Daily Archives 6th June 2019

सुदूरपश्चिममा भीषण आँधीहुरीः व्यापक क्षति, विस्तृतमा पढ्नुहोस्

काठमाडौं– सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ । साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरी आएको हो । प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट कम्तीमा २५ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर भएको जनाइएको छ । हावाहुरीका कारण धनगढीमा १५ जना घाइते भएका छन् । यस्तै रुखहरु ढल्नाका साथै सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए । आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार ठाउँठाउँमा
More

फिदिम बजारमा लागेको आगो नियन्त्रणमा

फिदिम : पाँचथर सदरमुकाम फिदिम बजारको मेन लाइनको होटलबाट सुरु भएको आगो नियन्त्रणमा आएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो। फिदिम बजारको मेन लाइनमा रहेको पाथिभरा मिष्ठान्न भण्डारबाट आगलागी सुरु भएको हो। मिष्ठान्न भण्डारबाट सल्किएको आगोले सीता होटल र पाँचथर गेष्ठहाउस समेत जलेका छन्। पाँचथर गेष्ठहाउससँगै रहेको एउटा कपडा पसलमा समेत आगलागीबाट पूर्ण क्षति पुगेको छ। एनएबी बैंकको फिदिम शाखा रहेको घरको झ्यालमा समेत आगोले क्षति पुर्‍याको छ। अन्नपूर्ण पोष्ट
More

२१ महिने छोरीलाई झुन्ड्याएर आमाले गरिन् आत्माहत्या !

ललितपुर : दक्षिण ललितपुरको महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई झुन्ड्याएर एक महिलाले आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार आत्महत्या गर्नेमा मुगुकी २६ वर्षे जानु शर्मा रहेकी छन्। बुधबार साँझ ६:३० बजेतिर घटनाका बारेमा जानकारी आएपछि ललितपुर प्रहरी घटनास्थलमा पुगेको थियो। जानु स्थानीय प्रेमप्रसाद घिमिरेको घरमा भाडामा बस्दै आएकी थिइन्। ढोका बन्द रहेको र बोलाउँदा कुनै प्रतिक्रिया नआएपछि प्रहरी र वडाध्यक्ष सहितको टोली कोठाभित्र पसेको थियो। त्यहाँ जानु झुन्डिएको अवस्थामा फेला पारेकी थिइन्। महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता नारायण चिमोरीयाका अनुसार जानूले कोठामा आत्महत्या गरेको पुष्टी भएको छ। उनले कोठाभित्र रहेको बलोमा सलको पासो बनाएर छोरीलाई झन्ड्यिाएर र आफू पनि
More

सहमति जुट्न नसकेपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं। एकताका बाँकी काम टुंग्याउने दिशामा एकपछि अर्को अड्चन देखा पर्दै गएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडका सहमति नजुटेपछि बिहीबार बस्ने तय भनेको सचिवायल बैठक स्थगित भएको छ। केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोक्न बिहीबार सचिवालय बैठक बोलाइएको थियो। मंगलबार र बुधबार बसेको सचिवालय बैठकमा नेताहरूको फरक मतका कारण निष्कर्ष निस्कन नसकेपछि बिहीबार बैठक बोलाएको थियो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेको बताएपछि बैठक स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे पनि
More

१३ नेपाली रसियामा अलपत्र

काठमाडौं । ‘गार्मेन्ट टेलर’ पदमा श्रम स्वीकृति लिएर रसिया पुगेका १३ नेपाली युवा रोजगारदाताले काम नदिँदा अलपत्र परेका छन् । बौद्धस्थित काठमाडौँ ब्राइट ह्युमन रिसोर्स प्रालिबाट उडेका उनीहरु रसिया पुगेका तीन महीना पुग्दासमेत कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् । अलपत्र पर्नेमा रामेछापका खगेन्द्रबहादुर सुनुवार, गोविन्द तामाङ र कुमार मगर, इलामका प्रेमबहादुर गुरुङ र शेरबहादुर गुरुङ, धनकुटाका बोमदेवान राई, पाँचथरका विनोद गुरुङ, ओखलढुङ्गाका तेजबहादुर राई, नवलपुरका दीपबहादुर आले मगर र सुजन झण्डी मगर, चितवनका अनिल तामाङ, काठमाडौँका सविन बस्ताकोटी तथा उदयपुरका देवराज विष्ट रहेका छन् । दुई चरणमा गरेर रसिया पुगेका ३४ कामदारमध्ये केहीलाई आंशिक मात्रामा काम दिएर न्यून पारिश्रमिक
More

‘प्रजातन्त्र र गणतन्त्रअनुकुल राष्ट्रपति चल्न नसकेको आरोप’

– हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि छिट्टै सडकमा आउँछौं, विदेशीको सहयोग आवश्यक छैनः अध्यक्ष पशुपति शमशेर राणा – ‘कांग्रेस ढुलमुल भएर बसिरहेको छ, सरकारको गलत काम ओकल्नुपर्छ’ – ‘सरकारको काम हात्ति आयो हात्ति फुस्सा’ – ‘ओली सरकारबाट राष्ट्रको सुरक्षा र मुलुकको उत्थान हुन सकेको छैन’ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वादा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त सडक संघर्षमा उत्रिने बताएका हुन । उनले भने,‘नेपाललाई विदेशीको ईशारामा दुई÷चार जना नेताले
More

गुण्डा नाइके राधे पक्राउ

गुण्डा नाइके राधे भन्ने राधाकृष्ण भण्डारी हतियारसहित पक्राउ परेका छन् । उनी बुधबार साँझ धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार राधेले ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउको क्रममा उनले प्रहरीमाथि पनि आक्रमणको प्रयास गरेका थिए । आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
More

करेन्ट लागेर एक विद्यार्र्थीको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्यरत एक विद्यार्थीको मृत्यु भएको छ । बुधबार सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । अछाम जिल्ला घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानाकारी दिए ।
More

कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव

नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरेका छन्। उनले विधेयकमाथि संशोधन राख्दै शनिबार र आइतबार बिदाको व्यवस्था कानुनी रूपमै राख्न प्रस्ताव गरेका हुन्। संघीय निजामती सेवासम्बन्धी ऐनमाथि संशोधन प्रस्ताव राख्दै थापाले कर्मचारीलाई हप्तामा ४० घण्टा नघट्ने गरी काम लगाउनु उचित हुने उल्लेख गरेका छन्। अहिले निजामती कर्मचारीले सातामा एक दिनमात्रै बिदा पाउँदै आएका छन्। थापाले निजामती सेवाका कर्मचारीलाई सेवा अवधिमा आवश्यक अनुमति लिई बढीमा १० वर्षसम्म संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा सोही प्रकृतिका अन्तर्राष्ट्रिय संस्थामा काम गर्न सक्नेगरी बिदा दिन समेत प्रस्ताव राखेका छन्। हाल निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभाको
More

ओली र नेपाल आफ्नै अडानमा

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्यको कार्यविभाजन मिलाउन मध्यमार्गी प्रस्ताव अगाडि सारेका छन्। कार्यविभाजनमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले आआफ्नो अडान नछाडेपछि दाहालले विकल्पका रूपमा मध्यमार्गी प्रस्ताव ल्याएको नेकपा सचिवालयका एक सदस्यले बताए। जनप्रतिनिधि रहेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज–सहइन्चार्ज बन्न पाउन बन्देज लगाउन नहुने दाहालको प्रस्ताव छ। उनले आवश्यक ठानिएका जिल्लामा सहमतिका साथ जिम्मेवारी दिनुपर्ने मापदण्ड बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन्। ‘दोहोरो जिम्मेवारीमा रहेका नेतालाई भन्दा जिम्मेवारी नभएका र सिनियर नेतालाई नै जिल्ला इन्चार्ज/सहइन्चार्ज बनाउनुपर्छ। तर कुनै जिल्लामा आवश्यक छ भने जनप्रतिनिधिलाई बन्देज वा प्रतिबन्ध लगाउनु हँुदैन। उनीहरूलाई पनि जिम्मेवारी दिन सकिन्छ’, दाहालले बैठकमा राखेको
More

सगरमाथा आरोहण सङख्यामा आधा कटौती गर्न सुझाव

काठमाडौं । सगरमाथा सफाइ अभियानले सगरमाथा हिमाल क्षेत्रबाट सङ्कलित फोहरजन्य सामग्री ‘ब्लु वेस्ट टु भ्यालु’ संस्थालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको १४ बाहिनी परिसरमा बुधबार आयोजित समारोहमा सगरमाथाको आधार शिविरदेखि ‘साउथ कोल’ सम्मबाट सङ्कलन गरिएको प्रशोधन गर्न मिल्ने फोहरजन्य सामग्री उक्त संस्थालाई हस्तान्तरण गरिएको हो । सगरमाथा हिमाल सफाइ अभियानका संयोजक एवं खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष निम दोर्जेले दरबारमार्गस्थित ब्लु वेस्ट टु भ्यालुका कार्यकारी निर्देशक नवीन विकास महर्जनलाई विश्व वातावरण दिवसका अवसरमा हिमालबाट सङ्कलन गरिएको ती फोहरजन्य सामग्री हस्तान्तरण गरेका हुन् । गत वैशाख १ देखि जेठ २१ गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्वमा सगरमाथाको आधार शिविरदेखि
More