Daily Archives 27th June 2019

मध्यरातमा ४ रिक्टरस्केलको भूकम्प

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राती १० बजेर २१ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो कुनै नयाँ भूकम्प नभएर गत ०७२ बैशाख १२ गतेकै भूकम्पको पराकम्प हो । यसअघि जेठ ३२ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको थियो ।
More

घुस लिएको अभियोगमा तीन कर्मचारी पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा दुई लाख रुपैयाँ घुससहित तीन कर्मचारीलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरका कार्यालय प्रमुख डिभिजन इञ्जिनीयर अजितकुमार श्रीवास्तव र इञ्जिनीयर ग्रीष्मा ठगुन्ना तथा बारा प्रसौनी गाउँपालिकाका योजना शाखाका खरिदार विनोद यादवलाई घुस लिँदालिँदै पक्राउ गरेको जानकारी दिए। आयोगले सूचनाका आधारमा कञ्चनपुरका प्रमुख डिभिजन इञ्जिनीयर श्रीवास्तव र अर्का इञ्जिनीयर ठगुन्नाले सेवाग्राहीबाट दुई लाख र प्रसौनीका योजना शाखा खरिदार यादवले रु १५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको उनले बताए । कञ्चनपुरमा निर्माण सम्पन्न चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको बिल फर–फारक गराइदिने भनी सेवाग्राहीसँग
More

राजश्व छली गर्ने विभिन्न व्यक्ति विरुद्ध मुद्दा

काठमाडौँ-राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा विभिन्न व्यक्ति विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । नक्कली विजक जारी गर्ने, नक्कली स्टिकर प्रयोग गरी राजश्व छल्ने तथा विदेशी विनिमय अपचलन गर्नेविरुद्ध काठमाडौँ र बारा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। विभागले भारतीय नागरिक बन्दना सानीविरुद्ध विदेशी विनिमय अपचलन आरोपमा रु एक करोड १२ लाख २१ हजार विगोको तेब्बर तथा राजश्व चुहावटको दोब्बरसम्म जरिवाना असुल गरी तीन वर्ष कैदको माग दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ । काठमाडौँबाट मुम्बई जान लागेका बेला उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख अमेरिकी डलरसहित पक्राउ परेपछि अनुसन्धान
More

नेयमारद्वारा बार्सिलोना आउन इच्छा प्रकट

बार्सिलोना–ब्राजिलियाली अग्रपङ्तीका खेलाडी (स्ट्राइकर) नेयमार दा सिल्भा सान्तोस जुनियरले पेरिस सेन्ट जर्मन क्लबबाट पुनः बार्सिलोना फर्कन चाहेको बार्सिलोना फुटबल क्लबका उपाध्यक्षले बिहीबार बताएका छन् । करिब दुई बर्ष पहिले २५ करोड २० लाख अमेरिकी डलर पाउने भएपछि बार्सिलोना क्लबबाट बाहिरिएका नेयमारले फर्किन चाहेको कुरा विभिन्न सञ्चारमाध्यममार्फत आएको बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डनरले बताएका हुन् । ब्राजिलियाली घरेलु टोलीमा निकै ख्याति कमाएका नेयमारलाई पेरिस सेन्टमा रहँदा आर्थिकरूपमा त निकै फाइदा भएको छ तर उक्त क्लबबाट सोचेअनुसार प्रसिद्धि भने नआएकोले उनले बार्सिलोनामा आउने इच्छा व्यक्त गरेको भन्ने सुनिएको छ । नेयमार पूरानो क्लबमा फर्कन चाहेमा र क्लबले ल्याउने निर्णय गरे पनि उनले अहिले
More

मन्त्रिमण्डल पुनर्गठनको तयारी

काठमाडौं – केपी नेतृत्वको मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको छ । कार्यसम्पदनमा कमजोर रहेका केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने तयारी भएको स्रोतको दाबी छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो। सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन्। अहिले बालुवाटारमा क्याबिनेट बैठक बसिरहेको छ । बैठकले यसबारे निर्णय लिन सक्ने सम्भावना रहेको छ ।
More

