Daily Archives 16th June 2019

एनआरएनए महिला संयोजकमा संगिता मरहट्टाको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) को महिला संयोजकमा मिडियाकर्मी तथा एनआरएन अभियन्ता संगिता मरहट्टाले उम्मेदवारी दिने भएकी छिन् । आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा हुने एनआरएनको नवौं विश्वसम्मेलन तथा महाधिवेसनमा महिला संयोजकका लागि मरहट्ठाले उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी अहिले एनआरएन युरोप क्षेत्रिय महिला उपसंयोजक हुन् । ‘एनआरएन अभियानमा प्राप्त गरेको अनुभव र क्षमताका आधारमा आफुले महिला संयोजकमा उम्मेदवारी दिन् लागेको मरहट्ठाले नेपालब्रिटेन डट कमलाई बताइन् । मरहट्ठाले भनिन् ‘एनआरएनको महिला उपसंयोजकको रुपमा सफलता पूर्वक आफ्नो कार्य सम्पन्न गरे अब म संयोजक भएर काम गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ ।’ उनले महिला संयोजकको जिम्मेवारी
More

एनआरएन युकेको निर्वाचनमा मिडल्याण्डबासी एक ढिक्का (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको सेप्टेम्वर महिनाको दोस्रो साता हुने निर्वाचन मिडल्याण्डबासी एक ठिक्का भएर प्रस्तुत हुने भएका छन् । आसन्न निर्वाचनमा मिडल्याण्ड अन्तर्गत पिटरबरो, लेस्टर, नोटिंघम, ननिटन, गरामथान, डार्वी, ओल्वनह्याम्टन, बर्मिघन र क्यामब्रिजशायरको प्रतिनिधित्व गर्ने ७ वटा संस्थाले संयुक्त रुपमा आफ्ना साझा उम्मेदवारहरुको घोषणा गर्दै एक ढिक्का भएर जाने निर्णय गरेका हुन् । मिडल्याण्ड, क्यम्ब्रिजशायर एंव लिंकनशायर बस्ने नेपालीहरूका समाजिक संस्थाहरूको पहलमा समाजसेवी दयानिधी सापकोटालाई संघको केन्द्रिय सदस्य (आइसीसी सदस्य) मा उम्मेदवारको रुपमा अघि सारिएको छ । लेस्टर समाजबाट पशुपति पोखरेल उपाध्यक्षमा, कृष्ण ढकाललाई सचिव, सहकोषाध्यक्षमा बिष्णु चालिसे, सदस्यहरुमा कृष्ण पौडेल, गोमा पौडेल, कृष्ण खनाल र निर्पेश
More

एनआरएन युकेमा चुनावी माहोल : फणिन्द्र भट्टराईले दिए महासचिवमा उम्मेदवारी

लण्डन– एनआरएन युकेको आठौं कार्यसमितिका लागि महासचिव पदमा फणिन्द्र भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । भट्टराई एनआरएन युकेमा कार्यसमिति सदस्य र सचिव गरी दुई कार्यकाल काम गरिसकेका व्यक्ति हुन् भने एनआरएन युकेभित्रको एक प्रभावशाली व्यक्तित्व मानिन्छन् । आइतबार लण्डनको चाल्टनमा आफ्नी आमा, एनआरएन अभियन्ता, बेलायतस्थित विभिन्न संस्थाका प्रतिनिधि र शुभेच्छुकसहितको उपस्थितिमा पत्रकार सम्मेलन गरी भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । झन्डै एक दशकदेखि एनआरएनए यूके तथा केन्द्रीय तहमा रहेको संलग्नता, लगाव र अनुभवलाई व्यवहारमा उतार्दै यसको कार्यदिशा निर्माण र नीतिगत तहसम्म योगदान गर्न गर्ने आत्मविश्वासका साथ आफूले महासचिवमा उम्मेदवारी दिएको भट्टराईले पत्रकार सम्मेलनमा बताए । भट्टराईले एक प्रतिवद्धतापत्र सार्वजनिक
More

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ–नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु दुई घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । साथै हवाई ईन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
More

