Daily Archives 5th July 2019

आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा

माया भनेको एकअर्काको सबै कुराहरु साटासाट गर्नु र एकअर्कालाई भरपूर माया गर्नु हो । तर, यसो भन्दैमा आफ्ना सबै कुराहरु भन्नै पर्ने हुन्छ भन्ने छैन । केहि कुराहरु तपाईंले आफूमा मात्र सिमित राख्नुपर्ने हुन्छ । आफ्नो सम्बन्धको इच्छा अनुसार तपाईंले केहि कुरा लुकाउँदा नै राम्रो हुन्छ । १. आफ्नो पुरुषलाई असुरक्षित महसुस नगराउनुहोस्ः उनलाई प्रभाव पार्ने मनसायका साथ आफ्नो पूर्व प्रमीलाई आफूले धोका दिएको र आफ्नो सबैभन्दा मिल्ने साथीले दुइवटा सम्बन्धलाई मिलाएर कायम राखेको कुराहरु नभन्नुहोस् । याद राख्नुहोस्, यसलाई उनले राम्रो तरिकाले लिएको हुँदैनन् । यस्तो कुरामा उनले आफ्नो भविष्य पनि हेरेका हुन्छन् । २. आफ्नो सबैभन्दा मिल्ने साथीको
More

बाबुरामले पनि ओलीलाई सुनाए निदुली ज्यातिषीको कथा

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यागुताको कथा सुनाउँदै समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई व्यङ्ग्य गरेपछि डा भट्टराईले पनि सामाजिक सञ्जालबाटै उनीप्रति कटाक्ष गरेका छन् । उनले ओलीलाई निदुली ज्यातिषीको संज्ञा दिँदै ओली निदुली ज्योतिषी जस्तै कागताली परेर अहिलेको ठाउँमा आइपुगेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ ! त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि !’ समाजवादी पार्टीका कल्पना धमलालगायतको पार्टी प्रवेश कार्यक्रममा ओलीले यो कटाक्ष्मा
More

प्रा. डा. सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि

लन्डन — विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । प्रा. सुवेदीले आफ्ना अन्तर्राष्ट्रियस्तरका प्रकाशित कृतिबाट आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिइएको हो । अक्सफोर्ड जस्तो प्रतिष्ठित संस्थाबाट यस्तो सर्वोच्च उपाधि पाउँदा आफू गौरवान्वित भएको प्रा. सुवेदीले बताए । विशिष्ट प्राध्यापकहरुले पनि विरलै प्राप्त गर्ने यस्तो उपाधि पाएपछि प्रा. सुवेदी बेलायतको विशिष्टतम प्राज्ञिक व्यक्तित्व भित्र परेका छन् । अन्तर्राष्ट्रिय कानुनको विकासमा उल्लेखनीय योगदान गरे वापत बेलायती महारानीबाट उनले सन् २००४ मा ‘ओबिइ’ को उपाधि पाएका थिए । आफ्नो तीव्र कलममार्फत संसारभरि पढिने उच्चस्तरका ग्रन्थद्वारा
More

काठमाडौंले कुश्माबाट सिक्न सक्छ फोहोर व्यवस्थापन

कुनै बेला पर्वतको कुश्मा नगरपालिका काठमाडौंभन्दा कम थिएन। सुविधामा होइन, फोहोर र धूलोधुँवामा। अहिले तपाईं कुश्मा जानुभयो भने काठमाडौं भन्दा धेरै सफा पाउनुहुन्छ। कुश्माले आफ्नो फोहोर रूप फेरेको छ। सवारी गुड्दा उडेको धूलोले आँखै चिम्लिनु पर्ने अवस्था छैन। वा, सडकमै थुपारिएको फोहोर गन्धले नाकमुख छोप्नुपर्दैन। यहाँका सडक सफा छन्। र, कुश्माले यो नयाँ रूपमा पाउन थालेको झन्डै तीन महिना भयो। नगरपालिकाको ट्रक बिहानै साइरन बजाउँदै घरघरै आउँछ। साइरन सुनेपछि कुश्मावासी नगरपालिकाले दिएको ठूलो प्लास्टिक झोलामा फोहोर बोकेर सडक आइपुग्छन्। भएभरका फोहोर भने फाल्न पाउँदैनन्। किनकि, हरेक दिन आउने ट्रकमा हरियो स्टिकर टाँसिएको हुन्छ। र, यसले कुहिने फोहोर मात्र लान्छ। नकुहिने
More

