Monthly Archives July 2019

पोर्चुगलमा खुल्याे नेपाली पाठशाला

लिस्बन- पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन्। लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन्। विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन्। सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ। नेपाली बोल्न सक्ने उनलाई सजिलैसँग नेपाली पनि लेख्ने रहर छ। यहाँको सरकारी विद्यालयमा कक्षा ३ मा पढ्दै गरेकी सदीक्षा पछिल्लो समय नेपाली भाषा पनि निकै मेहनत गरेर सिक्दै छिन्। नेपालकी छोरी भएरै होला उनलाई नेपाली भाषा मोहले पनि त्यतिकै तानेको छ। नेपाली
More

जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।लुङग्री गाउँपालिका वडा नं.६ पाटेगुम्चाल बस्ने २५ बर्षीया फुर्मली बुढाथोकी, उनको सात बर्षीया छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर बुढाथोकीको जङगली च्याउ खादा मृत्यु भएको हो ।यहि साउन ८ गते जंगली च्याउ खाँदा तिनै जना विरामी परेका थिए । उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा उपचारको आज बिहान मृत्यु भएको ५ न. प्रहरी कार्यालय दागका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवराज पोख्रेलले बताए ।
More

प्रतिनिधिसभाको बैठक अवरुद्ध

नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध जनाएका थिए । सर्लाही घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गराउन माग गर्दे आएका उनीहरुले सोही माग बारे ध्यानाकर्षण गराउन उभिएको भएपनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउदै ‘सुन्य समयको कारवाही सुरु हुन्छ’ भने पछि दुवै दलका सांसदहरु नाराबाजी गदै रोष्टम घेराउ गर्न पुगेका थिए । उनीहरुले संसदीय सर्वोच्चता कामय गर, मानवअधिकार हनन गर्न पाईदैन, लाल आयोगको प्रतिवेदन सार्वजनि गर भन्दै रोष्टम
More

प्रधानमन्त्रीको चुनावी राष्ट्रियताको चेक बाउन्स भयो : चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने बताएका छन् । ५ बर्षसम्म अहिलेकै नेतृत्वलाइ सरकारलाइ चलाउन दिनुपर्ने भण्डारीको निश्कर्ष छ । उनले भने—‘ओली जी धेरै बोल्नुहुन्छ काम गर्नुहुन्न,संबैधानिक हिसाबले पनि सरकारलाइ ५ बर्ष भनिएको छ,अर्काेतिर सरकारले सिन्को नभाच्दा कांग्रेसलाइ पनि त फाइदै भएको छ,जनताका बिचमा जाने,अर्काे चुनाबमा जित्ने । ’ काग्रेसका केन्द्रिय सदस्य रहेका भण्डारीले केपी ओली नेतृत्वको सरकारका सवै पखेटाहरुमा खिया लागि सकेको टिप्पणी समेत गरे । रिपोटर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको समेत
More

समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भए गरिने क्रान्ति होः अध्यक्ष प्रचण्ड‍

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताउनुभएको छ । अध्यक्षले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।’ जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा एकतावद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने अध्यक्षले बताउनुभयो । सोमबार अध्यक्ष निवास खुमल्टारमा विप्लव समुह परित्याग गरी नेकपामा प्रवेश गर्ने सो समुहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै
More

अनेसास कोलोराडो च्याप्टरको अध्यक्षतामा तारा अधिकारी

अमेरीका। अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आज सम्पन्न साधारण सभाले तारा अधिकारीको अध्यक्षतामा ७ सदस्सिय कार्यसमिती सर्वसम्मत चयन गरेको छ । यस अधि संस्थाले दुईपटक सम्म निर्वाचन कमिटी गठनगर्दा समेत निर्वाचन प्रक्रिया सफलताका साथ सम्पन्न हुन नसकेपछि संस्थाले साधारण सभा बोलाएको थियो । सोही साधारण सभाले ७ सदस्सिय कार्यसमिती सर्वसम्मत चयन गरेको हो । हेल्पि¨ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पदाधिकारीहरु निर्विरोध चयन भएका हुन् । यसरी चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष, महासिचव, सचिव र कोषाध्यक्षमा क्रमश मिना पौडेल, संझना आचार्य, यसोदा भट्ट र रमेश कोईराला रहेका छन् भने, राजु सिटौला र दिपक सुनुवार सदस्यमा
More

