Daily Archives 28th July 2019

एनआरएन यूकेको उपाध्यक्षमा धन सार्कीले उम्मेदवारी दिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको उपाध्यक्ष पदमा धनबहादुर सार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन् । सार्कीले आइतबार अल्टर्शटको टेमटेसनमा आफ्ना एजेन्डासहित पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरेका हुन् । नेपालमा गोरखाबाट बसाई सरेर चितवन पार्वतीपुर पुगेका सार्कीले लन्डनबाटै होटल म्यानेजमेन्टमा डिग्री हासिल गरेका छन् । सिर्जनशील नेपाली समाज यूकेका पूर्वअध्यक्षसमेत रहेका सार्की यूरोपमा नेपाली समाजमा देखिने छुवाछुत, जातिभेद, बहुमतको जातीय दम्भ र असमावेशी चरित्रविरुद्ध बुलन्द आवाज उठाउँदै आएका छन् । १५ वर्ष गोरखा सैनिक जीवनबाट अवकास लिए पछि सार्कीले विद्यार्थी जीवन हुदै सामाजिक क्षेत्र काम गर्दै आएका छन् । एनआरएन युकेको निर्बाचन आगामी सेप्टेम्वर १४ मा हुदैछ। सो
More

एनआरएन हङकङको अध्यक्षमा पुनः राधिका गुरुङ

हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङ अध्यक्षमा राधिका (टिका) गुरुङ विजयी हुनुभएको छ । आइतबार सम्पन्न सातौ अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः निर्वाचीत हुनुभएको हो । १७ सदस्सीय कार्यसमितिमा उपाध्यक्षमा किसन राई र कर्म गुरुङ, महासचिवमा गोकर्ण प्रसाद ढकाल, सचिवमा डिल्लिराम विश्वकर्मा तथा कोषाध्यक्षमा सन्तोष कुमार गुरुङको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै, महिला संयोजक अनु राई र युवा संयोजक प्रेम लामा तथा सदस्यहरु विजय कुमार गुरुङ, अर्जुन गौचन र अरविन सिंह पनि निर्विरोध हुनुभएको छ ।
More

बिहे गर्न नमानेपछि हत्या

काठमाडौं–१२ वर्षअघि हत्या गरी फरार रहेका काभ्रे आम्बोटेका राजेश लामालाई प्रहरीले पक्राउ गरेको छ। १२ वर्ष अघि मकवानपुरकी सुनिता लामालाई ललितपुरको ईमाडोलमा विभत्स हत्या गरी फरार लामालाई प्रहरीले गत साउन १० गते ललितपुरस्थित सानेपाबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अनुसन्धानको क्रममा सुनिता लामाको हत्यामा संलग्न राजेशलाई १२ वर्षपछि पक्राउ गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । व्यूरोका निर्देशक डिआईजी निरजबहादुर शाहीले पक्राउ परेका लामाले आफूसँग विवाहका लागि टिकाटालो समेत गरेकी सुनिताले अन्तिममा आएर विवाह नगर्ने भनेपछि आफूले हत्या गरेको बयान दिएको जानकारी दिए । विवाह हुने मितिभन्दा अघिल्लो दिन २०६४ साल मंसीर २७ गते
More

१० वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

सुनसरी– एक १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ । रामधुनी नगरपालिका वडा नम्बर ५ स्थित झुम्का बजारकी ती बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले ३५ वर्षीय भीम गुरुङलाई पक्राउ गरेको हो । घरमा कोही नभएको मौका छोपी गुरुङले बालिकालाई अश्लिल चलचित्र देखाएर यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ । पीडित परिवाले दिएको जाहेरीको आधारमा गुरुङलाई पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
More

खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

काठमाडौं(टोखा नगरपालिका(३ स्थित विष्णुमति पुल नजिक सोही ठाउँ बस्ने दोलखा घर भएका ४५ वर्षीय शुकमान तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय धन बहादुर मोक्तानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शुकमानको ग्राण्डी अस्पताल धापासीमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले धन बहादुरलाई खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
More

