Daily Archives 16th July 2019

नेकपाको एकता टुंगियो

काठमाडौँ– अन्ततः नेकपाको एकता प्रकृया टुंगोमा पुगेको छ । नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भागबण्डामा सहमति भएपछि नेताहरुले असार भित्रै एकता प्रक्रिया सक्ने भन्दै आएको बाचा पनि पूरा भएको छ । अध्यक्षद्धयसँगको मंगलबारको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा समेत सहभागी थिए । मंगलबारको ेछलफलपछि एकता प्रकृया टुगिएको महासचिव विष्णु पौडेलले बताए । उनले भने, ‘एकता प्रकृया निष्कर्षमा पुगेको छ । अव साउन ५ गते सचिवालय बैठकले अनुमोदन गरेर घोषणा गरिन्छ ।’ महासचिव पौडेलले कुन पद को व्यक्तिलाई तोक्ने भन्ने निर्क्यौल सचिवालय बैठकले गर्ने बताए । नेकपामा ३२ वटा विभभाग रहेका छन् ।
More

विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले विषादीयुक्त फलफूल तथा तरकारी नेपाल भित्र्याउने गरी सरकारले गरेको निर्णय लागू नगर्ने गरी यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। यो आदेशले विषादी परीक्षण पुनः सञ्चालन गर्नुपर्ने भएको छ। गत असार १८ गते सीमा क्षेत्रमा विषादी परीक्षण रोक्नेविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। यसपूर्वको अन्तरिम आदेश निरन्तर कायम राख्ने कि नराख्ने भन्ने विषयमा हिजो र आज निरन्तर बहस भएको थियो । आजको विषादीविरुद्ध परेका तीनवटा रीटमध्ये भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र नारायणप्रसाद दुवाडी रहेको पहिलो रीटको आजको पेशीमा रिट निवेदक स्वागत नेपाल
More

बाढी र पहिरो पिढीतलाई सहयोग गर्न एनआरएनको आग्रह

लन्डन । बाढी र पहिरो पिढीतलाई सहयोग गर्न गैरआवासीय नेपाली संघले आग्रह गरेको छ । संघका प्रवक्ता भूषण घिमिरेले मंगलवार एक बिज्ञप्ति जारी गर्दै स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई समेत यस दुखद घडीमा आआफ्नो स्थानबाट सहयोग गर्न अपिल गरेका हुन् । बिज्ञप्ति , केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको जनधन क्षतिको घटनाले गैरआवासीय नेपाली संघलाई निकै मर्माहत र स्तब्ध बनाएको छ । अकल्पनीय र यस दुःखद प्राकृतिक विपद्का कारण निधन हुनु भएकाहरुप्रति यस संघ भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ भनिएको छ । यस्तै संघले, प्राकृतिक
More

कोलोराडोमा भानु जयन्तिको अवसरमा कवि गोष्ठी

अमेरीका(अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा २०६ औं भानु जयन्तिको अवसरमा साहित्यिक कवि गोष्ठी तथा संस्थाको साभारण सभा हुने भएको छ । वेष्ट मिनिष्टर स्थित होटल क्वालिटीको सभाकक्षमा आगामी जुलाई २८ तारिकका दिन दिउसो १ देखी भानु जयन्तिको अवसर पारेर साहित्यिक कार्यक्रम तथा संस्थाको साधारण सभा हुन लागेको हो । १८७१ असार २९ गते तनहुको रंघामा जन्मीएका भानुले नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृती, धर्म, दर्शन, चरित्र, मर्यादा, कर्तब्य र देशप्रेम जस्ता समग्र बिषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर उनले आदिकविको मान्यता पाएका हुन् । आधुनिक नेपाली भाषा साहित्यको आधार स्तम्भ आदी कवी भानुभक्त्त नेपालका राष्ट्रिय बिभुती समेत
More

भोजपुरमा सिंचाई डिभिजन इन्जिनियर १ लाख ८० हजार घुससहित पक्राउ

भोजपुर । सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुखलाई १ लाख ८० हजार घुस रकमसहित अख्तियारले रंगेहात सोमबार पक्राउ गरेको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा मध्यान्ह १२ बजेतिर अख्तियारले पक्राउ गरिएको हो । षडानन्द नगरपालिका वडा नं. १३ मा रहेको छाँगे खोला सिंचाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफराक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्ष लगायत पदाधिकारीबाट इन्जिनियर यादवले उक्त रकम लिएको बताइएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको करिब ९८ लाख लागत अनुमान रहेको सो सिंचाई आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैंयाको
More

नेजा कार्यवाहक अध्यक्षमा न्यौपाने

टेक्सस (अमेरिका)– नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आइतबार बसेको बैठकले कार्यवाहक अध्यक्षमा विकास राज न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको छ । नेजाका अध्यक्ष सुदीप पन्तले घरायसी तथा पारिवारिक कारण दर्शाउँदै शुक्रबार दिनुभएको राजिनामालाई स्विकृत गर्दै बैठकले वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । नेजाको विधानको धारा ५.१.३ बमोजिम वरिष्ठ उपाध्यक्ष न्यौपानेलाई बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महासचिव किरण मरहठ्ठाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैठकले एक वर्षको अवधिमा पु¥याएको योगदानको लागि पन्तलाई धन्यवाद ज्ञापन पनि गरेको छ । सन् २०१८ को जुलाईमा वासिङटन राज्यको सियाटलमा भएको नेजाको १२ औं साधारण सभाले पन्तको नेतृत्वमा कार्यसमिति चयन
More

बादर लखेट्न जाँदा लडेर एक जनाको मृत्यु

बागलुङ – मकै खान आएका बाँदर लखेट्न जाँदा भिरबाट लडेर बागलुङ नगरपालिका–४ कुँडुलेका २२ वर्षीय सुदर्शन पौडेलको मृत्यु भएको छ । बाँदर धपाउने क्रममा चिप्लीएर भिरबाट खस्दा सुदर्शनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका नायव प्रहरी उपरीक्षक झविन्द्र प्रसाद भट्राईले जानकारी दिए । भिर बाट चिप्लिएर खसे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले भिरबाट ५ सय मिटर तलबाट सुदर्शनको शव फेला पारेको भट्राईले बताए ।
More

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका बजेटसम्बन्धी चार विधेयक प्रमाणीकरण गरेकी छन्। उनले आज विनियोजन विधेयक २०७६, आर्थिक विधेयक, २०७६, राष्ट्र ऋण उठाउने विधेयक, २०७६ र ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७६ प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति भण्डारीले उक्त विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्। रासस
More