Daily Archives 9th July 2019

एनआरएन नागरिकता प्राप्तिको लागि ढुक्क रहन कांग्रेस नेता महरको आग्रह

लन्डन । नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघ पूर्व अध्यक्ष नैनसिंह महरले दोहरो नागरिकता प्राप्तिका लागि ढुक्क रहन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्। नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेपालको संविधानले दोहरो नागरिकता हुनेछ भनी कवुल गरिसकेका कारण संविधान अनुसार पनि दोहोरो नागरिकताको प्रवन्धबाट कोही टाढा जान नसक्ने नेता महरले बताए। नेपाली जनसम्पर्क समिति बेलायत को आयोजनमा गत आइतवार अल्डर्शटमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै नेता महरले नेपालीको सीप, क्षमता, अनुभव र लगानी नेपालको समृद्धिमा लगाउन पनि दोहरो नागरिकता हुनुपर्ने धारणा राखेका थिए। उनले आप्रवासी नेपालीको माग पुरा गराउन कांग्रेस कटिवद्ध भएको बताएका थिए। गोर्खा सैनिकको विषयमा बोल्दै नेता महरले भने,
More

लन्डनमा मनाइयो भानु जयन्ती

लन्डन । बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले लन्डनमा २०६ औं भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ मनाएको छ । वेष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा आयोजित उक्त समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली राजदूतावासका द्वितिय सचिव तथा कवि लव सुवेदीले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्न आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गरे । नेपाली भाषा साहित्यको विकासमा परिषद्को विशिष्ट योगदान र इतिहास रहेको चर्चा गर्दै प्रमुख अतिथि सुवेदीले आफ्नो पनि यस परिषदमा पुरानो संलग्नता रहेको स्मरण गरे । परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजंग शाहले आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्दै
More

१० औं भिसी कप सम्पन्न (फोटो फिचर)

लन्डन । लण्डनको फेल्थाम स्थित कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेप्लिज कम्युनिटी लन्डन वरो अफ हन्स्लोले १० औं भिसी कप गत आइतबार भब्य रुपले सम्पन्न गरेको छ। कार्यक्रममा भिक्टोरिया क्रसले विभूषित १३ जना वीर गोर्खालीको सम्झना गरी सम्मान गरियो । गोर्खालीका समाज बेलायतभरि थुप्रै रहेता पनि अदम्य साहसी वीर गोर्खालीको सम्झनास्वरूप भिसी कपसहित भिसी विजेतालाई सम्झना गर्ने संस्था गोर्खा नेप्लिज कम्युनिटी लन्डन वरो अफ हन्स्लो एक मात्र हो । नेपाली परिकारसहित खानाको टेन्ट रहेको यस भेलामा विभिन्न जानकारीका लागि टेन्ट पनि राखिएको थियो । बेलायतको सबैभन्दा ठूलो च्यारिटी साफाका बारेमा काउन्सिलर विष्णु गुरुङ र बम थापा (सूर्यवङ्शी) द्वारा जानकारी टेन्ट,
More

राजधानीमा बसमा सवार यात्रुको ५० हजार लुटियो

काठमाडौं- कलंकीबाट ललितपुर बालकुमारीतर्फ बा.४ ख ८६४८ नम्बरको बसमा जाने क्रममा ललितपुर महालक्ष्मी नगरपालिका-१४ बस्ने प्रविण कुमार शाहको ५० हजार रुपैयाँ मंगलबार बिहान लुटपाट भएको छ । प्रविणलाई अपरिचित व्यक्तिहरुले कुटपिट गरी साथमा रहेको उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त बस र चालकलाई गोंगबुबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाएको छ । प्रविणको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
More

कृष्टिना र स्टेलालाई सिँगापुरमा अन्तराष्ट्रिय उपाधि

काठमाडौं । बालबालिका सम्बन्धि अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई उत्कृष्ट सफलता मिलेको छ । सिँगापुरमा गत २६ जुन देखि १ जुलाईसम्म आयोजना भएकोे ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मा सहभागी नेपालका पाँच बालबालिका मध्य २ ले उत्कृष्ट उपाधी जितेका छन् । सो फेस्टिबलमा एशियाका ४२ देशका बालबालिका सहभागी थिए । जसमा ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा नेपाली नानी कृष्टिना खड्काले ‘लिटिल एशिया प्यासिफिक प्रिन्सेस–२०१९’ शिर्ष उपाधि जितिन् । ११ वर्षीया कृष्टिना नेसनल किड्स अफ इयर २०१८ नेपालकी सिनियर समुहकी बिजेता हुन् । यस्तै ‘एशिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डशीप फेस्टिवल–२०१९’मै आयोजित ‘मिनी एशिया प्यासिफिक प्रिन्सेस–२०१९’मा सबैलाई उछिनेर नेपाली नानी स्टेला शाहले
More

