Daily Archives 5th June 2019

बिता ढकाल बनिन् ‘मिसेस आर्यन नेपाल २०१९’

क काठमाडौ । ‘मिसेस आर्यन नेपाल २०१९’को ताज कबिता ढकालले आफ्नो शिरमा पारिन् । पव्लिक च्वाइज र मोस्ट स्मार्टको सबटाइटल विधापनि कबिताले आफ्नो पोल्टामा पारिन् । ‘मिसेस आर्यन नेपाल २०१९’ को उपाधी कबिताले आफ्नो शिरमा पार्दा फस्ट रनरअपको उपाधी स्र्पाकल पुरीले जितिन् । उता सेकेन्ड रनरअपको उपाधी सिमा थापाले उचालिन् । जेठ २१ गते बेलुकी जमलको राष्ट्रिय नाचघरमा भएको फाइनलमा ‘मिसेस आर्यन नेपाल’को मुख्य निर्णायक सुगारिका केसीले सोधेको अन्तिम प्रश्नको उत्कृष्ट जवाफ दिदै कबिताले उपाधी जितेकी हुन् । बिजेता कबिता ढकाललाई पुर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराइदिइन् । विजेताले ताज, ट्रफि र प्रमाणपत्र पाएका थिए । एमाजोन इन्टरटेन्मेन्टले बिवाहित
More

नेपाल प्रहरीद्वारा २१ हजार ३ सय १४ विरूवा वृक्षारोपण

काठमाडौं-विश्वस वातावरण दिवस २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा बुधबार विभिन्न जातका ग‌री जम्मा २१ हजार ३ सय १४ वटा विरूवा वृक्षारोपण गरेको छ । ‘स्वच्छ वायु, स्वस्थ्य जीवन’ भन्ने मूल नाराकासाथ समुदाय-प्रहरी साझेदारी कार्यक्रम तथा एक नागरिक एक बिरुवा रोपण अभियान अन्तर्गत वृक्षारोपणको साथै सरसफाई र सचेतनामुलक र्यारली लगायतका कार्यक्रम गरिएको हो । सो क्रममा प्रहरी कार्यालयका परिसर भित्र र बाहिर समेतमा कपुर, तेजपत्ता, निबुवा, नासपती, अम्बा, लिची, आँप लगायत विभिन्न जातका गरी उक्त संख्यामा फलफूल लगायत अन्य बिरुवाहरूको वृक्षारोपण गरिएको हो । वृक्षारोपण लगायतका कार्यक्रम गरिएका प्रहरी कार्यालयहरूमा प्रहरी प्रधान
More

ठमेल पर्यटन परिषदमा बद्री प्रसाद तिमल्सिना किन ?

ठमेल पर्यटन परिषद्मा अर्जुनलाल प्रधान समूहबाट बद्री प्रसाद तिमल्सिनाले सचिव पदमा उम्मेदवारी दिएका छन् । पञ्चकन्या पश्मिना हाउसका सञ्चालक उनी २० वर्षदेखि ठमेलमा सक्रिय छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रही नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनले आफ्नो व्यवसायको दौरानमा दर्जनौं राष्ट्रको भ्रमण गरी अन्तरराष्ट्रिय क्षेत्रमा नेपाली मौलिक पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । ठमेल क्षेत्रको पर्यटन व्यवसायको प्रवर्द्धनमा निरन्तर क्रियाशील रही सामाजिक हितमा अग्रणी भूमिका निर्वाह गरेका उनी आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । प्रधान नेतृत्वको समूहले ठमेललाई ठमेल जस्तो बनाउन एक दर्जन बढी विषय समेटिएको प्रतिबद्धतापत्र समेत सार्वजनिक गरिसकेको छ । परिषद्को नयाँ नेतृत्व चयनका लागि
More

विश्व वातावरण दिवसमा ओलम्पिया स्कुलले विद्यार्थीहरुलाई यसरी सहभागि गरायो (फोटोफिचरसहित)

काठमाण्डौ – काठमाण्डौमा औँलामा गनिने स्कुलमध्येको एक हो –ओलम्पिया वल्र्ड स्कुल । हरेक वर्षझैँ यसपाली पनि उक्त स्कुलले भव्यताका साथ विश्व वातावरण दिवस मनाएको छ । दिवसका अवसरमा स्कुलले सरसफाइ ¥याली , बृक्षारोपण तथा सचेतनामूलक नाटक प्रदर्शन गरेको थियो । नेचर क्लबको नेतृत्वमा भएको उक्त कार्यक्रम लगभग ४–५ घण्टामा सम्पन्न भएको थियो । विद्यार्थीहरुलाई विशेष जोड दिएर आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका प्र.अ. ,शिक्षक तथा अन्य व्यक्तिहरुसमेत सहभागी भएका थिए । उक्त कार्यक्रमको संयोजकत्व नेचर क्लबका शिक्षक द्वय शोभन भण्डारी तथा नसला प्रजापतिले गरेका थिए । कार्यक्रमा बोल्दै शिक्षक शोभनले यस्ता कार्यक्रमले विद्याथीलाई सक्रिय बनाउनुका साथै समाजमा सही सन्देशसमेत फैलाउने
More

