Daily Archives 30th June 2019

अष्ट्रियामा जमेका दिलकुमारको कथा

अष्ट्रिया (इन्सवर्क) । विदेशमा नेपालीले पैसामात्रै कमाएका छैनन्, आफ्नो देशको नामसमेत उच्च राखेका छन् । दामसँगै नाम पनि कमाइरहेका छन् उनीहरूले । हुन त सबैलाई नाम र दाम मिल्दैन । अष्ट्रियामा दामसँगै नामसमेत कमाइरहेका नेपाली हुन्– दिलकुमार घमाल । उनी अष्ट्रियाको सुन्दर सहर इन्सवर्कमा विगत १९ वर्षदेखि बसोबास गर्दै आएका छन् । पोखरा जन्मथलो भएका घमालले घरजमसमेत उतै बसालिसकेका छन् । उनको व्यावसायिक र समाजसेवाको यात्रामा श्रीमती सोमत घमालले दरिलो साथ दिइरहेकी छन् । घमालका १७ वर्षीय छोरा लेओनकुमार र १७ महिनाकी छोरी दिवानी घमाल छन् । उनले रेष्टुरेन्ट व्यवसायमा छुट्टै पहिचान बनाइसकेका छन् अष्ट्रियामा । अष्ट्रियाका नाम चलेकामध्ये उनको
More

विश्वकप क्रिकेटमा १९९२ पछि पहिलो पटक इंग्ल्याण्डले भारतलाई हरायो

विश्वकप क्रिकेटमा १९९२ पछि पहिलो पटक इंग्ल्याण्डले भारतलाई हरायो, शामीको ५ विकेट र रोहितको शतक काम लागेन । मोहम्मद शामीको ५ विकेट अनी रोहित शर्माको शतक पछि पनि भारतले आइसीसी विश्वकप क्रिकेटमा हार टार्न सकेन। आइतवार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले भारतको ६ खेलको अपराजित यात्रा टुङ्गाउँदै ३१ रनको जित हात पारेको हो। यस विश्वकपमा भारतको यो पहिलो हार हो। इंग्ल्याण्डले २७ वर्षपछि भारतलाई विश्वकपमा पराजित गरेको हो। सन् १९९२ मा इंग्ल्याण्डले भारतलाई ९ रनले हराएको थियो। इंग्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछ्याएको भारतले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो। जोनी बेयरस्टोबको शतक अनी लियम
More

आइफा अवार्डबारेकाे विराेधका बीच बोल्यो पर्यटन बोर्ड

काठमाडौँ–इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड–२०१९ नेपालमा आयोजना गर्ने सम्बन्धमा बजेटको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी चलिरहेका बेला नेपाल पर्यटन बोर्डले उक्त अवार्डका लागि अहिले नै बजेटको टुङ्गो लागि नसकेको स्पष्ट पारेको छ । बोर्डले आज पत्रकार सम्मेलन गरी आगामी अगष्ट महीनाको अन्तिम साता काठमाडौँमा आयोजना गर्ने तयारी गरिएको उक्त अवार्डमा लाग्ने नगद तथा अन्य सौजन्यलगायत खर्चबारे अझै वार्ताकै क्रममा रहेकाले बाहिर आएजस्तो रकम खर्च नहुने प्रष्ट पारेको छ । आइफा अवार्डको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै बोर्डले अवार्डको कार्ययोजना तयार भइनसकेको, पूर्वतयारीका विषय यकिन गर्न बाँकी रहेको तथा अवार्डको खर्च राष्ट्रिय ढुकुटीबाट
More

विवेकशील नेपाली दल डलरमा चलेकाे खुलासा

काठमाडौं । नेपालको राजनीतिक दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको दाबी गर्दै नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी दिएको छ । नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै युनियनले आज (आइतबार) आयोगमा उजुरी दिएको हो । युनियनको तर्फबाट केन्द्रीय सचिव डा. राम देव पण्डित र राजनीतिक युवा अभियन्ता मोहम्मद इरफानले आयोग कार्यालय पुगेर उजुरी दर्ता गराएका छन् । साथै उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई समेत भेटेर उजुरी बुझाएका छन् । “विवेकशील नेपाली दल’ले स्थापना कालदेखि नै विदेशी गैरसरकारी संस्थाहरुबाट पटक पटक रकम प्राप्त गरेको र गर्दै आएको करोडौं विदेशी
More

