Daily Archives 12th July 2019

इन्काउन्टरमा मारिएका भनिएका कुमार पौडेलको परिवारले भन्यो, ‘यो नियोजित हत्या हो, स्वतन्त्र छानबिन हुनुपर्छ’

काठमाडौं । दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ । शक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको उमा षड्यन्त्रपुर्वक हत्या गरिएको दाबी गरेको हो । यही असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपुर्वक हत्या भएको परिवारको दाबी छ । घट्नाको बारेमा बोल्दै मृत्तक पौडेलका भाई हरिकृष्ण पौडेलले प्रहरीसंग मुठभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए । उनले आफ्ना दाईको राजनितिक जीवनको बारेमा स्वयम सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै
More

एनआरएनले बनाएको शंखमूल पार्कमा बाढी पस्यो (तस्बिरहरु)

काठमाडौं–गैरआवासीय नेपाली संघ(एनआरएन) को सहयोगमा निर्माण भएको शंकमूल पार्कमा बाढी पसेको छ । बिहीबारदेखि परेको अविरल वर्षापछि बागमती नदीमा आएको बाढी किनार नजिकैको पार्कमा पसेको हो । बाढी पस्दा सुन्दर शंखमुल पार्क कुरुप बनेको छ । अहिलेपनि बाढीको बहाव घटेको छैन भने पार्क डुवेकै अवस्थामा छ । एनआरएन उपाध्यक्ष कुमार पन्तले पार्कमा बाढी पसेर स्वरुप बिग्रेको भन्दै दुःख व्यक्त गरेका छन् । ‘निकै दुःख गरी बनाएको, हरेक गैरआवासीय नेपालीको पसिना पोखिएको शंखमूल पार्क बाढीले यस्तो बनाएछ । निःशब्द ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । हाल वागमती किनारमा निर्माण भएको शंखमूल पार्कको व्यवस्थापन तथा सञ्चालन जिम्मा एनआरएनले ललितपुर महानगरलाई दिएको
More

उद्दारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्दार गर्न र सम्भावित क्षति न्युनीकरण गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी केहि स्थानमा तत्काल बहाव खुलाउने काम भएको र अन्य स्थानमा पनि प्रयास भइरहेको बताए । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा बोल्ने क्रममा उनले विपदमा परेकाको उद्दार र राहतमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जनाउँदै उद्दार र राहत कार्यलाई प्रभावकारी बनाउन समन्वयात्मक रुपमा परिचालित निर्देशन दिएका हुन् । प्रकोप क्षेत्रमा उद्दारका आवश्यक उपकरण, आवश्यक
More

८ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल करीब ८ घण्टापछि सञ्चालनमा आएको छ । शुक्रबार साढे ७ बजेतिर यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको थियो । नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । घाँसे मेदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको विमानस्थलले जनाएको छ । अहिले उडान र अवतरण सहज रुपमा भइरहेको छ ।
More

पत्रकार नरेन्द्र बस्नेतको तीज कोसेली रुन बरी लै सार्वजनिक (भिडियो)

लण्डन । हिन्दू नेपाली नारीहरुको तीजको अवसर पारेर पत्रकार नरेन्द्र बस्नेतको तीजको कोसेली “रुन बरी लै” गोर्खा अनलाइन रेडियो यूकेको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । यस अघि पनि नरेन्द्र बस्नेतले पापी घरैमा, चिटिक्कै मलाई सुहायो जस्ता लोकप्रिय गीतहरु सार्वजनिक गरिसकेका छन् । गायिका कला पंगेनी र गायक खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्द रहेको उक्त गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा शंकर बीसी को निर्देशन रहेको छ भने शंकर बिसी र रीना थापा मगरले अभिनय रहेको छ । तेस्तै गरि भिडियोमा मधुर बस्नेतको छायांकन, नबिन घर्ति मगरको सम्पादन र मेघराज बस्नेतको
More

