Daily Archives 2nd July 2019

‘मेगा मोडल–२०१९ ’मा जोडिए आईआईएफटी स्कुल अफ फेसन र होटल आकामा

काठमाडौं । विभिन्न सांगीतिक रियालिटी शाहरु भइरहेका बेला मोडलिङ र फेसनसम्बन्धी रियालिटी शो ‘मेगा मोेडल–२०१९’ हुने भएको छ । यो ‘मेगा मोडल’को सिजन–४ बारे आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ग्ल्यामर, फेशन र मोडलिङ क्षेत्रको वृद्धिविकास र ग्ल्यामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले सन् २००८ देखि ईमेज च्यानलले प्रारम्भ गरेको ‘मेगा मोडल’को यस सिजनमा इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोलोजी ‘आईआईएफटी’ र आकामा होटल पनि जोडिएका छन् । धुम्बाराहीस्थित आकामा होटलमा मंगलबार पत्रकार सम्मेलन गरी त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा आकामा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठ, ‘आईआईएफटी’का तर्फबाट अध्यक्ष शर्मिष्ठा श्रेष्ठ र आयोजक ईमेज
More

पेस्तोल देखाएर चार लाख लुटियो

रुपन्देही–गैडहवा गाउँपालिका–४ का रेशमकुमारी मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको चार लाख आज अपराह्न ४ बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले लुटेको प्रहरीले जनाएको छ । सु१ह ३३७ नम्बरको अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेका मल्ल चढेको इरिक्सा चोकमा रोकेर पेस्तोल तेर्साएर रकम लुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मोटरसाइकलमा आएका दुई जना व्यक्तिले रकम लुटी फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । लुटेराहरूको गोली रिक्साको टायरमा मात्रै लागेकाले मानवीय क्षति नभएको प्रवक्ता भण्डारीले बताए ।
More

सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसदलाई जन्मकैद फैसला

धनुषा– जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले आज जन्मकैदको फैसला सुनाएको छ । यसअघि अदालतले पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा साहलाई जन्मकैदको सजाय सुनाएको थियो । सिङ्हानीया हत्याको करीब १० वर्षपछि गत १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाई शुरु भएको थियो । मुद्दाको सुनवाई गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद साहसहित दुई जनालाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ । लामाले सञ्जयले भनेपछि आफूले सिङ्हानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए ।
More

बेलायतबाटै चर्चित गायक कुमार पुनको सालैजो गीत रिलिज (भिडियो)

लण्डन। नेपाली लोक दोहोरी गायनको क्षेत्रमा बेग्लै पहिचान बोकेका गायक कुमार पुन सालैजो गीत लिएर दर्शक-स्रोता समक्ष आएका छन् । सांगीतिक कार्यक्रमको सिलसिलामा हाल उनी बेलायतमा रहेका छन् । ‘बामरी बामरी म भोलि गइहाल्छु बसे है रामरी’ बोलको गीतले चर्चाको शिखरमा पुगेका पुनले सालैजो गीत मार्फत म्याग्दी जिल्लाको लोकभाकालाई जर्गेना गर्न सहयोग पुग्ने विस्वास व्यक्त गरे । गीतमा कुमार पुन, जमुना राना र कुमारी चेपाङको स्वर रहेको छ । गीतको लय शब्द कुमार पुनले आफैँ तयार पारेका हुन् । स्थायी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको एरेन्ज सागर बिरहीले गरेका हुन् । गीतको भिडियोमा बद्री केसी, दिपक मैथाने मगर, सोफिया
More

मनसुन अवधिमा रेडक्रसमार्फत् २२ हजार परिवारलाई सहयोगको योजना

नेपाल रेडक्रस सोसाइटीले मनसुन पूर्वतयारी र प्रतिकार्य योजना तयार गरेको छ । पूर्व झापा देखि सुदुर पश्चिम कञ्चनपुर सम्मका २३ वटा तराई÷मधेसका जिल्लामा जनजीवनलाई वढी असर पर्ने र २ लाख ५२ हजार परिवार प्रभावित हुनसक्ने र त्यसमध्ये करिव ८२ हजार घरधुरीलाई तत्काल सहयोग गर्नुपर्ने अवस्था आवास क्लस्टरले आँकलन गरेअनुसार नेपाल रेडक्रसले त्यसमध्ये २२ हजार पाँचसय (२७ प्रतिशत) लाई आपत्कालीन आवास र गैह्र खाद्य सामग्री सहयोग गर्ने योजना बनाएको छ । तर यो आँकलन नाजुक अवस्थाको परिकल्पनामा आधारित छ । नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले भन्नुभयो ः “नाजुक अवस्थामा आवास र सामग्रीको अलावा आपत्कालीन स्वास्थ्य, स्वच्छता र सरसफाई, संरक्षण, खाद्यसामग्री
More