अभिनेत्री करिश्मा मानन्धर एसईई उत्तिर्ण

अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्। तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो। यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएका थिए।
More

अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्रि सडकखण्डमा आज अटो ट्याम्पुको ठक्करबाट वृद्धको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पुले साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका– ६ बस्ने ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो । ट्याम्पुको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको नोबेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । ठक्कर दिने ट्याम्पु र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
More

नेपाल एयरलाइन्सले जापान, चीन र साउदीमा उडान गर्ने

काठमाडौँ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ। आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो। निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ। यात्रुदेखि कार्गो एजेन्टका लागिसमेत ग्लोबल बोलपत्र आह्वान गरेको हो। जीएसएको टुङुगो एक महीनाभित्र लाग्ने निगमले जनाएको छ। जीएसए प्रक्रिया पूरा गरी दशैँअघिनै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए। “साउदी उडानका लागि बोलपत्र
More

डिसी महापुराणमा उठ्यो ८ लाख २० हजार डलर

वाशिंगटन डिसी । डिसी मेट्रो सप्ताहमा बुधबार सम्ममा ८ लाख २० हजार डलरको चन्दा २ सय ७६ संकलन भएको आयोजकहरुले जानकारी दिएका छन । जस मध्ये वार्षिक नवीकरण गर्ने सदस्यहरुबाट ३ हजार २ सय १२, संस्थापक संरक्षक सदस्यबाट ४० हजार, संस्थापक प्लाटिनम सदस्यबाट १ लाख २० हजार, संस्थापक वेन्फ्याक्टर ( उपकारी) सदस्यबाट दुई लाख ४ हजार, संस्थापक आजीवन सदस्यबाट १ लाख ५३ हजार र संस्थापक गुठियार (ट्रष्टी)सदस्यबाट २ लाख ९७ हजार दान सहयोग उठेको बुझिएको छ । डिसी महानगर क्षेत्रमा सामुदायिक भवन बनाउने उद्देश्यले आयोजित डिसी मेट्रो सप्ताहमा उत्तर भर्जिनियाका विभिन्न स्थानबाट जम्मा २५५ जनाले सहयोग गर्नु भएको छ ।
More

एसईई परीक्षाको परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेकाे हाे । विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागि भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । जस्तै : एसईई स्पेस सिम्बोल नम्बर (seesymbol no) टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल
More

Ambassador Bhattarai presents credentials to Swiss President

London: Nepal’s Ambassador to Switzerland Mani Prasad Bhattarai presented his credentials to President of the Swiss Confederation Ueli Maurer on Tuesday. Ambassador Bhattarai conveyed greetings of President Bidya Devi Bhandari and Prime Minister KP Sharma Oli for the good health and happiness of Swiss President and continued prosperity of the Swiss people, according to a press statement issued by Embassy of Nepal in Geneva. Following the presentation of credentials, the ambassador thanked the Swiss President for providing development assistance for Nepal. Bhattarai also shared the policy measures taken up by Nepal in the new federal set-up. Ambassador Bhattarai presented true
More

स्रोत नखुलेको रकम सहित २ जना पक्राउ

वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटस्थितबाट स्रोत नखुलेको नगद १८ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी बस्नेहरू २० वर्षीय रंजन दास र २९ वर्षीय बाला यादव रहेका छन् । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले दास सवार ना.२५ प ३८५६ नम्बर र यादव सवार ना.५८ प ८८३९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुले आफ्नो खुट्टामा बाँधी लुकाई छिपाई ल्याएको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ दुवै जनालाई हुण्डी कारोवार सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
More

