Daily Archives 22nd July 2019

बुद्ध मूर्तिका लागि बेलायतबाट ३० लाख सहयोग

पाेखरा-बेलायतमा रहेका नेपालीले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–६ दरौ–थाप्लेमा निर्माणाधीन बुद्ध मूर्तिका लागि आर्थिक सहयोग गरेका छन् ।  जुनकिरी च्यारिटी ग्रुपका सदस्य पार्वती गुरुङको पहलमा सङ्कलित रु ३० लाख आज पोखरामा आयोजित एक कार्यक्रमका बीच निर्माण समितिलाई प्रदान गरिएको छ ।      दरौ–थाप्ले बुद्ध मूर्ति निर्माण समितिका संयोजक विश्व गुरुङलाई पार्वती गुरुङका तर्फबाट विष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गरे ।  समितिका संयोजक गुरुङले विदेशमा रहेका नेपालीको सहयोगले निर्माणाधीन कार्यमा थप सहयोग भएको भन्दै आभार व्यक्त गरे । गुरुङले बुद्धको मूर्तिले दरौ शिरुबारीको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।     दरौ थाप्ले लेक भ्यू टावर एण्ड रिसोर्टका
More

उपाध्याय सीइओ बनेपछि कृषि विकास बैंक फड्को मार्दै

काठमाडौं– कृषि विकास बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय आएपछि सुधारका संकेतहरु देखापरेको छ । प्रमुख कार्यकारी अधिकृतले बैंकमा आउँदा पेश गरेको व्यावसायिक योजना, बैंकका नीति, कार्यक्रम र उद्देश्य तथा नियमनकारी निकायका निर्देशनलाई अक्षरंस पालना गर्दै सात महिनाको अवधिमा सुधारका संकेतहरु देखा परेका हुन् । बैंकले सुधारका साथै प्रगति समेत गर्दा बैंक भित्रका कर्मचारी, शेयरहोल्डर, लगानकर्ता लगायत सरोकारवाला पक्ष उत्साहित भएका छन् । सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सैजुवाल र सिईओ उपाध्यायले पूर्व उप–महाप्रबन्धक समेत भै लामो कार्यकाल बैंकमा सेवा गरेका थिए । बैंकका समस्या, चुनौति, संभावना र अवसरको ज्ञान भएको हुँदा उनीहरुको सहकार्य र संयोजनकारी भूमिकाका कारण बैंकले छोटो
More

के एनआरएन युकेको नेतृत्वमा सहमति हुन्छ ?

जनमतमा भोट दिन पेजको तल जानु होला लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचन आगामी १४ सेप्टेम्बरमा हुँदैछ । निर्वाचनको लागि ५ जनाले आकांक्षा देखाएका छन् । नेतृत्व हातपार्न वर्तमान कार्यसमितिका उपाध्यक्षहरु शेर सुनार, पुनम गुरुङ, प्रेमगाहा मगर, सुशीला राई र ललित न्यौपाने सकृय रुपमा सदस्यता वितरणमा खटिएका छन् । ३१ जुलाईसम्म सदस्यताको लागि अन्तिम मिति तय गरिएको छ । सदस्यता वितरणको चटारोका बीच अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेकाहरुसंग सदस्यता वितरणको अपडेट र सहमतिको सम्भावनाका बारेमा नेपाल ब्रिटेन डटकमले जिज्ञासा राखेको थियो । हेरौं जस्तो तस्तैः ललित न्यौपाने सदस्यता– म अहिले सदस्यता वितरणमा सकृय रुपमा लागेको छु ।
More

सरकारविरुद्व आन्दोलन चर्काउने कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्व आन्दोलन चर्काउने चेतावनी दिएका छन् । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहोर्याए । वीपी जयन्तिको अवसर पारेर सहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने स्पष्ट पारे । सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास व्यक्त गरे ।
More