सडक बालबालिका टोली फुटबल खेल्न मलेसिया

मलेसियामा आयोजना हुने ‘युथ फुटबल एण्ड लिडरसिप क्याम्प’मा सहभागी हुन २० सदस्यिय नेपाली टोली क्वालालम्पुर प्रस्थान गरेको छ । एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टिमका खेलाडीलाई मलेसिया लगिएको हो ।मलेसिया जाने टिममा छात्र र छात्रा तर्फ ९–९ खेलाडी भने टोलीको नेतृत्व तथा ब्यवस्थापन शेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्वु ओली र प्रियंका बस्नेतले गरेका छन् । भोलिदेखि पाँच दिनसम्म चल्ने क्याम्पमा फुटबलको आधारभुत कुराहरु सिकाइनेछ । त्यससँगै समस्या समाधान, रणनीतिक विचार, मानसिक विकास, ब्यक्तित्व विकास लगायतका कार्यशालाहरुमा पनि सहभागि गराइनेछ । टिमले मलेसियाको यू–१७ टिमसँग मैत्रिपूर्ण फुटबल
More

यी हुन् बलिउडमा तहल्का मच्चाउने ३० वर्षभन्दा कम उमेरका नायिका

बलिउडमा सफल हुनु चानचुने काम होइन । यहाँ सफलता प्राप्त गर्न कलाकारले निकै मिहिनेत गर्नुपर्छ । त्यसको अलवा भाग्यले पनि निर्भर गर्छ । आज चर्चा ति अभिनेत्रीको गर्न खोजेका छौ । जसले ३० बर्षभन्दा कम उमेरमै बलिउडमा सफलता हात पार्न सफल भए । आलिया भट्ट आलिया अहिले २४ बर्ष भएकी छन् । डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट नै उनको करियर उभो लागेको हो । त्यसपछि उनले ‘उडता पंंजाव‘, ‘२ स्टेट्स’, ‘डियर जिन्दगी’ र ‘राजी’बाट बलिउडमा हिट हनु सफल भइन् । कृति सनोन टाइगर श्रापको फिल्म ‘हीरोपंती’मा कृतिले राम्रो क्रेडिट पाउन सकिन् । तर ‘बरेली की बर्फी’ फिल्मको बिट्टीको भुमिकाबाट
More

एनआरएन युकेको निर्वाचन समितिको संयोजकमा डमर घले

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनको लागि प्रमुख आयुक्तमा डमर घले चयन भएका छन् । गैरआवासीय नेपाली संघ युकेको प्रमुख संरक्षक समेत रहेका घलेलाई आइतवार अल्डरशटमा सम्पन्न कार्यसमितिको बैठकले प्रमुख आयुक्तको जिम्मेवारी दिएको संघका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए । त्रिपाठीका अनुसार समितिको सहसंयोजकमा शिवजी श्रेष्ठ र अन्य सदस्यमा डा. सुमाया राई, श्री लिम्बु, चिरन्जिबी ढकाल, नरेश खपाङ्गी, कर्ण शाही, राष्ट राई, श्री लिम्बु, राजु कंडेल, दुत पुन, बिकाश रण पाइलि, निम थापा लगायत छन्। बैठकले उम्मेदवारी शुल्क समेत बृद्धि गरेको छ । बैठकको निर्णय अनुसार अध्यक्ष (१) १५०० पाउण्ड, उपाध्यक्ष (६) ११०० पाउण्ड, महासचिव ११०० पाउण्ड, सचिव
More

मोटरसाइकल चोरले फेरे शैली : काठमाडौंमा चोरी, चितवनमा किनबेच !

काठमाडौं – काठमाडौं जोरपाटीबाट धु्रवकुमार लामिछानेको मोटरसाइकल चोरी भयो। सडकमा पार्किङ गरेको नयाँ पल्सर मोटरसाइकल चोरी भएपछि उनी चिन्तित नहुने कुरै भएन। उनले तत्कालै १०० मा फोन गरेर चोरीको जानकारी गराए। उनी बौद्ध प्रहरीमा पुगे। बौद्ध प्रहरीले मोटरसाइकल खोजीका लागि महानगरीय ट्राफिक महाशाखामा जान सुझायो। उनले मोटरसाइकलको इन्जिन र च्यासिस नम्बरसहित महाशाखामा उजुरी दिए। गत असार १० गते चोरिएको उनको मोटरसाइकल चितवनमा भेटियो। महाशाखाको सइ रमेश बजगाइँको टोलीले चितवन पुगेर अपरेसन गर्दा त्यहाँ मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको पायो। गिरोहका सदस्यमध्ये एक थिए, मिलन भन्ने धनबहादुर योञ्जन। उनी यसअघि पनि काठमाडौंमा मोटरसाइकल चोरीकै आरोपमा पक्राउ परी धरौटी तिरेर छुटेका
More

