Daily Archives 29th June 2019

एनआरएनए युकेको निर्वाचनमा प्रसुना कँडेलको सक्रियता

लण्डन । नेपाली नर्सिङ एशोसियसनकी पूर्व अध्यक्ष सुशीला कार्कीले आफ्नी सहकर्मी प्रसुना कँडेलको उम्मेद्धारीमा कुनै प्यानलको ट्याग नलगाइकन बिजयी गराइदिन अनुरोध गरेकी छिन् । बेलायतमा रहेका झण्डै ५०० जना पेशागत नेपाली नर्सहरुको साझा संस्था नेपाली नर्सिङ एशोसियसन यूकेले आज प्लमस्टेडमा एक बिशेष कार्यक्रम गर्दै आफ्नो पूर्व अध्यक्ष प्रसुना कँडेलको उम्मेद्धारीलाई नयाँ उचाइ दिने प्रयास गरेको छ । एनआरएनए यूकेको आठौं अधिबेशन नजिकिंदै जाँदा समाजसेवामा आफ्नो उपल्लो तहको पहिचान बनाइसकेकी प्रसुना कँडेलले अघिल्लो हप्ता मात्र महिला संयोजक पदमा आफुले उम्मेद्धारी दिने सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी हुन् । कँडेलको उम्मेद्धारी आउनुपूर्व अर्की प्रत्यासी क्षमता ढकालले पनि सोही पदमा दाबी गरेकी हुन्
More

सरकार असफल भएको नेता सिंहको आरोप

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा र सुशासनमा सरकार असफल भएको आरोप लगाउनुभएको छ । गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाको आयोजनामा आज मुर्गियामा ‘लोकतन्त्र, नैतिकता, भ्रष्टाचार र सुशासनका लागि अध्ययनको भूमिका’ विषयक विचारगोष्ठीमा उहाँले मेलम्चीको पानी धारामा ल्याउन नसक्ने सरकारले पानी जहाज ल्याउने कुरा हास्यास्पद भएको टिप्पणी गर्नुभयो । नेता सिंहले सरकारले विधिको शासनलाई समेत लत्याएको उल्लेख गर्दै सरकारले विदेशी लगानी भित्र्याउन नसकेको बताउनुभयो । उहाँले सरकारले विकास बजेट समयमा नै खर्च गर्न नसकेको आरोपसमेत लगाउँदै विकास निर्माणदेखि सबै विषयमा सरकार असफल भएको दाबी गर्नुभयो । गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाले लोकतन्त्रमा अध्ययनलाई प्रभावकारी बनाउन भन्दै केही समयदेखि पुस्तकालय
More

बेलायतमा गल्कोटे भेला जुलाई २९ मा, आफ्नै घर बनाउन जुट्ने

लण्डन । गल्कोट समाज यूकेले बेलायतमा निर्माण गर्ने लक्ष्य लिएको गल्कोट हाउसको लागि रकम जम्मा गराउने कार्य सुरु गरिएको छ । गल्कोट हाउसको लागि अहिलेसम्म डेढ लाख पाउण्ड भन्दा बढिको सहयोग प्रतिबद्धता आइसकेको छ । जसबाट जुलाई महिनाको अन्त्यमा आयोजना हुने संस्थाको वार्षिक भेलाअघि ६० हजार पाउण्ड खातामा जम्मा गराइसक्ने योजना बनाइएको छ ।गल्कोट समाज यूकेले ३ देखि ४ लाख पाउण्डको लगानीमा बर्मिंगहम क्षेत्रमा आफ्नो भवन निर्माणको लक्ष्य बनाएको छ । जसको लागि डा पुष्प उप्रेतीको नेतृत्वमा अहिले डिपिआर निर्माणको कार्य भइरहेको छ । भवनको लागि आवश्यक रकम संकलनको कार्य पनि च्यारिटी दर्ताको प्रक्रिया अघि बढे संगै हाउसको लागि सहयोग
More

