Monthly Archives July 2019

आरजीएनएसमा नयाँ नेतृत्व

लण्डन । लण्डनको ग्रीनवीच क्षेत्रमा बस्ने नेपालीहरुको संस्था रोयल ग्रीनवीच नेपाली सोसाइटी ( आरजीएनएस) मा नयाँ कार्यसमिति चुनिएको छ । आइतबार प्लमस्टिडमा सम्पन्न संस्थाको अधिवेसनले शर्मिला हिराचनको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको हो । यसअघिको कार्यसमितिकी उपाध्यक्ष हिराचनले आगामी दुई वर्षको लागि नेतृत्वको जिम्मेवारी पाएकी हुन् । नयाँ कार्यसमितिमा जित रानाभाट र लिलादेवी गुरुङ उपाध्यक्ष छन् भने महासचिवको जिम्मेवारीमा मञ्जु खरेल भण्डारी छन् । ज्योत्सना बस्नेत सचिव, कुमार जोशी कोषाध्यक्ष र श्रद्धा थापा सहकोषाध्यक्ष बनेका छन् । कार्यसमितिका सदस्यहरुमा तिलकराम भट्टराई, अञ्जना थापा, चक्रबहादुर राना, रुद्र गौतम, खेम शर्मा र समिर भट्टराई छन् । नवनिर्वाचत कार्यसमितिको अध्यक्ष, एक उपाध्यक्ष,
More

एनआरएन युकेको निर्वाचन: बिन्तिपत्र मार्फत निर्वाचन आयुक्त छानिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले निर्वाचनमा जातीय तथा राजनैतिक प्यानल नबनाउन आग्रह गरेको छ । आगामी सेप्टेम्वरमा संघको निर्वाचन हुँदै गर्दा यस्तो निर्णय गरिएको छ । एनआरएन केन्द्रले जारी गरेको विधानमा एनसीसी निर्वाचनमा कुनैपनि राजनीतिक तथा जातीय प्यानल बनाउन रोक लगाएको छ । आइतवार सम्पन्न बैठकको निर्णयअनुसार निर्वाचन समितिमा बस्न चाहने व्यक्तिहरुले संघको अध्यक्ष योग कुमार फगामी समक्ष आवेदन दिनुपर्ने भएको छ । संघका महासचिव राजकुमार त्रिपाठीका अनुसार समितिमा बस्न इच्छुकहरुले निर्वाचन समितिमा बसेर काम गरेको अनुभव सहित आफ्नो निवेदन पेश गर्नु पर्ने छ । संघको पछिल्लो निर्णय परम्परा र विधि विपरित भएको कतिपयले बताएका छन् । संघमा
More

विवेकशील नेपालीको नीति सम्मेलन रोल्पामा सम्पन्न

लिवाङ । विवेकशील नेपाली दलको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा सम्पन्न भएको छ । लिवाङमा १ सय ९६ जना पार्टी सदस्यहरूको उपस्थिति रहेको थियो भने करिब २ सय ५० जना सदस्यहरू नेपालभित्र र बाहिरबाट अनलाइनमार्फत सहभागी भएका थिए । नीति सम्मेलन असार १३ गतेदेखि १५ गते तीन दिनसम्म चलेको थियो । यस सम्मेलनले नेपाली राजनैतिक दलको इतिहासमा सम्भवतः नै पहिलो पटक सहभागितमूलक लोकतन्त्रको उच्चतम अभ्यास गर्दै विभिन्न नीति एवम् पार्टी विधान पारित गरेको विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेको दाबि छ। प्रवक्ता पाण्डेकाअनुसार सम्मेलनले विवेकशील नेपालीको केन्द्रीय समितिका अध्यक्ष र उपाध्यक्ष मध्ये एक, महासचिव र कोषाध्यक्ष मध्ये एक र दुई
More

विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

विराटनगर– प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान हुन पुगेको छ । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति भएको छैन। संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेको प्रहरीले जनाएको छ। त्यसपनि प्रहरीको टोलीले जवाफी फायरिङ गरेपछि विप्लवका कार्यकर्ता भागेका थिए ।
More