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं। नागार्जुन नगरपालिका(२ सानोभर्‍याङबाट प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय मिलन तामाङ र चन्द्रागिरी नगरपालिका(१४ नैकाप बस्ने २८ वर्षीय मिरङ पुन रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले ग।९ प ६०९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कागजपत्र नभएपछि कारवाहीबाट बच्नका लागि दिएको सहित दुवै जनालाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका(२८ स्थित रणोदिप पुलबाट प्रहरीलाई नगद ४ सय रुपैयाँ दिई आर्थिक प्रलोनभमा पार्न खोज्ने सिराहा औरही गाउँपालिका(४ बस्ने २५ वर्षीय आशिष आनन्द कुमार यादवलाई आइतबार राति
More

‘ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको छ’

काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे । उनले भने,‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन् । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौं ।’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै संयोजक
More

निशुल्क हेपाटाइटिस बी जाँच

अल्का अस्पतालले अन्तर्राष्टिय हेपाटाइटिस दिवसको अवसरमा निशुल्क हेपाटाइटिस बी जाँच गरेको छ। लाइन्स क्लव अफ काठमाडौं अल्का डिस्टिक ए टु को सहकार्यमा अल्का अस्पतालले निशुल्क हेपाटाइटिस बी जाँच गरेको हो। आइतबार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म निशुल्क हेपाटाइटिस बी जाँच गरिने अस्पतालले जनाएको छ। निशुल्क हेपाटाइटिस बी जाँचका साथै फ्रि स्क्रिनिङ टेष्ट समेत गरिएको प्रधानले जानकारी दिइन्। अल्का अस्पतालका कलेजो रोग विशेषज्ञ डाक्टर अनन्त श्रेष्ठका अनुसार यो रोग विशेष गरी ६ वर्षदेखि १५ वर्षसम्मका बालबालिकामा देखिने गरेको छ। बालबालिका खेल्दा हेपाटाइटिस संक्रमित भएको बालकहरुको घाउचोटबाट रगत निस्कदा त्यसबाट पनि अन्यमा रोग रोग सर्ने उनले बताए। हेपाटाइटिस संक्रमित भएको मानिसबाट
More

प्रदेश ५ मा समाजवादीले एकता टुंगियो

रुपन्देही । समाजवादी पार्टीले प्रदेश ५ मा एकीकरण प्रक्रिया टुंगो लगाएको छ । शनिबार बसेको पदाधिकारी बैठकपछि प्रचार विभाग प्रमुख प्रशान्त सिंहले प्रदेशको समायोजन कार्य सँगसँगै संगठनलाई चुस्त बनाउन नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने कार्य भइरहेको बताए । समाजवादीका २५ पदाधिकारीमध्ये तत्कालीन नयाँ शक्तिका तर्फबाट भक्तबहादुर शाहलाई सचिवमा मनोनयन गरिएको छ । बैठकले पार्टीको प्रशिक्षण विभाग प्रमुखमा हेमराज राई र उपप्रमुखमा पीताम्बर खतिवडालाई मनोनयन गरेको छ । त्यस्तै प्रचार विभाग प्रमुखमा सिंह, कार्यालय व्यवस्थापनमा प्रकाश अधिकारी र आर्थिक विभागमा विजय यादवलाई मनोनयन गरिएको जनाएको छ ।
More

अमेरिकी डलरको खरिददर

आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२३ रुपैयाँ ०७, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।
More

दुर्घटनामा एकको मृत्यु

धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं ८ त्रिभुवन राजपथमा गए राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ । तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा१७च ५३६ नंको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा सवारी चालक थाक्रे गाउँपालिका–६ का २८ वर्षीय बलराम तामाङको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो । सडकबाट करीब १५० मिटर तल सवारी खसेपछि गाउँवासीले उद्धार गरी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा चालकको मृत्यु भयो भने सहचालक गम्भीर घाइते भएकाले थप उपचारका लागि काठमाडाँै पठाइएको छ । रासस
More