राजधानीको टोखामा आगलागी

काठमाडौं– राजधानीको टोखामा आइतबार साँझ आगलागी भएको छ। टोला नगरपालिका १० स्थित अल नेपाल अस्पताल नजिकै रहेको व्यापारिक टहरोमा आगलागी भएको हो । आगलागीबाट अहिलेसम्म टहरोमा सञ्चालित पसलका आधा दर्जन सटर जलेर नस्ट भएको महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रमुख इन्सपेक्टर मोहन केसीले जानकारी दिए । उनका अनुसार अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागी के कारणले भयो भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
More

गुठी विधेयकविरुद्ध विश्व हिन्दु महासंघ आन्दोलनमा

काठमाडौं। गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी संघको अन्तर्राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको कार्यक्रम अनुसार २ असारमा देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ गते पशुपतिनाथमा विरोध सभा, ४ गते देशभरका मठमन्दिरहरुमा विहान साँढे ७ बजे १० मिनेट घन्टा बजाउने, ५ गते साँझ वसन्तपुरमा विरोधसभा गर्ने, ६ गते अन्र्तक्रिया, ७ गते गुठी ऐनको विरोधमा विरोध सभ ागर्ने, ८ गते देशभरका मठ मन्दिरमा ध्यान पूजा पाठ गर्ने, ९ गते रत्नपार्कमा कोणसभा गर्ने समितिका
More

डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौं-डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीले भक्तपुर साँगावाट आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ घर भई हाल काभ्रे पाँचखाल बस्ने जित बहादुर तामाङ र सोही ठाउँ घर भई हाल धुलिखेल बस्ने राम बहादुर तामाङ रहेका छन् । जित बहादुर र राम बहादुरले नयाँ बसपार्क र बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई विदेशबाट फर्किएका व्यक्तिहरुलाई डलर र सुन साट्ने लगायत अन्य विदेशी रकम बढीमा साटी दिने भन्दै वण्डलको अगाडि र पछाडि मात्रै सक्कली नोट राखी भित्रतर्फ कागज राखेर नक्कली पैसाको बण्डल साटी भागि हिँड्ने गरेको खुल्न आएको छ ।
More

१३ औं सागको बजेट सार्वजनिक

१३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा अनुमानित ५, २६, ५७, ४२, ६७०.७३ (पाँच अर्ब छब्बिस करोड सन्ताउन्न लाख बयालिस हजार छ सय सत्तरी र पैसा त्रिहत्तर मात्र) को बजेट प्रस्तुत गरेको छ । उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम विच युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) समक्ष प्रस्तुत गर्नुका साथै बजेटको समष्टिगत रुपको पुस्तक मन्त्रिलाई प्रदान गरेका थिए । कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारी तर्फ ८८ करोड,
More

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष ०७६/०७७ को बजेट सार्वजनिक (पूर्णपाठ)

पोखरा – गण्डकी प्रदेश सरकारले पर्यटन, पुर्वाधार, उर्जा र कृषिलार्ई मुख्य प्राथमिकता दिँदैे आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभा वैठकमा ३२ अर्ब १३ बजेट ४७ लाख ९२ हजार रुपैयाँको वजेट प्रस्तुत गरेका हुन् । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई प्राथमिकता दिदै बजेट बिनियोजन गरिएको छ । प्रदेश सरकारले चालु अर्थिक बर्षमा २४ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख र पुजीँगत खर्चतर्फ १९ अर्ब ८४ कारोड ९० लाख बजेट बिनियोजन गरेको
More

अब फिल्म शुक्रवार मात्रै रिलिज

काठमाडौं – नेपाली होस् वा हिन्दी फिल्म अब भने नेपालमा रिलिज शुक्रबार नै हुने भएको छ । चलचित्र बिकाश बोडले सबै प्रकारको नयाँ फिल्म नेपालमा शुक्रबार मात्र रिलिज हुने जनाएको छ । बिकाश बोर्डले शुक्रबार मात्र नेपाली फिलम रिलिजको बिरुद्धमा फिल्म बितरक कम्पनी ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो । त्यसमाथी कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत बुधबार रिलिज नरोक्न स्टे अर्डर दिईएको थियो । सोही कारण भारत बुधवार नै नेपालभर रिलिज भएको थियो । चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रवद्र्धनको लागि सबै फिल्म शुक्रवार नै रिलिज बोडले
More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं-चन्द्रागिरी नगरपालिका-१२ सतुङ्गल चोकमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्ने खोज्ने काभ्रे वेथानचोक गाउँपालिका-१ घर भई बाफल बस्ने २५ वर्षीय विष्णु केसीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना.३ ख ६५२५ नम्बरको गाडी जाँच गर्ने क्रममा नगद दिई आर्थिक प्रलोभनमा पार्ने खोजेकोले उक्त रकम सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
More

