Daily Archives 20th July 2019

प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज गिरफ्तार

काठमाडौं–विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको काँडाधारीमा सुतिरहेका लामालाई आइतबार मध्यराती प्रहरीको टोलीले घर हालेर नियन्त्रणमा लिएको विप्लव समूहका एक नेताले जानकारी दिए । प्रहरीले उनको राजधानीका विभिन्न स्थानमा बम विस्फोटको घटनामा संलग्नता रहेको दाबी गर्दै खोजीकार्य तीब्र पारेको थियो । उनी काँडाधारीमा रहेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको भन्दै थापाले थप केही खुलाउन चाहेनन् । यद्यपी लामासँगै रेशम तामाङ नामका अर्का एक विप्लवका कार्यकर्ता समेत पक्राउ परेका छन् ।
More

अर्जुनधारा र विल्भरह्याम्पटन सिटी लण्डनबीच भगिनी सम्बन्ध विस्तार

लन्डन । अर्जुनधारा नगरपालिका र संयुक्त अधिराज्य बेलायतको विल्भरह्याम्पटन सिटी काउन्सिलबीच ‍‌‍‌‍औपचारिकरुपमा भगिनी सम्बन्ध स्थापना भएको छ ।औपचारिकरुपमा बिहीबार पूर्वी नेपालको अर्जुनधारा नगरपालिकासँग विल्भरह्याम्पटन सिटी लण्डनको मित्रता सम्झौता भएको हो।सम्झौतामा भनिएको छ, ‘यो कदम भनेको दुवै पक्षहरूको फाइदाको लागि सामाजिक, सांस्कृतिक, शैक्षिक र पर्यटन हितलाई बढावा दिन र प्राविधिक सहयोगको प्रोत्साहन गर्न दुई शहरहरू बीचको सम्बन्ध बलियो हुनेछ। ’बुधबार राति भएको पूर्ण परिषदको बैठकमा औपचारिकरूपमा सहमति भएको थियो र विल्भरह्याम्पटर सिटीकोप्रमुख क्लेयर डार्गे र अर्जुनधारा नगरपालिकाका तर्फबाट मेयर हरिकुमार रानाबीच सम्झौता भएको हो । सिटीका उपमेयर र युनाइटेड किंगडमका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रोहवरका रुपमा थिए ।सम्झौतापछि विल्भरह्याम्पटन
More

एनआरएन यूकेको अध्यक्षमा ललितकुमार न्यौपानेले उमेदवारी दिने

लण्डन । एनआरएन यूके अध्यक्ष पदका लागि ललितकुमार न्यौपानेले पनि उमेदवारी घोषणा गरेका छन् । शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे । एनआरएन यूकेका अगुवा र साउथ ईस्ट लण्डनको नेपाली समुदायका प्रतिनिधिमाझ उनले १० बुंदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । न्यौपानेले आफ्ना प्रतिबद्धतामा संस्थाको सदस्यताका लागि प्रोत्साहित गर्ने खालका कार्यक्रम गर्ने , बेलायतका ४ वटै राज्यमा एनआरएन हेल्प डेस्क राख्ने , एनआरएन सदस्यलाई विभिन्न सेवा सुविधामा छुट तथा ग्राहयताको व्यवस्था गर्ने , नेपाल हाउस प्रोजेक्ट अघि बढाउने लगायतका मुद्धा प्राथमिकतासहित उठाएका छन् । एनआरएन यूकेमा तीन कार्यकाल
More

१७ वर्षीया किशोरीलाई बन्धक बनाउने कार्यमा संलग्न पक्राउ

काठमाडौं-शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदिप कुमारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक कटुञ्जे बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदिपले शुक्रबार दिउँसो ललाई फकाई, धम्काई जबरजस्ती कुलेश्वयरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाई राखेको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले किशोरीलाई उद्दार गरी प्रदिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
More

१५ लाख घुससहित तीन इन्जिनियर अख्तियारको फन्दामा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्का एक जना चालक पनि रहेका छन् । अख्तियारले शनिबार कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई घुससहित नियन्त्रणमा लिएको हो । निर्माण योजना तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई १५ लाख घुस लिइसकेको अवस्थामा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिइएको अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयका शाखा अधिकृत
More

