Daily Archives 14th June 2019

जंगली च्याउ खाँदा ६ जनाको मृत्यु

पाल्पामा जंगली च्याउ खाँदा छ जनाको मृत्यु भएको छ । एक हप्ता अघि च्याँउ खाएर विरामी परेका मध्येको मृत्यु हुनेको संख्या ६ पूगेको हो । उनिहरुले जेठ २४ गते जगली च्याउ खाएका थिए । उपचारका क्रममा ३ जनाको गएराति काठमाडौंमा निधन भएपछि अहिलेसम्म निधन हुनेको संख्या ६ पुगेको हो। पाल्पाका ११ जनामध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्लामा प्रहरी कार्यलयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जारी आज जारी प्रेश बिज्ञप्तीमा पाल्पाको निस्दी गाउँपालिका ३ झिरुवासको सार्की डाँडा निवासी ४८ बर्षीय पूर्ण सिंह खाम्चा मगर, १२ बर्षीया निसा सिंह ठकुरी, ६ बर्षीय सुमन सिंह ठकुरीको निधन भएको हो। निसा र
More

भारतको लागि दिएको स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

काठमाडौं । ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो । त्यसमाथि कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत सेन्सर प्रक्रियाका लागि नरोक्न स्टे अर्डर दिएको थियो । भारत बुधवारनै नेपालभर रिलिज भयो । तर, यसको ब्याख्या गलत रुपमा विकास बोर्ड माथी परेको थियो । चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रवद्र्धनको लागि सबै फिल्म शुक्रवार नै रिलिज गर्ने तयारी गरिरहँदा अदालत बाटनै स्टे अर्डर आएपछि फिल्म बुधवार रिलिज भएको बोर्ड अध्यक्ष केशव भट्टराईले बताउँदै आएका छन् । फिल्म रिलिज हुदै गर्दा चलचित्र विकास बोर्डले काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरण पठाईएको थियो ।
More

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौं– शुक्रबार बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो १२ बजेर २२ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
More

आइतबार काठमाडौंका निजी विद्यालय बन्द

काठमाडौं– निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सनले आइतबार काठमाडौँका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्याब्सनले एक सूचना जारी गर्दै आइतबार काठमाडौँका सम्पूर्ण निजी विद्यालय बिदा दिने निर्णय गरेको हो । बौद्धमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको निधनका कारण प्याब्सनले असार १ गते विधालयहरुमा बिदा दिने निर्णय गरेको हो ।
More

नेकपा नेता पौडेलको हृदयघातका कारण निधन

काठमाडौं– नेकपा नेता तथा पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन भएको छ । चतवनको माडीस्थित निवासमा उनको हृदघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी कम्युनिस्ट आन्दोलनका सरल, इमान्दार एवम् निष्ठावान र बौद्धिक व्यक्तित्वका रुपमा चिनिन्थे । उनी नेकपाका केन्द्रीय सदस्य समेत हुन् ।
More

एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा

काठमाडौं–राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ शुरु हुने भएको छ । अहिले यसको परिक्षण भइरहेको छ । स्मार्ट पार्किङ शुरु भएपछि सँधै पार्किङको समस्या हुने ती किनमेल वा घुमफिरका लागि जाँदै हुनुहुन्छ भने अब त्यो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । यो क्षेत्रमा जाने सवारीवाहक जो कोहीले अब पार्क केटिएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् । “एप्समार्फत् पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ,” ह्विल्स ट्रुली योर्स संस्थाका निर्देशक शैलेश कुँवरले भने, “तर १५ मिनेटमा पुगेन भने त्यो बुकिङ रद्द हुनेछ ।” छिट्टै नै अनलाइन बुकिङ र पेमेन्टको सुविधा सहित
More