बागलुङ जिल्ला नेपालको नयाँ पर्यटकीय हब बन्दै

विगतमा नेपालको रणनीतिक महत्वको जिल्लाको रुपमा रहेको बागलुुङ जिल्ला पुनः नेपालको एक रणनीतिक जिल्लाको रुपमा उदाउँदै गएको छ । संभावना नं संभावनाहरु रहेको, विभिन्न अर्गानिक उत्पादन, जडिबुटी, बनजंगल, जलविद्युत जस्ता क्षेत्रको व्यापक संभावना भएको बागलुङ जिल्ला भएर मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, सालझण्डी ढोरपाटन जस्ता राष्ट्रिय महत्वका सडकखण्डहरु निर्माण हुँदै गरेको अवस्था एवं विभिन्न दश वटा स्थानीय सरकारहरुले ग्रामीण क्षेत्रको विकासमा निरन्तर समर्पित भैरहँदा बागलुङ जिल्लाका गाउँ गाउँमा सडक संजालहरु पुगेका छन् र अधिकांश बागलुङ जिल्लाका गाउँहरुमा विद्युतीकरण समेत भएको छ । यति मात्र हैन हाल लोकगीत र स्थानीय संस्कृतिहरुमा व्यापक धनी बागलुङ जिल्लाबाट प्रशस्त राष्ट्रिय स्तरका कलाकारहरु समेट उदाउँदै गएका
More

एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

बागलुङ – गर्भावस्था र सुत्केरी अवस्थामा पोषण, खोप तथा स्वास्थ समस्याको बिषयमा जानकारी गराउन सुनौला हजार दिनका आमाहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम बानपा–१ रामरेखामा सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा नेपाल गाजा डेभल्भमेन्ट फाउन्डेसन बागलुङ मार्फत सञ्चालित सुआहारा कार्यक्रमको प्रविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रम गरीएको हो । कार्यक्रममा गर्भवती भएर १ हजार दिन पुगेका वडा भित्रका ४० जना महिलाहरुलाको सहभागिता रहेको थियो । उनिहरुलाई खोप, आमाको स्वास्थ्य र पोषणको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधि डिल्लि प्रसाद आचार्य, महिला स्वास्थ्य स्वयमसेवीका दुर्गा देवी शर्मा र बागलुङ नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी बोहरा लगायतले
More

सुरक्षाको माग गर्दै सरिता लामिछानेले गरिन पत्रकार सम्मेलन

काठमाडौँ : यहि आउदो जेष्ठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकारनिर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पिडा दुखेसो, एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकाहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित भएका थिए । तिनै जना नायिकाले महिला नेतृलाई साथ दिन आग्रह गरे भने सहि व्यक्तिलाई नेतृत्वमा ल्याउन समेत आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेन्डा भन्दा बढी आफूले उम्मेदवारी दिएपछि भोगेको पीडा प्रस्तुत गरिन् । २० बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेपनि आफूलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको
More

वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास

भक्तपुर । ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास गर्नुभएको छ । हनुमन्ते नदी सफाई अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण एवं पार्क शिलान्यासको खानेपानी मन्त्री मगरबाट शुभारम्भ गरिएको हो । “स्वच्छ वायु, स्वस्थ जीवन” भन्ने मूल नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नगरपालिकाहरु, विभिन्न सामाजिक संघ संस्था र सुरक्षाकर्मी लगायत सरसफाइ अभियन्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वातावरण संरक्षण र फोहोर न्युनीकरणमा घर टोल, छिमेक र सिंगो समाजको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जागरुक हुनुपर्ने बताउनुभयो ।
More

म्याग्दीका अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

बेनी: म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मङ्गलबार सम्मान गरियो । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरेको हो । उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय विवाह गरेका दम्पतीलाई अभिनन्दन गर्नुभएको थियो । जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकरात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरुको हौसलाका लागि सम्मान गरिएको सङ्घर्ष समितिका संयोजक विश्वकर्माले जानकारी दिनुभयो । जिसस प्रमुख केसीले छुवाछूतलाई कानूनी रूपमा हटाइए पनि व्यवहारिक कार्यान्वयनका भने लागि सरोकारवालाले
More

दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।” राष्ट्रपति भण्डारीले शिक्षालाई व्यावहारिक, जीवनोपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत
More