मिस इंग्ल्याण्ड फाइनलिष्ट प्रतिष्ठाको च्यारिटीमा १० हजार पाउण्ड संकलन

लन्डन — करिब २२ हजार आवेदकमध्येबाट छानिएर मिस इंग्याण्ड प्रतियोगिता (२०१९) को फाइनल पुगेकी नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउतलाई जिताउन यतिखेर नेपाली समुदाय जुटेको छ । बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा पहिलो पटक नेपाली त्यो चरणसम्म पुग्नुलाई यहाँको नेपाली डायस्पोराले गर्वका रुपमा लिएको छ । अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा भूपु गोर्खा प्रकाश राउतकी छोरी हुन् । गोर्खा पृष्ठभूमिबाट भएकाले पनि उनको जित सुनिश्चित गर्न नेपाली र गोर्खा समुदाय लागेका छन् । ‘उनको जित केवल राउत परिवारको मात्र होइन, यो नेपालकै गर्वको विषय हुनेछ’, शनिबार प्रतिष्ठाकै सहयोगार्थ आयोजित च्यारिटीका एक संयोजक सामाजिक अभियन्ता रामशरण सिम्खडाले भने,‘उनको च्यारिटीलाई सहयोग गरेर वा
More

९ दल सम्मिलित संयुक्त राष्ट्रिय आन्दोलनद्वारा प्रधानमन्त्री ओलीलाई बुझाईएको विरोध–पत्र सार्वजनिक (पत्रसहित)

काठमाडौं । संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माले), नेपाली कांग्रेस (विपी), नेपाल समाजवादी कांग्रेस, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय लोकतान्त्रिक मञ्च, तेत्तिस दलीय मोर्चा (पार्टी), जनताको प्रजातान्त्रिक पार्टी, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) र जनमोर्चा पार्टी गरि ९ पार्टी सम्मिलित उक्त संयुक्त राष्ट्रिय आन्दोलनले हिजो शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर बुझाएको विरोधपत्र सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको उक्त पत्रमा मुख्यतः सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको कुरालाई समावेश गरिएको छ । सार्वजनिक विरोध पत्रमा भनिएको छ,‘बाढी तथा पहिरोबाट देशमा
More

तीन वटा टाउको भएको बच्चीको जन्म

भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको बच्चीको जन्म भएको छ यो अनौठो जन्म जुलाई ११ मा उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा भएको हो । बच्चीकी आमालाई गर्भ अघि प्रशव पीडा लामो समयसम्म भए पछि भएपछि उनलाई नजिकको अस्पताल भर्ना गरिएको थियो । जन्मेकी बच्चीको मुख्य टाउकोबाट दुई वटा अलग टाउकोजस्तो भाग देखिएको छ ।
More

पशुपंछीको उपचारको लागि औषधी अभाव

औषधी व्यवस्था विभागले नागरिक र पशुपंछीको उपचारको लागि अभाव भएको औषधीको लिस्ट चिकित्सकहरु सँग माग गरेको छ । विभागले सूचना जारी गर्दै मानिस तथा पशुपंछीको उपचारमा आवश्यक पर्ने औषधीहरु बजारमा अभाब हुँदा उपचारमा कठिनाई भईरहेको भन्ने गुनासाहरु आईरहेको भन्दै अभाव औषधीहरुको नाम लिस्ट विभागलाई ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख गरिएको छ । नेपालको मानव र पशुपंछीको उपचारमा संलग्न सरकारी ,नीजि अस्पताल ,नर्सिङ होम ,शिक्षण अस्पतालहरु तथा चिकित्सकलाई आग्रह गरिएको छ । अभाव औषधीको नाम विभागको ई—मेल अथवा अन्य कुनै पनि माध्ययमबाट उपलब्ध गराउने सकिने जनाएको छ ।
More

ओछ्यानमा जंगली बाघ!

एजेन्सी । भारतको आसामको एक परिवार तब आश्चर्यमा पर्यो जब बजार गएर फर्किदा उनीहरुले आफ्नो ओछ्यानमा जंगली बाघ भेटे । घटना भारतको उत्तरपूर्वी राज्य आसामको हरमुती गाँउको हो । घरका मानिसले बाघलाई वाधा नपु-याई वन विभागका मानिसका खबर गरे । बाघलाई पक्रन गएको वन्यजन्तु ट्रष्टले आफ्नो आधिकारिक ट्वीटरमा घरभित्रको आछ्यानमा सुतिरहेको बाघको तस्विर पोष्ट गरेको छ । तस्विरमा बाघ ओछ्यानमा आराम गरिरहेको देखिन्छ । शुक्रबार समाजिक संजालमा पोष्ट गरिएको एक तस्विरमा लेखिएको छ ,‘ हाम्रा भेटनरीहरु घरभित्र पसेको बाघलाई कसरी बेहोस बनाउने भनेर आसाम वन विभागका कर्मचारीसँग योजना बनाइरहेका छन् ।’ पोष्टमा बाघको घरभित्रको प्रवेशको कारण खुल्याउदैं लेखिएको छ ,‘बाढीले
More