Daily Archives 23rd July 2019

यी हुन् एनआरएन युकेको उपाध्यक्ष पदका उम्मेदवार !

लण्डन । आगामी सेप्टेम्बर १४ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको निर्वाचनको चटारोले छपक्कै छोपेको छ । कतिले रहरले नै सही, नेतृत्वमा आउन एनआरएन यूकेमा होडबाजी नै चलेको छ । नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा ५ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी नै घोषणा गरिसकेका छन् । संघको अहिलेको बिधानले ४ राज्य परिषदको उपाध्यक्ष र २ खुल्ला पदको परिकल्पना गरेको छ । संघको महासचिब राज कुमार त्रिपाठीका अनुसार कति जना उपाध्यक्ष रहने भन्ने बिषय निर्वाचन समिति र साधारणसभाले टुंगो लगाउने छ । संघको अहिलेको बिधानले ४ राज्य परिषदको उपाध्यक्ष र २ खुल्ला पदको परिकल्पना गरेको छ । त्रिपाठीका अनुसार, कति
More

शरीर बन्धक बनाई ४० लाख रुपैयाँ माग गरेको घटनामा संलग्न ४ जना पक्राउ

शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका-४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने मामा भाञ्जा ग्यारेजका संचालक २९ वर्षीय मेराज खान, सोही नगरपालिका बस्ने सुजन बिक, बिर्तामोड नगरपालिका-२ चारपाने बस्ने ईलाम फाकफोकथुम गाउँपालिका-१ घर भएकी २० वर्षीया रितु फियाक लिम्वु र बिर्तामोड नगरपालिका-४ बस्ने भारत किसनगञ्ज घर भएका मामा भाञ्जा ग्यारेजमा काम गर्ने २५ वर्षीय प्रकाश दास रहेका छन् । उनीहरुको साथबाट बा.१५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १ सय मिलिको शिलप्याक बोतल ३ थान, प्रोप्रानोल लेखिएको १५ चक्की, निट्रोसन १० लेखिएको
More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने नियन्त्रणमा

महानगरीय प्रहरी वृत्त जगातीबाट सुर्यविनायक नगरपालिका-५ घलाते चोकमा डियुटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४४ प. २०१४ नम्बरको मोटरसाईकल चालक भक्तपुर सुर्यविनायक बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का मिन बहादुर तामाङलाई पक्राउ गरेको छ । प्रहरीले यही ६ गते २२:०० बजे चेकजाँच गर्दा तामाङले मादक पदार्थ सेवन गरेकाले कारबाही गर्न खोज्दा प्रहरीलाई नगद रू १ हजार दिई आर्थिक प्रलोभननमा पारी कारवाहीबाट बच्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
More

भारतीय कन्टेनरले हेटौंडामा ७ वटा गाडीलाई थिच्दा दुई जनाको मृत्यु

हेटौँडा । पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजीक भारतीय मालवाहक कन्टेनरले थिचेर दुई जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सो दुर्घटनामा अन्य पाँच घाइते भएका छन् । कन्टेनरले ना१ज ७७८६ नं सुमो, बा६६प ६२१३ नंको मोटससाइकल र ना१ह ८८२४ नंको अटोलाई थिचेको थियो भने ना५ख ५११३ र ना४ख ३१४१ नंको बस, को१च २२६७ नंको कुखुरा बोक्ने गाडी र भे१क ६३१ नंको ट्रकलाई ठक्कर दिएको थियो । पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नंको
More

सप्तरीमा चट्याङ्बाट दुई जनाको मृत्यु

राजविराज। मंगलबार बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए। खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। चट्याङ् लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि तत्कालै सप्तऋषि अस्पताल लहान लगेकामा उपचारका क्रममा मृत्यु भएको छ। खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पु–याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको ज्यान गएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी
More

