Daily Archives 17th July 2019

विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब

काठमाडौं–सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरीद गर्दैछ । गत महीना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर रु ४५ करोडमा बस खरीद
More

राष्ट्रिय सभामा काँग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अर्कोे प्रतिपक्षी दल राजपाको सहयोगमा बुधबार राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । काँग्रेस सांसद राधेश्याम अधिकारीको प्रस्तावमा राजपा सांसद वृषेश चन्द्र लाल र अर्का सांसद बुद्धिप्रसाद पाण्डेको समर्थनमा प्रस्ताव दर्ता गरिएको हो । अविलरल वर्षापछि आएको बाढी पहिरोले देशभर पुर्याएको क्षतिका विषयमा प्रस्ताव दर्ता गराइएको काँग्रेसले जनाएको छ । प्रस्तावमा भनिएको छ, ‘अविरल वर्षाको कारण तराई–मधेस पहाड लगायत मुलुकका विभिन्न भागमा धेरै संख्यामा व्यक्तिहरुको हताहत भएको, त्यसै गरी निकै संख्यामा व्यक्तिहरु वेपत्ता भएको, नागरिकहरु घाइते भएका, आमजनताको घरवास, खेतबारी बगाई हजरौं जनता विस्थापित भएका, नेपाल भरी राजमार्गमा क्षति भई अवरुद्ध भएको,
More

बाढी, पहिरो र डुबानपीडितको उद्धारमा जुट्न आग्रह

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक विपत्पश्चात् देखापर्न सक्ने खाद्यान्न, कपडा र बसोबासको अभाव तथा विभिन्न रोगका सङ्क्रमणको अवस्थाप्रति सचेत भई सहायताका लागि जुट्न सबैलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता तथा सचिव भेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा पीडितमा राहत वितरणका कार्यलाई तीव्रता दिनाका साथै समन्वयका साथ सहायतामा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सबै समुदाय र सहयोगी संस्थासँग आग्रह गरिएको छ। बाढी प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन समितिमार्फत मानवीय ढङ्गबाट राहत वितरण गर्न गराउन, बेपत्ता भई अज्ञात भएका व्यक्तिको खोजी कार्यलाई तीव्रता दिन, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन
More

५३ वर्षीय गोर्खा सन्तानको पक्षमा ट्राइब्युनलको फैसला

लन्डन- भूतपूर्व गोर्खा विधवाका एक ५३ वर्षीय छोरालाई बेलायतको अध्यागमन सम्बन्धी एक अदालतले ब्रिटेनमा आवासीय अधिकार दिन फैसला गरेको छ। यति बढी उमेरका ब्रिटिश गोर्खा सैनिकका सन्तानलाई बेलायत आउन दिन ब्रिटिश ट्राइब्युनलले फैसला गरेको यो पहिलो पटक हो। दमक, झापा निवासी बीबी कुमार लिम्बुले ७६ वर्षीय आमा फिरेंद्र माया लिम्बुसंगै बेलायत आउन दिएको निवेदन होम अफिसले खारेज गरिदिए पछि उनको तर्फबाट एभरेस्ट ल सोलीसिटर्सले अपिल गरेको थियो। सो अपिलमा गत महिना भएको सुनुवाइ पछि फस्ट टियर ट्राइब्युनलले बीबी लिम्बुलाई बेलायत आउन अनुमति नदिने होम अफिसको निर्णय न्यायोचित नभएको फैसला सुनाएको छ । अदालतले ब्रिटेनको मानव अधिकार सम्वन्धि ऐन १९९८ को
More

रिचार्ज कार्ड लगायत बिभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न पक्राउ

धादिङ(रिचार्ज कार्ड लगायत बिभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न ज्वालामुखी(१ रातोमाटे बस्ने २० वर्षीय कमल कुमाललाई गोर्खा, गण्डक गाउँपालिका(१ घर्तिगाउँबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । असार १८ गते राति धादिङ बेनिघाट रोराङ गाउँपालिका(५ बाँदरेस्थित दिपेन्द्र सिलवालको पसलबाट नगद २ हजार‚ ४७ हजार रुपैयाँ बराबरको विभिन्न रक्सी र एनसेल तथा एनटिसीको रिचार्ज कार्डहरु समेत गरी जम्मा ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा कुमाललाई प्रहरीले पक्राउ गरेको हो । कुमालको साथबाट प्रहरीले १८ हजार १ सय रुपैयाँ बराबरको रिचार्ज कार्ड समेत बरामद गरेको छ ।
More

