Daily Archives 17th June 2019

एनआरएन यूके निर्वाचन : मिडल्याण्डबाट ८ उम्मेदवार चुनावी मैदानमा

नटिंगहम । एनआरएनए यूकेको आसन्न निर्वाचनका लागि बेलायतको मिडल्याण्ड क्षेत्रबाट सामुहिक उम्मेदवारी घोषणा गरिएको छ । सोमबार नटिंगहमको काठमाडौं लाउञ्जमा आयोजित घोषणासभामा सो क्षेत्रबाट आइसिसी सदस्यसंगै एनआरएन यूकेको उपाध्यक्ष , सचिव र ४ सदस्यहरु गरी ८ जनाको उम्मेदवारी घोषणा भएको हो । मिडल्याण्ड क्षेत्रको प्रतिनिधित्व गर्दै एनआरएन आइसिसी सदस्यमा दयानिधि सापकोटा (लेस्टर) तथा एनआरएन यूकेको उपाध्यक्षमा पशुपति पोखरेल (लेस्टर) , सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल ( बर्मिंगहम) र सदस्यहरुमा कृष्ण चालिसे ( नटिंगहम) , गोमा पौडेल ( वुल्भह्याम्पटन ), सशांक (कृष्ण) शर्मा पौडेल ( बर्मिंगहम), कृष्ण खराल ( नटिंगहम) र नृपेश उप्रेती ( पिटरबरो ) उम्मेदवार बनेका छन् । साझा नेपाली
More

UK won’t review tripartite agreement on British Gurkhas

KATHMANDU : Prime Minister KP Oli has indicated that the British government was not positive regarding Nepal’s proposal to review the tripartite agreement concerning the British Gurkha soldiers. Speaking at a press conference organized at the VVIP lounge of Tribhuvan International Airport upon his arrival from a week-long trip to Europe on Sunday, Prime Minister Oli said that the issue was not incorporated in the joint communiqué after the British side did not positively respond to Nepal’s proposal. Prime Minister Oli said that the tripartite agreement reached between Nepal, India and the UK back in 1947 does not properly reflect
More

अपडेटः बझाङमा जीप दुर्घटनाान १० को मृत्यु, ५ घाइते

बझाङ –बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु र ५ जना घाइते भएका हुन । दुर्घटनामा मष्टा गाउँपालीका १ का सुरेन्द्र थापा चालक, हिम्मत खडका, सरोज खडका,जुना खडका, विपना खडका,धौलीदेवि खडका,कलक खडका,जुनधारा खडका,लक्ष्मी खडका, भक्त द्घाल गरी गरी १० जनाको घटना स्थलमा नै मृत्यु र सोही ठाउँका संगिता खडका,अनिता द्घालको घटनास्थलमा नै मृत्यु भएको र जनक द्घाल,गोकुल शाही,संगिता खडका र गणेस खडका गरी ५ जना घाइते भएको
More

लोकसेवा आयोगको विज्ञापन रद्ध नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशि सिद्धान्त विपरित भएको भन्दै आदिवासी, जनजाति, मधेशीलायतको संयुक्त आन्दोलन समितिले रद्ध गर्न माग गरेको छ । उनीहरुले विज्ञापन रद्ध नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रको तर्फबाट संयुक्त पत्रकार सम्मेलन गर्दै विज्ञापन रद्ध गर्न माग गरिएको हो । आज रिपोर्टस क्लबमा पत्रकार संयुक्त पत्रकार सम्मेलन गर्दै समावेश बनाएर अर्को विज्ञापन प्रकाशन गर्न माग गरिएको हो । आदिवासी नेता सुरेश आले मगरले समावेशी सिद्धान्त विपरित आएको विज्ञापन संविधानविरोधी भएको भन्दै सच्याएर विज्ञापन निकाल्न माग गरे । माग पूरा नगरे कडा आन्दोलनमा
More

अनुदान सम्झौता नगरे वा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने

काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत पनि गराएको छ । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताउनु भयो । सोमबार अपरान्हसम्मको तथ्यांकअनुसार ८ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् । भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आआफ्नो वडा कार्यालयहरुमा सम्पर्क राख्नुपर्नेछ
More

जंगली जनावरबाट अन्नबाली सखाप ! माडीवासी भन्छन्– अब हामी के खाने ?

माडी । माडीवासी हरेक वर्ष जंगली जनावरको हैरानी सहन बाध्य छन् । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावरको आतंकबाट हरेक वर्षजसो मानवीय क्षतिसमेत व्यहोर्दै आएका छन्, माडीवासीले । खेतीपातीका लागि उर्वर भूमि भए पनि जंगली जनावरकै कारण पूरा खेती थन्क्याउन पाउँदैनन् । जुनसुकै अन्नबाली लगाउँदा बीउ छरेदेखि ढुक्क भएर निदाउन पाउँदैनन्, माडीका किसान । राष्ट्रिय निकुञ्ज ऐन–२०२९ ले गर्दा हरेक वर्ष जंगली जनावरबाट प्रताडित बन्नु परेको माडीवासीको भनाइ छ । तर, माडीवासीको यो गुनासो न त राष्ट्रिय निकुञ्जले सुन्यो, न त सरकारले नै । यही विषयमा माडीवासी पटकपटक आन्दोलित बने, तर सुनुवाइ भएन । यसवर्ष पनि माडीवासीले लगाएको अन्नबाली शतप्रतिशत
More

भारतीय गाडीको बढ्दो प्रयोगः ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

सिरहा। सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ। भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ। राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन्। प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार भारतीय नम्बरका मोटरसाइकलको १०० तथा कार, जिपको दैनिक ४०० राजश्व तिर्नुपर्छ। भारतीय नम्बर प्लेटका गाडी अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर एक वर्षमा ३० दिनसम्म मुलुकभित्र चलाउन सकिने कानूनी प्रावधान रहेको छ। सीमावर्ती बजारसम्म बिहान
More

काँग्रेस महामन्त्री कोइरालाले भने–ओली सरकार केन्द्रिकृत शासनमा जाँदैछ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए । प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताए । ‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने,‘यसले जनविरोधी गतिविधि गरिरहेको छ ।’ जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए । ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप
More

नेकपाका नेता पौडेल लण्डनमा

लण्डन । नेकपाका नेता देवेन्द्र पौडेल वेलायत आइपुगेका छन् । पौडेल वेलायतस्थित एक संसदीय समितिको आयोजनामा हुने कार्यक्रममा सहभागि हुन आइतवार साँझ लण्डन आइपुगेका हुन् । पौडेल वेलायतमा एक साता रहने बताएको छ ।
More

लोकसेवा आयोगमा एक मिनेटमै सय आवेदन

लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङख्यामा वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन् । एकै पटक धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको छ । “पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फाराम भरेका थिएनन्”
More