आइफा अवार्डलाई पैसाँ दिने निर्णय सरकारले नगरेको खुलासा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको स्पष्ट पारेका छन् । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको उल्लेख गर्दै यस्तै कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याए पनि सरकार सकारात्मक रहेको बताए । उनले आइफा नेपालमा भर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी गरे । सञ्चारकर्मी र सञ्चारकर्मीको कडा आलोचना गर्दै उनले पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताए । ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले
More

सरकारी सेवा प्रवेशको उमेर १६–३० बनाउन प्रस्ताव

काठमाडौं।सरकारी सेवामा प्रवेश उमेर घटाएर १६ देखि ३० बनाउने प्रस्ताव संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गरेको छ । महिला र अपांगताको हकमा ३५ वर्ष बनाउन प्रस्ताव गरिएको छ । यस विषयमा अन्य कानुन बाझिए–नबाझिएको हेरेर उक्त व्यवस्था गर्न समितिकी सभापति शशी श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएकी छन् । विधेयकको दफा १३ मा रहेको ‘उम्मेदवार हुनका लागि अयोग्यता’ माथि दफावार छलफल गर्दै सांसदले लोकसेवा प्रवेशको न्यूनतमदेखि अधिकतम उमेरसम्म घटाउने प्रस्ताव गरेका थिए । विधेयकमा राजपत्र अनंकित वा सोसरहको हकमा न्यूनतम उमेर १८ वर्ष रजपत्रांकित वा सोसरहको हकमा २१ वर्ष प्रवेश उमेर छ र अधिकतम उमेर पुरुषका
More

सिसडोलमा स्थानीय र प्रहरीबीच झडप

नुवाकोट : काठमाडौ उपत्यकाबाट संकलित फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोलमापुन विवाद उत्पन्न भएको छ । शनिबार स्थानीयवासी र प्रहरीबीच झडप भयो । प्रहरीले लाठीचार्ज गरी फोहोर फाल्यो । विभिन्न माग राखी फोहोर रोक्न बसेका स्थानीयमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।स्थानीयको जग्गा अधिग्रहण गरिनु पर्ने, सिसडोलको विकल्पमा अबदेखि वन्चरेडाँडामा फोहोर सिसर्जन केन्द्र निर्माण गरिनु पर्ने माग राख्दै स्थानीयले ५ दिनदेखि फोहोर फाल्न अबरोध पुर्‍याएका थिए । स्थानीयवासीको मागलाई वेवास्ता गरी प्रहरीले लाठीचार्ज गरेको ककनी वडाध्यक्ष चन्द्रबहादुर बलामीले गुनासो गरे। बलामीका अनुसार प्रहरीको लाठीचार्जबाट स्थानीयलाई घाइते भएका छन्। घाइतेहरुको काठमाडौका विभिन्न अस्पताल र स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको उनले जानकारी
More

नासुको खातामा अख्तियार पूर्वआयुक्तको पैसा

काठमाडौं – घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ। आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो। अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान दिएका झाले डेढ करोडभन्दा बढी सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन्। स्रोत नखुलेको सम्पत्ति झाले पाठकमार्फत आर्जन गरेको अनुसन्धान अधिकृतको दाबी छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि आयुक्त पाठकले राजीनामा दिएका थिए।
More

समाज कल्याण परिषद् को मातहत ?

काठमाडौं– समाज कल्याण परिषद् महिला मन्त्रालय वा गृहमन्त्रालय मध्ये कोसँग रहने भन्ने विवाद सुरु भएको छ । महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी परिषद्लाई आफू मातहत राख्न विधेयकको मस्यौदा तयार पारेको थियो । तर, गृह मन्त्रालयले सहमतिविपरित आफू मातहत ल्याउन अर्को विधेयक मस्यौदाको तयारी सुरु गरेको खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा महिला मन्त्रालयले केही दिनअघि एक कार्यदल गठन गरी विधेयक मस्यौदा बनाएको थियो ।
More

