Daily Archives 10th June 2019

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्वोधन

लण्डन । युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत आइपुगेका छन् । प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन -आइएलओ_ को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमवार साँझ लण्डन आइपुगेका हुन् । ओली हित्रो विमानस्थलमा उत्रिदा वेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले स्वागत गरेका थिए । यहाँ आइपुगेसँगै प्रधानमन्त्री ओलीले साँझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे विचरा व्यक्त गरेका छन् । यस्तै उनले लण्डनस्थित नेपाली दूतावासका प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेसा मेसंग मंगलवार दिउँसो भेटवार्ता गर्ने कार्यक्रम छ भने राजकुमार ह्यारीसंग भेट गर्ने छन् ।
More

मन्त्रीको झण्डावाल गाडी खोलामा डुब्यो

काठमाडौं – सर्वसाधारण जनताले आवतजावत गर्ने खोलामा पुल बनाइदिन माग गर्छन् तर सिंहदरबारमा शासन गर्ने मन्त्रीले जनताका कुरा खासै सुन्दैनन् । खोलामा पुल नहुँदाको दुःख सर्वसाधारणले पटक–पटक व्यहोर्छन् तर सोमबार मन्त्रीले नै पुल नबनाएको सजाय भोगेका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेदरौं खोलामा डुब्दै गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । मन्त्रीको गाडी खोलामा डुबेपछि मन्त्री गाडीबाट निस्किएर ज्यान जोगाउन सफल भएका छन् । मन्त्रीलाई सुरक्षाकर्मी र सहयोगीले बोक्दै खोला पारि पुर्‍याएको देखिएको छ । खोलाको पुलको शिलन्यास गरी फर्कर खोला तर्ने क्रममा मन्त्रीको गाडी डुबेको थियो । बा२झ ४०२९ नम्बरको
More

रामकृष्ण ढकालको ‘तिम्रो महल’ सार्वजनिक

नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्रो महल’ को भिडियो सार्वजनिक भएको छ । माधव ढकालको शब्द र गैरे सुरेशको सुमधुर संगीतले सजिएको गीतको भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन् । यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो । ५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन् । गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ ।
More

गैर आवासीय नेपाली संघ चीनमा महिला फोरम गठन

काठमाडौं- गैर आवासीय नेपाली संघ चीनमा नौ सदस्यीय महिला फोरम गठन भएको छ। संस्थाकी महिला संयोजक रञ्जिता आचार्यको नेतृत्वमा नौ सदस्यीय महिला फोरम गठन गरिएको हो। गैर आवासीय नेपाली संघ चीनका अध्यक्ष एवं महिला फोरम गठन समारोहका प्रमुख अतिथि सुदेश कुमार झाले सबै सदस्यहरुलाई मनोनयन गरे। कार्यक्रममा गैर आवासीय नेपाली संघ हङ्गकङ्ग अध्यक्ष टिका गुरुङ, गैरआवासीय नेपाली संघ मकाउ अध्यक्ष शान्ति देवी अधिकारी एवं ग्वान्जौ स्थित नेपाली महाबाणिज्य दूतावासबाट रक्षा पोखरेलको समेत उपस्थिति थियो। संयोजक आचार्यले ‘परिवर्तनका लागि संगठित महिला’ भन्ने स्लोगन लिएर समिति गठन भएको बताइन्। उनले चीनमा भएका नेपाली महिलाहरुलाई एकजुट बनाएर नेपालमा लगानी र उद्यमशिलताको लागि उत्प्रेरणा
More

