Daily Archives 6th July 2019

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचीत (को कोले जिते भिडियो)

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको शनिबार सम्पन्न आगामी कार्यकालको निर्वाचनमा काङ्ग्रेस पक्षधर उम्मेदवारहरूले विजय हासिल गरेका छन् । प्रजातन्त्रवादी समूह भनेर परिचित काङ्ग्रेस पक्षधरको नेतृत्व केशव कँडेलले गरेका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी दिनेश पोखरेललाई पराजित गरेका हुन् । ३ हजार ७ सय ५७ मत ल्याएका पोखरेललाई कँडेलले ४ हजार १ सय ४८ मत प्राप्त गर्दे विजयी भए । अध्यक्ष पदमा ४ सय ६१ मत दुवै उम्मेदवारको विपक्ष ‘नो भोट’मा परेको छ । यसैगरी महासचिव पदमा कँडेल समुहकै डा. ज्ञानेन्द्र रेग्मी विजयी भएका छन् । उनले ४ हजार १ सय ५८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सन्तोष दाहालले
More

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय बैठक शुरु (फोटो फिचर)

लण्डन – म्यान्मारको याङगुनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेला शुरु भएको छ । शनिवार देखि म्यानमारको याङगुनमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी रहेका छन् । कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत राजदूत भिम उदास विशेष अतिथिको रुपमा कार्यक्रममा सहभागी छन् । यस्तै बैठकमा एनआरएनए संस्थापाक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष भवन भट्ट, संसद डा. सूर्य पाठक, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सल्लाहकार डा. हेमराज शर्मा लगायत पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागिता रहेका छन् । विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको
More

भारतमा केटी नजिस्क्याइयोस् भन्न यस्तो निर्णय

विद्यालयमा छात्रालाई जिस्काउने कार्य रोक्नको लागि पश्चिम बंगालको एउटा सरकारी विद्यालयले अनौठो निर्देशन जारी गरेको छ । विद्यालयले छात्र र छात्रालाई अलग अलग दिन पढाउन निर्देशन दिएको छ । पश्चिम बंगालको मालदाको हबीबपुर क्षेत्रको गिरिजा सुन्दरी विद्या मन्दिर नामको विद्यालयले यस्तो निर्देशन दिएको हो । यस निर्णय प्रति प्रशासनले असन्तुष्टि व्यक्त गरेको छ । उसले यस कदमलाई ‘अनौठो’ भन्दै यसलाई तत्काल फिर्ता लिन भनेको छ । विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ पाण्डेले छात्रालाई जिस्काएको घटना सार्वजनिक भएपछि यो कदम उठाउन बाध्य भएको बताएका छन् । निर्देशनको व्याख्या गर्दै पाण्डेले भने ,‘ अहिले विद्यालयमा अध्ययनरत केटीलाई सोमबार, बुधबार र शुक्रबार पढाइने फैसला गरिएको
More

विप्लवलाई राजनीतिक व्यवहार गर्न वैद्यको आग्रह

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले विप्लव समूहलाई राजनीतिक व्यवहार गर्न आग्रह गरेका छन्। उनले मूठभेडको नाममा विप्लवका नेता तथा कार्यकर्ताको हत्या समेत भएको भन्दै उनीहरुप्रति राजनीतिक व्यवहार गर्न तथा समस्याको राजनीतिक निकास खोज्न खोज दिएका छन् । यद्यपि वैद्यले विप्लवको कार्यदिशा रहस्यमय भएको टिप्पणी गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकको शनिबार निर्णय सार्वजनिक गर्दै वैद्यले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या झनै जटिल बन्न गएका गएको निष्कर्ष निकालेको छ भने भारतीय हस्तक्षेप निब्र भएको ठहर गरिएको छ । वैद्यले समान धारणा राख्ने राजनीतिक दलहरुसित कार्यगत एकता गरी सङ्घर्षका कामलाई
More

भारतीय तरकारी विषालु

काठमाडौं– सरकारले भारतबाट आउने तरकारी वा फलफूलमा विषादीको परीक्षण गर्ने पहिलेको निर्णयलाई स्थगित गरेकोप्रति नेकपा मसालले विरोध गरेको छ। ‘भारतीय दवावमा भएको यो कार्यलाई नेकपा (मसाल) ले गलत मान्दछ र त्यो निर्णयको तीव्र शब्दमा भत्र्सना गर्दछ’ मसाल महामन्त्री मोहन विक्रम सिंहले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले सरकारको भारतीय साम्राज्यवादप्रतिको सम्झौतापरस्त नीति मात्र होइन, नाङ्गो प्रकारको आत्मसमर्पणको प्रवृत्तिलाई पनि बताउँछ । सरकारको त्यो निर्णयबाट नेपाली जनताको स्वास्थ्यप्रति सरकारको गम्भीर प्रकारको गैरजिम्मेवारीपूर्ण कार्यशैलीलाई पनि बताउँछ ।’ अन्तर्राष्ट्रिय कानुनअनुसार नै कुनै देशको सरकारलाई अन्य देशबाट आउने खाद्यान्नको परीक्षण गर्ने अधिकार रहने भन्दै मसालले निर्णयमा परिवर्तनका लागि दवाव दिएर भारत सरकारले आफ्नो
More