बेल्जियम पुगेर रामशरण महतले भने–गुट र उपगुटले गर्दा काँग्रेस कमजोर भयो

लण्डन । नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री डा. रामशरण महतले काँग्रेस जनताको मन जितेको सबै भन्दा ठूलो पार्टी भएपनि पार्टीभित्रको केही गुट र उपगुटले गर्दा आफैमा कमजोर बन्न पुगेको वताएका छन् । डा. महतले संगठनमा एकता, सद्भाव र मेलमिलाप भएन र बिधान अनुरुप पार्र्टी चलेन भने भविष्यमा पछुताउनुको विकल्प नरहेको पनि बताएका छन् । नेपाली जनसम्पर्क समिति बेल्जियले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महतले यस्तो बताएका हुन् । सो क्रममा महतले केही जनसम्पर्क समितिले विधि र प्रकृयालाई मिचेर निर्णय गर्दा विवाद सिर्जना भएको बताए । अर्को प्रसंगमा महतले चुनावमा टिकट वितरण गर्दा नै गतल भएकाले पार्टीले चुनाव हारेको वताए ।
More

लाखौँ ठगी गर्ने लम्साल पक्राउ

आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आपूmलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो । लम्साल तेह्रथुम जिल्लाको जलजलेका स्थायी बासिन्दा रहेको र हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ । लम्सालले बर्दिवास नगर क्षेत्रका कैयन सर्वसाधारणको जग्गा धितो राख्न लगाउँदै रु ४८ लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो । लम्साललाई बुधबार
More

दुई छोरीपछि नियोजन गर्ने दम्पती सम्मान नीति

नमोबुद्ध नगरपालिकाले दुई छोरी जन्माएपछि स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने नीति बनाएको छ । नगरप्रमुख टङ्कप्रसाद शर्माले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक अवसरमा उक्त नीति प्रस्तुत गर्नुभएको हो । ‘छोराछोरी बराबरी’ भन्ने मानसिकतातर्फ उन्मुख बनाउने उद्देश्यका साथ यस्तो नीति ल्याइएको नगरप्रमुख शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई छोरी जन्मिएपछि निराश बनेका परिवारलाई खुशीतर्फ परिणत गराउन चाहन्छौँ, यसको विकल्पमा दम्पती सम्मान तथा केही सुविधा तय गर्नेछौँ ।” उहाँले महिला तथा बालालिकालाई नीतिगत नै सम्बोधन गरिएको जिकिर गर्नुभयो । दम्पती सम्मान नीतिले ‘दुई सन्तान ः वरदान’ भन्ने जनउक्तिलाई नगरवासीले आत्मसात गर्ने उद्देश्य पनि रहेको नगरप्रमुख शर्माले बताउनुभयो
More

‘बागलुङ भ्रमण वर्ष घोषणा’

जिल्लाको बागलुङ नगरपालिकाले विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा गरेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश गरेको छ । नगरले भ्रमण वर्षमा प्रचारप्रसारस्वरुप रु तीन लाख विनियोजन गरेको छ भने उद्यम तथा रोजगार सिर्जना, गरीब न्यूनीकरण र पर्यटन शीर्षकका लागि रु ८३ लाख बजेट छुट्याइएको छ । भ्रमण वर्षको घोषणा गरी बागलुङमा पर्यटन भित्र्याउन आन्तरिक भ्रमण वर्ष मनाउने निर्णय भएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “पर्यटकको रोजाइ रहेको पोखरा, मुस्ताङ तथा म्याग्दीका वाह्य तथा आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याउने लक्ष्य छ”, पौडेलले भन्नुभयो, “यो वर्ष प्रचारप्रसारमा जोड दिन्छौँ ।” भम्रण वर्षका लागि आवश्यक
More

सडक विस्तार रोक्न अदालतको अन्तरिम आदेश

तनहुँ जिल्ला अदालतले पिप्लेदेखि बन्दीपुरसम्म भइरहेको सडक विस्तार तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । गाउँपालिका–२ बस्ने सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिका, गाउँपालिकाका अध्यक्ष, वडा नं २ कार्यालय र वडाध्यक्षलाई विपक्षी बनाई दायर गर्नुभएको रिटउपर बुधबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश दीपक ढकालले सडक विस्तारकार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गर्नुभएको हो । गाउँपालिका–२ मा अवस्थित निवेदकको नामदर्ता र स्वामित्वमा रहेको जग्गा र भौतिक संरचना हटाई बाटो फराकिलो बनाउने क्रममा निवेदकको सहमति र मञ्जुरीविना निर्माणकार्य अगाडि बढाउँदा नागरिकको सम्पत्तिको अधिकारमा प्रतिकूल असर पुग्ने भएकाले सडक विस्तारकार्य तत्कालका लागि रोक्न जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४
More

