Daily Archives 25th June 2019

छिट्टै मन्त्रिमण्डल पुनर्गठन हुन्छः देवेन्द्र पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् । नेता पौडेलले पार्टी एकता गर्दानै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होईन । त्यसैले विगतमा भएका सहमति ईमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’ उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि
More

बन्द आह्वान सकिएपछि विप्लवले निकाले यस्तो विज्ञप्ति

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरिएको बन्द सफल भएको दाबी गरेको छ । महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै व्यक्ति हत्याको विरोधमा प्रतिरोध गर्नु क्रान्तिको अनिवार्य सर्त भएका कारण नेपाल बन्द गर्नुपरेका बताएका छन् । विप्लव नेतृत्वको नेकपाले असार ५ गते सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोली प्रहारबाट मारिएपछि त्यसको विरोधमा मंगलबार बन्द आह्वान गरेकाे थियो । विज्ञप्तिमा केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गर्दै हत्या समेतको घटना दोहोर्याइएको भन्दै विरोध गरिएको छ ।
More

फ्रि तिब्बतको कार्यक्रममा भाग लिने सांसद प्रदीप यादवमाथि कारबाही

काठमाडौं–फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागि भएको भन्दै समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई पार्टीले कारबाही गरेको छ । समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले यादवलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो । लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा यादव सहभागि भएका थिए । फ्रि तिब्बतसम्बन्धी सो कार्यक्रममा सहभागि भएकोबारे पार्टीले स्पष्टीकरण सोध्दा उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
More

माझी बस्तीको लागि सिड्नीबाट ठूलो सहयोग जुट्दै

सिड्नी । आजै बिहान नायिका स्वेता खड्कासंग भएको भेटघाटमा “नाइ नभन्नु ल” फिल्म २, ४ र ५ का निर्माता एबं बर्तमान एनआरएन अस्ट्रेलियाका अध्यक्षका उम्मेदवार दिनेश पोखरेल र बाबा कन्सल्टेन्सीका निर्देशक रबिन्द्र कुमार शर्मा दुबैले जनही एक लाख एघार हजार एक सय एघार गरी जम्मा दुई लाख बाइस हजार दुई सय बाइस माझी बस्तीको लागि सहयोग गर्नु भएको छ । निकट भबिस्यमा माझी बस्तीको लागि ठूलो सहयोग जुटाउने अभिप्रायले सिड्नीमा आयोजना गरिने कार्यक्रममा दुबै जना सकृय रुपमा लाग्ने प्रतिबद्धता पनि जाहेर गर्नु भएको छ । नेपालमा आटिजम प्रभावित बच्चाहरुप्रति लक्षित बिशेष स्कूल संचालन गरिरहेकी सबिता उप्रेतीको संस्थाद्धारा लक्षित बिशेष स्कूल
More

काङ्ग्रेसले जागरण अभियानका सम्बन्धमा अन्तरक्रिया गर्दै

नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । काङ्ग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानको प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अभियानको एक महीनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएका पार्टी कार्यालयले जनाएको छ
More

रौतहटमा प्रहरीको गाडी दुर्घटना, ६ प्रहरीसहित १० जना घाइते

रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने अन्य दुई थुनुवा पनि गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले
More

नेपाल एरलाइन्सले दिल्लीमा थप ७ उडान गर्ने

नेपाल वायुसेवा निगमबाट अन्तर्राष्ट्रिय गन्तव्य बढाउँदै लैजान विभिन्न प्रयास थालिएको छ । जस अनुसार दिल्ली सेक्टरका लागि हप्ताको १४ उडान भइरहेकोमा २१ बनाउने योजना अनुसार स्लट प्राप्त भइसकेको छ । दिल्लीका लागि प्रति हप्ता ११ उडान रहेकोमा हाल १४ पुर्याइएको छ । हप्ताको १४ उडानमध्ये ७ उडान न्यारोवडी मार्फत र ७ उडान वाइड्वडी मार्फत गरिएको छ । यस्तै युनाइटेड अरव इमिरेट्सको दुवईमा प्रतिहप्ता ३ उडान गरिदै आएकोमा एक थप गरी ४ वटा पुर्याइने छ। आन्तरिक उडानका पाइलटको तालिम सञ्चालन गर्न ब्उउचयखभम त्चबष्लष्लन इचनबलष्शबतष्यल ९ब्त्इ० सम्बन्धी संस्थागत कार्य अघि बढाइ नेपालमा नै तालिम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । वाई १२
More

बागलुङमा शंकास्पद वस्तु फेला

असार – बागलुङ नगरपालिका वडा नम्बर २ श्रीनगर टोलमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । नेपाल बन्दलाई सफल बनाउन शंकास्पद वस्तु राख्दै आएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली सेनाको ब्यारेक नजिकै शंकास्पद वस्तु राखेपछि स्थानीय त्रसित बन्न पुगेका छन् । पार्टीको केन्द्रीय नेतालाई पक्राउ गरेपछि मुठभेदको नाममा हत्या गरेको विरोधमा आव्हान गरेको नेपाल बन्दको कारण सम्पूर्ण यातायातका साधन बजार शिक्षण संघसंस्था प्रभावित बन्न पुगेको छ । बागलुङबाट चल्ने लामो दुरीको छोटो दुरीको सवारीसाधन नचल्दा गन्तव्यमा पुग्ने यात्रु मर्कामा परेका छन् । जनमञ्च
More

दुर्घटनामा नेपाल विद्यार्थी सङ्घ पूर्वसभापति अधिकारीको निधन

नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।
More

संसदमा प्रकाश सपुतको चर्चा

सांसद बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारको गायको गलबन्धी च्यातियो तिमिले च्यातियो भन्ने गीत बाँझियो भनी दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जक माथि अपमान गर्ने काम भएको भन्दै कानुनी दायराभित्र ल्याएर अबिलम्ब कारवाही गर्न माग गर्नुभयो । सांसद महेश्वर जंग गहतराज अथक प्रकाश सपुत र शान्ति श्री परियारलाई अपमानित गर्नुको साथै सिंगो समुदायलाई नै अपमानित गर्ने गरि सामाजिक संञ्जालमा भईरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न माग गर्नुभयो । सांसद मिन बहादुर विश्वकर्माले ढुवानीमा भ्याट प्रणालीले ढुवानी क्षेत्रमा काम गर्ने व्यवसायीलाई व्यवहारीक कठिनाई भएको भन्दै यो व्यवस्था तत्काल खारेज गर्न माग गर्नुभयो ।
More