एमबाप्पेलाई फकाउँदै पीएसजी

एजेन्सी । टोलीका प्रभावशाली खेलाडी नेइमारले क्लब छाड्ने तयारी गरेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) अर्का स्टार केलियन एमबाप्पेलाई फकाउन थालेको छ । पीएसजीले एमबाप्पेलाई नयाँ सम्झौताको प्रस्ताव समेत अघि सारेको छ । २० बर्षीय एमबाप्पेलाई पीएसजीले सर्वाधिक तलव र सुविधा सहित पाँच बर्षको नयाँ सम्झौताको प्रस्ताव गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यामले उल्लेख गरेका छन् । ब्राजेलियन स्टार नेइमारले पीएसजी छाड्ने सुर गरेपछि पीएसजी जसरी पनि एमबाप्पेलाई क्लबमा राख्ने र उनको भविष्य सुनिश्चित गर्ने अभियानमा लागेको छ । एमबाप्पले एक महिना अघि आफु नयाँ चुनौती मोल्न जुनसकै क्लबमा जानसक्ने घोषणा गरेका थिए । त्यतिबेलै झस्किएको पीएसजी एमबाप्पेलाई महंगो अनुबन्धन
More

मोरङबाट मात्रै २९ हजारले नागरिकता लिए

मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार २६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार ४६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गएको आर्थिक वर्षमा १४ हजार ४९ जनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको छ । सो प्रतिलिपि जिल्ला प्रशासन कार्यालयबाट आठ हजार ६४४ थान, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट तीन हजार १८८ थान र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट दुई हजार २१७ थान वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश
More

यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते

पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमासेन्टरमा पठाइएको छ ।
More

हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै

खोटाङ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु गरिएको पदमार्ग निर्माण सम्पन्न नहुँदै भासिएको छ । छेउपट्टि फलामे रेलिङ तथा बाहिरी भागमा बगैँचासमेत रहने पदमार्गको १०० मिटर लम्बाइ र पाँच मिटर चौडाइ निर्माण शुरु गरिएको हो । निर्माण सम्पन्न नहुँदै भासिएको पदमार्गमा उपभोक्ता समितिले टाल्ने काम मात्र गर्न लागेको स्थानीयवासीले आरोप लगाएका छन् । “निर्माण उपभोक्ता समितिका पदाधिकारीले कमाइ खाने
More

आफ्नै बममा आफैं मारिँदै विप्लव कार्यकर्ता, तीन महिनामा ६ जनाको मृत्यु

काठमाडौं। करिब तीन महिनाको अवधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना नेता कार्यकर्ता आफैंले बोकेको बमबाट मारिएका छन् । सरकारले २८ फागुनमा प्रतिबन्ध लगाएपछि भूमिगत गतिविधि सञ्चालन गर्दै आएको विप्लव समूहका नेता कार्यकर्ता आफैंले बोकेको बम विस्फोट हुँदा मारिएका हुन् । गत १२ जेठमा राजधानीको सुकेधारा, अनामनगर र थानकोटमा भएको विस्फोटदेखि २ साउनमा धनगढीमा भएको विस्फोटसम्मका चार घटनामा ६ जना विप्लव नेता कार्यकर्ताको ज्यान गएको हो । राजधानी दैनिकमा खबर छ ।
More

नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान

काठमाडौँ – नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा पुग्न नसक्दा आइतबार बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूको मात्र नामावली सार्वजनिक गर्‍यो । विभागहरूबारे छलफल गर्न मंगलबार फेरि बैठक बोलाइएको छ । सचिवालयमा रहेका अध्यक्षद्वय र महासचिवबाहेकका नेताले पार्टीभित्र महत्त्वपूर्ण मानिने विभागहरू लिने सैद्धान्तिक समझदारी छ । त्यसअनुसार वरिष्ठ नेताद्वय माधव नेपालले विदेश र झलनाथ खनालले नीति तथा अनुसन्धान विभाग लिने
More