खाली गाडी जोगवनी नाका हुँदै भारत जान किन भयाे राेक

विराटनगर – ढुवानीमा प्रयोग गरिने खाली गाडी विराटनगरको जोगवनी नाका हुँदै भारत प्रवेशमा रोक लगाइएको छ। भारतीय सुरक्षा बल (एसएसबी) ले जामका कारण जोगवनी बजार क्षेत्र अस्तव्यस्त बनेको भन्दै प्रवेशमा रोक लगाएको हो। जोगवनीबाट २० किलोमिटरको दूरीमा रहेको फरवेशगन्जसम्म पुग्न ६ घण्टा भन्दा बढी समय लाग्न थालेको एसएसबीको दाबी छ। अररिया जिल्लाका डीएम (डिस्ट्रिक मजिस्ट्रेट) वैद्यनाथ यादवले जोगवनी नाकाबाट खाली सवारीसाधन नपठाउन मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई आग्रह गरेका छन्। माथिको आदेश भन्दै नाकामा गाडी प्रवेशमा रोक लगाएपछि बिहिवार दिनभर नाका ठप्प रह्यो। एसएसबीले कुटपिट गरेको भन्दै जोगवनी भन्सारका एजेन्ट आन्दोलित बनेपछि आयात निर्यात पूर्ण रुपमा प्रभावित भयो। नाका
More

युवाले पाएनन् कर्जा

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले ऋण नदिएपछि उदयपुरको बेलका नगरपालिकाका २२ जना युवा मंगलबार वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा ध्यानाकर्षण गराउँदै थिए। उनीहरूले सरकारकै स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको उदयपुर शाखालगायत अन्य निजी बैंकमा पहल गर्दा पनि ऋण नपाएको भन्दै बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीलसँग गुनासो गरे। बेलका–१ का फनिन्द्र पोखरेलले ८६ जना युवाले ऋणका लागि आवेदन गरे पनि हालसम्म कसैले पनि ऋण पाउन नसकेको बताए। ‘बैंकले धितो माग्छन्, हामीसँग धितो राख्ने जग्गा छैन’, उनले भने। सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई परियोजनालार्ई नै धितो मानेर १० लाख रुपैयाँसम्म ऋण दिनुपर्ने व्यवस्था गरेको छ। यसमा अन्य धितो माग्न पाइँदैन। राष्ट्र बैंकका अनुसार चालु
More

फिल्मको व्यंग्यात्मक समीक्षा गर्दा पनि साइबर अपराध !

डिजिटल कारोबारलाई सुरक्षित बनाउन ल्याइएको विद्युतीय कारोबार ऐनको प्रहरीबाट दुरुपयोग बढेको छ । फिल्मबारे व्यंग्यात्मक समीक्षा गर्नेहरूलाई समेत प्रहरीले विद्युतीय कारोबार ऐनको गलत व्याख्या गरी कारबाही गर्न लागेको छ । ‘वीर विक्रिम २’ नामक फिल्मबारे व्यंग्यात्मक र आलोचनात्मक समीक्षा गरेको भन्दै प्रहरीले हास्यकलाकार प्रनिश गौतमलाई सात दिनदेखि थुनामा राखेर विद्युतीय कारोबार ऐनअनुसार मुद्दा प्रक्रिया अघि बढाएको छ । प्रहरीको यस्तो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक हनन भएको भन्दै प्रहरीको सर्वत्र आलोचना भएको छ । ‘मेम नेपाल’ नामक युट्युब च्यानलमा सो फिल्मबारे गौतमले व्यंग्यात्मक भिडियो समीक्षा गरेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
More