प्रतिबद्धता सहित पत्रकार गाउँले एनआरएन युकेको चुनावी मैदानमा, महासचिवमा उम्मेदवारी दिने

लण्डन । बेलायती नेपाली समाजमा अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचनले निकै चर्चा परिचर्चा पाइरहेको छ भने उमेद्वारी घोषणा गर्ने र सदस्यता बनाउने क्रम पनि तीव्र रुपमा बढ्दै गइरहेको छ । एनआरएनए यूकेको आगामी निर्वाचनमा महासचिब पदमा नारायण गाउँलेले उम्मेद्वारी दिने इच्छा व्यक्त गरेका छन् । वर्तमान सचिबको रूपमा उनको कार्यकाल अझै दुई महिनाभन्दा बढ़ी बाँकी रहेको र निर्वाचन कमिटी पनि नबनिसकेकाले तामझाम र घोषणासभा गरेर उम्मेदवारी दिनु जरूरी नठानेको उनले बताए । सचिबपछि महासचिबको खुट्किलो स्वाभाविक हो भन्ने ठानेको छु । उक्त पदका निम्ति म सर्वश्रेष्ठ, सबैभन्दा योग्य या सबैभन्दा अनुभवी हुँ भन्ने मेरो दाबी छैन । मभन्दा
More

विमला तामाङ प्रकरण : आत्महत्या होइन, हत्या हो, गृहमन्त्रीले नै छानविन गर्नुपर्छ

काठमाण्डौ । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ । घटनाको सत्य, तथ्य छानविनको माग गर्दै विमलाका परिवार तथा निर्मला हत्याकाण्ड संघर्ष समितिले स्वतन्त्र छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर समितिले घटनाको यथार्थ लुकाएर अन्याय गर्न खोजिएको भन्दै छानविन गर्न माग गरेको हो । तामाङको शव झुण्डिएको अवस्थामा असार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो । रामेछाप, दोरम्बा घर भएकी विमलाले आत्महत्या गरेको नभै हत्या भएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक
More

मन्त्रिपरिषद्को बैठकमै भाडभैलो

काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु अनुपस्थित हुने देखि बीचैमा छाडेर हिंड्ने सम्म भयो । २४ असारको विहान प्रधानमन्त्रीनिवास बालुवाटारमा ब्रेकफाष्टसहित बसेको बैठकमा सरकारको कामकारबाहीको गम्भीर समिक्षा भएको छ । बैठकमा सीमानाकामा तरकारी तथा फलफूलमा विषादी भए नभएको परीक्षणको विषय गम्भीरताका साथ उठेको छ । सरकारले राजपत्रमा सूचना निकालेर विषादी परीक्षण शुरु गरेलगत्तै परीक्षणका लागि प्राविधिक उपकरण नाकामा नरहेको भन्दै फिर्ता लिएको थियो । निर्णय लिने र फिर्ता लिनुपर्ने अवस्थाका कारण सरकार अलोकप्रीय बनेको छ । विषादी परीक्षणको निर्णय लिने र फिर्ता लिनुपर्ने मामलामा गम्भीर समिक्षा हुँदा आपूर्ति, उद्योग तथा वाणिज्यमन्त्री मातृका यादवले यसमा भएका कमी कमोरीको व्याख्या गरेका थिए ।
More

गायिका नित्या शिवाको आवाजमा ”सयौ डाँडा काटेरे“ भिडियो सहित

नेपाली गायन क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवा को आवाजमा ”सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो“ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । संगीता मल्ल ठकुरीको शब्द तथा देवेन्द्र नेवा को संगीत गीतमा रहेको छ । गीतमा मायालु जोडीहरुको मन भित्रका भित्री भावनाहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । मुकेश हुमागाइ को छायांकन , नविन निरौलाको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । ”सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो“ गीतको भिडियोमा विकाश लामिछाने र सन्जुको अभिनय रहेको छ । ”सयौ डाँडा काटेरे“ गीतको पुरा भिडियो हेर्न क्लिक गर्नुहोला ।
More

बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज भत्कने अवस्थामा

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ । आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ । निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो क्षेत्रमा कालीगण्डकी करिडोर निर्माणको काम भइरहेको छ । गलेश्वरको बेलिब्रिज खतरामा रहेकाले निर्माणाधीन अर्को बेलिब्रिज छिटो निर्माण गर्न बारम्बार दवाव दिँदै आएको तर पुल निर्माणको ठेक्का लिएको शर्मा युनाइटेड विल्डर्स जेभी काठमाडाँैले सुनेको नसुन्यै गरेको स्थानीय बासिन्दाले बताएका छन् । म्याग्दीका प्रमुख जिल्ला
More