सरकार–चन्द समूह सशंकित

काठमाडौँ – वार्ताका लागि अनौपचारिक सूत्र प्रयोग भइरहँदा कैलालीमा विस्फोट र उपत्यका इन्चार्ज माइला लामा पक्राउ प्रकरणले सरकार र नेत्रविक्रम चन्द समूहबीच विश्वासको संकट पैदा भएको छ । चन्द समूहका कार्यकर्ताले बोकेको बम बिहीबार धनगढीमा विस्फोट भएको थियो । शनिबार राति १२ बजे प्रहरीले काँडाघारीबाट उपत्यका इन्चार्ज माइला लामा र कार्यकर्ता रेशम लामालाई पक्राउ गरेको छ । सरकारले वार्ताका लागि हिंसात्मक तयारी छोड्नुपर्ने भनाइ राख्दै आएको थियो । यता चन्द समूहले पक्राउ परेका कार्यकर्ता छोड्नुपर्ने सर्त अघि सारेको थियो । चन्द समूहले वार्ताको निर्णय गर्नेबित्तिकै उसका नेता र सत्तारुढ नेकपा नेताबीच अनौपचारिक वार्तासमेत अघि बढिसकेको थियो । तर पछिल्ला दुई घटनाले दुवै पक्षलाई झस्काइदिएका छन् ।
More

फोनबाट गाली ? १ वर्ष जेल, १५ लाखसम्म जरिवाना

काठमाडौँ – सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । आजको कान्तिपुर दैनिक लेख्छ–दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर वा एसएमएसमार्फत अरूलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको नयाँ दूरसञ्चार ऐनको मस्यौदामा दूरसञ्चार सेवाका माध्यमबाट गाली गर्ने, धम्क्याउने वा अनावश्यक दुःख दिने काम गरे १० देखि १५ लाख
More

वन हाउजिङका नाममा न्यायाधीश विवादमा

काठमाडौँ – सरकारी वनको जग्गा व्यक्तिका नाममा दर्ता गर्न आदेश दिएका जिल्ला न्यायाधीश अर्जुन कोइरालामाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायपरिषद्मा पत्र पठाएको छ । कोइरालाको आदेशबाट ९२ रोपनी सरकारी वन एउटा हाउजिङ कम्पनीका नाममा दर्ता भएको पाइएपछि अख्तियारले छानबिनका लागि पत्राचार गरेको हो । ‘न्यायाधीशहरूले न्यायसम्पादनका क्रममा गर्ने कामकारबाही छानबिन गर्ने अधिकार हामीलाई छैन,’ अख्तियारका एक उच्च अधिकारीले भने, ‘न्यायाधीश कोइरालाकै आदेशका कारण सरकारी वन व्यक्तिका नाममा दर्ता भएको देखिन्छ । अन्य सरकारी अधिकारी भए हामीले मुद्दा चलाइसक्थ्यौं । न्यायाधीशका हकमा अधिकार नभएकाले न्यायपरिषद्मा पत्र लेखिएको हो ।’ उक्त प्रकरणमा मुछिएका ७ जनालाई अख्तियारले मुद्दा चलाइसकेको छ । अख्तियारमा परेको उजुरीमा ललितपुर जिल्ला अदालत,
More

मेची राजमार्ग आंशिकरूपमा सञ्चालन

पहिरो झरेपछि अवरूद्ध बनेको मेची राजमार्गको राँके-फिदिम खण्ड आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ मा पर्ने पाङ्ग्रेभिरमा पहिरो खसेर गत बुधबारदेखि अवरूद्ध बनेको मेची राजमार्ग आजदेखि आंशिक रूपमा खुलेको हो। प्रजिअ मुरारी वस्तीका अनुसार सडकमा झरेको पहिरो पन्छाइएसँगै आंशिक रूपमा सडक खुलेको हो। यद्यपी सडकभन्दा माथि अझै ठूलो परिमाणमा पहिरो रहेकाले विशेष सतर्कताका साथ सवारी आवतजावतको व्यवस्था मिलाइएको प्रजिअ वस्तीले बताए। पाङ्ग्रेभिरमा सडकबाट स्काभेटरले भेटेसम्म पहिरो हटाउने कार्य सकिएसँगै आज करिब पाँच दर्जन सवारीले पहिरो पार गरेका थिए। पहिरोको वारिपारि रोकिएका पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कृषि उपज बोकेका सवारी साधन पार गराइएको प्रजिअ वस्तीले बताए। ‘सडकमाथि ठूलो
More