नेपालमा बाढी-पहिरोबाट १७ जनाको ज्यान गयो, ७ जना वेपत्ता

काठमाडौं– अविरल वर्षापछि आएको बाढी पहिरोबाट १७ जनाका मृत्यु भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थान बाढी तथा पहिरो गएको छ । काठमाडौंमा वर्षापछि पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने एक जनालाई खोलाले बगाएको छ । प्रहरीका अनुसार विभिन्न २० जिल्लामा बाढी तथा पहिरोबाट मानवीय क्षति भएको छ। घटनामा ७ जना घाइते पनि भएका छन् भने ४ जनाको उद्दार गरिएको छ । बाढी पहिरोबाट खोटाङमा ३, ओखलढुंगामा १, भोजपुरमा २, पर्सामा १,काभ्रेमा दुई तथा रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १–१ जनाको मृत्यु भएको छ।
More

लिभरपुलले गर्‍यो भव्य च्यारिटी कार्यक्रम, रासकोट अस्पताललाई ३ लाख रुपैयाँ संकलन

लण्डन । लिभरपूल नेपाली समाजले गत आइतबार एक भव्य च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । नेपालको विकट जिल्ला कालीकोटमा बन्दै गरेको रासकोट सामुदायिक अस्पतालका लागि रकम संकलन गर्न समाजले च्यारिटी कार्यक्रमको आयोजना गरेको हो । लिभरपूल निवासी युवा व्यवसायी माधव प्रसाद आचार्य र पार्वती सुवेदीको संयोजनमा भएको कार्यक्रमबाट अस्पतालको लागि लगभग २१०० पाउण्ड अर्थात करीब तीन लाख नेपाली रुपैया संकलन भएको छ । च्याटिी कार्यक्रममा स्थानीय कलाकारको नृत्य प्रस्तुती रहेको थियो भने चर्चित गायक उज्वल भण्डारीले गायकी मार्फ़त प्राप्त हुने सबै पारिश्रमिक रासकोट अस्पतालर्ई प्रदान गरे । लिभरपूल नेपाली समाजका अध्यक्ष डा शम्भु आचार्य लगायत सम्पूर्ण समाजका सदस्यहरुले उक्त कार्यक्रम
More

नाकामै विषादी परीक्षणको माग राख्दै नेविसंघको प्रदर्शन

काठमाडौं–नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पुतलीसडकमा प्रदर्शन गरेको छ । सरकारले तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा शुक्रबार दिउँसो नेविसंघले विरोध प्रदर्शन गरेको हो । विदेशबाट आयात गरिने तरकारी तथा फलफुलको नाकाहरुमै विषादी परिक्षणको व्यवस्था गरिनुपर्ने माग राखेका छन् । शंकर देव क्याम्पसका नेविसंघका लोकप्रिय नेता दीपक ओझाको नेतृत्वमा नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको हो । नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण पुनः नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्ने नेविसंघ नेता बबि जोशीले बताए । विद्यार्थी नेताहरु अमोद अधिकारि, अरुण के सि , छ्त्र रावल , जिवन बिष्ट, मिलन खतिवडा, सिजन खड्का, कृष्ण
More

विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो । सोलुखुम्बु नेचासल्यान गाउँपालिका वडा नं २ खाल्पा माइती घर भएकी खड्का विप्लव समूह गठन भएको विसं २०७१ मङ्सिर ८ गतेदेखि नै सो पार्टीमा आबद्ध थिइन् । उनी पार्टीको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक हुँदै विगत एक वर्षदेखि सोलुखुम्बु जिल्लाको सेक्रेटरी भई काम गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी खड्काबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले
More

तेह्र दिनको शिशु चोरी गर्ने पक्राउ

उपचारको क्रममा रहेको शिशुलाई चोरी गर्ने दुई महिलालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार मध्यराति प्रसूति विभागको वार्डबाट १३ दिनको शिशु चोरी भएको थियो । पक्राउ पर्नेमा भारत नयाँदिल्ली फरीदावाद घर भई हाल धरान–५ देवीगाउँ माइती घरमा बस्दै आएकी २७ वर्षीया लीला विश्वकर्मा र उनकी भाउजु नाता पर्ने धरान–१५ बगरकोट बस्ने ४२ वर्षीया मीना लिम्बू (विश्वकर्मा) लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–१ का जितनारायण मेहता र बबिता मेहताको १३ दिनको शिशु (छोरा) उनीहरुले चोरी गरेका थिए । बबिताले
More