इराकमा चक्कु हानेर नेपालीद्वारा नेपालीकै हत्या

काठमाडौँ । इराकको स्वप्रशासित राज्य कुर्दीस्थानको अर्विलमा एक नेपालीले अर्का नेपाली युवाको हत्या गरेका छन् । बर्दीया स्थायी घर भएका विशाल पौडेलले देवदह नगरपालिका ९, रुपन्देहीका ३७ वर्षीय मीनबहादुर सुनारलाई चक्कु प्रहार गरी हत्या गरेको इराक मामला हेर्ने कुवेत स्थित नेपाली दूतावासले जनाएको छ। पौडल र सुनुवार एउटै कोठामा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा झगडा हुँदा पौडेलले सुनारको घाँटीमा चक्कु प्रहार गरेको बताईएको छ । अहिले हत्या आरोपित पौडेललाई प्रहरीले पक्राउ गरिसकेको छ । इराक मामिला हेर्ने कुवेतस्थित नेपाली दूतावासले सुनारको शव नेपाल पठाउनको लागि अनुमति दिइसकेको भएपनि आर्थिक अभावका कारण शव नेपाल पठाउन नसकिएको नेपालीहरुले बताएका छन् ।
More

लोकसेवा विज्ञापन विवादः सर्वोच्चमा सुनुवाई लम्बियो

काठमाडौं – स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनसम्बन्धी सर्वोच्चमा पुगेको विवाद लम्बिएको छ । सोबारेको रीटमाथि बुधबारको सुनुवाई स्थगित भएको छ । सर्वोच्चका न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको दिएपनि सो सूचना समितिमा पुगिनसकेका कारण सुनुवाइ स्थगित भएको बताइएको छ । सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रीटलाई एकै इजलासमा राखेर सुनुवाई गरिरहेको छ । एउटा रीटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएको छ । तर समितिमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश बताइएको छ । स्थानीय तहका विभिन्न ९ हजार १
More

जागरणबाट फर्किएका प्रतिनिधिको गुनासो ‘गुटबन्दीले कांग्रेस कमजोर’

राष्ट्रिय जागरण अभियानबाट फर्केका कांग्रेसका प्रतिनिधिले पार्टी गुटबन्दीका कारण कमजोर भएको सुझाब दिएका छन् । उनीहरूले माथिल्ला समितिमा हुने चरम गुटबन्दीले तल्लो तहका नेता–कार्यकर्तामा निराशा थपेको प्रतिवेदन तयार गर्न लागेका हुन् । अभियानमा केन्द्रीय प्रतिनिधिले भोगेको समस्या र गर्नेपर्ने कामसहितका विषयमा पार्टीलाई सुझाब दिने क्रममा केन्द्रीय प्रतिनिधिले जिल्लादेखि स्थानीय तहबाट पार्टी गुटबन्दीकै कारण कमजोर भएको बताए । ‘संघीयताअनुसारको नयाँ संरचनामा पार्टी संगठनलाई पूर्णता दिनुपर्छ,’ सुनसरीका प्रतिनिधि महेश आचार्यले भने, ‘तल्लो तहका नेता कार्यकर्ताले पार्टीका तह पूर्ण हुँदा मात्र कार्यक्रम झन् प्रभावकारी हुने बताएका छन् ।’विधानअनुसार पार्टी संरचना नबन्दा जागरण अभियान अपेक्षित सफल नभएको भन्दै केही प्रतिनिधिले भदौमा हुने दोस्रो चरणको
More