Daily Archives 21st June 2019

रेशम चौधरीलाई १४ किलोको नेल र हत्कडी !

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजपा नेता तथा सांसद रेशम चौधरीलाई नअस्पतालमै नेल लगाइएको अवस्थाको तस्बिर सार्वजनिक गरेका छन् । उनले उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै सरकारको विरोध समेत गरेका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू न्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण !’ दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर उनलाई अस्तालमा उपचार गरिएको भट्टराईका भनाई छ । टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचार निम्ति अहिले वीर अस्पतालमा राखिएको छ ।
More

काँग्रेसले बोलायो बैठक, यी हुन् छलफलका ४ एजेण्डा

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २२ गतेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेमा बस्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रीत सदस्यको उपस्थिति रहने छ । बैठकका लागि चार एजेण्डा तय गरिएको छ । जुन यसप्रकार छः १. नियमावलि संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावलि, २०७६ माथी छलफल, २. राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समिक्षा, ३. भातृ एवं शुभेच्छुक संस्थाको विधान सम्वन्धमा, ४. समसामयीक राजनीतिक विषयका सन्दर्भमा ।
More

बेलकोटगढीका सव–इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं– सेवाग्राहीसँग ३५ हजार घुस खाने नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत सब इन्जिनियर बद्री भण्डारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । भण्डारीले बेलकोटगढी नगरपालिका नुवाकोटको विज्ञापन प्रकाशित गरेबापत सेवाग्राहीसँग रू ३५,००० घुस माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । उनी केही पहिले बालाजुबाट समातिएका थिए ।
More

एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ। एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रबि लामिछाने फाउन्डेसन मार्फत रास्कोट अस्पताल प्रदान गरिएको बताउनु भयो। सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो। रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक स्मार्ट अस्पताल बनाउने लक्ष्य राखिएको छ भने अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ। अध्यक्ष मोहन कार्कीले आगामी दिनहरुमा एनआरएनए स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु गर्ने बताउनु भएको
More

इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य संकलनमा

  काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्य तथ्य बुझ्न इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानको नेतृत्वमा मानव अधिकार संस्थाका प्रतिनिधि सम्मिलित एक टोली असार ६ गते बिहान घटनास्थल प्रस्थान गरेको छ । लालबन्दी नगरपालिका-१ मा रहेको जङ्गलमा दुई वटा मोटरसाइकलमा रहेका चार जना व्यक्तिले गस्तीमा रहेको प्रहरीमाथि गोली चलाएपछि जबाफी फायर गर्दा पौडलेको मृत्यु भएको र अन्य तीन जना फरार भएको प्रहरीले जनाएको थियो । टोलीले विभिन्न माध्यमबाट संकलन गरेको विवरणका आधारमा तयार पारिएको प्रतिवेदन केही समयभित्र सार्वजनिक गरिने जनाइएको छ
More

कांग्रेस उपसभापति निधीद्धारा डेनमार्कमा पार्टी कार्यकर्ता भेलाको उद्धघाटन (फोटो फिचर)

लण्डन– नेपाली कांग्रेसको आयोजनमा डेनमार्कमा आयोजित प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले उद्धघाटन गरेका छन् । निधीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रवारदेखि डेनमार्कको कोपनहेगनमा सुरु हुने तीन दिने प्रशिक्षणको उद्धघाटन गरेका हुन् । कांग्रेस सर्मथकहरुको विश्व भेलामा सहभागी हुन नेपाली कांग्रेसमा उपसभापति बिमलेन्द्र निधी, केन्द्रिय सदस्य डा। मिनेन्द्र रिजाल डनेमार्क पुगेका छन्। यस्तै महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु धनराज गुरुङ, गोबिन्द भटराई, अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बे, आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल, महिला नेतृ प्रतिमा गौतम, नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिहं महर पनि बिहीवार बिहान कोपेनहेगन पुगेका छन् । प्रशिक्षणमा भाग लिन
More

नेपालीका लागि भारतीय अध्यागमनको लगायाे नयाँ नियम

काठमाडौं– चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्न नेपाली नागरिक नै भएपनि भिसा चाहिने भएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले यी चार देशबाट भारत प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकाले सोही अनुरुप गर्न जानकारी गराएको हो । यस्तै भारतीय अध्यागमन पार गरी साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा नेपाली दूतावासको सिफारिस पत्र आवश्यक पर्ने जनाएको छ ।
More