एनआरएन युकेको टोलीले प्रधानमन्त्री ओलीलाई भेट्ने

लण्डन । वेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले भेट गर्ने भएको छ । गैरआवासीय नेपालीसंघ युकेका अध्यक्ष योग कुमार फगामीका अनुसार संघले गैरआवासीय नेपालीहरुको नागरिकता, नेपालमा लगानीका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न लागेको हो । भेटघाट मंगलवार विहान नेपाली दूतावास लण्डनमा हुने वताएको छ । अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा जाने टोलीमा गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहाकार, आइसीसी सदस्यहरु, पुर्वअध्यक्षहरु र कार्यसमितिका उपाध्यक्षहरुलाई मात्र समावेश गरिएको वताएको छ । प्रधानमन्त्री ओली आज साँझ लण्डन आइपुग्दैछन् ।
More

अफ्रिकामा एक नेपालीको मृत्यु

चितवन । विगत चार वर्ष देखी पुर्वि अफ्रीकाको सिसेल्समा कार्यरत सिम बहादुर गुरुङको निधन भएको छ । आर्थिक विपन्नता र बेरोजगारिका कारण सिसेल्स पुगेका सिम बहादुरको, जेठ २१ ग्ते सिसेल्सको राजधानी भिक्टोरिया स्थित एक सरकारी हस्पिटलमा ४८ बर्षको वर्षको उमेरमा निधन भएको हो । मृतक सिम बहादुर, नवलपुर जिल्ला कावसोती नगरपालिका वार्ड नं. १३ का थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी छन्। सिम बहादुरको भौतिक शरिरको शुक्रबा र साँझ स्थानीय समय अनुसार नौ बजे आफ्नै रितिरिवाज अनुसारनै भिक्टोरियामैं अनत्यष्टी गरिएको छ। उनको अनत्यष्टी कार्यक्रममा नेपाली र अन्य गरि झन्डै तिन सय जनाको उपस्थित थियो । सिम
More

एनआरएन नागरिकता बारे प्रधाममन्त्री ओली सकरात्मक

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् । संयुक्त राष्ट्र« सङघ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरे । लामो बलिदानपूर्ण सङ्घर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाइ सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताए । उनले भने, “जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई
More

प्रम ओली तथा टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँस्थित राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भयो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव शङ्करदास वैरागीको उपस्थिति थियो । प्रधानमन्त्री ओलीको स्वीस महासङ्घका काउन्सिलरसमेत रहनुभएका स्वीट्जरल्याण्डका वर्तमान गृहमन्त्री आलेँ बेरसे र नर्वेका प्रधानमन्त्री एर्ना सोल्वर्गसँग आजै भेटवार्ता हुने कार्यक्रम रहेको बुझिएको छ ।
More

प्रधानमन्त्री ओलीसंग आफ्ना मुद्धा सशक्त रुपमा उठाउने गेसोको तयारी

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफ्ना मुद्धाहरुको बारेमा छलफल गर्ने भएको छ । आज देखी वेलायतको भ्रमणमा आउन लागेका ओलीसंग भूपुगोरखा सैनिकहरुका मागलाई सशक्त रुपमा उठाउने तयारी गरिएको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्ण कुमार राईले बताए । गेसोले गोरखाहरुको समस्या समाधान कुटनीतिक पहल र शान्तिपूर्ण संघर्षबाटै गरिनुपर्ने अडान लिदै आएको छ । ‘हामी प्रधानमन्त्री ओलीलाई मंगलवार विहान भेट गछौं र गोरखाहरुको समस्या समाधानको लागि वेलायत प्रधानमन्त्रीसंग बिषेश पहलको लागि आग्रह गर्ने छौं’ राईले वताए । प्रधानमन्त्रीसंग वार्ता गर्न गेसोले ५ सदस्सीय टोलीको चयन गरेको छ । यसअघि गेसोले सोमबार काठमाण्डौंमा
More