सरकारी जग्गा हडपेकालाई लालपुर्जा दिन प्रस्ताव

काठमाडौं – सरकारले ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर बसेका भूमिहीन, सुुकुमबासी र अव्यवस्थित बसोवासीलाई एकपटकका लागि लालपुर्जा दिने तयारी गरेको छ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्नेगरी विधेयक संसद्मा लगेको हो। हाल उक्त विधेयक छलफलका लागि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छ। विधेयकमा हाल आवादी रहेको स्थानमा कम्तीमा १० वर्षदेखि बसोवास गर्दै आएका भूमिहीन, सुकुमबासी वा अव्यवस्थित बसोवासीलाई एकपटकका लागि सरकारले तोकिएको क्षेत्रफल नबढ्ने गरी जग्गा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ। त्यस्ता भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीलाई अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफल नबढ्ने गरी उपलब्ध गराउन सक्ने व्यवस्था पनि
More

ललिता निवास प्रकरणका अभियुक्तद्वारा ८ औं तलाबाट हामफालेर आत्महत्या

बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । पूर्व नायव सुब्बा समेत रहेका श्रेष्ठ केही समयदेखि तनावमा रहेको बुझिएको छ । सपिङ गर्ने बाहानामा त्यहां पुगेका श्रेष्ठ ८ औ तलाको रेलिङबाट हामफालेका थिए । घाइते अवस्थामा प्रहरीले पिपुल्स अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ललिता निवास घोटला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले श्रेष्ठलाई समेत पत्र काटेर बयानका लागि बोलाएपछि श्रेष्ठ केही समयदेखि तनावमा थिए ।
More

३१ अंकले घट्यो नेप्से

काठमाडौँ — सेयर बजार घट्ने क्रम आइतबार पनि रोकिएन । अघिल्लो कारोबार दिन करिब सवा १४ अंकले घटेको नेप्से आइतबार करिब १७ अंकले घट्यो । मौद्रिक नीति सार्वजनिक भएयताका दुवै दिन नेप्से घटदा बजार करिब ३१ अंक तल ओर्लेको छ । परिसूचक घटे पनि दैनिक कारोबार रकम औसतभन्दा बढी छ ।   पुँजीगत लाभकर गणना विधिको विवाद अझै समाधान भएको छैन । मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको बाध्यात्मक मर्जर आउने अपेक्षा गरिए पनि त्यो विषय नसमेटिएपछि लगानीकर्ता निरुत्साहित भएका छन् । यी कारणले नेप्से बढ्न नसकेको जानकारहरूको बुझाइ छ । मौद्रिक नीति सार्वजनिक हुनुअघि मर्जर तथा एक्विजिसनको हल्ला निकै चल्यो । यसले वाणिज्य बैंकको सेयरमा लगानीकर्ताको आकर्षण
More

स्कुल विभागको टुंगो लगाउन ओली–प्रचण्ड कसरत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् । विभाग र आयोगको जिम्मेवारी दिने विषयमा भागवण्डा भएर मोटामोटी सहमति जुटे पनि स्कुल विभागको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेकपाभित्र विवाद रहेको छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गरेपछि यसअघि बसेको सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउन सकेको थिएन । दुई नेताबीच विवाद बढेपछि पार्टीभित्र आधा दर्जनभन्दा बढी नेताहरुले स्कुल विभागको दावी
More

एक लाख ३० हजार घुससहित एकै कार्यालयका चार कर्मचारी पक्राउ

काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहित चारजना घुस रकमसहित पक्राउ परेका छन् । उनीहरुलाई एक लाख तीस हजार घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख आचार्यसहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, हलुका सवारी चालक भवदत्त जैसी छन् । कार्यालयबाट संचालीत विभिन्न कार्यक्रम वापतको पेशकी फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग उनीहरुले घुस लिएका थिए । घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिई उनीहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए । अन्नपूर्ण पोष्ट
More

कांग्रेसमा महाधिवेशनको मिति तोक्न दबाब

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेसमा महाधिवेशनको मिति तोक्न दबाब परेको छ। १४ औं महाधिवेशन आगामी फागुनमा नहुने निष्कर्षमा पुगे पनि कहिलेसम्ममा गर्ने टुंगो लागेको छैन। एउटा समूह अन्तरिम संरचना बनाएर महाधिवेशन कार्यतालिका बनाउनुपर्ने पक्षमा छ। अर्को पक्ष भने सीधै महाधिवेशनमा जानुपर्ने अडानमा छ। केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारदेखि अन्तरिम संरचना र महाधिवेशन कार्यतालिकाबारे छलफल भइरहेको छ। कांग्रेसले गत फागुनमा संघीय संरचनाअनुसारको विधान बनाएको थियो। त्यसअनुरूप पार्टीको संरचना निर्माण हुन सकेको छैन। अन्तरिम संरचना निर्माण नगरेसम्म महाधिवेशनमा जान नसकिने व्यवस्था छ। नेताहरूले उक्त व्यवस्था निलम्बन गरी सीधै महाधिवेशनमा जानुपर्ने दबाब नेतृत्वलाई छ। केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले शुक्रबारको बैठकमा विधानको उक्त व्यवस्था निलम्बनको प्रस्ताव
More