बर्षातको पानी संकलन र व्यवस्थापनका बहुउद्देश्यीय जलाशययुक्त आयोजना अगाडि बढाउछौं : मन्त्री पुन

काठमाडौं। सरकारले बर्षातको पानीजन्य प्रकोपलाई न्यूनीकरण गर्न र हिउँदमा हुने पानीको संकट टार्नका लागि बहुउद्देश्यीय प्रकृतिका जलाशययुक्त आयोजनाहरुलाई अगाडि बढाउने भएको छ । जलस्रोत,ऊर्जा तथा सिंचाई मन्त्री बर्षामान पुनले शनिवारदेखि राजधानीमा आरम्भ भएको ‘जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि बर्षाको पानीको संकलन’ विषयक दुई दिवसीय सम्मेलनको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। उनले नेपाल बर्षाको पानीको उपलब्धताको हिसाबले धनी रहेको उल्लेख गर्दै भने, ‘तर नेपालमा प्रकृतिले दिएको अमूल्य पानीको ८० प्रतिशत भाग ९० दिनमा परेर बगेर जान्छ। बाँकी ९ महिना हामी पानीको अभावमा गुज्रन बाध्य छौं।’ मन्त्री पुनले बर्षाको पानीबाट हुने प्रकोपलाई कम गर्न र हिउँदको आवश्यकता पूरा गर्नका
More

प्रधानमन्त्रीलाई किन पुर्याइयो स्वास्थ्य परीक्षणका लागि छाउनी ?

काठमाडौँ – छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ । शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्राडा दिव्यासिंह शाहले जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो,’ उनले भनिन्, ‘उहाँको रगत, दिसापिसाबलगायत पेटको अल्ट्रासाउन्ड गरिएको छ ।’ शिक्षण अस्पतालबाट पनि परीक्षणका लागि चिकित्सक सैनिक अस्पताल गएको उनले जानकारी दिइन् । एउटा परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र अन्य रिपोर्टबाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको उनले बताइन् । कान्तिपुर दैनिकमा खबर छ ।
More

१७ महिनापछि मन्त्रीहरू फेरिँदै,गृह, रक्षा, ऊर्जा, परराष्ट्र र सञ्चारबाहेक सबै नयाँ

काठमाडौं । सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उहाँले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । सरकार सञ्चालनलाई प्रभावकारी बनाउन पार्टीका शीर्ष नेताको सुझावलाई आत्मसाथ गर्दै प्रधानमन्त्री ओलीले पार्टीको विभाग र आयोगका प्रमुखहरुको जिम्मेवारीको टुंगो लागेलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्नुभएको उहाँको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार चारवटा मन्त्रीबाहेक अरु मन्त्रीलाई विदाई
More

गर्भवती र सुत्केरीलाई कुहिएका अण्डा वितरण

म्याग्दी– म्याग्दीको एक गैरसरकारी संस्थाले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको छ । मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई कुुहिएको अण्डा वितरण गरेर उनीहरुको स्वास्थ्यमाथि खेलवाड गरेको पाइएको छ । ‘जीवनको महत्वपूर्ण क्षण’ नाम दिइएको कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले प्रति महिला दुईसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडेको र खान योग्य नभएको पाइएको हो । सुआहाराका फिल्ड कर्मचारीहरुले गर्भवती र सुत्केरी महिलाहरुलाई घरमै पुगेर १० वटा अण्डा दिएका थिए । उनीहरुले दिएको अण्डा खान योग्य नभएको र सडँेको अवस्थामा पाइएको महिलाहरुले गुनासो गरेका छन् । अण्डा खान
More