टेलिकमको एफटीटीएचमा अब थप सुविधा

नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई २०७६ साउन ५ गतेदेखि लागु हुनेगरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ । यस अघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनबाट देशभरका अन्य अपरेटरको नेटवर्कमा पनि साउन ५ गतेदेखि कल गर्न सकिने सुविधा स्वतः उपलब्ध भएको छ । नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ । नेपाल टेलिकमले प्रबद्र्धनात्मक अफर अन्तर्गत यो सेवा
More

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कार्वाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। प्रतिष्ठानका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल मैदान बनाउने गरिएको उल्लेख गर्दै त्यसमा संलग्न पदाधिकारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्। प्रधानमन्त्री ओलीले सो प्रतिष्ठानको गैरजिम्मेवार कामको छानवीन गर्न गठित समितिले आफूलाई नबुझाई प्रतिवेदन संचार माध्यामहरुमा सार्वजनिक गरेकोमा आपत्ति जनाए। मंगलबार काठमाडौंमा आयोजित प्रतिष्ठानको तेस्रो सभामा बोल्दै प्रधानमन्त्री ओलीले कूलपति समेत रहेको आफूलाई नबुझाई सो प्रतिवेदन बाहिर आउनुलाई राजनीतिकरणको संज्ञा दिँदै आफूलाई सैह्य नहुने चेतावनी दिए। ‘यो छानवीन समिति होकी राजनीतिक समिति?,’ छानवीन समितिप्रति
More

बोसिर जोन्सनलाई वेलायती प्रधाममन्त्री बन्न बाटो खुल्ला

लन्डन- बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन नियुक्त हुने निश्चित भएको छ। दुई महिनाअघि वर्तमान प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। यससँगै उनलाई बेलायतको प्रधानमन्त्री हुने बाटो खुलेको हो। जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन्। पूर्व विदेशमन्त्री रहेका जोन्सनलाई वर्तमान विदेशमन्त्री जेरेमी हन्टले चुनौती दिएका थिए। विहीवार घोषणा गरिएको संसदीय दलको निर्वाचनको नजिता अनुसार जोन्सन्ले खसेको ८७.४ प्रतिशत मत मध्ये ९२ हजार १५३ मत प्राप्त गरे। यस्तै हन्टले ४६ हजार ६५६ मत प्राप्त गरे। जोन्सन सन्ले २००८ देखि २०१६ सम्म
More

ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख निलम्बनमा

ललितपुर महानगरपालिकाका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरपालिकाको गत साउन २ गतेको बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरी साउन ५ गते पत्र थमाइएको महानगरपालिकाका प्रेस संयोजक माधव प्रसाद घिमिरेले जानकारी दिए । महानगरपालिकाको काममा अवरोध पुर्याएको निष्कर्षसहित उनलाई हटाउने निर्णय गरिएको उनको भनाई छ । कदमलालले नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको महानगरपालिकाको भनाई छ । महानगरपालिका स्रोतका अनुसार महर्जनले पर्यटकका लागि तयार पारिएको पार्किङ रोकी महानगरपालिकासँग कुनै समन्वय नगरी पोखरीको शिलान्यास गराएका थिए । सोअघि सो स्थानमा उनले नै पार्किङ सञचालन गर्दै आएका थिए । गत
More

एनआरएन नर्बेको चुनाव अगस्ट ३१ मा

खिलक बुढाथोकी । ओस्लो (नर्बे)– गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेमा नयाँ कार्यसमिति चयनको लागि उम्मेदवारी दर्ताको आह्वान गरिएको छ। जुन २९ गते छैठौं महाधिवेशनबाट संजिव थापा नेतृत्वको कार्यसमिति विघट्न भएपछि नयाँ कार्यसमिति चयन गर्न बनेको निर्वाचन समितिले उम्मेदवारी दर्ता आह्वान गरेको हो। डाक्टर सुरज थापाको संयोजकत्वमा बनेको ५ सदस्यीय निर्वाचन समितिले गरेको उम्मेदवारी दर्तामा एक पदको लागि दुई वा दुई भन्दा बढी आवेदन परेको आगमी अगष्ट ३१ गते चुनाव गराउने तयारी गरेको छ। नयाँ कार्यसमितिको लागि निर्वाचन समितिले एक अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, इसीसी मेम्बर र बढीमा ११ कार्यसमिति सदस्य पदको लागि उम्मेदवारी
More

वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु

बुटवल साउन ७ ससोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस्तै पहिरोमा अन्य ५ जना हराईरहेको वताईएको छ । राति घरमा सुतीरहेको अवस्था माथिवाट पहिरोले तीन घरहरु वगाएर करि ५० मिटर तल पुराएको छ । पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउपालिका अध्यक्ष पारिश्वर ढकालले वताए । राति घरमा भल पस्दा गाउँपालिका ३ ठुलो लुम्पेकका तिल बहादुर त्रामुकी
More

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी विवादमा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा प्रेमी देवाङ्कस राणासँग देखिइन् । त्यहाँ खिचाएको रोमान्सका केही तस्बिरका कारण उनको आलोचना भइरहेको छ । रातो बिकनी लगाएको सार्वजनिक केही तस्बिरमा प्रेमी देवाङ्कसले उनको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । यो तस्बिर सार्वजनिक भएपछि सामाजिक उनलाई उनलाई आलोचना देखि ट्रोल बनाएर उठाउनेसम्मका क्रियाकलाप भएका छन् । केही दिन देखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक संजाल स्टाग्रामको स्टोरी मार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् । उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथी कुकुर घुक्दै
More

पैदलयात्रीलाई ठक्कर दिएर भागेको मोटरसाइकल ट्रकमा ठोक्किएपछि

चितवन–नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सोमबार साँझ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् । नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको ना४२प ४९२९ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई भाग्ने क्रममा भित्री सडकमा रोकिराखेको ना५ख २२४६ नंको ट्रकमा ठक्कर खान पुगेको थियो । ट्रकमा मोटरसाइकल ठक्कर खाएर घाइते भएका चालकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पैदलयात्री भरतपुर महानगरपालिका वडा नं १ बस्ने ५० वर्षीय ओमप्रसाद भुषाललाई सो मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट भुषाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
More

विदेशीको अपराध धन्दा, नौ महिनामा १७५ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद्दामा पक्राउ परेका छन् । १०९ पुरुष र ४ महिला गरी कुल ११३ विदेशी नागरिक लागूऔषध मुद्दामा पक्राउ परेका हुन् । त्यस्तै, सो अवधिमा जबर्जस्ती करणीको मुद्दामा १९ र हातहतियार तथा खरखजाना मुद्दामा १५ विदेशी नागरिक पक्राउ परेको तथ्यांक नेपाल प्रहरीसँग छ । त्यस्तै, कर्तव्य ज्यान मुद्दामा तीन, ज्यान मार्ने उद्योगमा नौ, डाँका चोरीमा आठ, व्यक्ति अपहरणमा दुई,
More

महँगियो मासुको भाउ, कति पुग्यो ?

काठमाडौं–हरियो तरकारीको मूल्यले बजार तातिरहेको बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन् । पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन् । नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च, भ्याली कोल्डस्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतले बढेको छ । भ्याली कोल्डस्टोरका सञ्चालक सक्षक घिमिरेका अनुसार जिउँदो बोइलर कुखुरामा ५० रुपैयाँ बढेर २५० रुपैयाँ पुगेको छ। खुद्रामा प्रतिकिलो २६० रुपैयाँमा बिक्री हुन्छ । एक महिनाअघि २८५ रुपैयाँमा बिक्री भएको तयारी मासुको होलसेलमै ३५० रुपैयाँ पुगेकोछ । खुद्रा व्यवसायीले प्रतिकिलो ३७० देखि ३८० रुपैयाँसम्म असुल्दै आएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
More

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । यी बाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । २०७४ मा संशाधित ‘मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ मा ‘मन्त्रीको सवारीका निमित्त एक मोटर, मासिक २६५ लिटर पेट्रोल र त्रैमासिक रुपमा ५ लिट मोबिल’ मात्र पाउने उल्लेख छ ।
More