प्राधिकरणद्वारा कार्यविधि पारित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व बनेका घरहरुलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि पारित गरेसँगै तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुलेको हो । निर्देशक समितिले यस सम्बन्धमा गरेको निर्णय अनुरुप द्रुत गतिमा यस प्रकारका घरहरुलाई अनुदान उपलब्ध गराउन कार्यकारी समितिले सो कार्यविधि पारित गरेको हो । पारित कार्यविधि अनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनु पर्नेछ । राष्ट्रिय
More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

मेचीनगर नगरपालिका-१३ स्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुर मनहरी नगरपालिका-२ बस्ने ४६ वर्षीय ईन्द्र तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रहरी चौकी चारआलीबाट खटिएको ट्राफिक प्रहरी सहितको टोलीले ना.६ ख ११६८ नम्बरको ट्रकको कागज पत्र जाँच गर्ने क्रममा ट्रकको कागजपत्र नभएको भनी चालक तामाङले प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । सुनको सिक्री तथा नगद लुटपाट : काठमाडौं, नागार्जुन नगरपालिका-३ मिलन चोक बस्ने ३६ वर्षीया निर्मला घिमिरेको साथबाट २ तोलाको सुनको सिक्री सोमबार दिउँसो लुटपाट
More

जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्त ललितपुर नखिपोट बस्ने पाँचथर फालेलुङ गाउँपालिका घर भएका २५ वर्षीय कुल बहादुर लिम्बुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ललितपुर भैंसेपाटी बस्ने कैलालीकी १८ वर्षीया किशोरीलाई २०७५ चैत १२ गते जबरजस्ती करणी गरी फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा ललितपुर महानगरपालिका-४ नख्खु दोबाटोबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
More

भुटानमा कमल थापाले पहिलो खेल जिते

भुटानको थिम्पुमा आजदेखि ५औं भारत-भुटान मैत्रि टेनिस प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरुको सहभागिता छ। मेन्स सिंगल्स, लेडिज सिंगल्स,४५+समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन्। नेपालको तर्फबाट मेन्स सिंगल्समा एवन लिसानेविच र कमल थापा, लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५+ सिंगल्समा कमल थापा,चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्। आज मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भुटानका टासी दोर्जे लाई (७-५,७-६) र एवन लिसानेविचले भुटान कै जिग्मे नोर्बु लाई (६-०,६-२) मा पराजित गरे। लेडिज सिंगल्सको पहिलो राउण्डमा नेपालकी असलेषाले भुटानकी चेन्चो डेमलाई (६-०,६-०) मा पराजित गरिन्
More

आइफा अवार्डसम्बन्धी कार्य रोक्न संसदीय समितिको निर्देशन

ः प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा गरिने भनिएको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) पुरस्कार कार्यक्रमसम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उद्देश्यबाट उक्त कार्यक्रम प्रेरित भएको भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । भारतीय निजी कम्पनी बिजक्राप्ट इन्टरनेशनल प्राइभेट लिमिटेडलाई नेपालमा आइफा पुरस्कार कार्यक्रम गर्न दिने सम्बन्धमा नेपाल सरकार र उक्त संस्थासँग गरिने भन्ने सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामा आँच पु¥याउने रहेको समितिले ठहर गरेको छ । सम्झौताको मस्यौदामा नेपाल सरकारले व्यहोर्न पर्ने आर्थिक दायित्व अत्यन्तै अनुचित र अस्वभाविक किसिमले ठूलो
More

गृहको नक्कली लेटरप्याड, प्रवक्ता सुवेदीको किर्ते हस्ताक्षर

गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाइ प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गरिएको फेला परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट नजिकबाट एक दम्पत्ती पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो । सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने सूचनाको आधारमा महानगरिय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत किर्ते गरेको कागजात फेला परेको
More

सिनामङ्गलमा दुर्घटना : १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिनुभयो । घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।
More