विवादमा तानिएका इटहरीका मेयरले निकाले यस्तो विज्ञप्ति

काठमाडौं– एक कार्यक्रममा अपाच्य शब्द बोलेको भन्दै विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वरिकलाल चौधरीले माफी मागेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै चौधरीले असार ४ गते इटहरी १६ र १७ मा नागरिक समाजले गरेको सामाजिक विकृत विरुद्धको कार्यक्रममा आफूले बोलेको शब्दहरुले कसैको भावनामा चोट पर्न गएको भए माफी मागेको बताएका छन् । उनले इटहरीमा मौलाउँदा यौनधन्दालाई नरोकी समुन्नत इटहरीको परिकल्पना गर्न नसकिने भन्दै इटहरीको समृद्धि र विकास सबैको सहयोग बिना सम्भव नहुने उल्लेख गरेका छन् । यसअघि पत्रकारलाई दुर्व्यवहार गरेको अभियोगमा विवादमा तानिएको चौधरीले सो प्रकरणमा पनि विज्ञप्तिमार्फत माफी मागेका थिए ।
More

एनआरएनए स्कटल्याण्डद्वारा रास्कोट अस्पताललाई सहयोग

स्कटल्याण्ड– एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ। एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रबि लामिछाने फाउन्डेसनमार्फत रास्कोट अस्पताल प्रदान गरिएको बताए। सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो। रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक स्मार्ट अस्पताल बनाउने लक्ष्य राखिएको छ भने अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ। अध्यक्ष मोहन कार्कीले आगामी दिनहरुमा एनआरएनए स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु गर्ने बताएका छन् ।
More

एनआरएन यूकेको महिला संयोजकमा प्रसुना कंडेलले उमेद्वारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला संयोजकमा प्रसुना कंडेलले उमेद्वारी दिने भएकी छन् । पेसाले नर्स तथा बेलायतको नेपाली डायस्पोरामा कलाकार र मोडलको राम्रो परिचय बनाएकी छन् । कंडेलले सामाजिक सेवाभावले संघको आगामी सेप्टेम्वरको दोस्रो साता हुने निर्वाचनमा यूके महिला संयोजकमा आफ्नो उमेद्वारी दिने घोषणा गरेकी हुन् । नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष तथा एनआरएनए यूके सल्लाहाकार कंडेलले सामाजिक हित र महिला सशक्तीकरणलाई प्रमुख प्राथमिकतामा राखेर आफ्नो उमेद्वारी जनाउने भएकी हुन् । सन् २००५ बाट यूकेमा रहंदै आएकी कंडेल क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट तथा रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलेप्मेन्ट एन्ड हेल्थ एन्ड सेफ्टी प्रतिनिधी
More

३ अर्ब राजश्व छली गर्ने १५ जना विरुद्ध मुद्दा

काठमाडौं। विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी एक समूहले करीब तीन अर्ब राजश्व छलेको पाइएको छ। सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ। उनीहरु विरुद्ध दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ विगो कायम गरी विगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दावीसहित काठमाण्डौ जिल्ला अदालतमा विहिबार मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। उनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला ९दमाई०
More

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । उनले आफ्नो न्यूनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीपको टोलीका मार्की खेलाडी भने भारतीय टोलीका पूर्वब्याट्सम्यान युवराज सिंह छन् । सन्दीपले गतवर्ष ग्लोबल टी–२० क्रिकेट क्यानडामा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए । त्यतिबेला टाइगर्सले उनलाई ४० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । त्यसैगरी विदेशी फ्रेन्चाइज लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका सोमपाल
More

के हो एनआरएन नर्वेको किचलो ?

खिलक बुढाथोकी  । नर्वे (ओस्लो)– गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेको जुन ८ तारिकमा तय गरिएको छैठौं महाअधिवेशन स्थगन भएको छ। सन्जिव कुमार थापा नेतृत्वको वर्तमान कार्यसमितिले एक महिनाको समय राखेर बनाएको निर्वाचन समितिले नर्वे एनआरएनको आन्तरिक विवादले गर्दा नयाँ कार्य समिति नबनेपछि महाधिवेशन स्थगन हुन पुगेको हो। निर्वाचन प्रक्रियामा उब्जेको आलोचना, विरोध र असन्तुष्टिबीच छलफल गरेर समाधान खोज्दा पनि महाधिवेशन सम्भावना नदेखिएकाले स्थगन गरिएको एनआरएन नर्वेको फेसबुक पेजमा जारी सार्वजनिक सूचनामा उल्लेख छ। किन भयो विवाद ? निर्वाचन समिति बनाए लगत्तै कार्यसमितिले मतदाता नामावली संकलन थालेको थियो। कार्यसमितिले मतदाता नामावलीको अन्तिम सूची तयार नपार्दै मौखिक निर्देशनमा निर्वाचन समितिलाई चुनावी प्रक्रिया थाल्ने
More

यसरी ओइरिए डेनमार्कमा कांग्रेस कार्यकर्ता (फोटोमा हेर्नुहोस्)

