Daily Archives 26th July 2019

एनआरएन साउदी अरबको निर्वाचन ६ अगष्टमा

लण्डन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको राष्ट्रिय महाधिवेशन मिति तय भएको छ । गत १९ जुलाई शुक्रबार सम्पन्न परिषद्को सातौं पूर्ण बैठकले आगामी सेप्टेम्बर ६ तारिख, २०१९ शुक्रबार अधिवेशन मिति तय गरेको हो । अधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ कार्यसमिति चयन हुनेछन् । अध्यक्ष नारायण पासवान नेतृत्वमा रहेकोे वर्तमान कार्यसमितिको कार्यकाल सेप्टेम्बर मै समाप्त हुदै छ । राष्ट्रिय अधिवेशनलाई सम्पन्न गर्न जोन अर्यालको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन समिति गठन भएको छ । समितिमा रमेश भण्डारी र राजकुमार गिरी निर्वाचन निर्वाचन सदस्य रहेका छन् । निर्वाचन समितिले निर्वाचन निर्देशिका एवम् नियमावली २०१९ र एनसीसी साउदि अरबको बिधि
More

कमल पौडेललाई एनबीसीको पूर्ण समर्थन

लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले संस्थाका 
संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार कमल 
पौडेलको चुनावी अभियानमा समर्थन गर्ने निर्णय गरेको छ । उक्त संस्थाले एनआरएनए यूके उपाध्यक्षका प्रत्यासी पौडेलको चाहनालाई सर्वसम्मतिले समर्थन गर्दै अभियान शुरु गर्ने निर्णय गरेको हो । गत २३ जुलाई मंगलबार नर्थ हयारोको ब्ल्युमुन 
रेष्टुरेन्टमा बसेको कार्यसमिति तथा सल्लाहकारहरुको 
बैठकले ‘कमल पौडेललाई जिताऔं’ भन्ने अभियान सहित आवश्यक तयारी, सदस्यता विस्तार, सम्पर्क तथा भेटघाट र चुनाव प्रचार व्यापक बनाउन कार्यसमितिका सबै सल्लाहकार तथा सदस्यहरू प्रचार समितिमा रहने गरि राजेन्द्र ओझा संयोजक र वसन्त नेपाल सहसंयोजक भएको १०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । संस्थाले पौडेललाई
More

एनआरएनए स्विडेनको अध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिने

स्विडेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विडेनको आगामी कार्यकाल २०१९–२०२१ को लागी अध्यक्ष पदमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । विगत ६ वर्षदेखि संस्थाको विभिन्न पदमा रहेर काम गर्दै अबको नेतृत्व सम्हाल्न अध्यक्षमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठ वर्तमान कार्यसमितिका महासचिव समेत हुन् । एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, स्वीडेनमा अत्यन्त महत्वपूर्ण र आवश्यक देखिएको परोपकारी अक्षयकोष स्थापनाको गर्ने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुख, विपदको समाधानको लागि हेल्प डेक्सको स्थापना गर्ने जस्ता मुख्य एजेण्डाहरू उनले
More

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने गिरोह पक्राउ

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो । मुख्य अभियुक्त भनिएका कर्ण तामाङ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनलाई जिल्ला ल्याएर अदालतमा पेश गरिएको छ । पञ्चबहादुर र अम्बरबहादुर केही समयअघि पक्राउ
More

चीनसँग हवाई सेवा सम्झौता

नेपाल र चीनबीच हवाई यातायातको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ । दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् । द्विपक्षीय छलफलपछि आज हस्ताक्षर भएको समझदारीपत्रअनुसार चीनले थप आठवटा चिनियाँ गन्तव्यमा नेपाली हवाई सेवा प्रदायक कम्पनीलाई उडानको अनुमति प्रदान गरेको छ । योसँगै नेपालका विमान कम्पनीलाई चीनका १५ गन्तव्यमा उडानको अवसर जुटेको छ । चीनका कुन–कुन गन्तव्यमा नेपालले उडान गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्ने तथा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा उडानका निम्ति गरेका आवेदनको शीघ्र निर्णयमा पुग्न
More

