Daily Archives 9th June 2019

प्रधानमन्त्री जेनेभामा

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणको सिलसिलामा केही बेरअघि स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएको छ । जेनेभा अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि स्वीस महासङ्घका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई एवं नियोगका अधिकारी, जेनेभा क्यान्टनका काउन्सिलर तथा स्वीस वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओली जेनेभामा भइरहेको अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको भ्रमणमा आउनुभएको हो । प्रधानमन्त्री ओलीले आइएलओको शतवार्षिकी समारोहलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको सम्मानमा जेनेभास्थित नेपाली नियोग प्रमुखले आज साँझ स्वागत समारोह आयोजना गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका
More

एनआरएन यूकेको अध्यक्षमा प्रेम गाहा मगरको दावी

लण्डन । गैरआवासीय नेपाली संघ युके (एनआरएनए) को अध्यक्षमा प्रेम गाहा मगरले उम्मेदवारी दिने भएका छन् । एनआरएन युकेका उपाध्यक्ष समेत रहेका मगरले आइतवार एक पत्रकार सम्मेलन गर्दै आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । मगरले अल्डरसटमा आयोजित पत्रकार सम्मेलनमा मार्फत विभिन्न २६ बुंदामा चुनावी प्रतिबद्धताहरु समेत सार्वजनिक गरेका छन् । चुनावी प्रतिबद्धतापत्रमा गाहा मगरले एनआरएन यूकेको सदस्यता संख्या २० हजार पुर्याउने, संस्थाका सदस्यहरुलाई आवश्यक सहयोग तथा परामर्श सहज उपलब्ध गराउन स्थायी कार्यालय स्थापना गरी एक पुर्णकालीन कर्मचारी व्यवस्था गर्ने, आपतकालीन कोषमा ५० हजार पाउण्ड जम्मा गराउने, नेपाल हाउस प्रोजेक्टका लागि आवश्यक कोष जुटाउने लगायतका महात्वाकांक्षी योजना
More

प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीलाई भेट्ने

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार ह्यारीसंग भेटवार्ता गर्ने भएका छन् । नेपाली दूतावास लण्डनका अनुसार प्रधानमन्त्री ओली र ह्यारी बीच मंगलबार केन्सिंटन प्यालेसमा औपचारिक भेट हुने बताएको छ । मंगलबार उनले बेलायती प्रधानमन्त्री टेरेसा मेलाई १० डाउनिंग स्ट्रिटमा भेट्ने कार्यक्रम छ । तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली सोमबार लण्डन आइपुग्दैछन् ।
More

नाक भाँच्ने धम्की दिने मेयरले निकाले यस्तो विज्ञप्ति

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो कुनै उद्देश्य नरहेको प्रष्ट पारेका छन् । आइतवार साँझ एक विज्ञप्ति जारी गर्दै चौधरीले प्रेस जगतलाई आघात पुग्न गएको विचार फिर्ता लिन चाहेको बताएका छन् । ‘मेरो सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनासय छैन र आगामी दिनमा पनि रहने छैन,’ विज्ञप्तिमा चौधरीले उल्लेख गरेका छन्, ‘एकजना पत्रकार मित्रले फेसबुक कमेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रममा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाईहरूबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोट प्रति दुख व्यक्त गर्छु ।’ मेयर चौधरीले इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको पनि बताएका छन् ।
More

इरानद्वारा छ निशानामा एकै पटक प्रत्याक्रमण गर्नसक्ने स्वदेशी हतियार सार्वजनिक

तेहरान–इरानले आइतबार स्वदेशमा निर्मित एकै पटकमा छ निशानामा प्रहार गर्नसकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । “खोर्डाड–१५ नाम दिइएको उक्त हतियारले विरोधीको लडाकू विमानहरूलाई पत्ता लगाई एक तर्फ १५० किलोमिटरको दुरीमा आक्रमणको निशाना लगाउन सक्ने क्षमता राख्नेछ,” हतियार सार्वजनिक समारोहमा रक्षामन्त्री अमिर हतामीको दावीलाई उद्धृत गरी इरानी टेलिभिजनले बताएको छ । इरानको स्वदेशी नयाँ हतियारले विरोधीका लडाकू विमानलाई ड्रोनमार्फत १२० किलोमिटर किलोमिटर टाढासम्म पछ्याउने क्षमता राख्ने दावी पनि हतामीले गर्नुभयो । अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भई नयाँ प्रतिबन्ध लगाएसँगै इरानले स्वदेशी प्रतिरक्षा प्रणाली (हतियार) को निर्माण गरिरहेको अनुमानहरू गरिँदै आएको
More