बाढीपहिरो पीडितका लागि राहत संकलनमा जुट्यो नेविसंघ

काठमाडौं–नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाढीपहिरो तथा डुबान पीडितका लागि सहयोग रकम संकलन गरेको छ। बुधबार काठमाडौंका नेपालटार, बाइपास, माछापोखरी लगायतका ठाउँमा सहयोग नगद र जिन्सी सहयोग संकलन गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशील भट्टले जानकारी दिए । बुधबार ४९ हजार ५७१ हजार नगदका साथै जिन्सी लत्ताकपडा राहत सहयोग संकलन गरिएको उनको भनाइ छ । संकलन भएको राहत पीडितसमक्ष वितरण गर्ने नेविसंघका नेता निरन्जन थापाले जानकारी दिए।
More

Government raises tourist visa fees

KATHMANDU: The government has raised tourist visa fees for foreigners effective from Wednesday, also the starting of the new fiscal year – FY2019/20. The Department of Immigration (DoI) has increased the visa fees for tourist, students, non-tourist, business and residential visa types. It had already been a decade since the visa fee was last raised. Ram Chandra Tiwari, director at DoI, said: “We have raised the fee after much planning and a meticulous homework for almost three years.” After the hike, tourist visa fee for 15 days (multiple entry) is US $30, up from $25. Likewise, the fees for 30
More

कला लम्सालको मौलिक तिज गित “पातली” (भिडियो)

काठमाडौँ । चर्चित गायिका कला लम्सालको तिज गित “पातली” सार्वजनिक भएको छ । गुरु पुर्णिमाको दिन “पातली” सार्वजनिक भएको हो । नेपाली हिन्दु नारीको बिशेष पर्व हरितालिका तिज लक्षित गित “पातली” नेपाली मौलिक संस्कृतिको महत्व बोकेको भएको गायिका लम्सालले बताउनुभयो चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गितमा चर्चित मोडल करिश्मा ढकाल र लम्साल लगाएतको छ । सुमधुर स्वरकी धनी लम्सालको स्वरमा सजिएको गितले नेपाली लोकसंस्कृतीको रक्षार्थ भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
More

अल्डरशटमा ‘बीर विक्रम २’ को रेड कार्पेट प्रिमियर शो

लन्डन । पछिल्लो समय कयौं राष्ट्रिय अवार्ड र सम्मानले चर्चामा रहेका मिलन चाम्स निर्देशित चलचित्र ‘बीर विक्रम २’ को बेलायतमा ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो गरिएको छ । सपन इन्टरटेनमेन्ट लिमिटेडले आइतबार अल्डरसटस्थित प्रिन्सेस हलमा शो गरेको हो । शोमा नेपालबाट निर्देशक चाम्स र नायिका वर्षा सिवाकोटी समेत सहभागी थिए । कलाकारहरु लिमोजिन चढेर कार्यक्रम स्थल पुग्दा उपस्थित दर्शकहरुले उनीहरुलाई खादा र पुष्पगुच्छा दिएर रेड कार्पेटमा न्यानो स्वागत गरे । सो अवसरमा नायिकाहरु वर्षा सिवाकोटी र जसिता गुरुङ थप आकर्षण बनेका थिए । दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त शोमा यूकेस्थित कलाकारहरु सनमकुमार बैराग, प्रसुना कंडेल, 
रोमियन लिम्बु, ध्रुव दत्त, रुपा
More

नेपाली कम्युनिटी नर्दन आयरल्याण्डको अध्यक्षमा थापा

लण्डन। नेपाली कम्युनिटी नर्दन आयरल्याण्डको पाँचौ अधिवेशन बेलफास्टमा सम्पन्न भएको छ । अधिवेशनबाट बल बहादुर थापा सभापतिमामा निर्विरोध निर्वाचित भएका छन् भने उपसभापतिमा शान्ति कँडेल, सचिवमा पुर्णश्रवर कँडेल सह–सचिवमा तेज बहादुर रेग्मी, कोषाध्यक्षमा गोमा खड्का निर्विरोध निर्वाचित भएका छन् । नौ सदस्यीय कार्य समितीमा परशुराम पौडेल, निर्जल क्षेत्री, रेशम सुवेदी र शिव सापकोटा सदस्यमा निर्वाचित भएका छन् । नव निर्वाचित सभापति थापाले विगत चार वर्ष देखि कम्युनिटीको उपसभापति तथा त्यस पहिले महासचिवको रुपमा कार्य गरी सकेका छन् । अधिवेशनको उद्धाटन गर्दै बिबिसी नेपाली सेवाका प्रथम प्रस्तोता तथा कुनै पनि विदेशी विधुतिय सञ्चार माध्याममा नेपाली भाषामा समाचार प्रस्तुत गर्ने पहिलो नेपाली
More