विमान उड्न लाग्दा यात्रुले ढोका खोलेपछि

संयुक्त अधिराज्यबाट पाकिस्तान उड्न लागेको एउटा विमानका यात्रुले आपतकालिन ढोका खोलेपछि जहाजको उडान सात घण्टाले ढिलो हुन पुग्यो । विमान उड्नु अघि नै उक्त घटना भएकाले कुनै मानवीय हताहती भने हुन पाएन । घटना बेलायतको म्यानचेस्टर विमानस्थलको हो । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) फ्लाइट ७०२ शुक्रबार म्यानचेस्टरबाट इस्लामावाद उड्ने लागेको थियो । विमानमा सवार एक जना व्यक्तिले वाथरुम भनेर हातरमा खोलेको ढोका, आपतकालिन ढोका पर्न गयो । त्यसपछि विमानमा सवार सबै ४० यात्रुलाई उतारिएको थियो । यी सबका कारण विमानको उडान ७ घण्टा ढिलो पर्न गयो । संवेदनशील अवस्थामा आपतकालिन ढोका खोलिएको यो पहिलो घटना भने होइन । मे महिनामा
More

युरोप भ्रमणमा फर्किएर ओलीले भने– गुठी विधेयक सच्चिन्छ

काठमाडौँ– प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् । ओलीले भने, ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’ उनले अघि भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हँसाउन हो । कही कतै नमिलेको रहेछ वा भुलबश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो । यत्ति भन्न चाहन्छु ।’ जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् ।
More

३२ अर्बको बजेट ल्याउँदै गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जम्मा २५ प्रतिशतमात्र बजेट खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले महत्वकांक्षी योजनासहित २४ अर्बमाथिको बजेट ल्याएको थियो । त्यसमा अहिलेसम्म ६ अर्ब २४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जेठ मसान्तसम्म कुल बजेटको २५ प्रतिशत खर्च गर्न सकेको सरकारले अझै पनि असार मसान्तसम्म कम्तीमा ७० प्रतिशत खर्च पुर्‍याउने दाबी गरेको छ । कुल चालु बजेटको ३१ प्रतिशत र पुँजीगततर्फ २३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । २ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ चालु र ३ अर्ब ६६ करोड
More

धौलागिरी अस्पतालमा निःशुल्क हाइड्रोसिलको उपचार शुरु

बाग्लुङ्ग । धौलागिरी अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ। अस्पतालले यस अगाडि न्यूनतम शुल्कमा हाइड्रोसिलको परामर्श शल्यक्रिया तथा उपाचार प्रदान गर्ने भने पनि चिकित्सकको अभावमा गर्न सकेको थिएन। हाल चिकित्सकहरुको आगमनसँगै निःशुल्क हाइड्रोसिलको शल्यक्रियासम्मको सेवा शुरु गरिएको अस्पतालले जनाएको छ। हात्तीपाइले रोगको जीवाणु शरीरमा प्रवेश गरेपछि पुरुषको शरीरको अण्डकोष सुन्निने, रातो हुने र पानी जम्ने अवस्थालाई हाइड्रोसिलको निदान आवश्यक रहेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. सागरकुमार राजभण्डारीले बताए। “हाइड्रोसिलको शल्यक्रियाका लागि सर्जन तथा एनेस्थेसिया चिकित्सकको अभावका कारण जनताले पैसा तिर्दासमेत सेवा लिन पाएका थिएनन्”, राजभण्डारीले भने, “अहिले सर्जन तथा एनेस्थेसियाका चिकित्सकको आगमनसँगै हाइड्रोसिलको शल्यक्रिया शुरु भएको हो।”
More

प्रतिनिधि सभाको बैठक जारी (लाईभ भिडियो)