माफियाहरुले दशै हडप्न खोजेः महरा

काठमाडौं–सभामुख कृष्ण बहादुर महरा ‘माफिया’हरु प्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । शनिबार भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही मान्छेहरुले देशै हड्प्न दुष्प्रयास गरेको बताए । सार्वजनिक जग्गा, बन पोखरी , सामुदायिक बन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भइरहेको भन्ने सन्र्दभमा उनले ‘त्यत्ति मात्रै नभई केही मान्छेहरुले देशै हडप्न लागेको’ उनको भनाई छ । उनले यसलाई ‘राजनीतिक प्रदूषण’ को संज्ञा दिए । उनले भने, “प्रदुषण राजनीतिमा पनि छ । अहिले भर्खरै यो सामुदायिक कुनै व्यक्तिको नाममा हडप्न खोजेको सुनियो । देशै हडप्न खोजेका छन् केही मान्छेहरुले
More

आजदेखि नेपाल – अमेरिका फिल्म फेस्टिभल सुरु

नेपाल – अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०१९ आजदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रको सिल्भरस्प्रिङमा सुरु भएको छ । शनिबार साँझाबाट सुरु भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुनेछन् । महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ भने अन्र्तराष्ट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधका चलचित्र देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । विनोद पौडेलद्धारा निर्देशित चलचचित्र ‘बुलबुल’ प्रिमियर गरियो । तीन दिन सम्म चल्ने फेस्टिभल प्रविन सेङ्बोद्धारा निर्देशित ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिनेछ । महोत्सवका मानार्थ अध्यक्ष नविन सुब्बाले नेपाली समाजलाई महोत्सवले कसरी जोड्ने भन्ने
More

ब्रिटिस गोर्खा भुतपुर्व संगठन (बिगेसो) द्वारा त्रिपक्षिय सम्झौता असमान भन्दै खारेजीको माग

काठमाडौं, । ब्रिटिस गोर्खा भुतपुर्व संगठन (बिगेसो) ले १९४७ मा भारत, बेलायत र नेपालसंग भएको त्रिपक्षिय सम्झौता असमान भएको भन्दै तत्काल उक्त सम्झौता खारेजीको माग गरेको छ । संगठनले आम गोर्खाहरुमाथि विभेद भएको जनाउदै उक्त सन्धिमा सिंगापुर पुलिसमा भर्ती र बु्रनाईको जिआरयुुको बिषयमा कहीँकतै पनि सम्बोधन नगरेर नेपालीहरुलाई मानव बेचविखनसरह दास बनाईरहेको आरोप पनि लगाएको छ । संगठनले त्रिपक्षिय सन्धिलाई कथितको को एउटा पक्ष राष्ट्र बेलायतबाट पनि सिंगापुर पुलिस भर्तीका नाममा भर्ती डेस्क नै राखेर आजसम्म पनि खुलेआम रुपमा मानव तस्करी भईरहेको जनाएको छ । यदि सिंगापुर पुलिसमा कार्यरत गोर्खाहरुको रोजीरोटी, तलब, पेन्सन र सेवासुविधामा तलमाथि भयो भने कुन सन्धिको
More

पण्डिन दीनबन्धु पोखेरेललाई अमेरिकामा मानार्थ नागरिकता

काठमाडौं– चर्चित पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ । हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्डन र हर्डन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो। नेपाली समूदायप्रति गरेको योगदान तथा विश्व समूदायमा शान्ति, आत्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उनलाई अमेरिकामा मानार्थ नागरिकता प्रदान गरिएको बताइएको छ । यसैबीच पण्डित पोखरेलले अमेरिकी सरकारले प्रदान गरेको यो मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताएका छन् । उनले भनेका छन्, ‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन । अमेरिकी भूमिमा सेवा गरेबापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक मलाई मानार्थ नागरिकता प्रदान गरेको छ,
More