सांसदका प्रश्न थन्किए सचिवालयमा

काठमाडौं– शून्य र विशेष समयमा उठाइएका प्रश्नमा विभागीय मन्त्रीको जवाफ नपाएको भन्दै सांसदहरू असन्तुष्ट भइरहेका बेला सदनमा सोध्नका लागि दर्ता गरिएका प्रश्न पनि सचिवालयमै थन्किएका छन् । प्रतिनिधि सभा नियमावलीअनुसार सांसदहरूले विभागीय मन्त्रीलाई लिखित र मौखिक प्रश्न सदनमा सोध्न पाउने व्यवस्था छ । सो प्रक्रियाका प्रश्नहरू चालू अधिवेशनमा एउटा पनि अगाडि बढ्न सकेका छैनन् । चालू अधिवेशनमा मात्र १७८ प्रश्न दर्ता भएका छन् । सबै मौखिक प्रश्न हुन् । बजेट अधिवेशनका रूपमा रहेको अधिवेशनमा बजेट अवधिसम्म प्रश्नोत्तरको कार्यसूची नै बनेको थिएन । सदन नियमित हुन नसक्दा प्रश्नावलीको प्रक्रिया सुरु भएको छैन । प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले बजेट पारित नहुँदासम्म प्रश्नोत्तरलाई
More

बाढी प्रभावित क्षेत्रमा काम गर्न सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रियसभा बैठकले बाढी र डुबान प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन काम गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण भ्रमणमा गएको टोलीले सरोकारवालासँगको छलफल तथा जानकारीका आधारमा सुझावसहित सो निर्देशन दिएको हो। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष तिमिल्सिनाले स्थलगत निरीक्षण भ्रमण प्रतिवेदनका बारेमा जानकारी गराएका हुन्। उनले पहिचान गरिएका बाढी तथा डुबानबाट परेको प्रभाव, क्षति, राहत, उद्धार तथा पुनःस्थापनाका सम्बन्धमा उल्लेखित सुझाव कार्यान्वयन गर्न र कार्यान्वयन भएपछि सभामा जानकारी उपलब्ध गराउन सरकारलाई निर्देशन समेत दिए। गत असार २६ गतेदेखि ३० गतेसम्म देशभर परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा ठूलो
More

एनआरएन यूकेको उपाध्यक्षमा धन सार्कीले उम्मेदवारी दिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको उपाध्यक्ष पदमा धनबहादुर सार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । सार्कीले आइतबार अल्टर्शटको टेमटेसनमा आफ्ना एजेन्डासहित पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरेका हुन् । नेपालमा गोरखाबाट बसाई सरेर चितवन पार्वतीपुर पुगेका सार्कीले लन्डनबाटै होटल म्यानेजमेन्टमा डिग्री हासिल गरेका छन् । सिर्जनशील नेपाली समाज यूकेका पूर्वअध्यक्षसमेत रहेका सार्की यूरोपमा नेपाली समाजमा देखिने छुवाछुत, जातिभेद, बहुमतको जातीय दम्भ र असमावेशी चरित्रविरुद्ध बुलन्द आवाज उठाउँदै आएका छन् । १५ वर्ष गोरखा सैनिक जीवनबाट अवकास लिए पछि सार्कीले विद्यार्थी जीवन हुदै सामाजिक क्षेत्र काम गर्दै आएका छन् । एनआरएन युकेको निर्बाचन आगामी सेप्टेम्वर १४ मा हुदैछ। सो
More

एनआरएन हङकङको अध्यक्षमा पुनः राधिका गुरुङ

हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ अध्यक्षमा राधिका (टिका) गुरुङ विजयी हुनुभएको छ । आइतबार सम्पन्न सातौ अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः निर्वाचीत हुनुभएको हो । १७ सदस्सीय कार्यसमितिमा उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्ण प्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा तथा कोषाध्यक्षमा सन्तोष कुमार गुरुङको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै, महिला संयोजक अनु राई र युवा संयोजक प्रेम लामा तथा सदस्यहरु विजय कुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह पनि निर्विरोध हुनुभएको छ ।
More