पौडेलको पोष्टमार्टम रिपोर्ट तत्काल सार्वजनिक गर्न परिवारको माग

सर्लाहीमा प्रहरीद्धारा असार ५ गते हत्या गरिएका नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको परिवारसँग पत्रकार तथा मानवअधिकारकर्मीको टोलीले भेटघाट तथा छलफल गरेको छ । जनपत्रकार संगठन,नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्ट,अधिकारकर्कमि रोहित पौडेलको अगुवाईमा पुगेको पत्रकार र मानवअधिकारकर्मीको टोलीले घटनास्थलको अध्ययन गर्नुका साथै घटनाबारे स्थानीयवासी र परिवारसँग छलफल गरेको छ । छलफलका क्रममा पौडेलको परिवारले दोहोरो भिडन्तको नाममा प्रहरीले योजनाबद्ध ढंगले कुमारको हत्या गरेको बताएका छन् । कुमारका ७२ बर्षिय बुवा खिलकराज पौडेलले आफनो छोरालाई प्रहरीले पक्राउ गरेर हत्या गरेर भिडन्तमा मृत्यु भएको गलत हल्ला फैलाएको बताउनु भयो । उहाँले भन्नुभयो,‘आज मेरो छोराकोमात्रै मृत्यु भएको छैन देशको
More

अष्ट्रेलियाबाट सुरु भयो चुनावसम्बन्धी नियमावली उलङ्घन

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको नयाँ कार्यकालका लागि भएको निर्वाचनमा नियमावली उलंघन भएको छ । संघको राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली विपरित चुनाव भएको हो । नियमावलीमा उम्मेदवारले राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न नपाउने व्यवस्था भएपनि सोको उलंघन गर्दै एनआरएन अष्ट्रेलियामा समावेश र साझा समूहको नाममा दुई प्यानलबीच चुनावी भिडन्त भएको हो । समावेशी (नेकपा निकट) प्यानलको नेतृत्व दिनेश पोखरेलले गरेका छन् भने साझा (काँग्रेस निकट) प्यानलको नेतृत्व केशव कडेलले गरेका छन् । शनिबार भएको निर्वाचनमा दुबै प्यानलका उम्मेदवारले आफ्नो पक्षमा मत तान्न निर्वाचन अवधिमा समेत आचारसंहिता विपरितका कार्यहरु गरेको गुनासो आएको छ।
More

महिनौंको प्रदर्शनपछि अन्ततः सुडानी सेना झुक्यो

सुडानी सेना र विपक्षी दलका नेताबीच शक्ति बाँडफाँडसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । महिनौं चलेको विरोध प्रदर्शनपछि अप्रिलमा राष्ट्रपति ओमर अल–बसिरले सत्ता त्यागेपछिको संक्रमण समाधान गर्ने तर्फ यो पहिलो कदम भएर आएको छ । तथापि अहिले सुडानको भावि राजनीतिक शक्तिबारे अन्यौलता कायम छ । शुक्रबार भएको प्रारम्भिक सहमति अनुसार अब सुडानलाई संयुक्त सार्वभौम परिषदले शासन गर्नेछ । लगभग तीन वर्षसम्म रहने यो संयन्त्रमा सेना र नागरिक नेतृत्वबीच शक्ति फेरबदल हुनेछ । उक्त निकायलाई पहिलो २१ महिना सैन्य प्रमुखले नेतृत्व गर्नेछन् । त्यसपछि नागरिक नेताले बाँकी १८ महिना चलाउने सहमति भएको छ । त्यसपछि देशमा लोकतान्त्रिक निवार्चन हुनेछ ।
More

हत्यारालाई फाँसीको माग गर्दै कालंगा जलविद्युत आयोजनामा तोडफोड, १५ करोडको क्षती

बझाङ । सोमबार राती भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानियले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५ करोड बराबरको क्षती भएको आयोजना कार्यालयले जनाएको छ । गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल नगरपालिका २ की ललिता धामीको हत्याको विषयलाई लिएर आन्दोलन भएको हो । डडेल्धुरा जिल्ला परशुराम नगरपालिकामा पर्ने जोगबुढाका माधब बोहराले हत्या स्विकार गरी सकेका छन । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बोहरा कालंगा हाइड्रोमा एक्साभेटर अपरेटरको काम गर्दै आएका थिए । स्थानिय महेन्द्र उच्च माध्यमिक विद्यालय र
More

बिमा रकम पाउनका लागि आफ्नै ४ वर्षीया छोरीको हत्या गरेको अभियोगमा पक्राउ

रौतहट ।बिमा रकम पाउनका लागि आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा मौलापुर नगरपालिका(६ पथरा बुधराम घर भएका ३९ बर्षीय राम किसोर राय यादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा आमासँग सुतिरहेकी लक्ष्मी कुमारी मंगलबार बिहान बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा स्थानीय फगुनी राय यादवको माछापोखरीमा बालिकाको शव फेला पारेको थियो । घटना शंकास्पद भएकोले जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले गहन अनुसन्धान गर्ने क्रममा मृतकको बाबु नै शंकास्पद देखिएपछि उनलाई पक्राउ गरी सोधपुछ गर्दा घरमा निदाइरहेकी छोरीलाई रातको करिब १ देखि १स्३०
More