नेपालद्धारा २०० मेगावाट विद्युत भारत निर्यात

काठमाण्डौं । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गर्दै विद्युत निर्यात गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने “यही असार २७, २८ र २९ गते दैनिक १५० मेगावाट विद्युत् भारत पठाइएको छ ।” मन्त्री पुनले आज गएराति मात्रै २०० मेगावाट विद्युत् भारत पठाइएको छ । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र इनर्जी बैंकिङको अवधारणानुसार नै यहाँ बढी भएको विद्युत् भारत पठाइएको उनले जनाए । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो। अविरल
More

युरोपेली आयोगको अध्यक्षमा उर्सुला निर्वाचित

स्ट्रासबर्ग, फ्रान्स । जर्मनीका रक्षामन्त्री उर्सुला भन डर लियेन युरोपेली आयोगको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आयोगको अध्यक्षका लागि मंगलबार भएको मतदानमा उहाँ झिनो बहुमतका आधारमा निर्वाचित हुनुभएको हो । साठी वर्षीया उर्सुला ब्रसेल्समा मुख्यालय रहेको युरोपेली आयोगको सर्वोच्च पदमा पुग्ने पहिलो महिला पनि बन्नुभएको छ । युरोपेली संघमा अावद्ध २८ मुलुकका सरकार प्रमुखले उर्सुलालाइ समर्थन गरेका थिए । कूल ७ सय ५१ सदस्यीय युरोपेली संसदमा उर्सुलाले २८३ मत प्राप्त गर्नुभएको थियो । उर्सुलाले आगामी नोभेम्बर १ देखि कार्यभार सम्हाल्नु हुनेछ । हाल युरोपेली आयोगको अध्यक्षमा जाँ–क्लाउड जन्कर रहनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ । बहुभाषी एवं सात
More

सेनाले खोलेको सर्पदंश उपचार केन्द्रमा बिरामी चाप

नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुइँचो लाग्न थालेको हो । सेनाको अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ पर्याप्त मात्रमा भएको र सो विषयमा दक्ष चिकित्सक भएका कारण अहिले बिरामीहरु सेनाकै अस्पतालमा आउने गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर ब्यारेकले जनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री नं २५ बाहिनीअन्तर्गतको कञ्चनपुरको अर्जुनीमा देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलिएको छ
More

धवलागिरि अञ्चल अस्पतालमा स्तनपानकक्ष स्थापना

धवलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । सार्वजनिकस्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपानकक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो । “समयमै स्तनपान नगराउँदा आमा तथा शिशु दुवैलाई समस्या हुने गर्छ”, डा पोखरेलले भन्नुभयो, “यो ठूला शहरका धेरै अस्पताल र सार्वजनिकस्थलमा अभ्यास भइसकेको विषय हो, हामीले ढिलै भए पनि सञ्चालन गरेका छौँ ।” पछिल्लो समय धवलागिरि अञ्चल अस्पताललाई सुविधासम्पन्न, विश्वासिलो र भरपर्दो अस्पतालका रूपमा
More

प्रदेश २ को मन्त्रीहरुले बाढी पीडितलाई एक महिनाको तलब दिने

जनकपुरधाम । प्रदेश नम्बर २ को मन्त्रिपरिषद् सदस्यले बाढी पीडितलाई एक महिना तलब दिने भएको छ। अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने भएका हुन् । मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो । बैठकले प्रदेशका सबै मन्त्री , राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन पनि आग्रह गरेको छ । बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि
More

वडा अध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा पक्राउ

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालालुस्थित अटो पार्टसका कर्मचारी रविन खत्री रहेका छन् । उनलाई प्रहरीले बिहीबार सोह्रखुट्टेस्थित कार्यालयबाटै पक्राउ गरेको हो । आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए । उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । कार्कीले अटो पार्टस्का मालिक
More

आजको सुनको भाउ

काठमाडौं–आर्थिक वर्ष २०७६–०७७ को पहिलो दिन बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ । बुधबार चाँदी भने रु २० ले बढेको छ । बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा कराोबा भएको छ ।
More

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२३ रुपैयाँ ७५, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ १ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा रहेको छ ।
More

यसकारण ५६ वटा स्थानीय तहले बजेट नपाउने भए

काठमाडौँ । आर्थिक वर्षको अन्तिम दिनसम्म ५६ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि असार १० गतेभित्र आआफ्नो सभामा बजेट पेश गर्नुपर्ने र असार मसान्तभित्र बजेट पास गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार संविधानतः बजेट पेस नगर्ने स्थानीय तहको आगामी वर्षका लागि खर्च गर्ने बाटो बन्द भएको छ । संविधानको धारा २३० मा गाउँ र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय कानुन बमोजिम गाउँ र नगरसभामा पेस गरी पारित गर्नुपर्ने उल्लेख छ
More