Daily Archives 15th June 2019

Bollywood star Sunny Leone in Nepali song ‘Aaja Ko Saam’

Bollywood actor, sunny Leone featured Nepali song ‘Aaja Ko Saam’ was launched amid a special event organized in capital on Thursday. The item song of upcoming Nepali film ‘Passport’ features various prominent faces of Nepali film fraternity including Anoop Bikram Shahi, and Buddhi Tamang. Sung by Durga Kharel, the song is composed and penned by Bikram Joshi. The song was aired via official YouTube channel of ORS Digital on Thursday. The music video is choreographed by Bishnu Dewa, where Sunny danced with over 200 chorus members. The film will be made under banner of AB Entertainment, and directed by debut
More

एनआरएनए उपाध्यक्ष पन्त जापान र क्यानडा भ्रमणमा

टोरोन्टो । गैर आवासीय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा समसामयिक विषय वस्तुमा विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ। क्यानडाका लागि नेपाली राजदूत भृगु ढुँगाना र एनआरएनएका उपाध्यक्ष कुमार पन्तको उपस्थितिमा आगामी जुन २२ तारिखका दिन पाटीओ ब्याङ्क्विटमा उक्त कार्यक्रम हुने भएको हो। पन्त जापानमा भएको नेपाली मेलामा सहभागि भएर क्यानाडा आउन लागेका हुन् । उक्त कार्यक्रममा सहभागी हुनका लागि आयोजक संथाले नेपाली समुदायका बुद्धिजिवी, भद्रमहिला, संस्था पदाधिकारी र सल्लाहकार, ब्यवसायी र पत्रकारहरुलाई स्वागत एवम् अन्तरक्रिया कार्यक्रम सफल बनाउनका लागि उपस्थिति हुनपनि अनुरोध गरेको छ। उक्त कार्यक्रम साँझ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ।
More

‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ नारा बनाउन चाहन्छौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तरराष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताउनुभएको छ । विश्व श्रम सङ्गठन(आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजित अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८ औँ बैठकलाई आज स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले आइएलओका मौलिक उपकरणलाई पक्ष राष्ट्रको नाताले नेपालमा पनि लागू गरिएको बताउनुभयो । नेपालका कानूनहरुले नियमित अथवा अनियमित, बाहिरी स्रोतबाट ल्याइएका अथवा करार गरिएका र सङ्गठित अथवा अनौपचारिक क्षेत्रका जुनसुकै श्रमिक भए पनि विभेद नगरेको बताउँदै उहाँले कामदारहरुको जुनसुकै कामको प्रकृति भए पनि उनीहरुलाई सामाजिक सुरक्षा दिइएको र अनौपचारिक क्षेत्रलाई औपचारिक प्रक्रियामा लगिएको जानकारी दिनुभयो । नेपालको प्रजातान्त्रिक संविधान समानता, विभेदरहित र सामाजिक
More

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणका उपलब्धि (टिप्पणी)

लण्डन– प्रधानमन्त्री केपी शर्मा ओली बेलायतको भ्रमण सकेर आइतबार बिहान नेपाल पुग्नेछन्। १७ वर्षपछि नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण भएकाले यो भ्रमणलाई चासोका साथ हेरिएको थियो। विशेषतः बेलायत–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा यो भ्रमण दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन कोशेढुंगा हुने विश्वास गरिएको थियो। तर, ओलीको यो भ्रमण परिणाममुखी भन्दा पनि बढी प्रचारमुखी भएको जानकारहरु बताउँछन्। प्रधानमन्त्री ओली स्वीजरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ० स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गरी सोमबार लण्डन आइपुगेका थिए भने बेलायत सरकारको हेलीकप्टर प्रयोग गरेर लण्डनदेखि अक्सफोर्ड पुगेका थिए। रोचक त के रह्यो भने ओली लण्डन आउनुभन्दा अघि वेलायत
More

भैरहवा र नेपालगञ्जको तापक्रम ४३ डिग्री पुग्यो

काठमाडौँ–अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ । हिजो शुक्रबार काठमाडौँको अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो । काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीको भनाई छ । उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीन÷चार दिनपछि
More

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर राती ९ बजेर ३२ मिनेट जाँदा ४.५ रिक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का जाजरकोट र आसपासको जिल्लामा महसुश भएको थियो ।
More

सशस्त्र प्रहरी बलका १३ डीआईजीको सरुवा (सूचीसहित)

काठमाडौं– गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १३ डीआईजीको सरुवा गरेको छ । गृहमन्त्रालयको शुक्रबारको निर्णयअनुसार ती डीआईजीहरुको सरुवा गरिएको छ। सरुवाको सूची यसप्रकार छः
More

सत्तारुढ दलकै सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा, आन्दोलन चर्काउने

काठमाडौं–सत्तारुढ नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् । “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन । ” उनले भने । सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजीनामा दिनुस् ।”
More

नेपाल प्रहरीका १९ डीआईजीको सरुवा, को–कहाँ पुगे ? (सूची हेर्नुहोस्)

काठमाडौं– नेपाल प्रहरीका १९ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृहमन्त्रालयको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निर्णयअनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रद्युम्न कार्की प्रदेश नम्बर २ कार्यालय जनकपुरमा सरुवा भएका छन् भने विश्वराज पोखरेल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालयमा सरुवा भएका छन् । हाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोज टंगालमा सरुवा भएको छ । यस्तै प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत केदार रिजालको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । यस्तै प्रदेश ५ प्रहरी कार्यालय दाङमा
More