….कसैले त्यस्तो लेख्यो भने च्यातेर फ्याकिदिए हुन्छः केपी ओली

नेपाल युवा जनसंख्या भएको देश । र, श्रम गर्न नहिचकिचाउने, श्रम गर्न रुचि राख्ने जनताको देश । श्रम गर्न रुचि राख्ने भएको हुनाले र इमानदारिताका साथ श्रममा संलग्न हुने भएकै हुनाले वैदेशिक रोजगारीमा समेत नेपालीहरु रोजगार दाताहरुको छनोटमा पर्छन । किन छनोटमा पर्छन भन्दा इमानदारीताका साथ श्रमप्रति रुचि राखेर नेपालीहरु काम गर्छन, त्यसकारण ।फेरि पनि नेपालीहरु बेरोजगार छन् । यहाँनिर दुईओटा कुरा नमिलेका छन्, एउटा हामीले विकास गर्ने अभिलाषा राखेका छौं, विकास गर्न चाहन्छौं । एकातिर देश विकास गर्न चाहन्छौं । विकास गर्न काम गर्नु पर्छ । काम गर्न अवसर नपाएर युवाहरुको ठूलो संख्या बाहिर गएको छ । बाँकी संख्या
More

नेपाल प्रहरीद्वारा ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण

काठमाडौं-राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा एक प्रहरी कर्मचारीले कम्तीमा २ वटा फलफुल विरूवाको वृक्षारोपण गर्ने अभियान अन्तर्गत नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा विभिन्न जातका ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण गरेको छ । नेपाल सरकारको ‘एक नागरिक एक फलफुल विरूवा रोपण अभियान’ अन्तर्गत वातावरण संरक्षण गर्ने उद्देश्य सहित सम्बन्धित क्षेत्रका वन कार्यालय तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनसमुदायसँगको समन्वयमा सम्पूर्ण प्रहरी कार्यालय परिसरभित्र र बाहिर तथा सार्वजनिक स्थानमा गरी उक्त संख्यामा वृक्षारोपण गरिएको हो । नेपाल सरकारको उक्त वृक्षारोपण अभियानलाई उच्च महत्व दिएर सफल कार्यान्वयनका लागि सक्रिय रुपमा सहभागी भएको नेपाल प्रहरीले
More

पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो । भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो । ती प्राविधिकहरुको करार संझौता भंग गरी नियमानुसार कार्वाही गरिएको छ । कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, ५ जना सब–इन्जिनियर र २ जना असिष्टेण्ट
More

सर्लाहीमा प्रहरीको गोलि लागि १ मृत्यु, ३ घाइते र ८ प्रहरी घाइते

जनकपुर । सर्लाहीमा प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एकजना प्रदर्शनकारीको मृत्यु भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बाँकेमा भएको झडपमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएको छ। त्यस्तै स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते भएको जनाइएको छ । ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक जना बालकको ज्यान गएको थियो। ईश्वरपुर नगरपालिका वडा नम्बर१३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको थियो । अबैध उत्खनन्ले बनेको खाल्डोमा डुबेर बालकको मृत्यु
More

सरकारलाई खबरदारी गर्दै सडकमै रोपियो धान

झापा : सरकारलाई खबरदारी गराउन भन्दै झापाको भद्रपुर– बिर्तामोड सडकखण्डस्थित अन्नपूर्ण टोलमा स्थानीयहरूले मुख्य राजमार्गमै धान रोपेका छन्। बिर्तामोडबाट चन्द्रगढी जाने बाटो निर्माण सुरु भएको १४ महिनामा सडक आसपासका नाला निर्माणको काम नभएपछि स्थानीयले यस्तो शैला विरोध गरेका हुन्। स्थानीयवासी सन्तोष अग्रवालले ज्यान नै धरापमा पार्ने गरी लथालिङ्ग अवस्थामा सडक खनेर छोडेपछि धान रोपेर विरोध जनाएको बताए। ‘एकातिर स्मार्ट सिटी भन्ने’, उनले भने, ‘अर्कोतिर जनताको ज्यान नै धरापमा पार्ने गरी बाटो खनेर अस्तव्यस्त पार्ने काम मात्र भएको छ।’ बिर्तामोड–भद्रपुर सडकखण्ड आउँदो असोजसम्म पिच भइसक्नुपर्ने आयोजना हो। तर ठेकेदारको लापरबहीका कारण काम समयमा हुन सकेकोको छैन। बाध्य भएर राजमार्गको मुख्य सडकमै
More

असार १५ को धान दिवस (फोटोफिचर)

काठमाडौं। मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइएको छ । सरकारले आज धान दिवसको औपचारिक कार्यक्रम धादिङमा आयोजना गर्यो । धादिङको धुनेवेसी नगरपालिका –२ महेशफाँटमा कार्यक्रम आयोजना गरियो । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल र वातावरण संरक्षण तथा विकास समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० ले प्रवद्र्धन गरेका थिए । गटएड अर्गानिक रिसर्च सेन्टरले स्थानीय व्यवस्थापन गरेको थियो ।
More