Daily Archives 11th June 2019

प्रधानमन्त्री ओली र थेरेसा मेबीचको भेट (फोटोमा हेर्नुहोस्)

चिरन शर्मा। लन्डन- प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती समकक्षी थेरेसा मेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा करिब आधा घण्टा भेटवार्ता भएको थियो। भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी र बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर क्षत्री पनि सहभागी थिए। प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका थिए। यहाँ आइपुगेसँगै प्रधानमन्त्री ओलीले साँझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे विचार व्यक्त गरेका थिए।
More

एनआरएन युके र प्रधानमन्त्री बीच भेटघाटः नागरिकतामा जोड

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले प्रधानमन्त्री केपी ओलीलाई मंगलवार भेट गरेको छ । लण्डनस्थित नेपाली दूतवासमा भएको भेटमा गैरआवासीय नेपाली संघले नागरिकताको निरन्तरताको बारेमा जोड दिएको आइसीसी सदस्य रामशरण सिमखडाले जोड दिए । मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासमा आयोजित भेटघाटमा अभिनन्दनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा एनआरएनएका उपाध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपाली संघले नेपाल सरकारसँग सहकार्य गरिरहेको स्मरण गरे । उनले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाई लचिलो बनाउन आग्रह गरे । आचार्यले ”एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसँग जोडी राख्न
More

मन्त्री विष्ट: साउदी अरेबिया र लेबनानी समकक्षी भेटवार्ता

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग विभिन्न मुलुकका समकक्षीले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । मन्त्री विष्टसँग आईएलओको कार्यक्रममा सहभागी हुन जेनेभा पुगेका साउदी अरेबिया र लेबनानका समकक्षीले भेटवार्ता गर्नुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्री विष्ट र लेवनानका श्रममन्त्री मोहम्मद क्यामिल अवुसेलेमनबीच भएको भेटमा श्रम आप्रवासनका विविध आयामबारे छलफल भएको थियो । त्यस्तै उहाँसँग आजै साउदी अरबका श्रम तथा सामाजिक विकासमन्त्री अहमद विन सलमान अलराझीले पनि भेटवार्ता गर्नुभयो । भेटमा उहाँहरुबीच श्रम सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री विष्टका प्रेस संयोजक मदन
More

साउन १ देखि पोखरामा खुला चिडियाखाना सञ्चालनमा आउने

लेखनाथ, पोखरा । रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ। पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिका वडा नं ३०, ३१ र ३२ स्थित पचभैया चापापानी, चिसाकुना र चैनपुर सामुदायिक वन समेटेर चिडियाखाना निर्माणको काम अघि बढाइएको हो। अभियानको शुरुआत २०६४ वैशाखबाट गरिए पनि यसको औपचारिक शिलान्यास भने २०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीबाट गराइएको पोखरा जुलोजिकल
More

स्थानीयको आन्दोलनपछि थली–साँखु सडकको काम अघि बढाउने सहमति

काठमाडौं । स्थानीयबासीको आन्दोलनपछि काठमाडौँको चाबहिल–साँखु सडकखण्ड अन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति हुने भएको छ । मंगलबार बिहान स्थानीयबासीहरु आन्दोलनमा उत्रिएपछि कागेश्वरी मनोहरा नगरपालिका सडक स्तरोन्नतिका लागि सहमत भएका हो । लामो समयदेखि चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक अस्तव्यवस्त अवस्थामा रहे पनि नगरपालिकाले बेवास्ता गरेपछि मंगलबार सडक बन्द गरेर बिहान विद्यार्थी र स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए । निर्माण सुरु गरिएको लामो समय भए पनि बीचमै छाडेपछि स्थानीयहरु प्रत्यक्षरुपमा पीडित बनेका थिए । स्थानीयवासीको आन्दोलनपछि भएको छलफलमा सङ्घर्ष समिति र नगरपालिकाबीच तीन बुँदे सहमति भएको हो । तत्काल बाटोमा भएको हिलो नियन्त्रण गर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत
More

धौलागिरीका गाउँमा ३ जि सेवा

बागलुङ– नेपालमै पहिलो पटक तामाको तार बिस्थापित गरेर फाइवर मात्रैको सेवा दिने गरी बागलुङ बजारमा काम थालिएको छ । नेपाल टेलिकमले बागलुङले धौलागिरीका ४ वटै जिल्लामा ३ जी र सदरमुकामहरुमा ४ जीको बिस्तार गर्न लागेकै बेला बागलुङ बजारमा भने फाइवरमार्फत सेवा दिन लागेको हो । धौलागिरी संचार क्लबमा आयोजित साक्षातकार कार्यक्रममा शाखा प्रमुख केशब शर्माले उक्त जानकारी गराएका हुन् । सोमबार आयोजित साक्षातकारमा उनले देशभरका अन्य प्रयोग भन्दा यो फरक प्रकृतिको सेवा भएको बताए । टेलिकमले चालु बर्ष १ सय ३ वटा टावरमार्फत ३ जी सेवा बिस्तार गररहेको छ । असार मसान्तभित्र ती टावरमा सेवा संचालन हुने शर्माले बताए ।
More

युटुब मार्फत फिल्म क्षेत्रको बदनाम गर्ने व्यक्ति पक्राउ

काठमाडौं–युटुब मार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका-१४ बिजयनगरका २४ वर्षीय प्रनेश गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र वीरबिक्रम २ को प्रचार प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमाने पश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको ब्यापार ब्यबसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको भनि निर्देशक राईको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले प्रनेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो
More

