Daily Archives 22nd June 2019

डेनमार्कमा काँग्रेस उपसभापतिको बर्षगाँठ,दम्पतीले गीत सुनाए (भिडियो सहित)

कोपेनहेगन। परिबारसहित डेनमार्कमा रहेका नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले २८औं बर्षगाँठ मनाएका छन्। नेपाली जनसम्पर्क समितिले डेनमार्कले बर्षगाठको अबसरमा केकको चाजोपाजो मिलाईदिएको थियो। श्रीमती अनामिका निधि र परिबारसहित उनि युरोपभ्रमणमा छन्। नेता कार्यकर्ता माँझ निधि दम्पतिले पुराना दिनहरुको यादमा एक अर्कालाई समर्पित गर्दै गीत समेत सुनाए। अनौपचारिक रुपमा कार्यक्रम गरिएको भएपनि बाताबरण उल्लासमय रहेको एक प्रतिनिधिले बताए। नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेलालाई निधिले शुक्रबार कोपनहेगनस्थित रिचमण्ड होटलमा उद्घाटन गरेका थिए। लगत्तै नेपाली जनसम्पर्क समिति डेनमार्कले चौधौं बार्षिकोत्सब मनायो। बार्षिकोत्सब समापन हुँदै गर्दा मञ्चबाटनै उद्घोष भयो,” यस कार्यक्रमको समापनसँगै पार्टी उपसभापतिको २८औं बर्षगाठ पुगेको अबसरमा जनसम्पर्क समिति डेनमार्कको
More

मध्य पूर्वको ओमनमा एनआरएनएएको भेला

ओमन । गैर आवासीय नेपाली संघ (एनआरएनएन) ओमानको महाधिवेशन आगामी हप्ता हुने भएको छ । गैरआवासीय नेपाली संघ ओमानका अनुसार संघ अधिवेशन यही जुन २८ तारिख हुन लागेको हो । संघको आगामी अक्टोवर १३ देखि १६ तारिख काठमाण्डौंमा हुने विश्वसम्मेलनको तयारीको लागि एनआरएन राष्ट्यि समिति ओमानको अधिवेशन हुन लागेको हो । कार्यक्रममा गैरआवासीय नेपाली संघका नेताहरु समेत सहभागि हुने भएका छन् । कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्य पूर्वका संयोजक आरके शर्मा, एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, सचिव डिबी कार्की लगायतको उपस्थिती रहने बताएको छ ।
More

सङ्गीतले तराई र पहाडलाई जोड्नु पर्छ : पूर्वराष्ट्रपति डा रामवरण यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताउनुभएको छ । उहाँले सङ्गीत र साहित्यले बिग्रिएको सम्बन्धलाई समेत सुमधुर बनाउन सक्ने हुँदा कलाकारले हरेक क्षेत्रका नागरिकको भावनालाई बुझेर सिर्जना पस्कनुपर्ने बताउनुभयो । गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा उहाँले कलाकार र साहित्यकारले राष्ट्र निर्माणमा महत्वूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । “मुलुकमा भएका परिवर्तनका आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।” उहाँले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने बताउनुभयो । उहाँले विकासको प्रक्रियाले प्रकृतिलाई निकै हानि
More

विमान दुर्घटनामा परी नौ जनाको मृत्यु

हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको छ । शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हवाईको यातायात विभागले विमान दुर्घटना भएको र नौ जनाको मृत्यु भएको पुष्टि गर्दै ट्वीटरमार्फत् घटनाप्रति दुःख व्यक्त गरेको छ । स्थानीय हवाई न्युज नाउ वेबसाईटले पनि अग्नी नियन्त्रण विभागमा यो घटना सम्वन्धी पहिलो फोन स्थानीय समयानुसार बेलुका साढे छ बजे आएको समाचार लेखेको छ । खबर पाएपछि घटनास्थलमा पुगेका अग्नी नियन्त्रकहरुले विमान पुरै जलेर नष्ट भइसकेको अवस्थामा देखेको जानकारी दिएका छन् ।
More

नेकपाको राजनीतिक प्रतिवेदन तयारी पुरा

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको वैचारिक, राजनीतिक प्रतिवेदन शीघ्र सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार अपराह्न बसेको केन्द्रीय सचिवालय बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीघ्र प्रकाशनमा लैजाने निर्णय गरेको हो । राजनीतिक प्रतिवेदन सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । “अघिल्ला बैठकले अध्यक्षद्वयलाई अन्तिम सम्पादनका लागि जिम्मेवारी दिएको थियो” उहाँले भन्नुभयो, “अध्यक्षद्वयले सम्पादनको प्रक्रिया र विषयका बारेमा बैठक समक्ष जानकारी दिनुभयो ।” दुई दल एकताकै क्रममा तयार पारिएको पार्टीको विचार, दृष्टिकोण, सिद्धान्त, कार्यक्रम, नीति र विचारसँग सम्बन्धित राजनीतिक प्रतिवेदनको अन्तिम सम्पादनको क्रम चलिरहेको छ । त्यसैगरी बैठकले
More