मकै पोलेर जीवन धान्दै

एकातिर घामको ताप, अर्कोतिर आगोको राप । छैसठ्ठी वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् । हिजोआज मध्याह्नपछि रोकाको दैनिकी यसरी नै बित्छ । समीक्षालयचोक छेउमा सानो पाल टाँगेर मकै पोल्नु, बेच्नु रोकाको दैनिकी हो । मकै पोल्नेमा रोका एक्ली भने हुनुहुन्न । एकाउन्न वर्षीया टीकाकुमारी घर्तीको साथ उहाँलाई छ । दुवै जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकाबाट १५ वर्षअघि बागलुङ बजार झरेका हुन् । “यसरी मकै पोलेर बेच्न थालेको छ वर्षजति भयो”, घर्तीले भन्नुभयो, “हाम्रो कमाइ, पेशा यही हो ।” वर्षेनी जेठदेखि साउनसम्म मकैको व्यवसाय
More

होटलमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु

बझाङ–जिल्लाको केदार स्यू गाउँपालिकाको देउरास्थित अरुण होटलमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ । मंगलबार सर्पले टोकेर मष्टा गाउँपालिका १ डुग्री घर भएका १९ वर्षिय पवन रोकायाको मृत्यु भएको हो । सोमबार राती होटलमा सुतिरहेको अवस्थामा सर्पले रोकायाको कानमा टोक्दा राती नै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो । राती सर्पले टोक्दा तत्काल उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो मंगलबार बिहानै उपचारका क्रममा अस्पतालमा नै रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
More

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् । उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ । विद्यार्थीमा कन्र्भसन डिसअर्डर (मास हिस्टेरिया) को समस्या देखिएको भजनी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख वीरेन्द्र सापकोटाले बताउनुभयो । “बढी तनाव तथा दवाबमा पर्दा मानसिकरूपमा यस्तो समस्या आउने गर्दछ ।” सापकोटाले भन्नुभयो, “यस्तो समयमा बढी होहल्ला गर्नु हुँदैन । उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ
More

वडा कार्यालयमा मजदुरले गरिदिए तालाबन्दी

बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गत साल सम्पन्न भएको खानेपानी योजनामा काम गरेको रकम नदिएको भन्दै मजदुरहरुले तालाबन्दी गरेका हुन् । वडा कार्यालयसम्म पुग्ने रेलापानी खानेपानी योजना गत वर्ष नै फरफराक गरिएको भए पनि आफूहरुले काम गरेको पैसा नपाएकाले तालाबन्दी गरेको स्थानीय मजदुर डम्मरसिंह पन्तले बताए । आफूहरुको समस्या समाधानका लागि पटक पटक आग्रह गरेको भए पनि समस्या सम्बोधन नभएपछि बाध्य भएर तालाबन्दी गरेको उनले बताए । उनले भने ‘हामी काम गरेर खाने मान्छे हौँ । योजनाको भुक्तानी लिएर पनि हाम्रो पैसा दिएको छैन् । हामीले के गर्ने ? जनप्रतिनिधिहरुसँग
More

वरिष्ठ सङ्गीतकार राईको निधन

कैलाली । सुदूरपश्चिम प्रदेशको साङ्गीतिक क्षेत्रका धरोहर कुलदीप राईको आइतबार भारतको दार्जिलिङमा ६० वर्षको उमेरमा निधन भएको छ। उनले अढाई दशकसम्म धनगढीमा बसेर सङ्गीत प्रशिक्षण दिनु भई थुप्रै सङ्गीतकर्मी र कलाकार जन्माएका थिए। धनगढीको ऐश्वर्य विद्या निकेतन, एरिष्टो बोर्डिङ स्कुल, मालिका स्कुल, पियङ्का स्कुल, दी गर्डनगर स्कुललगायतमा सङ्गीत प्रशिक्षकका रुपमा समेत उनले काम गरेका थिए। आधुनिक सङ्गीतका सर्जक राईको निधनको खबरले आफू मर्माहित भएको उनीसँगै काम गरेका गायक कृष्ण पाण्डेले बताए। ku उनले सुदूरपश्चिम प्रदेशको पहिलो आधुनिक सङ्गीतको गीति एल्बम ‘यात्रा’मा सङ्गीत भरेको पाण्डेले बताए। ऐश्वर्य विद्या निकेतन धनगढीका पूर्वसङ्गीत शिक्षक रहेका राईको निधनको शोकमा मङ्गलबार उक्त विद्यालयमा बिदा दिइएको
More