लण्डन– डेनमार्कमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाली काँग्रेसका १ दर्जन नेताहरु युरोपमा आएका छन्। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुक्रवारदेखि डेनमार्कको कोपनहेगनमा सुरु हुने तीन दिने प्रशिक्षण तथा कांग्रेस सर्मथकहरुको विश्व भेलामा सहभागी हुन नेपाली कांग्रेसमा उपसभापति बिमलेन्द्र निधी, केन्द्रिय सदस्य डा। मिनेन्द्र रिजाल डनेमार्क पुगेका छन्। यस्तै महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु धनराज गुरुङ, गोबिन्द भटराई, अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बे, आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेल, महिला नेतृ प्रतिमा गौतम, नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिहं महर पनि बिहीवार बिहान कोपेनहेगन पुगि सकेका छन् । प्रशिक्षणमा भाग लिन युरोपका १५ राष्ट्रिय समिति सहित
More

पुर्व मन्त्री पौडेलको सम्झनामा अनेरास्ववियूको श्रद्धाञ्जली सभा

काठमाडौं। सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना पुर्व अध्यक्ष एवम् पुर्व शिक्षा मन्त्री धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पुर्व मन्त्री पौडेलको गत जेष्ठ ३१ गते चितवनको माडीमा स्थित आफ्नै निजी निवासमा हृदयघातका कारण निधन भएको थिय‍ो। आज राजधानीमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराईले धनिराम पौडेलको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको वताउनुभयो छ। विद्यार्थी आन्दोलनमा संगसंगै सहकार्य गरेको स्मरण गर्दै भट्टराईले भन्नुभयो -‘ उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान् , इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।’ श्रद्धाञ्जली सभामा नेकपाका अर्का नेता लिलामणी पोखरेलले पौडेल अवसर पाएर पनि वेइमान नवनेको
More

करेन्ट लागेर मृत्यु

महोत्तरी जिल्लाको सरपल्लो–मनरा सडकखण्डमा गए राति एक तेल ट्याङ्करका सहचालकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–८ घर भई तेल ट्याङ्करको सहचालकको रुपमा काम गर्दै आएका २५ वर्षीय उमेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । गए राति करीब ८ बजेतिर ना७ख ११९५ नंको ट्याङ्कर तेल लिएर जिल्लाको सरपल्लो बजारबाट मनरा बजार जाँदै गरेको अवस्थामा मनरासिस्वा नगरपालिका–८ स्थित सडकमा पोलमाथि रहेको विद्युतको तार ठाउँठाउँमा झोल्लिन गई ट्याङ्करमा छुन खोज्दा ट्याङ्करका सहचालकले तार पन्छाउन ट्याङ्कर माथि चढेका थिए । तर विद्युतीय तार पन्छाइरहेकै बेला विद्युत् चुहिएर अचानक करेन्ट लाग्दा उनी
More

मन्त्री पद्मा अर्याल पद्मालाई चिट चोर्दा-चोर्दै रेस्टिकेट गरेको आरोप

काठमाडौँ– गुठी विधेयकका कारण विवादमा तानिएकी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमाथि कलेज पढ्दा चिट चोरेर रेस्टिकेट भएको आरोप लागेको छ । लेखक र पत्रकार समेत रहेका मधुसुधन पाण्डेयले सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टले उनी रेस्टिकेट भएको पुष्टि भएको हो । उनले यस्तो कमेन्ट लेखेका – लेखक पाण्डेले भने, ‘मैले कमेन्टमा लेखेकै हो । मैले उनलाई रेस्टिकेट पनि गरेकै हो । कुरा २०५१ सालको हो । म क्याम्पस प्रमुख थिएँ, केन्द्राध्यक्ष पाल्पाका दुर्गाप्रसाद पाण्डे हुनुहुन्थ्यो । परीक्षा दिइरहेका बेला पद्माले चिट चोरेको भेटेपछि उनलाई रेस्टिकेट गरिएको हो ।’ कलेजबाट रेस्टिकेट भएपछि पद्माले वालिङ क्याम्पसमा फारम समेत नभरेको
More

नेपालमा आज १४ घण्टा सुर्य देख्न पाइने

काठमाडौं : सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ। आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। भोलिदेखि भने दिन छोटो र रात लामो हुनेछ। आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ। सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ। अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २० देखि २२ तारिख भित्र कुनै एक
More

पुनर्निर्माण र पुनर्स्थापनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता

काठमाडौं । दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको आजको बैठकले प्राधिकरणले पेश गरेको नेपालको पुनर्निर्माण र पुनर्स्थापनामा ६ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने संशोधित अनुमान र कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । २०७३ साल वैशाखमा तयार पारिएको विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनाले पुनर्निर्माण र पुनर्स्थापनाका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बजेटको सीमालाई ध्यान दिएर
More

लागुऔषधसहित दुई पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ । प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार भन्ने बुद्ध देवदत्त रहेका छन् । भारतबाट पैदल नेपाल आइरहेका उनीहरुको झोला जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई÷दुई एमएलको १००÷१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको हो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन
More