अमेरिकाको मेरिल्याण्डमा नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

विगत दुई बर्षदेखि अमेरिकाको मेरिल्याण्ड राज्यमा हुँदै आएको नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव यसबर्ष जुन २८ शुक्रबार देखि जून ३० आइतबार हुने भएको छ । महोत्सवको सुरुवात नेपाली चलचित्र बुलबुलको प्रदर्शनबाट हुने भएको छ । महोत्सवमा बुलबुलका निर्देशक बिनोद पौडेलको उपस्थिति रहने छ । साथसाथै महोत्सवमा “गुडबाइ काठमाडौँ” का निर्देशक नबिन सुब्बा, “कालो पोथी” का निर्देशक मिन बहादुर वाम तथा वासिंगटन डिसि क्षेत्रमा रहेका नेपाली कलाकारहरूको उपस्थिति रहने महोत्सवका प्रमुख पूर्ण सिंह बराइलीले बताए । महोत्सवको अन्त्य नेपाली चलचित्र “कथा ७२” बाट हुने भएको छ । महोत्सवमा नेपाली मात्र नभएर विभिन्न देशका उत्कृस्ट चलचित्रहरू प्रदर्शन हुने र फिल्महरू सम्बन्धि छलफल
More

आनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा

काठमाडौँ — स्रोत नखुलेको रकम पटक–पटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ । ‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनिमय दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् । ‘विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्ने कुनै पनि निकायलाई जानकारीसमेत नदिई करिब २० करोड रुपैयाँ उनले भित्र्याइसकेकी छन्,’ अनुसन्धानमा
More

९१६१ पदपूर्ति अनिश्चित

काठमाडौँ – संसदीय समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि स्थानीय तहमा रिक्त दरबन्दीको पदपूर्ति अनिश्चित भएको छ । समितिको निर्देशनका सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा लोकसेवा आयोगले सोमबार साँझसम्म कुनै निर्णय गरेका छैनन् । ओएन्डएम गरी दरबन्दी संख्या यकिनपछि मात्र समानुपातिक समावेशी सिद्धान्तका आधारमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्न निर्देशन दिएकाले प्रक्रियाले लामो समय लिने निश्चित छ । आयोगको विज्ञापनपछि सोमबारसम्म लोकसेवा कार्यालयहरूमा ७७ हजार ३ सय २५ जनाले आवेदन दिइसकेका छन् । संसदीय समितिप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगले अब के गर्ने भन्नेबारे प्रस्ट पारेका छैनन् । मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालले समितिको चिठी अबेर
More

नेपालकाे स्याटलाइटले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

काठमाडाैं- नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो। नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए। नागरिकमा खबर छ ।
More

सेनाको ट्र्याकसुट खरिद, नियमविपरीत दररेट बढी राख्ने फर्म छनोट

काठमाडौं। नेपाली सेनाले खरिद गर्न लागेको पोसाक खरिदको छनोट प्रक्रियामा सार्वजनिक खरिद ऐन मिचेर टेन्डर दिएको पाइएको छ । नेपाली सेनाले ट्र्याक सुट खरिदका लागि आह्वान गरेको बोलपत्रमा आठवटा फर्म सहभागी भएकोमा सबैभन्दा धेरै दररेट राखेर बोलपत्र दिने फर्मलाई छनोट गरिएको भेटिएको छ ।नेपाली सेनाको सैनिक सामग्री प्र्राप्ति निर्देशनालयका निर्देशक सहायक रथी योगराज शर्माले हस्ताक्षर गरेको पत्रमा टेन्डर आह्वानमा दररेट कम राखेर बोलपत्र दिने फर्मलाई नराखी धेरै राख्ने फर्म छनोट गरिएको छ । नेपाली सेनाले ९६ हजार ७६६ ट्र्याक सुटका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर बोलपत्र आह्वान गरेको थियो । सहभागी आठवटा फर्ममध्ये सैनिक सामग्री प्राप्ति निर्देशनालयले श्लोक इन्टरप्राइजेज
More

स्थानीय तहमा लुट मच्चाउने खेल सुरु

काठमाडौं– केही सांसदहरुले आफ्नो रुचि र योजनाअनुसार स्थानीय तहलाई राजनीतिक भर्तीकेन्द्र बनाउन चलखेल गरेको प्रशासन क्षेत्रका विज्ञहरुले बताएका छन् । काठमाडौं । केही सांसदहरूले आफ्नो रुचि र योजनाअनुसार स्थानीय तहलाई राजनीतिक भर्तीकेन्द्र बनाउन चलखेल गरेको प्रशासन क्षेत्रका विज्ञहरूले बताएका छन् । विज्ञहरूले निजामतीमा रहेको योग्यता प्रणाली९मेरिटोक्रेसी०लाई तहसनहस पारी लुट प्रणाली ९स्पोयल सिस्टम०लाई बढावा दिने गम्भीर षड्यन्त्र गरेको आरोपसमेत लगाएका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले सोमबार लोकसेवाको विज्ञापन रद्द गरी स्थानीय तहमा करारमा कर्मचारी भर्ना गर्न निर्देशन दिएलगत्तै विज्ञहरूले संसदीय समितिको निर्णयप्रति रोष प्रकट गरेका छन् । उनीहरूले सो निर्णय दुर्भाग्यपूर्ण भएको भन्दै त्यसले सरकारी सेवामा लुट प्रणाली भित्रन
More

नेपाली कार्गो रेल कोलकता र हल्दियासम्म पुग्ने

काठमाडौं–अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली रेल कोलकाता–हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकबारे सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ ।” उक्त बैठक जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा बसेको थियो । नेपाल–भारत रेलसेवा सम्झौताको म्याद
More