दिनहुँ भेटिन्छन् नक्कली प्रमाणपत्रधारी

भक्तपुर। प्रहरी थुनामा दैनिक खाना लिएर जाने झन्झटले नक्कली प्रमाणपत्रधारी कारबाहीबाट उम्कन सक्ने अवस्था उत्पन्न भएको छ । प्रवेशिकाको प्रमाणपत्रको सत्यापन (भेरिफिकेसन) गर्न पुगेकामध्ये कतिपयको नक्कली प्रमाणपत्र भएको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । त्यस क्रममा प्रहरीको जिम्मा लगाइएका उनीहरूलाई मुद्दाको किनारा नलाग्दासम्म बिहान र साँझ प्रहरी चौकीमा खाना पु¥याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)का पदाधिकारीहरूले भने खाना लगिदिने कर्मचारीको अभावले त्यस्ता व्यक्तिलाई प्रहरीको जिम्मा नलगाउने तर्क गर्ने गरेका छन् । पनिकाका अनुसार सत्यापनका लागि अचेल दैनिक डेढ सयदेखि तीन सयवटासम्म प्रमाणपत्र पेस हुने गरेको छ । तीमध्ये दैनिक एउटा वा
More

तटबन्धले रोकेन नदी कटान

काठमाडौँ। असार र साउन महिनामा बर्सेनि आउने बाढीले मध्य तथा पूर्वी मधेसका अधिकांश जिल्ला डुबानमा पर्दै आएका छन् । गत असार अन्तिम साता बाग्मती, लालबकैया, रातु, कमला, खाँडो, कोसी र कन्काई तथा पश्चिममा कर्णाली नदीको अनियन्त्रित बहावले उक्त भौगोलिक क्षेत्रका लाखौँ सर्वसाधारणको जनजीवन असहज बन्न पुग्यो । ठूलो धनराशि खर्च गरेर बनाइएका तटबन्धले पनि नदी कटान रोक्न सकेको छैन । नदीको बहाव नियन्त्रण गरेर क्षति न्यूनीकरण गर्न करोडौँ रुपियाँको लगानीमा तटबन्ध निर्माण गरिन्छ । मर्मतमा बर्सेनि करोडौँ रुपैयाँ खर्चिन्छ । अतिवृष्टि भएको वर्ष तटबन्धकै कारणले डुबानमा परेर नागरिकको ज्यान जोखिममा पर्दै आएको छ । बालीनाली र पशुधन पनि क्षति हुँदै
More

दाङमा सिँचाई पोखरीमा डुबेर ३ किशोरीको मृत्यु

दाङ । दाङमा सिँचाई पोखरीमा डुबेर ३ जना किशोरीको मृत्यु भएको छ। आइतबार साँझ पौने ८ बजे खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ। डिसी नेपालसंग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी जवान पवित्र चन्दले भने, ‘सुरुमा एकजना हातखुट्टा धुने बेला डुबेको र उनलाई बचाउन जाँदा अन्य दुई जनासमेत डुबेका थिए। डुबेर गम्भिर घाइते भएका किशोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।’ मृत्यु हुने सबै किशोरी घोराही उपमहानगरपालिका १८ अम्बापुरकै रहेका छन्। मृत्यु हुनेमा स्थानीय मानबहादुर बिकको १९ वर्षीया छोरी बसन्ता विक, सालघारी बस्ने
More

बालिकालाई जबर्जस्ती गर्ने अभियुक्त दश वर्षका लागि कारागार चलान

खोटाङ । बालिकालाई जबर्जस्ती बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारागार चलान भएका छन्। २०६६ साल असार २३ गते एक बालिकालाई जबर्जस्ती बलात्कार गर्ने राई आइतबार कारागार चलान भएका हुन्। शुक्रबार घरैबाट पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराएलगत्तै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए। महिलालाई जबर्जस्ती बलात्कार गरेकामा उनलाई जिल्ला अदालत खोटाङले २०७१ साल मङ्सिर २५ गते दश वर्ष कैद सजाय सुनाएको थियो। दश वर्षसम्म जिल्लाबाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि मात्र घर आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनालगत्तै फरार रहेका
More