Daily Archives 13th June 2019

भिडियोमा हेर्नुहोस् बेलायतमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ को सम्मान

लण्डन । बेलायतको भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती सेनाको गोर्खा ब्रिगेडले गार्ड अफ अनर प्रदान गरेको छ । मंगलबार साँझ स्याण्डहस्र्टस्थित गोर्खा ब्रिगेडको मुख्यालयमा उक्त सम्मान प्रदान गरिएको थियो । त्यसअवसरमा प्रधानमन्त्रीले गोर्खा अधिकृतहरु र तीनका परिवारलाई समेत भेटेका थिए । प्रधानमन्त्रीको सम्मानमा गोर्खा ब्याण्डले विभिन्न सांगीतिक प्रस्तुति समेत गरेको थियो । प्रधानमन्त्रीको सम्मानमा गोर्खा ब्रिगेड मुख्यलयमै एक रिसेप्सन डिनर आयोजना गरिएको थियो । युट्युवमा हेर्नुहोस् फेसबुकमा हेर्नुहोस्
More

काँग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गर्नुभएको छ । डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७ तारिखसम्म हुने मेलामा सहभागी हुन काँग्रेस उपसभापति निधिसहितका नेताहरू त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । डेनिस इन्स्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी (डिआइपिडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कँग्रेस उपसभापति निधिसहित नेता डा मीनेन्द्र रिजाल, चित्रलेखा यादव र विनोद भट्टराई त्यसतर्फ लाग्नुभएको हो । प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभवबारे अध्ययन भ्रमणका सहभागीहरूलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ । डिआइपिडीको सदस्य बनेको नेपाल डेनमार्क
More

नेपालमा लगानी गर्न महासङ्घ उपाध्यक्ष ढकालको आग्रह

लण्डन । सरकारले गरेको नीतिगत र कानूनी सुधारबाट नेपालमा लगानीको वातावरण बन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेको छ । महासङ्घको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०को १०८औँ सम्मेलनलाई जेनेभामा सम्बोधन गर्दै नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीलाई आग्रह गर्दै नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठूलो सम्भावना भएका क्षेत्र भएकोसमेत स्पष्ट पार्नुभयो । नेपालको निजी क्षेत्रले संवाद र सहकार्यका माध्यमबाट दीगो र समावेशी आर्थिक
More

नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा छलफल गर्ने सहमति

नेपाल र संयुक्त अधिराज्यबीच बेलायती गोर्खा सैनिकका विषयमा थप छलफल गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोलीको यही जेठ २७–२९ गतेको बेलायत भ्रमणका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायतको विदेश तथा राष्ट्रमण्डल मामिला राज्यमन्त्री जेरेमी हन्टले संयुक्त विज्ञप्ति जारी गर्दै द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन ‘गोर्खा सैनिक’ को महत्वपूर्ण भूमिका रहेको जनाई थप छलफल गर्ने सहमति गर्नुभएको हो । नेपालको सबैभन्दा पहिले २०० वर्षअघि बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना भई अहिले दुई देशबीचको सम्बन्ध व्यापक, गतिशील र विविध रहेको विज्ञप्तिमा जनाइएको छ । नेपाल र संयुक्त अधिराज्यबीच सम्बन्ध सुदृढ गर्न गोर्खा सैनिकको योगदानको सम्मान गर्दै दुवै देशले
More

स्नातक तहका लागिमात्र अध्ययन अनुमतिपत्र

काठमाडौँ–सरकारले अब स्नातक तह पढ्नका लागि मात्र वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान गर्ने भएको छ । यसअघि माध्यामिक शिक्षा तहको अध्ययन गर्नका लागिसमेत अनुमतिपत्र प्रदान गर्दै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले अबदेखि स्नातक तह पढ्नका लागिमात्र अनुमतिपत्र दिने भएको हो । शाखाका प्रमुख महेश्वर शर्माले नयाँ कानूनअनुसार उच्च शिक्षा भन्नाले स्नातक तहलाई जनाउने भएकाले स्नातक तह पढ्नका लागि मात्र प्रदान गर्ने जानकारी गराउनुभयो । “यसअघि उच्च शिक्षा भनेर दश जोड दुईलाई पनि जनाइन्थ्यो । त्यसैले हामीले दश जोड दुई पढ्नका लागि पनि हामीले अनुमतिपत्र दिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिलेको कानूनअनुसार उच्च शिक्षा भन्नाले स्नातक तहभन्दा माथिलाई जनाउँछ
More

