Daily Archives 30th July 2019

एनआरएन युकेमा मनलाग्दी उमेद्वारी शुल्क बृदि, सर्बत्र बिरोध

लन्डन । गैर आवासीय नेपाली संघ युके कार्यसमितिको १३ औं बैठक २८ जुलाईका दिन संघको आफ्नै कार्यालयमा सम्पन्न भएको छ । बैठकले एनआरएन युकेको आउँदो अधिवेशन १० अगस्तमा र निर्वाचन १४ सेप्टेम्बेरमा सम्पन्न गर्न विभिन्न महत्वपूर्ण निर्णय सर्वसम्मत पारित गरेकोसंघका प्रवक्ता रमेश रमेश सरांगकोटीले जनाए । ‘युके गैर आवासीय नेपाली संघको जननी, हाम्रो चाहना नेपाल र नेपालीको सुख एवं समृद्धि’ भन्ने उद्घोषका साथ गैर आवासीय नेपाली संघ युकेको अधिवेशन आगामी १० अगस्त शनिबार फार्नबोरोस्थित भिलेज होटेलमा हुने भएको हो । संघले बिहान १० देखि अपरान्ह ५ बजेसम्म अधिवेशन सञ्चालन हुने जनाउंदै सम्पूर्ण पंजीकृत सदस्यलाई यसै समाचार मार्फत उपस्थितिका लागि अनुरोध
More

‘मिस इंग्ल्याण्ड’को प्रिजेन्टर राउण्डमा प्रतिष्ठा पहिलो

लन्डन– बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन् आवेदन दिएका २२ हजारलाई उछिनेर प्रतिस्पर्धाको फाइनलमा पुग्न सफल भएकी प्रतिष्ठा ‘तृष’ राउत प्रिजेन्टर राउण्डमा पहिलो भएकी छन् । उनले नेपालमा गएको भुकम्पको विषय बस्तु बनाएर आफुलाई टिभी प्रिजेन्टरको रुपमा प्रस्तुती गरेकी थिइन् । सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरि ५ राउण्ड भएको थियो। तिनै राउण्डको आधारमा अन्तिम ५० जना सुन्दरीहरुले फाइनलमा भिड्नेछन्। हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित शडवरीमा बस्दै आएकी छन्। भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६
More

विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं–प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए । उनी सोही समूहको महिला सङ्गठनकी महासचिवसमेत रहेको प्रहरीले जनाएको छ । एक हप्ताअघि मात्रै प्रहरीले उक्त समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहले विध्वंशकारी क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको
More

भ्रष्टाचार गर्नेलाई धमाधम गिरफ्तार गरिएको छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो ।” प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर नहेरे सबैलाई कारवाही हुनेसमेत उल्लेख गर्नुभयो । सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताउँदै उहाँले विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गा सरकारले विधि पु¥याएर फिर्ता लिने प्रतिबद्धता जनाउनुभयो । “ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानबिन थालेको हो, तर यही सरकारले जग्गा हडपेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्,
More

जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

टोकियो– जापानमा अत्यधिक गर्मीका कारण गत हप्ताभरीमा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले मङ्गलबार बताएका छन् । गर्मीका कारण अन्य छ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी बर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये एक हजार १९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् । गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये एक हजार ७९२ जनाले अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका बताइएको छ । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतहरूले जनाएका छन् ।
More

डा.विजय आचार्य वेलायतमा सम्मानित

लण्डन । वेलायत भ्रमणमा रहेका भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्य सम्मानित भएका छन् । डा. आचार्यलाई गैरआवासीय नेपाली संघ युके (एनआरएनए) ले आइतवार अल्डरशटमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै डा. आचार्यले गैरआवासीय नेपालीहरु सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको अध्यक्षमा सम्पन्न कार्यक्रमलाई महासचिव राज कुमार त्रिपाठीले सम्वोधन गरेका थिए । कार्यक्रममा उपाध्यक्षद्धय पुनम गुरुङ र सुशिला राईको समेत उपस्थिती थियो ।
More

हाकिमको घर्रामा १९ अर्बका चेक

काठमाडौं – आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरका चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो । विगतदेखि नै आर्थिक वर्षको अन्तिममा चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्तरण नगर्ने प्रवृत्ति छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले भुक्तानीको चेक सम्बन्धित खर्च निकायमा पठाए पनि ठेकेदारसँग मोलमोलाइका लागि समयमा हस्तान्तरण नगरेको पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असारमा काटिएका २४ हजार नौ सय १७ चेक साट्न
More

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४

काठमाडौँ – कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् । उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को वैशाखमा सञ्चालित परीक्षाको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक शर्माका अनुसार गत वर्षमा जस्तै यसपालि मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या सबभन्दा बढी छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमिततर्फ २ लाख ९२
More

तीन महिनामा ७ करोड बाँडचुँड

काठमाडौँ – सरकारले गत वैशाख, जेठ र असारमा मात्रै आर्थिक सहायताका नाममा करिब ७ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रतिव्यक्ति २ लाखदेखि ५० लाख रुपैयाँसम्म बाँडिएको हो । केही गैरसरकारी संस्थालाई १ करोड रुपैयाँसम्म आर्थिक सहायता दिइएको छ । अर्थ मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण हेर्दा अधिकांशलाई कानुन मिचेर यस्तो सहायता दिएको पाइएको छ । विशिष्ट तथा सार्वजनिक जीवनमा महत्त्वपूर्ण योगदान गरेका तथा विपन्न व्यक्तिको उपचार सहायतासम्बन्धी निर्देशिका उल्लंघन गरी सरकारले पहुँचवालालाई निवेदन दिएकै भरमा जथाभावी रकम बाँडेको हो ।कान्तिपुरमा खबर छ ।
More

