौकी पुगेको थियो। तर प्रहरीले पूर्वसूचना अनुसार हतियार सहित सुरक्षित स्थानमा गएकाले कब्जाको रणनीति असफल भएको हो।
More

बजेट आफैमा भ्रमपूर्ण छ : पूर्व अर्थमन्त्री कार्की

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसाद एवम् पूर्व अर्थमन्त्री ज्ञनेन्द्रबहादुर कार्कीले बजेटले मुलुकको समग्र विकास हुनेमा आशंका व्यक्त गरेको छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा पूर्व अर्थमन्त्री कार्कीले भने,‘ ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने कुरा छ । त्यो केबल नारामा सिमिति छ । यसलाई वास्तविकतामा बदल्ने सामर्थ यो बजेटसँग छ भन्ने मलाई लाग्दैन ।’ उनले बजेट आफैमा भ्रमपूर्ण रहेको तर्क गरे । ‘संक्षिप्तमा भन्दै यो बजेट आफैमा भ्रमपूर्ण छ । प्रचार मुखी छ । संघीताको मर्म र भावना विपरीत छ,’ पूर्व अर्थमन्त्री कार्कीले भने,‘यो बजेटले न विकास गर्न सक्न, न मुलुकलाई अग्रामी दिसातिर लिन सक्छ ।’ उत्पादन,
More

लिभरपुललाई लाखौँ समर्थकको स्वागत (फोटो फिचर)

लिभरपुल – च्याम्पियन्स लिगको उपाधि जितेर इंग्ल्याण्ड फर्किएको लिभरपुललाई लाखौंको संख्यामा रहेका समर्थकले स्वागत गरेका छन् । सन् २००५ पछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जितेको लिभरपुलको ट्रफी परेडमा साढे सात लाख समर्थकको उपस्थिती रहेको थियो । समर्थकहरु लिभरपुलको जर्सी, झण्डा र स्काफ लिएर ट्रफी परेडमा उपस्थित थिए । मड्रिडमा भएको फाइनलमा जर्जेन क्लोपको टिमले टोटनह्यामलाई २–० ले हराउँदै छैटौं पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको थियो । प्रशिक्षक क्लोप आएपछि लिभरपुल टिम संगठीत भएको छ । उसले प्रिमियर लिगमा ९७ अंक बनाएपनि म्यान्चेष्टर सिटीसँग एक अंकले पछि पर्दै उपविजेतामा सिमित बनेको थियो ।
More

सुनको भाउ तोलामा ५१ हजार ५००

काठमाडौं– सोमबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ । यसैगरी चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।
More

मध्यमोदी जलविद्युत् आयोजनाको काम पुनः सञ्चालन

प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो । गत शुक्रबार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित स्थानीय जनप्रतिनिधिको संयुक्त छलफलबाट स्थानीयका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य शनिबार बिहानदेखि सञ्चालन भएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेको भन्दै पुनःनिर्माण तथा क्षतिपूर्तिको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलन गरेका थिए ।
More

नेपाली घरद्धारा सदस्यता लिन सबैलाई अनुरोध

कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरको हालै सम्पन्न कार्यसमितीको बैठकले कोलोराडो निवासी सबैलाई संस्थाको सदस्यता लिई संस्थामा आवद्धहुन अनुरोध गरेको छ । संस्थाको कार्यसमितीको बैठकले आगामी जुलाई महिना भित्र सम्पन्न हुन लागेको संस्थाको नयां कार्यसमितीको चुनावमा सक्षम, ईमान्दारी, उमेद्धारहरु चयनगरी संस्थाले आगाडी सारेका आयोजनालाई निरन्तरता दिई सम्पन्न गर्न सहयोगकोलागी अपिल गरेको हो । संस्थाले सबैलाई यस संस्थामा गोलबन्द हुन साधारण सदस्यहरुलाई सदस्यता नविकरणगर्न तथा सदस्यता नहुनु भएका सबैलाई सदस्ता लिई सहयोग गरिदिनुहुन सार्वजानिक आवाहन गरेको छ । बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी इच्छुक महानुभावहरुलाई आगामी जुन ३० भित्र सदस्यता नविकरण तथा नयां सदस्यता लिन सबैलाई
More