स्थानीय तहमा अझै २५ हजार कर्मचारी आवश्यक

काठमाडौँ–सङ्घीय मामिल तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अझै २५ हजार कर्मचारीको रिक्त रहेकाले चाँडै पदपूर्ति गर्ने जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता भुपाल बरालले सबै स्थानीय तहका लागि ६७ हजार कर्मचारीको दरबन्दीमा समायोजन गर्दा ४२ हजार मात्र पठाइसकेकाले अझै पनि २५ हजार कर्मचारी दरबन्दी रिक्त रहेको बताए । उनले मन्त्रालयमा दैनिकरुपमा स्थानीय तहका प्रमुख कर्मचारी चाहियो भनेर आउने गरेकोसमेत बताए । उनले कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा प्रदेश लोकसेवा आयोग गठन नभएसम्म लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी पदपूर्ति गर्न पाउने कानून व्यवस्थाअनुसार नै स्थानीय तहबाट माग गरिएका दरबन्दीको आधारमा आयोगलाई विज्ञापन गर्न
More

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने २८ विरुद्ध मुद्दा दायर

काठमाडौँ-सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बाँकेको खासकरकाँदो–७ को दुई कित्ता र बर्दियाको नेउलापुर– ७ को पाँच कित्ता सरकारी कागजात कीर्ते गरी भ्रष्टाचार गरेको पाइएको छ । दुई जिल्लाको विभिन्न कित्ता जग्गा कौशल भन्ने खैरुल हसन अन्सारीसमेतले आफूलाई लाभ र नेपाल सरकारलाई गैरकानूनी हानि पु¥याउने लक्ष्यका साथ मालपोत कार्यालयका कर्मचारीलाई समेत अनुचित प्रभावमा पारेको पाइएको छ । आयोगले मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पौडेल, मालपोत अधिकृत पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोककुमार भट्टराई, नायब
More

यातायात भाडा बढाउने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं– यातायात व्यवस्था विभाग सार्वजनिक सार्वजनिक यातायातको भाडावृद्धि गर्ने निर्णयबाट पछि हटेको छ । भाडावृद्धिबारे आलोचना हुन थालेपछि मन्त्रालयको निर्देशनमा विभाग आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ । विभागले बिहीबार दिउँसो सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो । तर, यससम्बन्धमा थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता महसुश भएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि भाडा वृद्धि कार्यान्वयन नहुने विभागले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभागका प्रवक्ता तीर्थराज खनालले जारी गरेको विज्ञप्तिमा असार १ देखि लागू हुने भनिएको नयाँ भाडादर लागू नहुने उल्लेख गरिएको छ ।
More

राजु मास्टरको ह्वाट युटुबको ट्रेन्डिङमा नयाँ सिरियल छिटै आउने (भिडियोसहित)

काठमाण्डौ – हाँस्य कलाकार तथा निर्देशक राजु मास्टरले मेरी बास्सै छोडेपछि सामाजिक सञ्जालमा निकै चर्चा चुलियो । यता मेरी बास्सै छोडेसँगसँगै उता आफ्नै युटुब च्यानल मास्टर टिभिबाट प्रसारण हुने ह्वाट नामक सिरियल भने ट्रेन्डिङमा परेको छ । ह्वाट सिरियल अहिले २८ औँ भागसम्म पुगिसकेको छ भने उनी अर्को नयाँ सिरियलको तयारीमा पनि छन् । नयाँ टेलिसिरियल भने नेपाल टेलिभिजनबाट छिटै नै प्रशारण हुने कुरा राजु मास्टरले बताए । ह्वाट युटुब ट्रन्डिङमा परेपछि कतिले मेरीबास्सै छोडेर राजु मास्टरलाई फाप भएको भनेर पनि टिप्पणी गरेका छन् । मेरी बास्सैका निर्देशक द्वय राजु र बल्छी तथा कलाकार दिपक शर्माको नेतृत्वमा नयाँ सिरियल आउन
More

तस्बिरका कारण अभिनेत्री तथा गायिका सोफी चौधरी चर्चामा

अभिनेत्री तथा गायिका सोफी चौधरी अक्सर तस्बिरका कारणले चर्चामा रहने गर्दछिन् । हालै पनि उनले इस्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरका कारण उनको चर्चा चुलिएको छ । सार्वजनिक तस्बिरमा उनी निकै आकर्षक देखिएकी छन् । तस्बिर उनले ब्लुकलरको बिकिनी लगाएर खिचाएकको छ । तस्बिर मालदिप्समा खिचिएको हो । उनी होलीडे मनाउन त्यहाँ पुगेकी हुन् । तस्बिर मध्य एक उनले भिजेको कपालमा सेल्फी खिचिएको छ । जसमा उनी निकै बोल्ड देखिएकी छन् । फ्यानले उनका सबै तस्बिर मन पराएका छन् । एक फ्यानले उनको तस्बिरमा झकास्् भनेर समेत कमेन्ट लेखेका छन् । सोफी अक्सर आफ्नो हट तस्बिर इष्टाग्रामबाट सार्वजनिक
More