नेपाली हुँदाहुँदै निगमका ११ विदेशी पाइलट, दुई करोड ४२ लाख फजुल खर्च

नेपाली पाइलट हुँदाहुँदै नेपाल वायुसेवा निगमले वाइडबडी र न्यारोबडी जहाजमा ११ जना विदेशी पाइलट लिएको छ । प्रतिपाइलट मासिक २० हजार डलर तलब दिइएको छ । उनीहरूका लागि दुई करोड ४२ लाख रुपैयाँ मासिक फजुल खर्च भइरहेको छ । एयरबस ३२० (न्यारोबडी) जहाजका लागि १६ जना क्याप्टेन र १६ जना नै कोपाइलट चाहिन्छ । अहिले न्यारोबडीमा २३ जना क्याप्टेन र १० जना मात्र कोपाइलट छन् । अर्थात् न्यारोबडीका लागि चाहिनेभन्दा ६ जना बढी क्याप्टेन छन् । तीमध्ये तीनजना विदेशी हुन्, तर एयरबस ३३० (वाइडबडी) मा १८ जना क्याप्टेन र १८ जना कोपाइलट चाहिन्छ । तर, निगमसँग १२ जना क्याप्टेन र ११ जना कोपाइलट मात्रै छन् । क्याप्टेनमध्ये चारजना
More

भरतपुरमा मतपत्र च्यात्ने परे फन्दामा

चितवन– तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने स्थानीय तह निर्वाचनका बेला भरतपुर महानगरपालिकामा मतपत्र च्यातेको घटनामा कसुरदाता ठहरिएका छन् । चितवन जिल्ला अदालतले बिहीबार उनीहरुविरुद्ध दोषी ठहर भएको फैसला सुनाएको हो । उनीहरुको सजाय भने निर्धारण भएको छैन । मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय मागेको छ । सजाय निर्धारणका लागि भने असार ५ गतेलाई पेसी तोकिएको छ । मतगणना अन्तिम हुँदै गर्दा २०७४ जेठ १५ गते मध्यरातमा मतपत्र च्यातिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
More

गुठी विधेयकले बबाल, सामूहिक राजीनामाको चेतावनी

काठमाडौं– बुङमतिस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरका ३१ पुजारीले सरकारले अघि बढाएको गुठीसम्बन्धी विधेयक फिर्ता नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । दैनिक नित्य पूजा, चार पटक आरती, जात्रा सञ्चालन गर्दै आएका पुजारीले विधेयक जबरजस्ती पारित मत्स्येन्द्रनाथ जात्रा सञ्चालनमै समस्या आउने भन्दै राजीनामाको चेतावनी दिएका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ।
More

भाडा वृद्धि फिर्ता

काठमाडौं । बिहीबार दिउँसो सार्वजनिक गरिएको यातायात भाडा वृद्धि बिहीबारै साँझ फिर्ता भएको छ । यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । भाडा वृद्धिबारे थप स्पष्ट हुनुपर्ने आवश्यकता रहेको भन्दै विभागले भाडा फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । विभागका प्रवक्ता तीर्थराज खनालद्वारा जारी विज्ञप्तिमा अर्को सूचना जारी नभएसम्मका लागि भाडा वृद्धि फिर्ता लिएको उल्लेख गरिएको छ । भाडा बढेपछि सामाजिक सञ्जालहरुमा व्यापक विरोध भएको थियो । प्रधानमन्त्री केपी ओली देश बाहिर रहेकाबेला भाडा बढेकाले पनि प्रधानमन्त्री कार्यालयले यो विषयमा चासो लिएको जनाइएको छ
More

जनयुद्धपछि मात्र शान्ति आएको हो : प्रचण्ड

चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताएका छन् । बलेफी गाउँपालिका–५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले जनयुद्धपछि मात्रै नेपालमा शान्ति छाएको बताए । जनयुद्धले ल्याएको राजनीतिक परिवर्तन र भूकम्पले पु¥याएको क्षति स्मरण गर्दै अध्यक्ष दाहालले सिङ्गो देश समृद्धिको बाटोमा लागेको बताए । ठूलो प्रकोप र द्वन्द्वपछि जापान विकसित र समृद्ध भएको उदाहरण दिँदै उनले नेपालमा पनि नयाँ संस्कारको साथमा विकासले गति दिएको बताए । “नेपालमा राजनीतिक अस्थिरताको अन्त्य भएको छ । अबको समय भनेको विकास निर्माणमा जुट्ने हो”, उनले भने, “राजनीतिक अस्थिरतापछि अहिलेको
More