टेलिभिजनमा मन्त्रीको भाषण सुनेर जनता वाक्क

काठमाण्डौैं । “राष्ट्रको मुहार आम जनताको आस्थाको धरोहर नेपाल टेलिभिजनको सेवा साच्चिकै आम जनताको जीवन र जगत्सँग जोडिएको हुनुर्पछ । जनताले अत्यधिक रुचाएको देशकै गौरव र सम्मानित संस्था टेलिभिजनको दायित्व अनअपेक्षाभन्दा अरु हुनैसक्दैन । मन्त्रीको भाषणभन्दा जनताको चित्कार टेलिभिजनको पर्दामा आउनुप¥यो ।” नेपाल टेलिभिजनको सिंहदरबारस्थित छायाङ्कन स्टुडियोमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा भन्दै हुनुहुन्थ्यो, “म मन्त्रीको भाषण पहिला आउनुपर्दैन, देशमा कहीँ ठूलो दुर्घटना भएको छ, भने त्यहाँको वस्तु विवरण, जनताले भोगेको सास्ती, उद्धार राहतका कुरा पहिला आउनुप¥यो ।” नेपाल टेलिभिजनको गत आव २०७५/०७५ को समीक्षा र चालू आवको कार्ययोजनाबारे आज भएको समीक्षामा मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन देशको सम्मानित र
More

कांग्रेस बैठक महाधिवेशनको कार्यतालिक बनाउन केन्द्रित

काठमाण्डौं । नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा विधानअनुसार सङ्गठनको अन्तरिम सङ्गठन संरचना गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल जारी छ । बिहीबारदेखिको बैठक पार्टी विधानको धारा ७२ ९४० अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, एनपी साउँद, जीवनबहादुर शाही, धनराज गुरुङ, महेन्द्र यादव, बद्री पाण्डे, पार्वता डीसी चौधरी, श्यामकुमार घिमिरे र रामकृष्ण यादवले आ–आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक साउन १२ गते दिउँसो १
More

खुमन र रमिलाको ‘पशुपतीमा’ बोलले तीन दिनमै तहल्का मच्चायो

लण्डन । हरेक बर्ष हरितालिका तिजको अवसरमा दर्शक श्रोताको मन जित्ने गीत निकाल्दै आएका गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ तीज गीत सार्वजनिक भएको छ । खुमन र रमिलाको आवाजमा सजिएको ‘पशुपतीमा’ बोलको गीत केही दिन अघी मात्रै सार्वजनिक भएको हो । सार्वजनिक भएको केही दिनमा नै गीतले निकै चर्चा बटुलिरहेको छ । पछील्लो समय तिज गीतको नाममा भड्किलो गीत निस्किरहेको अवस्थामा यो गीत भने टिपिकल तीज शैलीमा बनेको छ । यही कारण दर्शक श्रोताहरुले यो गीतलाई निकै रुचाएका छन् । गीतको शब्द संगीत देखी भिडियो लगायतको सबै पक्षलाई दर्शक श्रोताहरुले मन पराएका छन् । गीतले अहिले सम्म
More

१५ लाख नतिरेर निर्मात्री रज्जु प्रधान १५ लाख धरौटीमा तारेख धाउँदै

काठमाण्डौ –हालसालै प्रदर्शन भइसकेको सयकडा दश लगायतका चलचित्रकी निर्मात्री मैतिदेवी बस्दै आएकी र हाल ललितपुर, सातदोबाटो बस्ने रज्जु प्रधान भन्ने राजुमैँया प्रधानबिरुद्ध वैदेशिक रोजगार विभागमा २०७५ /११/०९ मुद्धा दायर भएको थियो । प्रधानले काठमाण्डौको घट्टेकुलोमा बस्ने शोभा सिवाकोटीलाई वि.सं. २०६८ सालमा अमेरिका अथवा यूरोप लगिदिने भन्दै १५ लाख रुपैयाँ लिएको र पछि वैदेशिक रोजगारमा पनि नपठाएको तथा पैसा पनि फिर्ता नगरेको भन्दै पीडित शोभा सिवाकोटाीले वैदेशिक रोजगार विभागमा मुद्धा दायर गरेकी थिइन् । वैदेशिक रोजगार विभागले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई २०७५ /११/०९ मा चं.नं. १५९०/०७५/७६ पत्र काटी कसुरदार पक्राउ गरी उपस्थित गराइदिने भन्दै पत्र लेखेको थियो। अहिले उनी वैदेशिक रोजगार
More

फिफा वरियतामा नेपालको स्थान खस्कियो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरियतामा नेपाल १ सय ६६ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६५ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय ३ औं स्थानमा र माल्दिभ्स १ सय ५२ औं स्थानमा रहेको छ ।नेपाल भन्दा तल रहेको बंगलादेश १ सय ८२ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय औं र पाकिस्तान २ सय ४ औं
More