गाउँपालिका अध्यक्षको बालुवाखानीले पृथ्वी राजमार्गको यो हालत

धादिङ–गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबीएस कन्स्ट्रक्सन एन्ड सप्लायर्सले चलाएको बालुवाखानीको लेदोले पृथ्वी राजमार्ग फेरि अवरुद्ध बनेको छ । तीन दिनअघि पनि पृथ्वी राजमार्ग प्रभावित बनेको थियो । गाउँपालिका अध्यक्षको खानीबाट निस्किने रातो माटोको मसिनो लेदोले गल्छी–बैरेनी सडक खण्डको करिब एक किलोमिटर भूभाग ढाकेकाले यातायात प्रभावित भएको हो । स्थानीयका अनुखसार धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको छ । सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । यसैगरी राजमार्गको माथितिर खुलेका अधिकांश ग्रामीण सडकका कारण गाउँगाउँदेखि बगेर आउने बलौटे माटो राजमार्गमा थुप्रिएर पनि
More

एप्पल प्रमुखले कम्पनी छोडे

लण्डन। एप्पलका प्रमुख डिजाइन अधिकृत जोनी आइभले विहिबार कम्पनी छाड्ने घोषणा गरेका छन् । आइभले झण्डै ३० वर्ष एप्पलमा काम गरे । उनी सन् १९९२ देखि एप्पलमा काम गर्दै आएका छन् । आइभ एप्पल कर्मचारी नरहे पनि भावि दिनमा उनले सुरु गर्न लागेको डिजाइन कम्पनीको प्रमुख क्लाइन्टका रुपमा एप्पल हुनेछ । यस हिसाबले भावि दिनका एप्पलका परियोजनामा पनि उनी जोडिने छन् । एप्पलको परिचय बनेको आकर्षक डिजाइनका उपकरणमा आइभको मुख्य भूमिका रह्यो । उनी र स्टीभ जब्सको कयैन महत्वपूर्ण उत्पादनमा सफल सहकार्य गरे । तिनमा क्याण्डी रंगको आई–म्याकहरुदेखि आइ–पड र सुरुको आइ–फोन उलेख्नीय रहे । यी उत्पादनको बलमा नै झण्डै
More

एनआरएनए केन्यामा उमेद्वार भेटिएन, निर्वाचन प्रक्रिया स्थगित

लन्डन — केन्यास्थित गैरआवासिय नेपाली संघ (एनआरएनए)को चौथो राष्ट्रिय महाधिवेशन राजधानी नैरोवीमा सम्पन्न भएको छ । तर, आवश्यक उम्मेद्वारी नपरेपछि निर्वाचन प्रक्रिया भने स्थगित भएको छ । एनआरएन केन्याका अध्यक्ष कृष्णदत्त भट्टको सभापतित्वमा सम्पन्न महाधिवेशनको उद्घाटन गर्दै केन्याको लागि नेपाली अवैतनिक महावाणिज्यदूत जिम्मी अस्करले नेपालीको हित र सुरक्षाको लागि केन्या सरकारसग निकट रहेर काम भइरहेको बताए । महाधिबेशनमा उपाध्यक्ष कृष्णप्रसाद गैरेले केन्यामा नेपाली युवतीको बढ्दो तस्करी भइरहेकोले त्यसलाई नियन्त्रण गर्न भुमिका खेलिरहेको बताए । महासचिव सुरज डुम्रेले २०१७–०१९ को वार्षिक प्रतिवेदन र अध्यक्ष भट्टले आर्थिक प्रतिवेदन पेस गरेका थिए । एनआरएनए इराकका अध्यक्ष खेम पौडेलले सरकारले सधैं इराकमा कार्यरत नेपालीलाई
More