नेपाल प्रहरीद्वारा ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण

काठमाडौं । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा एक प्रहरी कर्मचारीले कम्तीमा २ वटा फलफुल विरूवाको वृक्षारोपण गर्ने अभियान अन्तर्गत नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा विभिन्न जातका ९९ हजार ५ सय २५ वटा विरूवा वृक्षारोपण गरेको छ। नेपाल सरकारको ‘एक नागरिक एक फलफुल विरूवा रोपण अभियान’ अन्तर्गत वातावरण संरक्षण गर्ने उद्देश्य सहित सम्बन्धित क्षेत्रका वन कार्यालय तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय जनसमुदायसँगको समन्वयमा सम्पूर्ण प्रहरी कार्यालय परिसरभित्र र बाहिर तथा सार्वजनिक स्थानमा गरी उक्त संख्यामा वृक्षारोपण गरिएको हो। नेपाल सरकारको उक्त वृक्षारोपण अभियानलाई नेपाल प्रहरीले उच्च महत्व दिएर सफल कार्यान्वयनका लागि सक्रिय रुपमा सहभागी भएको
More

१२५ स्थानीय तहले अनुदान नपाउने

काठमाडौं– निर्धारित समयमा गाउँ र नगर परिषद् नगर्ने स्थानीय तहलाई सरकारले कुनै प्रकारको अनुदान नदिने भएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । नेपालको संविधानको धारा ५९ को उपधारा (३) मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउन र प्रदेश र स्थानीय तहले बजेट पेस गने समय संघीय काुनुनबमोजिम हुने उल्लेख गरिएको छ । मंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालका अनुसार करीब १५० हाराहारीका स्थानीय तहले आफ्ना अनुमानित आय–व्ययको विवरण मन्त्रालयमा बुझाएका छैनन् ।
More

महेन्द्रले यसरी गरेका थिए संसद भंग

काठमाडौं–राजा महेन्द्रले ज्योतिषलाई नै साइत हेराएर संसद बैठक बोलाएपछि केही समयमै जननिर्वाचित संसद भंग भयो । २०१५ साल फागुन ७ गतेबाट सुरु भएको निर्वाचनको परिणाम छिटै आएपनि महेन्द्रलाई त्यो संसद जीवित गर्ने मन नभएकाले भंग गरिएको जान्ने बुझ्नेहरुको भनाई छ । संसद बैठक राती बोलाइएकोबारे संसद सचिवालयले प्रकाशित गरेको सूचना यस्तो थियो–नेपाल अधिराज्यको संविधानको धारा २६ अनुसार, श्री ५ बाट जनप्रतिनिधिलाई संसद २०१६ साल, असार १६ गते, रोज ३ मा रातको ११ः४५ बजे ग्यालरी बैठक, काठमाडौंमा आह्वान गरिबक्सेकाले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । राजा महेन्द्रले पहिलो महासभालाई साउन ९ र दोस्रो सम्बोधन चैत १८ गते गरेका
More

यसरी बन्छन् कानुन

काठमाडौँ– सरकारले पछिल्लो समय सदनमा दर्ता गरेका केही विधेयक आलोचित भए । सरकारका लागि विपक्षी दलहरूको आलोचना त अस्वाभाविक हुँदैन तर सत्तारूढ दलका केही शीर्ष नेताहरूले नै विधेयक तर्जुमाका क्रममा पार्टीभित्र कुनै आन्तरिक परामर्श नगरेको आरोप आयो । कतिपय शीर्ष नेताकोे अभिव्यक्ति दोस्रो तहका नेतामार्फत मुखरित भए । किन विवादमा परिरहेका छन् सरकारी विधेयक ? किन आलोचना हुन्छ मस्यौदाको ? विधेयक तर्जुमाका क्रममा हुने एक दर्जनभन्दा बढी यस्ता चरण छन्, जहाँ हरेक विधेयक परिमार्जनका थुप्रै सम्भावना हुन्छन् । मस्यौदा भएको विधेयकलाई अन्तिम रूप दिई पारितको दायित्व विधायिकासँगै सुरक्षित हुन्छ । विधायिकी परीक्षणभन्दा पहिले नै सैद्धान्तिक र विषयगत रूपमा सुधार हुने
More

धारिलो हतियार प्रहार गरी ६० वर्षीया वृद्धाको हत्या

भक्तपुर । चाँगुनारायण नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी ६० वर्षीया सावित्री भट्टराईको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको छ। घरमा एक्लै भएको अवस्थामा अपरिचित व्यक्तिले धारिलो हतियारले घाँटीमा प्रहार गर्दा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो। धारिलो हतियार प्रहारपश्चात फरार रहेको व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ। डिसी नेपाल
More