Daily Archives 3rd June 2019

लुम्बिनीमा ‘वल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माण हुने

काठमाडौँ । सरकारले लुम्बिनीमा ‘वल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माणका लागि अध्ययन गर्ने अनुमति दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आईतबार सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले सो पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव स्वीकृत गरेको हो। बुद्धको जन्मस्थल लुम्विनीमा ‘वल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माणका लागि स्विकृति प्रदान गरिएको बोर्डका सदस्य डा. हरिभक्त शर्माले जानकारी दिए। बैठकले ५ सय ५० मेघावाट क्षमताको सोलार पावर विभिन्न प्रदेशमा निर्माण गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावित आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले सम्पन्न हुने गरी कार्ययोजना तय गर्न बोर्डलाई सचेत गराएका थिए। डिसी नेपाल
More

पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने

डोटी । जिल्लाको दुर्गम क्षेत्रमा रहेको बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाइने भएको छ। पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन पहल चालिएको अध्यक्ष कमलबहादुर गडसिलाले बताए। उनले भने, ‘गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउन हामीले द्रुत गतिमा काम अगाडि बढाएका छौँ, सम्भवतः केही महीनामै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गर्ने छौँ।’ प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीबाट दुर्गममा रहेका बस्तीमा पनि गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेर पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने गरी काम भइरहेको गाउँपालिकाका कार्यकारी प्रमुख शङ्कर सुचिकारले बताए। यसै सिलसिलामा आज मात्रै वडा नं ५ धिर्कामाण्डौँमा सामुदायिक स्वास्थ्य एकाइको उद्घाटनसमेत गरिएको छ । यस वर्ष मात्रै तीन वटा
More