गैर–आवासीय नेपाली संघ बेलायतको कोषाध्यक्ष पदमा खकुरेलले उम्मेद्धारी दिने

गैर–आवासीय नेपाली संघ बेलायतको आगामी चुनावमा वर्तमान कार्यसमितिका सदस्य राजन खकुरेलले कोषाध्यक्ष पदमा उम्मेद्धारी दिने भएका छन् । उनले एनआरएनए यूकेको च्यारिटी कमिशनमा फण्डरेजिङ कोअर्डिनेटरको भूमिका पनि खेलेका थिए । बेक्स्ली समाज यूकेद्धारा गत शनिवार साउथ–इस्ट लण्डनको वेलिङमा आयोजित बार्षिक भेटघाट कार्यक्रममा खकुरेलले आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका हुन् । उनले एनआरएनए यूकेका अग्रजहरु, अभियन्ताहरु र बेलायतमा रहेका बिभिन्न संघसस्थाका नेतृत्वको सल्लाहमा आफुले उम्मेद्वारी दिएको बताए । बुट्स फार्मेसीमा एसिस्टेण्ट म्यानेजरको रुपमा कार्यरत खकुरेल पेशाले स्वास्थ्यकर्मी हुन् र छोटो समयमै उनले एक सफल युवा ब्यवसायीको समेत परिचय बनाएका छन् । खकुरेलको प्लमस्टेडको डाँफे रेस्टुरेण्ट एण्ड बार र वेलिङको मनकामना स्टोर साउथइस्ट
More

सुधारिदै धौलागिरी अञ्चल अस्पताल

धौलागिरी अञ्चल अस्पताल बागलुङमा सेवा प्रवाह थपिए सँगै बिरामीको चाप बढ्न थालेको छ । अस्पतालले बिशेषज्ञ चिकित्सक भित्राएर सबै प्रकारका सेवा अस्पताल भित्रै दिन थालेको छ । उपचार पाइने आसले पोखरा जाने बिरामीहरु पनि यही आउन थालेका हुन् । केही समय अघिसम्म अस्पतालमा उपचार नभएको, आएका बिरामीलाई पनि रिफर मात्र गरिएकोले नकारात्मक भ्रम फैलिएको थियो । केहीसमय देखि अस्पतालमा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी फिजिसियन, एनेस्थेसियोलोजिष्ट, सर्जन, नाक कान घाँटी बिशेषज्ञ, बालरोग विशेषज्ञ, रेडियोलोजिष्ट लगाएका बिशेषज्ञ भित्रिएका छन् । जिल्लामै बिशेषज्ञ सेवा पाउन थालेपछि बिरामीले पनि अस्पताललाई हेर्ने दृष्टीकोण फेरिएको छ । ‘अस्पतालमा बिरामीले उपचार पाउनुपर्छ, फर्काउने होइन भनेर बिशेषज्ञ खोजेर ल्याएका
More

मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा स्थायी शान्ति र समृद्धि जरुरी रहेको बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देही शाखाद्वारा बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अब देशले कुनै पनि आन्दोलन थेग्न नसक्ने भएकाले शान्तीपूर्ण बाटोबाट समस्याको समाधान खोज्नुपर्ने बताए। लामो सङ्घर्षबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरी समृद्धि हासिल गर्नतर्फ सबै लाग्नुपर्ने पूर्वराष्ट्रपति यादवको धारणा राखे । उनले सङ्घीयतामार्फत देशले तीन तहको सरकार प्राप्त गरेकाले जनताका आवश्यकता पूरा गर्नतर्फ ध्यान दिनुपर्ने बताए । “संविधानमार्फत सबै भाषाभाषी र क्षेत्रका अधिकार सुनिश्चित गरिएको छ । अब देखिएका समस्या संसद्मा छलफल गरेर संवैधानिक प्रकृयाबाट हल गर्नुपर्छ”, उनले भने। मुलुकमा लोकतन्त्र स्थापना
More

मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक युवतीको ज्यान गएको छ। झापाको पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक ४ चिया बगानस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१५प ५७६३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु५१ प ५७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दमक नगरपालिका–७ की २७ वर्षीया रम्ता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकलको ठक्करबाट स्कुटरको पछाडि सवार युवती श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा न्युरो हस्पिटल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरलाई ठक्कर दिने मोटरसाईकल चालकलाई नियन्त्रणमा लियर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। डिसी नेपाल
More