कार्य विभाजन रोकेर ओली-दाहाल विदेश

काठमाडौं : सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका दुई धारका बीच मतभेद बढिरहेका बेला नेताहरूले त्यसलाई टुंगो नलगाई सचिवालय बैठक पछि धकेलेका हुन्। तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि कार्यविभाजनमै अलमल भइरहेको छ। सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्कन लागेपछि एकता प्रक्रियामा ढिलाइ हुन पुगेको हो। साउन ५ यता मात्रै तीनपटक स्थगित सचिवालय बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर बैठकमा कार्य विभाजन प्रस्तावमा नेताहरूले अझै गृहकार्य नपुगेको धारणा राखेपछि बैठक २८ साउनसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी
More

२५ वर्षपछि टीएसएलसी खारेज

काठमाडौं । प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभीटी) ले प्राविधिक एसएलसी (टिएसएलसी) कार्यक्रम संचालन गरेको २५ वर्षपछि सो विषय खारेज गर्ने भएको छ । यो शैक्षिक सत्र वर्षपछि उक्त कार्यक्रममा भर्ना बन्द गरिने भएको छ । परिषद्ले शैक्षिक सत्र वर्ष २०७६/२०७७ का लागि अन्तिम पटक भर्ना खोलेको जनाएको छ । परिषदका सदस्य सचिव पुष्परमण वाग्लेले चिकित्सा शिक्षा आयोगको बैठकले भर्ना खोल्न स्वीकृत दिए लगत्तै अन्तिम पटकका लागि भर्ना खोलेको दाबी गर्नुभयो । तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को परिच्छेद ५ को आशयपत्र , सम्बन्धन तथा प्रत्यायनको दफा १५ को उपदफा ४ मा ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्रतह भन्दा मुनीका स्वास्थ्य
More

धारिलो हतियार प्रहार गरी आफ्नै बाबुलाई घाइते बनाएको अभियोगमा पक्राउ

ईलाम । धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी घरायसी विवादको क्रममा चुलाचुली गाउँपालिका १ कमल बस्ने ३५ वर्षीय कृष्ण तामाङले बुबा पृथ्वी बहादुर तामाङलाई धारिलो हतियार दाउले प्रहार गरी घाइते बनाएको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले कृष्णलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। डिसी नेपाल
More

कार्य विभाजन रोकेर ओली–प्रचण्ड विदेश

काठमाडौं – सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका दुई धारका बीच मतभेद बढिरहेका बेला नेताहरूले त्यसलाई टुंगो नलगाई सचिवालय बैठक पछि धकेलेका हुन्। तत्कालीन एमाले–माओवादीबीच पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि कार्यविभाजनमै अलमल भइरहेको छ। सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्कन लागेपछि एकता प्रक्रियामा ढिलाइ हुन पुगेको हो। साउन ५ यता मात्रै तीनपटक स्थगित सचिवालय बैठक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर बैठकमा कार्य विभाजन प्रस्तावमा नेताहरूले अझै गृहकार्य नपुगेको धारणा राखेपछि बैठक २८ साउनसम्मका लागि स्थगित भएको प्रवक्ता
More

विश्वविद्यालयका पदाधिकारीको पदावधि सकिँदै, सुरु भएन छनोट प्रक्रिया

काठमाडौँ। विश्वविद्यालयका पदाधिकारीहरूको पदावधि सकिन एक महिना बाँकी हुँदा पनि छनोट प्रक्रिया अझै थालिएको छैन । आजको गोरखापत्र दैनिक लेख्छ–विश्वका विश्वविद्यालयहरूमा यस्तो प्रक्रिया पदाधिकारीको पदावधि सकिनु एक वर्षअघि नै सुरु गर्ने परम्परा छ । हतारमा ‘सर्च कमिटी’ गठन गर्ने नेपाली परम्पराले राम्राभन्दा हाम्रा व्यक्ति नियुक्त हुने प्रवृत्ति विगतमा झाँगिँदै गएको छ । न्युजिल्यान्डको क्यान्टरबरी विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गरेका नेपाल खुला विश्वविद्यालयका अध्यापक डा कर्ण लामाले आफूले अध्ययन गरेको विश्वविद्यालयमा एक वर्षअघि नै विज्ञापन आह्वान गर्ने गरेको अनुभव सुनाए । त्यस्तो आवेदनमा विदेशीले समेत आवेदन दिन पाउने व्यवस्था छ । उनले थपे, “खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त हुनुपर्छ । बोर्ड अफ
More

मुक्तिनाथ दर्शन गरेर फर्किँदै गरेका पर्यटकको मृत्यु

पोखरा । मुस्ताङमा आज एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको हैदरावादका ६३ वर्षीय प्रसन्न कुमार रहेको गण्डकी प्रदेश प्रहरी प्रदेश कार्यालय पोखराले जनाएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरी फर्कने क्रममा कुमारलाई जोमसोममा मुटुको समस्या देखिएको थियो। जोमसोम अस्पतालमा उपचार गराई फर्कने क्रममा अचानक ढलेर बेहोश भएका उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो। रासस
More