काँग्रेसमा अलमल

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनमा जाने विषयलाई प्रस्ट रूपमा एजेन्डामै राखे पनि कसरी जाने भन्नेमा नेतापिच्छे नै प्रस्ताव आइरहेको छ । कांग्रेसको संस्थापन पक्ष र इतर पक्षमा रहेका नेता महाधिवेशनका विषयमा सहमत भए पनि महाधिवेशनमा जानका लागि आवश्यक पर्ने सबै संरचनाको भर्पाई कसरी गर्ने भन्नेमा भने विभाजित हुँदै आएका छन् । संस्थापन पक्ष सहमतिमै सबै तहको संरचना बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इतर पक्ष विधि र प्रक्रियाबाटै महाधिवेशनमा जानुपर्ने पक्षमा रहँदै आएको छ । तर, इतर पक्षका केही नेता भने पुरानै व्यवस्थाअनुसार पनि महाधिवेशनमा जान सकिने बताउँदै आएका छन् । राजधानी दैनिकमा
More

तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि, दुई सय प्रतिशतसम्म मूल्यवृद्धि

काठमाडौं । केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन । गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ । गोलभेंडाको बजार मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ । हरियो तरकारीको बजार मूल्य प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैयाँसम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका छन् ।
More

सरकारी गाडीको चरम दुरुपयोग, सेता नम्बर प्लेटलाई प्राइभेट बनाएर प्रयोग

काठमाडौं । अदालतका स्रेस्तेदार र कर्मचारीले नै सरकारी गाडीको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ । उनीहरूले सरकारले दिएको सेतो प्लेटको गाडीलाई रातो प्लेटमा परिवर्तन गरेर व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरेको पाइएको हो । ऋण असुली पुनरावेदन न्यायाधीकरणले सरकारी गाडीलाई रातो प्लेट बा१७च ५७३८ नम्बर बनाएर चलाएको पाइएको छ । सो गाडी ऋण असुली न्यायाधीकरणका न्यायाधीश महेश थापाले प्रयोग गर्दै आएका छन् । त्यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणले सेतो सरकारी प्लेट ३४२९ नम्बरको गाडीलाई खरिद गर्दाको अवस्थामै टाँसिएको नक्कली रातो प्लेट बा१८च ७५९४ नम्बर राखेर न्यायाधीशले घरायसी र कार्यालय प्रयोजनका लागि प्रयोग गरेका छन् । सो गाडी वैदेशिक रोजगार
More

मोटरसाइकलले ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ घलातेचोकमा आज काठमाडौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९५ प ९४३५ नंको मोटरसाइकलले ठक्कर दिँदा नौ वर्षीय बालकको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट सिन्धुपाल्चोक चौतारा नगरपालिका गैरीगाँउ घर भई हाल सूर्यविनायकमा डेरा गरी बस्ने नौ वर्षीय दीप श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। दुर्घटनामा घाइते बालकलाई उपचारका लागि डा इवामुरा अस्पताल सल्लाघारी लगिएकामा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए। प्रहरीले मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–५ हाँडीगाउ बस्ने १९ वर्षीय दिपेन श्रेष्ठ र मोटरसाइकल प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलको पछाडि सवार सङ्खुवासभा खाँदबारी घर भई हाल काठमाडौँ कालोपुल
More

युवाले आँट गरे नेपाल समृद्ध बन्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताएका छन्। लियो क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “युवाले लक्ष्य ठूलो राखेर हिँड्यो भने हामीले लक्ष्य हासिल गर्न सक्छौँ। आफ्नो अगाडिको ठूलो लक्ष्य र त्यसको प्राप्तिका लागि साधना, निष्ठा र निरन्तरको प्रयासले नै नयाँ ठाउँमा हामीलाई पुर्याउन सक्छ।” उनले युवाले सङ्कल्प मात्र गरे यी सबै कुरा पूरा हुने बताए। “दशदेखि बीस वर्षभित्र नेपाल संसारकै सबैभन्दा सभ्य र सुसभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्छ”, उनले भने, “नेपालको इतिहास र भूमि उर्भरभूमि हो। नेपाल विचार निर्माण र
More