जंगबहादुरको बेलायतमा लौरासँग अढाई लाख पाउण्डले रंगिन रात

लण्डन । लाउराको सुन्दरतामा पागल भएका जंगबहादुरले एक रातका लागि अढाई लाख पाउण्ड खर्च गरे । त्यो पनि आजभन्दा डेढ सय वर्ष अगाडि । आजको मितिमा यो रकम तीन करोड नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछ । जंगबहादुर लाउरासँग बेलायत यात्राका क्रममा ९० दिन निकट रहेका थिए । लण्डनमा जंगबहादुरको बेलायत यात्रा चर्चामा आउनुमा लाउरासँगको सम्बन्ध पनि कारण थियो । लाउरालाई जंगबहादुरले बहुमूल्य उपहार दिएको विषय उठ्यो । लाउरालाई जंगले औंठी उपहार दिदै उनको आकांक्षा पूरा गरिदिने भनेका थिए । जंगबहादुरको लाउरासँगको प्रेम सम्बन्ध अगष्ट सन् १८५० को ब्रिस्टल पत्रिकाले छापेको थियो । जंगबहादुरले बेलायत यात्रा पूरा गरेर फर्केलगत्तै जंग
More

प्रधानमन्त्रीले आज आइएलओ सम्मेलनलाई सम्बोधन गर्नुहुने

जेनेभा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली आजै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्नुहुनेछ । यसैबीच प्रधानमन्त्री ओली राष्ट्र«सङ्घ तथा अन्य अन्तर्राष्ट्रि«य सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गर्नुभएको थियो । सो अवसरमा उहाँले देशभित्र र बाहिर रहेका
More

विषालु च्याउ खाँदा दुईको मृत्यु

तानसेन : जंगलबाट टिपेको विषालु च्याउ खादा पाल्पामा एकै घरका दुई जनाको मृत्यु भएको छ। ९ जना बिरामी परेका छन्। निस्दी गाउँपालिका ३ कार्कीडाँडाकी ९ वर्षीया निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णु सिंह ठकुरीको मृत्यु भएको हो। निर्मलाको शनिबार राति १० बजे र विष्णुको आइतबार दिउँसो साढे ४ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। च्याउ खाएर बिरामी परेका ९ जनाको मध्यविन्दु अस्पताल नवलरपुरमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्यमा सुधार हुँदै गएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । जेठ २४ गते शुक्रबर साँझ जंगलबाट ल्यएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए। अन्नपूर्ण
More

रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपीसहित सबै रिहा

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित भैरव बास्तोकोटी, धु्रव चापागाईं, सुरेन्द्र विकेलाई आइतबार राति रिहा गरेको हो । मुलुकी अपराधसंहितामा उल्लेख भएको व्यवस्थाअनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको मल्लले जानकारी दिए। उनका अनुसार उनीहरुलाई नियमित हाजिर हुने र मुद्दा चल्दाको अवस्थामा कुनै गैरकानूनी काम नगर्ने गरी छोडिएको हो । प्रहरीको
More

हाइड्रोपावरको ड्याममा खसेर एक मजदुरको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा रहेको माण्डु हाइड्रोपावरको ड्याममा खसेर एक मजदुरको ज्यान गएको छ। उदयपुर घर भई हाल ड्याममा काम गर्ने ४० वर्षीय मजदुर टेकबहादुर मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शनिबारदेखि ड्याममा रहेको पानी बाहिर निकाल्ने काम आइतबार मात्रै सकिएकोले मगरको मृत्यु भएको पुष्टि भएको हो । भरिएको पानीमा मगर डुबेको आशंकापछि पानी बाहिर फ्याँक्न सुरु गरिएको थियो । उनी शनिबार साँझ उक्त पानीमा डुबेका थिए । डिसी नेपाल
More

मलेसियामा तीन कलाकारसहित ३२ नेपाली पक्राउ

काठमाडौं–सांगीतिक कार्यक्रमका लागि भनि आएका ३ कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमले नियन्त्रणमा लिएको छ । ‘एसएसओजी धमाका वान’ नाम दिइएको कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् । उनीहरुमाथि अध्यागमन कानुन उलंघन गरेको आरोप छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
More

