Daily Archives 18th July 2019

लिभरपूल नर्थवेस्ट नेपाली समाज वेलायतको अध्यक्षमा इजम

लण्डन । लिभरपूल नेपाली समाज वेलायतको अध्यक्षमा देउमान इजम निर्विरोध निर्वाचित भएका छन् । समाजको आइतवार सम्पन्न तेस्रो अधिवेशनले अगामी दुई वर्षको लागि उनलाई चयन गरेको हो । संस्थाको उपाध्यक्षमा नरेश बिष्ट र भोजन शेरचन चयन भए । यस्तै सचिवमा शिवराज पन्त , सहसचिवमा खड्ग गुरुङ र कोषाध्यक्षमा हरिराम अर्याल सर्वसम्मत भए । यस्तै सदस्यहरुमा उज्वल भण्डारी , प्रकाश शाही, माधव प्रसाद आचार्य, गीता भण्डारी, सिर्जना पोखरेल र सुधा बानिया निर्वाचित भए । निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन आयुक्तहरु भक्त गुरुङ र डा. हेमराज शर्माले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए । सभाले नयाँ कार्यसमितिले एकजना उपाध्यक्ष, ३ जना
More

अब अनेरास्ववियुले अब कसैसँग चन्दा नलिने

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए । “अब अनेरास्ववियुले संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ”, उनले भने, “कुनै मातहत कमिटी र नेता कार्यकर्ताले त्यस्तो आर्थिक सहयोग लिएको पाइएमा अनुशासनको कारवाहीको भागीदार बनाइनेछ ।” उनले सांस्कृतिक र रचनात्मक कार्यक्रम गर्दा मात्र आर्थिक सहयोग लिने बताए । संयोजक
More

घुस लिएको आरोपमा इञ्जिनीयर समातिए

सर्लाही–घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् । रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव आज मलङ्वाको अशोका होटलबाट रु ५० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो । उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
More

कैलाली बम विस्फोटपछि बोल्यो विप्लव समूह

काठमाडौं– नेत्र विक्रम चन्द्र विप्लव समूहले कैलाली बम विस्फोटको घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दाबी गरेको छ। नेकपा कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले कैलाली विष्फोटको घटनामा नेकपाको कुनै संलग्नता नरहेको दाबी गरे । उनले भनेका छन्, ‘कहीँ विस्फोट तथा आतंक हुँदा सिधै हाम्रो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति छ । अनावश्यक रूपमा हामीलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।’ विस्फोट गराउने नीति आफ्नो पार्टीको नभएको पनि उनले बताए । सञ्चारमाध्यममा घटनामा विप्लव समूहको हात रहेको आशंकासहितको समाचार आएको अवस्थामा विप्लव समूहले यस्तो दाबी गरेको हो । धनगढीमा बिहीबार बेलुका बम बिस्फोट हुँदा ५ जना
More

नितम्ब ठूलो हुनुको अर्थ

एक अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ । सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ । उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका बढि हुन्छ । यद्यपी, यो शोध मोटोघाटो मानिसहरुमा लागू छैन । यसको कारण यो हो कि मोटोघाटो मानिसहरुको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरुमा हृदयघातको आशंका पहिलेदेखि नै धेरै हुने गर्दछ । मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा उचित तौल भएका यस्ता मानिसहरु स्वस्थ हुन्छन् जसको
More

धनगढीको होटलमा बम विस्फोट

धनगढी। धनगढीमा विहीबार बेलुका बम बिस्फोट भएको छ । स्थानीय शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो । बम विष्फोटमा परी केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले जानकारी दिए । यद्यपि उनीहरुको खेगाना खुलेको छैन । पाण्डे होटल सञ्चालक भएको बताइएको छ । धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको उनीहरुको अवस्था गम्भीर छ । त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।
More

पोखरीमा डुबेर दुईको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका २० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । मङ्गलबार घरबाट घुम्न भनेर निस्केका दुई जना पानी जमाएर राखिएको पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
More

लन्डन बसमा नेपाल पर्यटन प्रवर्धन (फोटो फिचर)

लण्डन । नेपाल पर्यटन बोर्ड र बेलायतस्थित नेपाली दूतावासले लन्डनमा यात्रुवाहक बसमार्फत पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको छ। बोर्डका अनुसार ६० बसमा ‘नेपाल लाइफटाइम एक्सपिरियन्सेस’ नारा लेखेर पर्यटन प्रवद्र्धन अभियान सुरु गरिएको हो। ती बस लन्डनका प्रमुख केन्द्र पार्लियामेन्ट स्क्‍वायर, वेस्टमिनिस्टर, ट्राफल्डर स्क्‍वायर, केन्सिङ्टन हाइ स्ट्रिट, अक्सफोर्ड स्ट्रिट, सेन्ट पल स्ट्रिट र अन्य १८ रुटमा कुद्नेछन्। तीन सातासम्म सञ्‍चालन हुने उक्त अभियानबाट लन्डनका ४५ लाख बासिन्दाले नेपालको पर्यटन सम्भावनाबारे जानकारी पाउने बोर्डले अनुमान गरेको छ।
More

गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताउनुभयो । सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि रु ४७ करोड ६० लाखको बजेट पारित गरेको सो गाउँपालिकाले बनियानी स्वास्थ्य केन्द्रमा मिर्गाैला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न रु
More

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल एवं सङ्घसंस्थाबाट भएका र हुने उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भएकाले उक्त प्रस्ताव पेश गरिएको हो । नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृषेशचन्द्र लाल र काँग्रेसका बद्रीप्रसाद पाण्डे रहनुभएको छ । उहाँहरुले राष्ट्रियसभा
More

आज सुनको भाउ

बिहीबार छापावाल सुनको भाउ तोलामा ६५ हजार मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहिबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ ।
More

बाढी पीडित राहतको आसमा, मन्त्रीहरुले आकाशमा चक्कर लगाए

बाढी र डुबानले उठीबास लगाएको ६ दिनपछि निरीक्षणमा आएका मन्त्री र सांसदले आकाशबाट चक्कर लगाएका छन् । उनीहरु सरकारी अधिकारीसित मात्र ‘बिफिङ’ सुनेर संघीय राजधानी फर्किएका छन् । काठमाडौंबाट बुधबार सेनको हेलिकप्टरमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक दतथा यातायातमन्त्री रघुवीर महासेठ रौतहट आएका थिए । मन्त्रीहरुसँगै पूर्वप्रम माधव नेपाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष अनिल झालगायतपनि थिए । खाली हात आएका उनीहरुले बाढी पीडित भेटेनन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
More

पेन्सनसहितको सामाजिक सुरक्षा कार्यान्वयनमा

काठमाडौं– श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सरकारले बुधबारदेखि कार्यान्वयनमा ल्याएको छ । ऐनअनुसार साउन १ देखि रोजगारी पाउने श्रमिकलाई रोजगारदाताले अनिवार्यरुपमा कोषमा समेट्नुपर्ने छ । ३ हजार ८८० रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औषधोपचार तथा मातृत्व, दुर्घटना तथा असक्तता, सुरक्षा योजना, आश्रित परिवार र वृद्धावस्थामा सुरक्षा योजना दिनेगरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
More

खारेज हुन लागेको कम्पनीको पक्षमा सर्वोच्च खडा भएपछि

काठमाडौं– बक्यौता नतिर्ने दूरसञ्चार कम्पनीलाई लाइसेन्स खारेजीको प्रक्रियाबाट बचाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले असार मसान्तभित्र बक्यौता नतिरे लाइसेन्स खारेजीको प्रक्रियामा जाने भन्दै युनाइटेड टेलिकम लिमिटेडलाई पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । युटीएलले प्राधिकरणलाई ९० करोड रुपैयाँ बुझाउन बाँकी रहेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
More

‘फेसएप’बाट आफ्नो बुढ्यौली तस्बीर बनाउनु भयो ? फसिएला

बुढ्यौलीमा तपाईँ कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेसएप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकमा धेरै प्रयोगकर्ताले यसको उपयोग गरिरहेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न समेत उनीहरुले चेतावनी दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
More

सालीसँग हिमचिम, श्रीमतीको हत्या

हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए । प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनावद्ध हत्या गरेको खुल्यो । हत्याको कारण थियो–सालीसँगको हिमचिम । रमेश पोखरा रामबजारमा रहेको भारतीय पेन्सन क्याम्पनजिकै मोबाइल पसल चलाउँथे । ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीय लक्ष्मी घरमै बस्थिन् । श्रीमानलाई हरेक बिहान पसलमै खाना पुर्याउँथिन् । उनलाई छालाको एलर्जी थियो । अनेक उपचार गर्दा पनि निको भएको थिएन । केही समयदेखि रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको
More

६०९ मिलिग्राम ब्राउनसुगरसहित २ जना पक्राउ

काठमाडौं । कपिलवस्तु, कृष्णनगर नगरपालिका २ बसपार्कस्थित बाणगंगा नगरपालिका ११ बस्ने २० वर्षीय बिशाल नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। मोरङ, बिराटनगर महानगरपालिका १५ स्थितबाट सुनसरी धरान उपमहानगरपालिका ६ घर भएका ३१ वर्षीय पूर्ण थापा मगरलाई नियन्त्रित लागूऔषध डाईजेल्याब १ सय एम्पुल, लुप्रिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल र फेनारगन २४ एम्पुल सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले जाँच
More

कर्णाली सरकारको बजेट खर्च रु १० अर्ब

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आव ०७५/७६ मा रु नौ अर्ब ८० करोड ६५ लाख बजेट खर्च गरेको छ। मन्त्रालयगत रुपमा विनियोजित चालूगत ६ अर्ब ३७ करोड ७७ लाख ७५ हजार र पूँजीगत रु २१ अर्ब ९१ करोड, २६ लाख ४३ हजारमा कूल खर्च रु नौ अर्ब ८० करोड ६५ लाख ९१ हजार (३५%) बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता दिलीप केसीले जानकारी दिए। जसमा रु चार अर्ब ४९ करोड ६८ लाख ५४ हजार चालूगत (७१%) र पूँजीगततर्फ रु पाँच अर्ब ३० करोड ९७ लाख २६ हजार (२४%) बजेट खर्च भएको प्रवक्ता केसीले बताए। ‘सरकारले आव
More