काठमाडौँ । आज (आईतबार) प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख महराले आइतबारको बैठक सुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेस र राजपाका सांसदहरुले उठेर ध्यानाकर्षण गराएपछि सभामुखले नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियार र राजपाका सांसद प्रमोद यादवलाई बोल्नका लागि समय दिएका थिए। प्रतिपक्षी दल तथा काठमाडौँका सांसद्हरुले विधेयक खारेको माग गरिरहेका छन् भने तराई र सत्तापक्षका सांसद्हरुले भने विधेयक कुनै हालतमा पास गर्नुपर्ने माग गरेका छन् । यस्तैगरी लोक सेवा आयोगले ९ हजार कर्मचारीको विज्ञापनका विषयमा पनि छलफल चलिरहेको छ। डिसी नेपाल
More

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

तुलसीपुर । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ। स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गरेका हुन् । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ ल्याउन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो”, जिसीले भने, “तर अहिले हामीले च्याउको बीउ उत्पादन गर्न थालेपछि दाङका सबैले यहीबाट लिने गरेका छन्।” शिक्षक पेशामा आबद्ध जिसीले विसं २०६० देखि च्याउखेती शुरु गरेपनि भर्खरै मात्रै च्याउको बीउ उत्पादन शुरु गरेका हुन् । उनले बीउ उत्पादनबाटै मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेको बताए । “यसअघि मैले
More

तयारीबिनाको युरोप यात्रा

काठमाडौं : प्रधानमन्त्री केपी ओली नौ दिने युरोप यात्रा पूरा गरेर आइतबार स्वदेश फर्कंदै छन्। परराष्ट्र मन्त्रालयले पर्याप्त तयारी नगरे पनि प्रधानमन्त्री ओलीले भ्रमणलाई सबल बनाएका छन्। निकै व्यस्त हुने गरी भ्रमणतालिका तय गरिएको थियो। यो भ्रमण नेपालका पुराना दुई हस्ती मुलुक बेलायत र फ्रान्ससँगको सम्बन्धमा नयाँ आयाम थपिएको सरकारी दाबी छ। भ्रमणपछि भएको समीक्षामा प्रधानमन्त्री ओली परराष्ट्रले गरेको तयारीमा खुसी नभएको भ्रमण दलका एक सदस्यले बताए। उनले भने, ‘भ्रमण केही नमिले जस्तो भयो। यस्ता विषयमा कूटनीतिक कर्मचारी चुक्न हुँदैन।’ ‘तपार्इंहरू सक्रिय भएर काम गर्नुहोस्। अन्य मुलुकले कसरी काम गरिरहेका छन् त्यो पनि ख्याल गर्नुहोला ? अध्ययन-अनुसन्धान र नियमित अन्तरक्रिया
More

मनसुन ढिलाई हुँदा देशभर गर्मी, मुख्य शहर तातिँदै

काठमाडौँ– नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ । सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । यसअघि असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो । चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को भनाइ छ । यसवर्षको मे महिनामा अर्थात् वैशाख २९ गते ४३.५ को अत्यधिक तातो महसुस गरिएको बाँके जिल्लाको नेपालगञ्जमा त्यसपछि तापक्रम ओरालो लाग्यो । तर प्रिमनसुन कमजोहुँदै जाँदा तातो बढ्न थालेपछि तापक्रम फेरि उकालो चढ्दैछ । शुक्रबार जुन १४ मा ४१.५ तापक्रम रेकर्ड भयो । यस्तै मे २७ मा धनगढीमा
More

नेपाल-भारत जोड्ने झोलुङ्गे पुल बन्द

काठमाडौँ । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुने भएको छ। नेपाल–भारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए। भारतीय पक्षले सीमा पुलको मर्मत गर्नेबारे दार्चुला जिल्ला प्रशासनलाई पत्राचार गरेको थियो। सोही पत्राचारअनुसार चार दिन पुल बन्द गरिन लागेको हो। नेपाल–भारत जोड्ने खलङ्गास्थितको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले मर्मतकार्य सञ्चालन भएको अवधिभर पुल बन्दको व्यवस्था मिलाइदिन उपखण्ड लोक निर्माण विभाग धार्चुलाले अनुरोध गरेको छ। यसअघि पनि भारतीय पक्षले गत फागुन ९ गतेदेखि १३ गतेसम्म मर्मतकार्य गर्ने जनाए पनि अन्तमा भारतीय पक्षले मर्मतकार्य भने
More