बँदेलको आक्रमणबाट डोटीमा दुई जना युवा गम्भिर घाइते

डोटी । डोटीमा बँदेलको आक्रमणबाट दुईजना गम्भिर घाइते भएका छन्। जिल्लाको केआइसिँ गाउँपालिका १ डुम्राकोट बाउजेला भन्ने ठाउँमा शुक्रबार बिहान ७ बजेतिर खेतमा काम गरिरहेका बेला बँदेलले आक्रमण गर्दा घाइते भएका हुन्। घाईते हुनेमा के आइसिंह गाउँपालिका १ डुम्राकोट बस्ने ३० वर्षका जगत विक र २२ वर्षका इन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लाल बहादुर धामीले जानकारी दिए। घाईते दूवै जनालाई उपचारका लागि दिपायलको पिपल्लामा रहेको शैलेश्वरी अस्पताल प्रालिमा ल्याएपछि जगतको अवस्था गम्भिर रहेकाले सामान्य उपचारपछि धनगढी रेफर गरेको अस्पतालले जनाएको छ। अर्का घाइते इन्द्रको भने शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। घाईते दुवै जनाको खुट्टा, पिठ्यू,
More

एनआरएनए सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक शनिवार देखी

लण्डन – म्यान्मारको याङगुनमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेलाको तयारी पूरा भएको छ । शनिवार देखि म्यानमारको याङगुनमा आयोजना हुने भेलाका लागि प्रमुख अतिथिका रुपमा नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी हुने भएका छन् । कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत राजदूत भिम उदास विशेष अतिथिको रुपमा सहभागि हुने कार्यक्रम छ । यस्तै बैठकमा एनआरएनए संस्थापाक अध्यक्ष उपेन्द्र महतो जीवा लामिछाने, वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सल्लाहकार डा. हेमराज शर्मा लगायत पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागिता रहनेछ । यसैगरी भेलामा एनआरएनए मलेसियाका
More

जेल जानुअघि पुर्व आईजिपी रमेश चन्द्र ठकुरीले यसरी गरे सुडान काण्डको पर्दाफास (भिडियो)

काठमाडौं । सुडान घोटालामा जेल चलान भएका पूर्व आईजिपी रमेशन्द्र ठकुरीले जेल चलान हुनु अगाडि पत्रकार ऋषि धमलासँग टेलिभिजनको लागि विशेष कुराकानी गरेका छन् । आफू यो प्रकरणमा निर्दोष भएको उनको दाबी छ ।
More

तारा देवी र अरुणा लामाका गीत गुञ्जदै

‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले भोलि शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम सङ्गीत गायिकाहरूको उत्थान र प्रबद्र्धनमा समर्पित सस्था भएको बताउँदै महिला गायिकाको संरक्षण र प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उपाध्यक्ष कौशल्या गुरुङले कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीत प्रस्तुत गर्दै उहाँहरू प्रति समर्पण गरिने जानकारी दिनुभयो । कार्यक्रममा संस्थामा आबद्ध ईतु जोजिजु, कौशल्या गुरुङ, शीतल थापा, मितु
More

वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उहाँलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उहाँले बताउनुभयो । भर्खरै सम्पन्न गाउँसभामार्फत आफूले पाउने सेवासुविधा आफँैले उपभोग नगरी सामाजिक काममा खर्च गर्ने घोषणा गरेको भन्दै उहाँले अब बाँकी कार्यकालको सेवा सुविधा नलिने बताउनुभएको हो । दैनिक भ्रमणभत्ता लिँदै नलिई गाउँको विकासमा खर्च गर्ने र पारिश्रमिकबापत पाएको रकमले आफ्नो गाउँपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई न्यानो कपडा खरीद गरी वितरण गर्ने उहाँको भनाइ छ । “गाउँसभा चल्दै थियो, सबै जनप्रतिनिधिले सेवा सुविधा कम भयो
More

नेपालले सिङ्गापुरलाई ३२७ को विशाल लक्ष्य दियो

मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ । क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार विकेटको क्षतिमा ३२६ रनको योगफल बनायो । नेपालका लागि रित गौतमले सर्वाधिक ११५ रनको योगदान दिए । १३७ बल खेलेका उनले एक छक्का र १० चौका प्रहार गर्दै अविजित ११५ रन जोडेका हुन । त्यसैगरी खड्क बोहोराले ९० रनको योगदान दिँदा कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफले ४५ रन जोडे । बलिङतर्फ सिङ्गापुरका प्रणव सुदर्शन राजेश कृष्णन
More