अर्को साता आउँछ नेपालमा मनसुन

काठमाडौँ- उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक तीन दिनको मौसम पूर्वानुमान गरिरहेको छ । तीनदिनको पूर्वानुमानलाई सात दिनमा बदलेर कृषि वातावरण विभागले किसान समक्ष कृषि मौसमका रूपमा पु¥याइरहेको छ । यसवर्षको मनसुनको जानकारी दिने तयारी विभागले गरिरहेको छ । नेपालमा मौसम भित्रिने दिनका हिसाबले जुन १० अर्थात् सोमबार हो । तर नेपालमा यसवर्ष एकहप्ता ढिला
More

महानगरको २१ कित्ता जग्गा गायब

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ। नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो। उक्त जग्गाको लगत आर्थिक वर्ष २०६७/६८ सम्म तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा थियो। त्यसपछि जग्गा व्यक्तिको नाममा पुगेको छ तर सोसम्बन्धी लगत कार्यालयको रेकर्डमा छैन। निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि नगर कार्यपालिकाले महानगरपालिकाको स्वामित्वमा रहेको जग्गा खोज्न सुरु गरेको छ। खोजीकै क्रममा २१ कित्ता जग्गा व्यक्तिका नाममा खुलेको पुगेको हो। वीरगन्जका नगरप्रमुख विजयकुमार सरावगीको सचिवालयले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै २१ कित्ता जग्गाको कागजात उपलब्ध गराउन माग गरेको छ। ‘मैले सबै जग्गाको
More

दुई अर्बभन्दा बढी रकमान्तर, ५४ गाडी खरिद

सुर्खेत – आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशका विभिन्न मन्त्रालयले दुई अर्बभन्दा बढी रकमान्तर गरेका छन्। हालसम्म ७.३७ प्रतिशतमात्रै विकास बजेट खर्च गर्न सकेको प्रदेश सरकारले रकमान्तर गरेको बजेटमध्येबाट ५४ वटा सवारीसाधन खरिद गरेको छ। साबिकका क्षेत्रीय तथा जिल्लास्थित कार्यालयका साथै संघीय सरकारले पठाएका सवारीसाधन पर्याप्त हुँदाहुँदै प्रदेश सरकारले पूर्वाधार निर्माण र कृषकसँग प्रत्यक्ष सरोकार राख्ने बजेटसमेत रकमान्तर गरी सवारीसाधन गरिद गरेको हो। प्रदेश सरकारका विभिन्न मन्त्रालयले हालसम्म ४२ वटा नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गरिसकेका छन्। १२ वटा सवारीसाधन खरिद प्रक्रियामा छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सातवटै मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयले जेठ १५ सम्म दुई
More

निर्देशिका मिचेर राजदूत सिफारिस

काठमाडौँ – राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाविपरीत मन्त्रिपरिषद्ले बिहीबार चार जनालाई राजदूतमा सिफारिस गरेको पाइएको छ । निर्देशिकाको पहिलो नम्बरमा ‘नियुक्ति प्रक्रियाको प्रारम्भ परराष्ट्र मन्त्रालयबाट गरिनेछ’ भनिएको छ । तर बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मुलुकका लागि प्रस्तावित राजदूतको नाम पढेर सुनाएपछि मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले थाहा पाएका थिए । बिहीबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटिएका मन्त्री ज्ञवाली र परराष्ट्र सचिव शंकरदास बैरागी ‘ढिलोचाँडो रिक्त स्थानमा राजदूत नियुक्ति प्रक्रिया अघि बढ्छ’ भन्दै जवाफ फर्काइरहेका थिए । कतारका लागि नारद भारद्वाज, अस्ट्रेलियाका लागि महेशप्रसाद दाहाल, बंगलादेशका लागि डा वंशीधर मिश्र र स्पेनका लागि दावाफुटी शेर्पालाई कूटनीतिक कार्यविधि तथा प्रक्रियाबाट नभई
More