Daily Archives 20th June 2019

सर्लाही जिल्ला इन्चार्जको मृत्युपछि बोल्यो विप्लव समूह

काठमाडौं– प्रहरीसँगको झडपमा मृत्यु भएका प्रतिवन्धित विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेललाई प्रहरीले हत्या गरेको सो पार्टीले दाबी गरेको छ । विप्लव पार्टीका जनकपुर ब्यूरो इन्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै प्रहरीले बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ स्थित लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरेका छन् । उनी जिल्ला इन्चार्ज भएको थाहा पाएपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी हत्या भएको विज्ञप्तिमा दाबी गरिएको छ । विज्ञप्तिमा हत्याको भत्सर्ना गर्दै यसको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने जनाइएको छ । विज्ञप्तिमा पौडेको मृत्युले पार्टीलाई ठूलो क्षति
More

कमल पौडेलले एनआरएन युकेको उपाध्यक्षमा उम्मेदवारी दिने

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको आगामी सेप्टेम्वरमा हुने निर्वाचनमा लण्डनस्थित एक व्यवसायी कमल पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । आइएमई लण्डनका प्रमुख पौडेलले एनआरएनए युकेको नवौँ अधिवेशनका लागि उम्मेदवारी दिन लागेका हुन् । पौडेलले लामो समय देखी रेमिट्यान्सको व्यवसाय गर्दै आएका छन् । सन् २००१ मा अध्ययनका लागि युके आएका पौडेलले सन् २००३ देखि आइएमइ मनी ट्रान्सफर चलाउँदै आएका छन् । यसबाहेक उनको इन्भेष्टभेष्ट कम्पनी, व्यवस्थापन कम्पनी, प्रोपर्टी व्यवसायमा लगानी छ । उनी आएमइ ग्लोबल होल्डिंग्स युके र नेपाल जीएफडिआइ युकेका पनि निर्देशक छन् । उनको नेपालमा आइएमई लाइभ इन्स्योरेन्स, ग्लोबल आइएमई बैँक, हाथवे फाइनान्स, आइएमई
More

विद्यान विपरीत अस्ट्रेलिया एनआरएनको चुनावमा दुई प्यानल

‘एनआरएन निर्वाचनमा कांग्रेस कम्युनिष्ट भिडन्त’ अस्ट्रेलिया — दुईवर्षे कार्यकालका यही जुलाई ६ मा हुने निर्वाचनमा एनआरएन अस्ट्रेलियाका आकांक्षीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । नेतृत्वका लागि हालसम्म सबै राज्यमा प्रजातान्त्रिक र समावेशी प्यानल बनाएर उम्मेदवारले मत माग्न सुरु गरिसकेका छन् । कांग्रेस निकटको प्रजातान्त्रिक समूहले आपसी खिचातानीका कारण २ प्यानल बनाएर मैदानमा उत्रिएको छ भने वामपन्थी निकट समावेशी टिमले दिनेश पोखरेलको नेतृत्वमा अलग टिम निर्माण गरेको छ । प्रजातान्त्रिक समूहबाट अहिलेका उपाध्यक्षद्वय केशव कँडेल र नन्द गुरुङ प्यानलसहित प्रतिस्पर्धामा देखिएका छन् ।   पोखरेलले पनि सबै राज्यमा प्यानलसहित उम्मेदवारी दिइसकेका छन् । केशव कँडेलको समूहबाट महासचिव, सचिव, कोषाध्यक्ष र युवा
More

डेनमार्कमा कांग्रेसको कुम्भमेला, १ दर्जन नेताहरु युरोपमा

लण्डन– डेनमार्कमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका १ दर्जन नेताहरु युरोपमा आएका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे आयोजनामा शुक्रवारदेखि डेनमार्कको कोपनहेगनमा सुरु हुने तीन दिने प्रशिक्षण तथा कांग्रेस सर्मथकहरुको विश्व भेलामा सहभागी हुन नेपाली कांग्रेसमा उपसभापति बिमलेन्द्र निधी, केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल डनेमार्क पुगेका छन्। यस्तै महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु धनराज गुरुङ, गोबिन्द भटराई, अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बे, आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल, महिला नेतृ प्रतिमा गौतम, नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिहं महर पनि बिहीवार बिहान कोपेनहेगन पुगेका छन। नेपाली जनसम्पर्क समिति युरोप समन्वयन समितिका महामन्त्री गंगाधर गौतमका अनुसार
More

प्रधानमन्त्रीले उपत्यकावासीलाई मूर्तिचोर भने पछि…….