कोरियाली भाषा परीक्षामा ८४ हजार सहभागी, १५६ प्रहरीको फन्दामा

काठमाडौँ–सन् २०१९ को कोरियाली भाषा परीक्षामा ८४ हजार २१५ परीक्षार्थी सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखरामा हिजो र आज एकैसाथ सञ्चालन भएको परीक्षामा आठ हजार १४१ परीक्षार्थी अनुपस्थित भएको इपिएस कोरिया शाखाले जनाएको छ । शनिबारको भाषा परीक्षार्थी ४६ हजार १९६ परीक्षार्थी सहभागी भएका थिए । दुई दिनको परीक्षामा अमर्यादित गतिविधि गर्ने १५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाई गरिएकाले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको निर्देशक खनालले जानकारी दिए । सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६
More

उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अछाम– उपचार नपाउँदा जिल्लामा एक नवजात शिशुको ज्यान गएको छ । कमलबजार नगरपालिका–७ सेराका नन्दकला भाटको नवजात शिशुको स्वास्थ्य चौकी ढाँकुमा मृत्यु भएको हो । सुत्केरी व्यथा लागेकी ३२ वर्षीया नन्दकला आइतबार स्थानीय स्वास्थ्य चौकीको प्रसूति केन्द्रमा पुगेकी थिइन् । चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउने भनिए पनि यहाँ कार्यरत दुबै अनमी अनुपस्थित रहेका कारण शिशुको ज्यान गएको नन्दकलाका श्रीमान प्रेमप्रसाद भाटले आरोप लगाए । नन्दकलाले स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएकी थिइन् । लगत्तै शिशुको मृत्यु भएको थियो ।
More

कम्युनिष्टले काँग्रेससँग डराएर पार्टी एकता गरेको गगनको दाबी

अछाम–नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको बताएका छन् । जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताए । काङ्ग्रेस जनताको पार्टी भएकाले अब जनताले काँग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो । उनले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गरे । वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो । उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरे । युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा उनले जोड
More

श्रीमतीको हत्या प्रहरीको फन्दामा

बारा–कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्यधिक मादक पदार्थ सेवन गरेर अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्न थालेकी श्रीमतीले सोही कारण ज्यान गुमाएकी हुन् । वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया गीता चौधरीको ४९ वर्षीय श्रीमान् अगमानले हत्या गरेको अभियोग लगाइएको हो । आज अपराह्न ४ः३० बजे भएको घटनाको खबर पाउनासाथ तत्काल पुगेको प्रहरीले घाइतेलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल बुटवल पठाए पनि साँझ पौने ७ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता देवेन्द्रकुमार पाण्डेले जानकारी दिए । अभियुक्त अगमानलाई प्रहरीले हिरासतमा राखेको छ । दम्पती दैनिक काम गरेर खाने
More

हिन्दुराष्ट्र बचाउन राप्रपाको रथयात्रा बागलुङमा

बागलुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र समानत धर्म बचाउने भन्दै मुस्ताङ देखि थालेको रथयात्रा शनिवार बागलुङमा आईपुगेको छ । रथयात्रा पछि आयोजित आमसभामा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्र र गणतन्त्रको वकालत गर्नेबाटै बिखण्डन र बर्बादीको संकेत देखएिको बताएका छन् । गणतन्त्रको घोषणापछिको १३ बर्षमा नेपालले भ्रष्टाचार, गरिवी, बेरोजगारी, धर्ममाथीको आक्रमण र बिखण्डनको खतरा व्यहोर्नु परेको बताए । साथै उनले बिद्रोहको पुर्नउत्थान समेत भैसकेको बताए । बर्षेनी ४ लाख ४५ हजार युवा बिदेशिएको सरकारी तथ्यांकले देखाएको भन्दै लोकतन्त्र र गणतन्त्रको वकालतले जनता झन पिडित भएको टिप्पणी गरे । आफ्नो पार्टीले कसैलाई गाली गर्न र सरकार बिरोधी अभियान चलाउन
More

बस र ट्याङ्कर जुध्दा १८ घाइते

चितवन। चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन्। घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डिसी नेपाल
More

नेहा कक्करको कन्सर्ट आयोजक पक्राउ

काठमाडौं । काठमाडौंमा गत शनिबार भएको बलिउड गायिका नेहा क्ककरको कन्सर्टका आयोजक पक्राउ परेका छन् । नेहा कक्करको कन्सर्ट गरिएको ठमेलस्थित लर्ड अफ ड्रिंग्स क्लबमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको उजुरीका आधारमा इभेन्ट आयोजक दीपक घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ । अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेहाको कन्सर्ट भएको क्लबको सबै स्थानमा मान्छेको ठूलो घुइँचो रहेको थियो । टिकट काटेका ठूलो संख्यामा दर्शकहरु कन्सर्ट हेर्न नपाएर फर्किएका थिए । उनीहरुको उजुरीका आधारमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका घिमिरेले कन्सर्ट हेर्न
More

एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भुवन भट्टले आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सो कार्ड वितरण कार्यको शुभारम्भ गरेका हुन् । एनआरएनएमा आवद्ध सदस्य तथा उनीसँग सम्बन्धित नागरिकहरुलाई विपद् परेका बेला आर्थिक सहायता उपलब्ध गराउन सो कार्ड वितरण कार्यको पनि सुरुवात गरिएको अध्यक्ष भट्टले जानकारी दिए । सो कार्डको वितरणबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था पनि गर्न लागिएको एनआरएनले जनाएको छ । दुई वर्षसम्म नविकरण गर्न नपर्ने सो कार्डका लागि १ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसरी जम्मा भएको
More

नासाले आफ्नो अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला गर्ने

न्यूयोर्क: अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ । “पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ,” नासाले भनेको छ । आईएसएसका उप निर्देशक रोबिन गेटेन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन् । अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउने उहाँले बताउनुभयो ।
More

सरकारले विकासको प्राथमिकता छुट्याउन सकेन : नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने कार्यक्रमको शनिबार दमौलीमा समापन गर्दै वरिष्ठ नेता पौडेलले सरकार कुहिरोको कागजस्तै भएको आरोप लगाउनुभयो । विकास र समृद्धिको मेरुदण्ड लोकतन्त्र र सुशासन भएकोमा जोड दिँदै नेता पौडेलले अहिले देशलाई लोकतन्त्र र सुशासनको आवश्यकता परेको छ भन्नुभयो । काङ्ग्रेसको नीतिले गर्दा मुलुक आज यो अवस्थामा आइपुगेको नेता पौडेलले दाबी गर्नुभयो । गाउँमा नै बसौँबसाँै बनाउने काङ्ग्रेसको अभियान अझै पूरा हुननसकेको बताउँदै उहाँले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सके मानिस गाउँबाट पलायन नहुने विचार
More

कलाकार सङ्घमा खड्का

नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । सङ्घको १७आँै साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।
More

विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता÷कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । विप्लव समूहका नेता÷कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा
More

मुस्ताङको मुखिया प्रणाली

कुमार यात्रु । काठमाडौ हिमाल पारीको जिल्ला मुस्ताङ प्राकृतिक सुन्दरतामा जति भरीपूर्ण छ त्यतिकै मात्रामा संस्कृति, संस्कार र प्रथाजनित परम्परामा पनि त्यति नै धनी रहेको छ । आदिवासी जनजाति थकाली समूदायको आदि पितृभूमि थाक सातसय मुस्ताङमा स्थानीय समूदायले त्यहाँको मुखिया प्रणालीलाई आफनो पहिचानकै एक स्वरुपका रुपमा हुर्काएर अगाडि बढाएका छन् । त्यहाँको सम्पुर्ण प्रशासन, स्थानीय स्वराजलाई यही तेह्र मुखिया प्रणालीले दरिलो र गर्विलो बनाएको छ । ‘मुखिया प्रणाली थाक सातसयको मौलिक सभ्यता र परम्परा हो ।’ स्थानीय मार्फा गाउँका मुखिया सुरज लालचनले भन्नु भयो–‘हामी यस गाउँका चारजना मुखिया चुनिएका छौ । मेरो कार्यकाल आगामी साउनमा सकिन्छ । जिम्मेवारी अनुसार तीन
More

बालबालिकालाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा माया गरेको ठहरिने छ–राजदुत कार्की

अमेरीका । अमेरीकाकोलागी नेपाली राजदुत डा. अर्जुनकुमार कार्किले संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेसन उद्घाटन गर्दै प्रवासमा बसोबासगर्ने नेपालीले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने ठहरिने बताएका छन् । संखुवासभा जिल्लाबाट अमेरीकाको बिभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसएको चौथो अधिवेशन उद्घाटन भाषणको क्रममा उनले प्रवासमा बस्ने नेपालीलाई नेपालको ज्यादैमाया लाग्छ । खाई नखाई दुख गरेर बचाएर नेपाल पठाएको पैसा नै अहिले नेपालको मुख्य आम्दानी श्रोत बनेको छ । तर दोश्रो पुस्तालाई हाम्रो भाषा, संस्कार र संस्कृती सबै नसिकाउने हो भने उनीहरुले नेपाल बिर्सने छन् । त्यसैले बाल बालिकाहरुलाई नेपाली संस्कार सिकाएमात्र नेपाललाई सच्चा मायागर्ने
More

सन्दर्भ विश्व वातावरण दिवसः मन्त्रीहरुद्वारा पुलचोक क्षेत्रमा सरसफाई

विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाई गरिएको हो । पुलचोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो । सरसफाइको नेतृत्व कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरणमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत सरसफाइमा सहभागी भएको थियो । विश्व वातावरण दिवसका अवसरमा २२ र २३ जेठमा नेपालगञ्जमा मुल कार्यक्रम आयोजना गरिएको थियो । त्यस क्रममा
More