डा. लामिछानेको अन्तर्दृष्टि लोकार्पण

जापानस्थित चुकुबा विश्वविद्यालयमा प्राध्यापनरत डा. कमल लामिछानेको पुस्तक अन्तर्दृष्टि लोकार्पण गरिएको छ । काठमाडौंस्थित ब्रिटिस काउन्सिलमा शनिबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवम् शिक्षाविद् केदारभक्त माथेमा, आख्यानकारद्वय अमर न्यौपाने, मनीषा गौचन र लेखक लामिछानेले पुस्तक लोकार्पण गरे । कार्यक्रममा आख्यानकार गौचनले पुस्तकमा लेखकको इमानदारी प्रस्ट देखिने बताइन् । १२ वर्षसम्म विद्यालय नपुगेको लामिछानेले आफ्नो संघर्षबाट हासिल गरेको उपलब्धिलाई नेपालीहरुकै गौरवको विषय रहेको रहेको उनले बताइन् । पुस्तकले लामिछानेका बाल्यकालदेखि देशदेखि विदेशसम्म अध्ययन गर्न जाँदाका कठिनाइ, उनका संघर्ष, मिहिनेत एवम् कामप्रतिको समर्पणलाई देखाएको गौचनको भनाइ छ । नेपाली समाजमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण एवम् उनीहरुलाई धार्मिक मूल्यमान्यताले कसरी असर गर्छन्
More

डनमार्कमा कांग्रेस प्रशिक्षण जारी, कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्घोष

लण्डन। नेपाली काग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले वर्तमान सरकार संघियता विरोधी सरकार भएको आरोप लगाएका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । “बजेट पेश गर्दा स्थानिय सरकार र प्रदेश सरकारलाई पर्याप्त बजेट दिनुपर्ने थियो, ३० देखि ३५ प्रतिशत सम्म मात्र बजेट दिएको छ, त्यसलै म यो सरकारलाई संघियता विरोधी सरकार भन्न चाहन्छु” उनले भने । संघियताको बाटो नेपाली काग्रेसले कोरेको उनले बताए । पाँच वर्षमा वर्तमान सरकारले कुनै चमत्कार गर्न नसक्ने ठोकुवा गर्दै पाँच वर्ष नेपाली काग्रेसले सरकार संञ्चालन गर्न पाए मात्र चमत्कार गर्न सकिने बताए ।नेपाली काग्रेसकै कारण नेपालमा
More

ट्याक्सी तोडफोड तथा कुटपिटमा संलग्न पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा.२ ज २९९ नम्बर र बा.१ ज८६१० नम्बरका ट्याक्सी तोडफोड तथा चालकलाई कुटपिट गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे घर भएका ३९ वर्षीय नारायण तामाङ र काठमाडौं बनस्थली बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-५ घर भएका २५ वर्षीय श्याम कुँवर रहेका छन् । मादक पदार्थ सेवन गरेका व्यक्तिहरुले ट्याक्सी तोडफोड तथा बा.२ ज २९९ नम्बरको ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका-१४ तिनथाना बस्ने सिन्धुलीका २८ वर्षीय कृष्ण बहादुर किङरिङलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई
More

एन्फाको नक्कली टि-सर्ट बनाई बेचबिखन गर्ने ६ जना पक्राउ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नक्कली लोगो समेत प्रयोग गरी टि-सर्ट बनाई बेचबिखन गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका-९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौं खुसिबुस्थित बिआरके सप्लायर्सका संचालकद्वय काठमाडौं महानगरपालिका-१७ बस्ने रुपन्देहीका ३६ वर्षीय बिष्णु प्रसाद कडेंल तथा काठमाडौं महानगरपालिका-१७ बस्ने स्याङजाका ३५ वर्षीय सागर पाण्डे, काठमाडौं महाबौद्धस्थित रेडिमेड स्टोरका संचालक काठमाडौं महानगरपालिका-९ बस्ने ५२ वर्षीय गोबिन्द खनाल, काठमाडौं बिशाल बजारस्थित एसि स्पोर्ट्‍स गोदामका संचालक काठमाडौं बनस्थली बस्ने रौतहटका २५ वर्षीय रामशरण खरेल र काठमाडौं सुन्धारास्थित सिटि स्पोर्ट्‍सका संचालक काठमाडौं सुन्धारा बस्ने झापाका
More

रेशम चौधरी नेल काण्डमा प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको जानकारी दिए ।
More