एसईईमा नयाँ व्यवस्था, माथिको आदेशमा सबैले पूरक परीक्षा दिन पाउने

काठमाडौं–परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको खबर छ । गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पूरक परीक्षाको मर्म नै बढीमा
More

बालबालिकालाई विद्यालयमा धेरै समय राख्नाको अनेक बेफाइदा

काठमाडौँ। हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ वा कडा अनुशासन ? सोच्नुपर्ने समय आएको छ । कलिला बालबालिकालाई विद्यालयमा राख्दा सिकाइमा प्रतिकूल असर पर्ने जानकारको सुझाव छ । विद्यालयमा मात्र धेरै समय राख्नाले बालबालिकालाई राम्रो हुन्छ वा पढन्ते हुन्छन् भन्ने सोच्नु गलत भएको पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको मानसिक विभागका प्रमुख रवि शाक्यले बताए । विद्यालयमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक तथा आर्थिक उपलब्धिको ढोका बन्द हुनसक्ने उनको सुझाव छ । बालबालिकादेखि हुर्किएका विद्यार्थीले पनि लामो समय विद्यालयमा बिताउनु उचित नभएको उनको भनाइ छ । टाढा विद्यालय भएकाहरू र कक्षा ८ देखि १० सम्म पढ्ने
More

सञ्चित कोष दुई खर्ब घाटामा

काठमाडौं : संघीय सरकारको सञ्चित कोष (ट्रेजरी) ठूलो घाटामा देखिएको छ। महालेखा नियन्त्रकको प्रारम्भिक प्रतिवेदनले आर्थिक वर्ष २०७५÷७६ मा संघीय सरकारको ट्रेजरी अवस्था दुई खर्ब १० अर्ब रुपैयाँ घाटामा छ। सरकारको यथार्थ खर्चमा नगद मौज्दात भए पनि संघीय सरकारबाट तल्लो तहको सरकारमा फन्ड ट्रान्सफर भएपछि संघीय सरकारको खर्चमा देखिन्छ। ‘यो हाम्रो बजेटको लेखा प्रणालीमा समस्या पनि हो। दोहोरो एकाउन्टिङका कारण संघीय सरकारले तल्लो तहका सरकारमा फन्ड ट्रान्सफर गरेपछि ट्रेजरीमा ठूलो घाटा देखिन्छ’, पूर्व महालेखा नियन्त्रक सुरेश प्रधानले भने, ‘तल्लो तहका सरकारबाट रकम खर्च नभए पनि संघीय सरकारको भने खर्चमा देखिन्छ।’ संघीय सरकारले पनि राष्ट्र बैंकले तयार गर्ने नगद प्रवाहमा आधारित
More

तिलगंगालाई ‘डब्लूएचओ कोलाबोरेटिङ सेन्टर’ को मान्यता

काठमाडौं : आँखा स्वास्थ्यमा उत्कृष्ट सेवा गर्दै आएको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ‘डब्लूएचओ कोलाबोरेटिङ सेन्टर’को मान्यता दिएको छ। प्रतिष्ठानको २५ औं वार्षिकोत्सवमा सोमबार डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङलाई प्रमाणपत्र हस्तान्तरण गरे। नेपाल आँखा कार्यक्रमअन्तर्गतको तिलगंगाले कोलाबोरेटिङ सेन्टरको काम गर्नेछ। आँखा उपचार सेवा, प्राविधिक जनशक्ति उत्पादन र अनुसन्धान गरी ३ विधामा डब्लूएचओले साझेदारी केन्द्रको मान्यता दिएको हो। आँखा उपचारमा मान्यता पाउने तिलगंगा पहिलो नेपाली संस्था हो। यसले ६० लाखभन्दा बढीको आँखा उपचार गरेको छ। अत्याधुनिक प्रविधिबाट मोतिविन्दुको साथै शल्यक्रियाद्वारा ४ लाखभन्दा बढीले ज्योति पाएको प्रतिष्ठानले जनाएको छ। करिब ८ हजार
More