Daily Archives 24th July 2019

एनआरएनए अष्ट्रिया अध्यक्षमा विनोद चौलागाई

लन्डन । एनआरएनए चुनाव नजिकिदै गर्दा चारैतिर विवाद र चर्काचर्कीको सरगर्मी चढेको बेला अष्ट्रिया एनआरएनले भने सुन्दर र सफल अभ्यास गरेको छ । एनआरएनए विवादस्पद संस्था हो र कमसल मान्छेहरूले दौडाउँछन भन्ने पछिल्लो भ्रमलाई चिर्दे अष्ट्रिया प्रयोगले शुभ सन्देश दिएको छ । गत २१ जुलाईमा अष्ट्रियाको भिएनामा सम्पन्न एनआरएनए निर्वाचनमा विनोद चौलागाई अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षहरू कुमार अधिकारी , विकाश कार्की ,आशा थापा महासचिवमा भवानी तिवारी , सचिवहरुमा क्रमश: सुभद्रा भण्डारी, याङ्गजोम लाब्राङ्ग , कोषाध्यक्ष विकाश भट्टराई, सह कोषाध्यक्ष दुर्गा गजुरेल , युवा संयोजक दिनेश वैदवार , सह युवा संयोजक एलिजा श्रेष्ठ र सदश्यहरुमा अर्जुन घिमिरे, विरेन पुन,
More

अर्को कार्यकालका लागि चुनाव नलड्ने भवन भट्टको घोषणा (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफूले अर्को कार्यकालको लागि चुनाव नलड्ने घोषणा गरेका छन् । बिहीबार मध्यरात एक विशेष सम्बोधन गर्दै भट्टले आफूले अर्को कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका हुन् । आगामी कार्यकालका लागि भट्टले चुनाव लड्ने या नलड्ने भन्नेबारे एनआरएनभित्र चासो बढिरहेको बेला उनले चुनाव नलड्ने घोषणा गरेका हुन् । यद्यपि उनले नयाँ नेतृत्वका लागि कसलाई सघाउने भन्नेबारे चाहिँ केही खुलाएनन् । यसअघि भट्ट अध्यक्ष बन्दा उपाध्यक्ष कुमार पन्तलाई अर्को कार्यकालमा सघाउने भन्ने भद्र सहमति भएको भनिएको बेला भट्टले चुनाव नलड्ने घोषणा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अहिले अध्यक्षको दौेडमा सबैभन्दा अघि पन्त
More

एनआरएन युकेको एक महिला संयोजकमा तीन अनुहार, कसले मार्ला बाजी ?

लण्डन । आगामी सेप्टेम्बर १४ का दिन हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको निर्वाचनमा महिला संयोजक पदमा ३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । सो पदमा चर्चित एकजना नर्स, कलाकार एवं मोडल प्रसुना कंडेलले उम्मेदवारी दिने भएकी छन् । उनी नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष समेत हुन् । सन् २००५ देखि बेलायत बस्दै आएकी प्रसुना नर्सिङ, च्यारिटी काम र मोडलिङमा सकृय छिन् । क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट उनी रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि पनि हुन् । प्रसुनाले युनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा एमएससी गरेकी छन् । हाल एनआरएन युकेको
More

बालिकालाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा शिक्षक पक्राउ

पोखरा–एक बालिकालाई बन्धक बनाई जबर्जस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । चौध वर्षीया ती बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मोरङको विराटनगर घर भई हाल उदयपुरको चौँदण्डी नगरपालिका–७ को म्यारीगोल्ड सेकेण्डरी आवासीय विद्यालयका शिक्षक २८ वर्षीय राकेशकुमार कानोडियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । पोखराको एक होटलबाट बन्धक बनाइराखेको अवस्थामा ती बालिकालाई उद्धार गरिएको प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । ती बालिकालाई आठ दिनसम्म बन्धक बनाइराखेको थियो । उनको मोबाइलसमेत कानोडियाले जफत गरेका थिए । ती बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको प्रवक्ता केसीले जानकारी बताए ।
More