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राजेन्द्र कुमार केसीले गुठी विधेयक फिर्ता लिएकोमा प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले खबदारीसभा भव्य र मर्यादित भएको पनि बताए । उनले भने,‘गुठी विधेयक फिर्ता भएको छ । मैले यही सदनमा गुठी विधेयक फिर्ता नभए अवस्था भयाभव हुन्छ भनेको थिएँ । तर गुठी विधेयक फिर्ता भएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु । उपत्यकाबासीले हिजो अत्यन्तै मर्यादित र अनुशासित खबदरी सभा गरेको छन् । म उपत्यकाबासीलाई पनि धन्यवाद दिन चाहन्छु ।’ यद्यपी प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा उपत्यकावासीमाथि मूर्तिचोरको आरोप लगाएको भन्दै
More

बिहीबार सुनको भाउ

नेपाली बजारमा बिहीबार सुनको भाउ रु १००० ले बढेको छ ।बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको हो । बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।
More

विदेशी जेलमा ५ सय ३२ नेपाली, २५ जनालाई मृत्यु दण्ड

लण्डन । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन्। आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन्। कतिपय परिबन्दले पनि जेल पुगेका छन्। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन्। सबैभन्दा बढी मलेसियाको जेलमा छन्। बोर्डका अनुसार मलेसियामा दुई सय चारजना जेलमा छन्। दोस्रो नम्बरमा रहेको संयुक्त अरब इमिरेट्समा एक सय ८५, कुवेतमा ५८, कतारमा ३८, साउदी अरेबियामा २४ र
More

एसपी मल्लको चितवनमा “अप्रेशन क्लिन चितवन अभियान”, दुई दिनमा ९३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

चितवन । चितवनमा लागु औषध नियन्त्रणका लागि चितवन प्रहरीले “अप्रेशन क्लिन चितवन अभियान” सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा आएका नयाँ प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले दुई अघिबाट “अप्रेशन क्लिन चितवन अभियान” तीव्र पारेका हुन् । जिल्ला र मातहतका कार्यालयमा एक साथ सुरु गरिएको अभियानको पहिलो दिन जिल्लामा १५ जना र अन्य ठाउँमा गरि ४० जना लागुऔषधका प्रयोगकर्ता युवाहरुलाई पक्राउ गरेको एसपी मल्लले जानकारी दिए । भने दोश्रो दिन बुधबार पनि ५३ जनालाई पक्राउ गर्न आफ्नो टिम सफल भएको बताए । “चितवनलाई अपराध नियन्त्रणमा अन्र्तराष्ट्रियमा अलग पहिचान दिने सुरुवातमै उद्धघोष गरि सकेको छु एसपी मल्लले भने, अपराधको जड
More

अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरी

कोपा अमेरिका कप फुटबलको उपाधि दावेदार अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । समूह ‘बी’ अन्तगत बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना दोस्रो हाफमा भिएआर मार्फत पाएको पेनाल्टी गोलले हारबाट जोगिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ३७औं मिनेटमा खाता खोलेको थियो । पाराग्वेका लागि रिचार्ड स्यान्चेजले सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाले ५७ मिनेटमा पेनाल्टी बराबरी गोल फर्काएको थियो । कप्तान लियोनल मेस्सीले पेनाल्टीको सदुपयोग गरे । त्यसअघि मेस्सीको प्रहार बारमा लागेर फर्किएको बललाई डिबम्सभित्र पाराग्वेका रक्षकले ह्यान्ड गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा अर्जेन्टिनालाई पेनाल्टीको मौका दिईएको थियो । पाराग्वेले ६२औं मिनेटमा पेनाल्टीको अवसर खेर फालेको थियो
More

युवतीको शंकास्पद मृत्यु पछि प्रदर्शन

काठमाडौं । बौद्धस्थित समता अस्पताल परिसरमै एक युवतीको शंकास्पद मृत्यु भएपछि आफन्तले बुधबार पनि प्रदर्शन गरेका छन् । युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित आफन्तहरुले नाराबाजी गरेका हुन् । विगत २ महिनायता उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया विमला तामाङले सोमबार राती पासो लगाएर आत्महत्या गरेकी थिइन् । मंगलबार दिनभरी पनि अस्पतालमा मृतक तामाङका आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । मंगलबार साँझतिर नै समता स्कुल तथा अस्पतालका सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सञ्जेल दम्पतीलाई नियन्त्रणमा लिएपछि तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल
More