Monthly Archives July 2019

बाढी पीडित राहतको आसमा, मन्त्रीहरुले आकाशमा चक्कर लगाए

बाढी र डुबानले उठीबास लगाएको ६ दिनपछि निरीक्षणमा आएका मन्त्री र सांसदले आकाशबाट चक्कर लगाएका छन् । उनीहरु सरकारी अधिकारीसित मात्र ‘बिफिङ’ सुनेर संघीय राजधानी फर्किएका छन् । काठमाडौंबाट बुधबार सेनको हेलिकप्टरमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक दतथा यातायातमन्त्री रघुवीर महासेठ रौतहट आएका थिए । मन्त्रीहरुसँगै पूर्वप्रम माधव नेपाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष अनिल झालगायतपनि थिए । खाली हात आएका उनीहरुले बाढी पीडित भेटेनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
More

पेन्सनसहितको सामाजिक सुरक्षा कार्यान्वयनमा

काठमाडौं– श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । ऐनअनुसार साउन १ देखि रोजगारी पाउने श्रमिकलाई रोजगारदाताले अनिवार्यरुपमा कोषमा समेट्नुपर्ने छ । ३ हजार ८८० रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औषधोपचार तथा मातृत्व, दुर्घटना तथा असक्तता, सुरक्षा योजना, आश्रित परिवार र वृद्धावस्थामा सुरक्षा योजना दिनेगरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
More

खारेज हुन लागेको कम्पनीको पक्षमा सर्वोच्च खडा भएपछि

काठमाडौं– बक्यौता नतिर्ने दूरसञ्चार कम्पनीलाई लाइसेन्स खारेजीको प्रक्रियाबाट बचाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले असार मसान्तभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रियामा जाने भन्दै युनाइटेड टेलिकम लिमिटेडलाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । युटीएलले प्राधिकरणलाई ९० करोड रुपैयाँ बुझाउन बाँकी रहेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
More

‘फेसएप’बाट आफ्नो बुढ्यौली तस्बीर बनाउनु भयो ? फसिएला

बुढ्यौलीमा तपाईँ कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेसएप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकमा धेरै प्रयोगकर्ताले यसको उपयोग गरिरहेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न समेत उनीहरुले चेतावनी दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
More

सालीसँग हिमचिम, श्रीमतीको हत्या

हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए । प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनावद्ध हत्या गरेको खुल्यो । हत्याको कारण थियो–सालीसँगको हिमचिम । रमेश पोखरा रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीय लक्ष्मी घरमै बस्थिन् । श्रीमानलाई हरेक बिहान पसलमै खाना पुर्याउँथिन् । उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको भएको थिएन । केही समयदेखि रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको
More

६०९ मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ

काठमाडौं । कपिलवस्तु, कृष्णनगर नगरपालिका २ बसपार्कस्थित बाणगंगा नगरपालिका ११ बस्ने २० वर्षीय बिशाल नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। मोरङ, बिराटनगर महानगरपालिका १५ स्थितबाट सुनसरी धरान उपमहानगरपालिका ६ घर भएका ३१ वर्षीय पूर्ण थापा मगरलाई नियन्त्रित लागूऔषध डाईजेल्याब १ सय एम्पुल, लुप्रिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल र फेनारगन २४ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले जाँच
More

कर्णाली सरकारको बजेट खर्च रु १० अर्ब

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आव ०७५/७६ मा रु नौ अर्ब ८० करोड ६५ लाख बजेट खर्च गरेको छ। मन्त्रालयगत रुपमा विनियोजित चालूगत ६ अर्ब ३७ करोड ७७ लाख ७५ हजार र पूँजीगत रु २१ अर्ब ९१ करोड, २६ लाख ४३ हजारमा कूल खर्च रु नौ अर्ब ८० करोड ६५ लाख ९१ हजार (३५%) बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता दिलीप केसीले जानकारी दिए। जसमा रु चार अर्ब ४९ करोड ६८ लाख ५४ हजार चालूगत (७१%) र पूँजीगततर्फ रु पाँच अर्ब ३० करोड ९७ लाख २६ हजार (२४%) बजेट खर्च भएको प्रवक्ता केसीले बताए। ‘सरकारले आव
More

विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब

काठमाडौं–सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरीद गर्दैछ । गत महीना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर रु ४५ करोडमा बस खरीद
More

राष्ट्रिय सभामा काँग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अर्कोे प्रतिपक्षी दल राजपाको सहयोगमा बुधबार राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । काँग्रेस सांसद राधेश्याम अधिकारीको प्रस्तावमा राजपा सांसद वृषेश चन्द्र लाल र अर्का सांसद बुद्धिप्रसाद पाण्डेको समर्थनमा प्रस्ताव दर्ता गरिएको हो । अविलरल वर्षापछि आएको बाढी पहिरोले देशभर पुर्याएको क्षतिका विषयमा प्रस्ताव दर्ता गराइएको काँग्रेसले जनाएको छ । प्रस्तावमा भनिएको छ, ‘अविरल वर्षाको कारण तराई–मधेस पहाड लगायत मुलुकका विभिन्न भागमा धेरै संख्यामा व्यक्तिहरुको हताहत भएको, त्यसै गरी निकै संख्यामा व्यक्तिहरु वेपत्ता भएको, नागरिकहरु घाइते भएका, आमजनताको घरवास, खेतबारी बगाई हजरौं जनता विस्थापित भएका, नेपाल भरी राजमार्गमा क्षति भई अवरुद्ध भएको,
More

बाढी, पहिरो र डुबानपीडितको उद्धारमा जुट्न आग्रह

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक विपत्पश्चात् देखापर्न सक्ने खाद्यान्न, कपडा र बसोबासको अभाव तथा विभिन्न रोगका सङ्क्रमणको अवस्थाप्रति सचेत भई सहायताका लागि जुट्न सबैलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता तथा सचिव भेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा पीडितमा राहत वितरणका कार्यलाई तीव्रता दिनाका साथै समन्वयका साथ सहायतामा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सबै समुदाय र सहयोगी संस्थासँग आग्रह गरिएको छ। बाढी प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन समितिमार्फत मानवीय ढङ्गबाट राहत वितरण गर्न गराउन, बेपत्ता भई अज्ञात भएका व्यक्तिको खोजी कार्यलाई तीव्रता दिन, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन
More