चोरी गरेको अभियोगमा एमाले चोकबाट तीन जना पक्राउ

धादिङ-मोबाइल लगायत अन्य विभिन्न सामान चोरी गरेको अभियोगमा ३ जनालाई निलकण्ठ नगरपालिका-३ एमाले चोकबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निलकण्ठ नगरपालिका-४ बस्ने २० वर्षीय सुजन ठकुरी, सोही ठाउँ बस्ने १८ वर्षीय किशान श्रेष्ठ र २० वर्षीय निशान सुन्दास रहेका छन् । सोही ठाउँ बस्ने चोक नारायण श्रेष्ठको डेराबाट असार ९ गते सामसुङ जे सेभेन मोबाइल र नगद समेत चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले खोजी गर्ने क्रममा विभिन्न कम्पनीका मोबाइल १२ थान, लाईटर १४ थान, ढलौटको कचौरा १२ थान, फलामको खुकुरी २ थान, फलामको ह्यािम्बर, रिन्ची, फलामको रड, सुनजस्तो देखिने मंगलसुत्र लगायतका समानहरु सहित फेला पारी
More

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्धारा सपथ ग्रहण

लन्डन– बेलायती महारानी एलिजाबेथले कञ्जरभेटिभ पार्टी दलको नेता बोरिस जोन्सनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएपछि बुधबार महारानीले पद तथा गोपनियतको सपथ गराएकी हुन्। जोन्सनले आजैदेखि आफ्नो कार्यभार औपचारिक रुपमा सुरु गरेका छन्। ६ सय ५० सदस्यीय बेलायती संसदमा कञ्जरभेटिभ पार्टीका ३ सय १३ छन्। प्रधानमन्त्री जोनसनले डियुपीको सर्मथनमा बहुमत भएको दावी वेलायती रानी समक्ष पेश गर्दै प्रधानमन्त्री भएका हुन्। जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै मंगलबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन्। बेलायती संचार माध्यमका अनुसार नवनियुक्त प्रधानमन्त्री जोनसनले
More

एनआरएन युकेको महासचिवमा त्रिपाठीले तेस्रो पटक उम्मेदवारी दर्ता गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव राजकुमार त्रिपाठीले पुनः महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्रिपाठीले गैरआवासीय नेपाली संघ युकेको सेप्टेम्बर १४ तारिख हुने आसन्न निर्वाचनमा महासचिव पदको उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएन युके महासचिव त्रिपाठीले १९–२१ का लागि पनि पुनः उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनको यो तेस्रो उम्मेदवारी हो । बेलायतमा एक दशक भन्दा बढि विभिन्न सामाजिक कामहरुमा सक्रिय व्यक्तित्व आरके त्रिपाठी पेशाले सिभिल ईन्जिनियर हुन् । एनआरएन यूकेलालाई संस्थागत सञ्चालनमा योगदान दिएका त्रिपाठीले दोहोरो नागरिकता, भूपू गोर्खाहरुको अधिकार सुनिश्चिततालगायतका विषयमा आफ्ना अभियान केन्द्रित गर्दै आएका छन् । त्रिपाठीले बेलायतका विभिन्न सामाजिक संघसंस्थाहरुको
More

रातो र चन्द्र सूर्जे’ अब नेपथ्यको म्यूजिक भिडियोमा

कवि गोपालप्रसाद रिमालले राणाकालमै लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ संगीतबद्ध भएको केहि दसकपछि अब म्यूजिक भिडियोका रुपमा प्रस्तुत भएको छ । यस कवितालाई निकैपछि अम्बर गुरुङले वीररसमा संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए । उतिबेलै गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो । नेपाली झण्डाको महिमा गाउने क्रममा हाम्रो गौरवमयी इतिहास र गाथा बयान गर्ने यो गीतलाई पछिल्लो समय लोक रक ब्याण्ड नेपथ्यले गाउँदै आएको छ । यसले रेडियो नेपालका पुराना श्रोतामा मात्र यस गीतलाई सीमित नराखेर नयाँ पुस्ताको अझ ब्यापक घेरामा लगिदिएपछि दिन प्रतिदिन लोकप्रियता बढ्दै गएको
More

नेपाली क्रिकेट टोलीद्धारा मलेसिया पराजित

काठमाडौं – कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङ प्रेरित नेपाली क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ । सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका लागि ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै मलेसिया ७ विकेटले पराजित गर्न सफल भयो ।
More

सुनको भाउ

बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी बुधबार तोलामा ७७५ मा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।
More